Wednesday, June 3, 2026

इस्माली समाज काठमाडौको आयोजनमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न

0

माघ११,२०७९ गुल्मी : इस्माली समाज काठमाण्डौको आयोजनामा इस्मा गाउँपालिका अन्तरमाध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

 

 

रामराज्य माध्यमिक विद्यालय इस्मा ४ दोहली गुल्मीमा सम्पन्न प्रतियोगितामा इस्मा गाउँपालिकाका ७ विद्यालयको सहभागीता रहेको थियो । प्रतियोगितामा ओम प्रकाश गौतम मा वि अम्मरपुर प्रथम, आनन्दपुर मा वि द्वितीय र पालुखा मा वि तृतीय भएका थिए । प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई क्रमश नगद रु. ५, ३ र २ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । भने सहभागीहरुलाई सहभागी प्रमाणपत्र प्रदान गरिएको थियो ।

 

 

प्रतियोगितामा प्रथम भएको ओम प्रकाश गौतम मा विलाई यस वर्षको रनिङ्ग शिल्ड समेत प्रदान गरिएको थियो । प्रतियोगिता स्व. अमृता भण्डारीको स्मृतिमा गरिएको हो । समाजले विगत छ वर्षदेखि शहिद सप्ताहको अवसर पारी प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ । २०८० को प्रतियोगिता हिमालय माध्यमिक विद्यालय इस्मा १ हस्तिचौर गुल्मीमा सञ्चालन हुने पनि समाजले जानकारी गराएको छ ।

 

समाजका अध्यक्ष गोकर्ण खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथि इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काबाट दिप प्रज्वलन गरी गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि भगतसिंह खड्का, विशेष अतिथि चन्द्रबहादुर महत, अतिथि रामराज्य मा वि का प्रध्यानाध्यापक गु्णाखर अर्याल लगायतको मन्तव्य रहेको थियो ।

 

समाजका सदस्य हरिप्रसाद भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव महेन्द्र बस्नेत र हिमालय मा वि हस्तिचौरका शिक्षक मनबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

पाल्पा गुल्मी सडक खण्ड बन्द हुने नयाँ सूचना

0

पाल्पा गुल्मी सडक खण्ड बन्द हुने नयाँ सूचना सार्बजनिक भएको छ।

यी प्रदेशमा आज वर्षा र हिमपात

0
फाइल फोटो

माघ ११,२०७९काठमाडौं : सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा बुधबार हल्का वर्षा र हिमपातको सम्भावना छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कारण वर्षा तथा हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो बागमती प्रदेशका उच्च हिमाली भेगमा पनि हिमपात हुने सम्भवना छ। अन्य प्रदेशहरूमा मौसम आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

बुधबार राति लुम्बिनी, गण्डकी, बागमती, मधेश, र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

हाडहाडेमा आयुर्वेद सेवा संचालन

0

हुमाकान्त पोखरेल
माघ १०,०७९ गुल्मीः गुल्मीको धुर्कोट गाउँपालिका –३ हाडहाडेमा आयुर्वेद सेवा संचालन गरिएको छ ।

पिपलधारा आयुर्वेद गाउँ–घर क्लिनिकले नयाँगाउँसँगै हाडहाडेमा पनि सेवा विस्तार गरेको हो । वडाध्यक्ष पदम विष्टका अनुसार प्रत्येक महिनाको ९ गते शिविर संचालन हुनेछ । यदि उक्त दिन सार्वजनिक बिदा परेमा अर्को दिन सेवा प्रदान गरिनेछ ।

साविकको वडा नम्बर ५,६ र ७ को लागि सोमर–भोमर र १,२,३,४,८ र ९ को लागि निन्नुखर्कबाट सेवा दिइने विष्टले बताए । हालसम्म दुई पटकसम्म संचालन गरिएको शिविरबाट १०६ जनाले सेवा लिएका छन् । अहिले आयुर्वेद औषधीको अभाव हुन थालेकोले केन्द्रीय सरकारको विशेष ध्यानाकर्षण हुनुपर्ने विष्टको भनाई छ ।

