अस्पतालमा मृत्यु भएकी सुत्केरीको शव उठ्यो

0
37

कात्तिक १५,२०७७ रुपन्देही : सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएको अवस्थामा मृत्यु भएकी महिलाको शव उठेको छ। गुल्मीको मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बिहीबार साँझ सुत्केरी गराउने क्रममा मृत्यु भएको थियो।

गीताको मृत्यु हुनुमा अस्पतालको गम्भीर लापरबाही भएको भन्दै परिवार र आफन्तले शव उठाउन मानेका थिएनन्। निष्पक्ष छानविन भई क्षतिपूर्ति पाउनुपर्ने माग राखी बाहिर धर्ना दिएका गीताका परिवार, आफन्त र अस्पताल प्रशासनबीच शुक्रबार विहान एक चरणको छलफल भएपछि दिउँसो शव उठाउन परिवार राजी भएका हुन्।

घटनाको बारेमा कार्तिक २० गते अस्पतालका मेडिकल सुपरिडेण्डेन्ट लगायतसँग फेरि वार्ता गर्ने सहमतिमा अहिलेको लागि शव उठाइएको मृतकका भाइ मोहन पाण्डेले जानकारी दिए।

SHARE