नागरिकको स्वास्थ्यलाई विशेष ध्यानमा राख्दै हाडहाडेमा माघ २८ गते निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शिविरमा मुटु, क्यान्सर, भिडियो एक्सरे लगायतका रोगको निःशुल्क सेवा दिनेगरी तयारी गरिएको वडाध्यक्ष विष्टले बताए ।

लुम्बिनीका केहि मन्त्रालय लमहीमा राख्ने योजना

0

दिवाकर पोख्रेल
माघ १०,२०७९ देउखुरी : लुम्बिनी प्रदेश सरकाले प्रदेशका केहि मन्त्रालयलाई लमही सम्म राख्ने योजना ल्याएको छ । राप्ती उपत्यका क्षेत्रमा प्रशस्त भौतिक पूर्वाधार नभएपछि बढीमा दुइवटा मन्त्रालय लमही क्षेत्रमा राख्नेगरी तयारी थालिएको हो । राजधानी कार्यान्वयन गर्न र त्यसको भौतिक पूर्वाधार लगायतको व्यवस्था गर्न राजधानीका लागि आवश्यक प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको संयोजकत्वमा राजधानी व्यवस्थापन समन्वय समिति गठन गरिएको छ ।

लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यको नेतृत्वमा लमही नगरपालिकाका विभिन्न सर्वाजनिक तथा सामुदायिक भवनहरुको निरिक्षण गरिएको छ । लमही नगरपालिका वडा नम्बर ५ को रातोडाँडामा रहेका सामुदायिक भवनहरु देउखुरी उद्योग बाणिज्य संघ, नेत्रज्योती संघको भवन,भूतपूर्व सैनिक संङगठनको भवन, त्यसैगरी लमही नगर विकास समीतिको भवन, लमही नगर विकास समितिकै मातहतमा रहेको ब्यापारिक भवन लगायतका भवनलाई मन्त्रालय राख्नको लागि उपयुक्त हुने बताइएको छ ।

देउखुरी उद्योग बाणिज्य संघ लमहीले प्रदेश सरकारको लागि आवश्यक पर्ने सामुदायिक भवनहरु उपलव्ध गराउने भन्दै यस्मा सक्रियता देखाएको छ । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले लमही क्षेत्रमा प्रदेश सरकारले माग गरेमा आवश्यक भवनहरु आफुहरुले उपलव्ध गराउने अवस्थामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका (देउखुरी) क्षेत्र लमही पनि भएकाले लमही क्षेत्रमा आवश्यक पूर्वाधार हामी प्रदेश सरकारलाई उपलव्ध गराउँछौ ।’ देउखुरीका चारवटै स्थानीय सरकारले पनि आवश्यक भवनहरु उपलव्ध गराउने भएका छन् । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले प्रदेश सरकारलाई मन्त्रालय, मन्त्री आवास, लगायतको लागि पूर्वाधार अभाव हुनै नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश सरकाले राजधानी क्षेत्रको संरचना लमही सम्म ल्याउने योजना वनाउनु सकरात्मक पक्ष हो, हामी सुविधा सम्पन्न भवनहरु उपलव्ध गराउँछौ ।’

राजधानीको लागि आवश्यक सबै भौतिक पूर्वाधारको व्यवस्थापन गर्ने जिम्मेबारी पाएको प्रदेश पूर्वाधार विकास प्राधिकरणले अबको केहि दिन भित्र लमहीमा रहेको भवनहरुको नाम उक्त भवनमा राख्ने मन्त्रालयको नाम प्रदेश सरकारलाई उपलव्ध गराउनेछ ।लुम्बिनी प्रदेृश पूवाृधार विकास प्राधिकरणका कार्यकारी अधिकृत छविराज पोख्रेलले मन्त्रीकै नेत्ृतवमा अहिले लमही क्षेत्रमा आवश्यक भवनहरुको खोजी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी केहिदन भित्रै टुङगाएर सरकारलाई भवन उपलव्ध गराउने र मन्त्रालय राख्ने काम हुन्छ ।

२०७४ साल फागुन ३ गते प्रदेश सरकाको स्थापना भएको थियो । तत्कालिन सरकारले अस्थायी राजधानी बुटवल तोकेता पनि शंंखर पोख्रेलको नेतृत्वमा २०७७ साल असोज २० प्रदेश राजधानी राप्ती उपत्यक(देउखुरी) घोषणा गरेका थिए । कुलप्रसाद केसी मुख्यमन्त्री रहदा राजधानी कार्यान्वयन गर्न मंसिर २८ गते राजधानी क्षेत्रमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्थापना गरिएको छ ।’

लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यले पूर्वाधार विकास प्राधिकरणलाई आवश्यक भवन अविलम्ब उपलव्ध गराउने गरी काम गर्न निर्देशन दिनुभएको छ । उहाँले मन्त्रीमण्डल विस्तार भएपछी मन्त्रालय र मन्त्रीको आवास लगायतको विषयमा पूर्ण व्यवस्था गर्ने गरी काम थाल्न निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, केहि दिन भित्र मन्त्रालय वितर हुँदा आवश्यक भवनहरु उपलव्ध गराउनुपर्ने भएकाले सोही अनुसार काम थाल्न निर्देशन गरेका छौ, बढीमा दुइवटा मन्त्रालय सम्म लमही षेत्रमा ल्याउन सकिने उहाँको भनाई थियो ।

 

 

 

विषयगत समितीको नेतृत्व टुङ्गाएर सरकार विस्तारको तयारी

0

दिवाकर पोख्रेल
माघ १०,२०७९ देउखुरी : लुम्बिनी प्रदेशमा सरकार विस्तारमा सहमति नछुटेपछि विषयगत समितिको नेतृत्व टुङ्गाएर सरकार विस्तारको तयारी थालिएको छ ।

मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिएको लामो समय सम्म पनि लुम्बिनी प्रदेशमा मन्त्री मण्डल विस्तार हुन सकेको छै । सक्ता साझेदारदल धेरै भएको र मन्त्रालयको संख्या घटाएका कारण मन्त्रालय बाँडफाँडमा कुरा नमिल्दा सरकार विस्तारमा ढिलाई भएको स्वयम सक्ता साझेदार दलहरु बताउँछन । प्रदेशमा रहेको विषयगत समितिको नेतृत्व मिलाउँदा मन्त्रालय बाँडफाँडमा सहज हुने मुख्यमन्त्री र सरकारको नेतृत्व गरेको नेकपा एमालेको बुझाई छ ।

नेकपा एमालेको तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य भुमेश्वर ढकालले सरकार विस्तारमा बिलम्म भएको भएपनि सहमतिको दुरी टाढा नभएको बतानुभयो । उहाँले भन्नभयो, ‘माओवादीका संसदीइ दलका नेता मातृशोकमा रहेका कारण पन ढिलाई भएको हो, अब एकैपटक विषयगत समिती पन टुङ्गाएर जानेकी भन्ने पनि भएको छ ।’

लुम्बिनी प्रदेशसभामा प्रदेशसभाको कार्यप्रणालीलाई व्यवस्थित गर्न विषयगत समिति गठन गर्ने व्यवस्था छ । यससंगै सार्वजनिक लेखा समिति, अर्थ,उद्योग पर्यटन समिति, भौतिक पूर्वाधार तथा विकास समिति, प्रदेश मामिला तथा कानुन, सामाजिक विकास र कृषि, वन तथा वातावरण समिति छन् । त्यस्तै प्रदेशसभामा विशेषाधिकार समिति पनि गठन गर्न सक्ने व्यवस्था छ । यि समिति टुङगाएरु जाँद्या मन्त्रालय दिन नसक्नेहरुलाई समितिको नेतृत्व दिएर सक्ता बाँडपाँठड हुनसक्ने देखिएको छ । प्रदेशसभा नियमावली अनुसार समितिमा सभामुख, उपसभामुख, मन्त्री र विपक्षी दलका नेता सदस्य बस्न नपाउने भएपछि अन्य प्रदेशसभा सदस्यलाई जिम्मेबारी जाने देखिन्छ ।

लुम्बिनी प्रदेशमा अहिले मुख्यमन्त्री र दुइमन्त्री गरी तीन सदस्यीय मन्त्री मण्डल मात्रै बनेको छ । दुइजना मन्त्रीलाई समेत मन्त्रालयको जिम्मेवारी तोकिएको छैन । मत्रालयको जिम्मेवारी नपाएका मन्त्रीले पनि महत्वपूर्ण मन्त्रालय दावी गरेको छ ।

सक्ता साझेदार मध्येको दल नेकपा माओवादी केन्द्रले अर्थमन्त्रालय दावी गरेको छ । अर्थमन्त्रालय पाएका माओवादी केन्द्रका लुम्बिनी प्रदेशका संसदीय दलका नेता जोखबहादुर महरा आफैले नेतृत्व गर्ने बुझीएको छ । तर नेकपा एमालेले माओवादी केन्द्रलाई अर्थमन्त्रालय नदिने दाउमा देखिन्छ । नेकपा एमाले पनि अर्थमन्त्रालयको दावी गरिरहेको छ । जसमा एमालेको तर्फबाट लुम्बिनी प्रदेशका सभासद विष्णु पन्थिको दावी छ । आठ राजनीतिक दल र दुइजना स्वतन्त्र साँसदको समर्थन रहेको लुम्बिनी प्रदेश सरकारलाई सबैलाई मिलाएर लैजान समस्या भएको छ ।

उपसभामुख चयनको समयमा सक्ता पक्षधर दलको असन्तुिष्ट वाहिर आउन खोपनि नागरिक उन्मुक्ती पार्टीले आफुले सभामुखमा अघि सारेका उम्मेदवारलाई फिर्ता बोलाएपछि सहमति अनुसार राप्रपाले उप सभामुख पाएको थियो । नागरिक उन्मुक्ती पार्टीका साँसद धर्मविर चौधरीले सक्ता पक्षधर दलहरु विच सहमति अनुसार अघि बढ्ने भनेपछि अफ्नो पार्टीले उपसभामखम उम्मेदवारी उठाएर पनि फिर्ता गरेका बताउनुभयो ।

नेपक माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा मातृशोकमा रहेका कारण मन्त्रालय बाँडफाँडमा ढिलाई भएको भनिएपनि महत्वपुर्ण मन्त्रालय सहित धेरै प्रदेशसभा सदस्य मन्त्रीको आकङ्क्षी देखिएका कारण ढिलाई भएको प्रस्ट्रै पाउन सकिन्छ ।

नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले आफुहरुले अर्थ सहितको मन्त्रालय दाबी गरिरहेको बताउनुहुन्छ । मन्त्री को हुने भन्ने फरक हो, हाम्रो दावी प्रमु्ख मन्त्रालयम सहित विषयगत समित िपनि हो, विषयगत समितीको नेतृत्व पनि टुङुगाउँदै जाने गरी तयारी भइरहेको छ । सरकार विस्तारको विषयमा धेरै पटक छलफल भइरहेकाले आगामी बुधबार सम्म सबै विषय टुङ्गो लाग्ने बुझीएको छ ।

 

छत्रकोटमा २८ लाखको कागती वागवानी सुख्खा डाडोमा परिणत

0

हुमाकान्त पोखरेल
माघ १०,२०७९ गुल्मीः सरकारी रकमको दुरुपयोग हुनु हाम्रो देशमा कुनै नौलो बिषय होइन् । सरकारले दिएको अनुदानलाई व्यक्तिगत झै सम्झेर खल्ती भर्ने प्रवृत्तिले नागरिकले तिरेको करको दुरुपयोग मात्रै भएको छैन, सरकारप्रति नागरिकको वितष्णा समेत पैदा भएको छ । यसैको एउटा उदाहरण हो, गुल्मीको छत्रकोट गाउँपालिका –५ खज्र्याङ्ग ढुंगे देउरालीस्थित कागती वागवानी ।

नामै ढुंगे–देउराली, न मल छ, न जल । तर, यही ठाउँलाई वागबानी बनाउने भन्ने प्रस्ताव पत्याएर प्रदेश र स्थानीय सरकारले पैसा खन्याए । तर अहिले उक्त वागवेनी सुख्खा डाडोमा परिणत भएको छ । ०७५ मा लुम्बिनी प्रदेश सरकारको १३ र छत्रकोट गाउँपालिकाको १५ लाख गरी कुल २८ लाख बिनियोजन भएपछि ढुंगेदेउरालीमा वागवानी निर्माणको काम अगाडी बढ्यो । पालिकाबाट बिनियोजन भएको रकमबाट काम गर्न नसकेर दुई लाख भन्दा बढी रकम मात्रै निकासा भयो ।

ढुंगेउरालीको एक सय रोपनी जग्गामा एक हजार ७५० खाडल खनियो । पहिलो चरणमा २५० र दोस्रो चरणमा एक हजार पाँच सय गरी कुल एक हजार ७५० बिरुवा लगाइयो । बिरुवा लगाएको झण्डै तीन बर्षपछि कागती फुल्ने समयमा वागवानी भने उजाड बन्दै गएको छ । मलजल नपाएर बिरुवा सुक्दै गएका छन् । अहिले पनि ५० भन्दा बढी बिरुवा जिवित छैनन् । ति पनि स्याहार नपाएर सुक्ने अवस्थामा छन् । वागवानीका कागतीलाई झार, घाँस, धाइरो र अन्य बोट–विरुवाले ढाकेको छ ।

गौचरणको लागि सार्वजनिक बनाएको जग्गा थियो

कागती लगाएको जग्गा पहिले आत्मबोध माध्यमिक विद्यालयको स्वामित्वमा थियो । पछि स्थानीयले गौचरणको लागि चन्दा उठाएर विद्यालयलाई रकम बुझाई उक्त जग्गालाई सार्वजनिक बनाए । तर अहिले उक्त जग्गामा स्थानीयले न त कागती नै देख्न पाएका छन्, न त गाई–बाख्रा नै चराउन । ‘पहिले–पहिले गाई चराउने ठाउँ थियो, तर अहिले न गाई–बाख्रा चराउन मिल्छ, न त कागतीले नै फल दिएका छन् ।’ स्थानीय जीवलाल न्यौपानेले भने, ‘सरकारी रकमको दुरुपयोग गरेका छन् ।’ विद्यालयका लागि आफुले समेत चन्दा दिएर उक्त जग्गा सार्वजनिक गराएको सम्झदै उनले गाउँका केही ठुला भन्नेहरुले विकासको नाममा विनाश गरेको आरोप लगाए ।

अर्का स्थानीय लोक बहादुर नेपालीले सुख्खा डाडोमा गाई–बाख्रा चराउँदा समेत समितिले जरिवाना तिराएको गुनासो गरे । ‘कृषिको नाममा लाखौँ रकम दुरुपयोग भएको छ, तर यसको बारेमा बोल्ने कोही छैनन् ।’ उनले भने, ‘वागवानीमा गरेको लगानी बालुवामा पानी खन्याएसरह भएको छ ।’ स्याहार–सुसार नपाएपछि बिरुवा सुक्दै र हराउदैँ गएको नेपालीले बताए । अर्की ६० बर्षिया डिलकुमारी रानाले विरुवा लगाएपछि स्याहार–सुसार नहुँदा बिरुवा मरेर गएको बताइन् । ‘विरुवा लगाएपछि स्याहार नै भएन ।’ उनले भनिन्, ‘ढुंगेडाडो खनेर राज्यको पैसा मात्र सकियो ।’

वागवानीमा सिँचाईको लागि पोखरी बनाइएको छ । पोखरीमा पानी पनि छ । कर्मचारी बस्न आवास पनि बनाइएको छ । तर न त पोखरीको पानी बिरुवासम्म पुगेको छ, न त बनेको भवनमा कुनै कर्मचारी नै बसेका छन् ।

०७६ मा रकम दुरुपयोगको बिषय बाहिरिएपछि लुम्बिनी प्रदेशको संसदीय अनुगमन समितिले अनुगमन समेत गरेको थियो । अनुगमन समितिका तत्कालिन संयोजक एवम् गुल्मी–१ ‘ख’ का निर्वतमान सासंद कमलराज श्रेष्ठले ढुंगेदेउराली कागती खेतीको लागि उपयुक्त ठाउँ नभएको बताए । उक्त ठाउँमा स्टिमेट गरेअनुसारको विरुवा नभएको, ठाउँ पनि उपयुक्त नभएको, रकमको दुरुपयोग भएको जस्ता बुदाँ समेटेर प्रतिवेदन बुझाएको श्रेष्ठले बताए ।

समितिद्धारा कमजोरी स्वीकार
बागवानी उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले गोडमेल र स्याहार नभएको बिषय स्वीकार गरे । ‘रकम अभावले कर्मचारी राख्न सकिएन, जसले गर्दा सोचेजस्तो काम भएन ।’ अध्यक्ष पौडेलले भने, ‘एउटा बिरुवालाई बार्षिक लाग्ने खर्चका आधारमा बजेट बिनियोजन गरिदिन भनेपनि त्यो सम्भव नभएकोले योजना नै अलपत्र जस्तो भयो ।’ वडाध्यक्ष रामप्रसाद कडेँलले वागवानीको संरक्षणको लागि यो बर्ष अढाई लाख बिनियोजन गरेको बताए । ‘कागतीबाट प्रतिफल पाउन सके हाम्रो गौरव हुने थियो ।’ उनले भने, ‘सकेसम्म संरक्षण गर्ने प्रयास गर्छौ ।’

पाल्पा गुल्मी सडक एक महिना बन्द हुने

0

पाल्पा गुल्मी सडक खण्ड बन्द हुने सुचना

गुल्मी अस्पताल लुम्बिनी प्रदेशमै तेस्रो

0

माघ ९,२०७९ गुल्मीः स्वास्थ्य सेवाका न्यूनतम मापदण्ड पूरा गरी गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो भएको छ। गुल्मी अस्पतालले भौतिक संरचना अभाव भए पनि सेवा प्रवाहमा सुधार ल्याएको छ।

अस्पतालले आर्थिक वर्ष २०७९।०८० को न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनमा ८९ प्रतिशत अंक पाएको छ। लुम्बिनी प्रदेशका १२ जिल्लाका अस्पतालमध्येबाट गुल्मी अस्पताल तेस्रो भएको हो।

अस्पतालका न्यूनतम सेवा मापदण्डबारे २ दिनसम्म बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। सुवास पाण्डे सहितको टोलीले मूल्यांकन गरेको थियो। मूल्यांकन गर्दा विगतमा भन्दा थप उपलब्धि पाइएको डा। पाण्डेले बताए।

सबैको सहयोगले यो अवस्थामा आउन सफल भएको गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। उत्तम पच्चाले बताए। सबैको सहयोगले अस्पताललाई थप स्तरोन्नति गर्न सकिने डा। पच्चाको भनाइ छ।

गुल्मी अस्पतालमा अहिले हाडजोर्नी, गाइनोलोजिष्टका डाक्टर पनि थपिएका छन्। सेवाप्रवाहमा सुधार ल्याउन निरन्तरको खटाइले गुल्मी अस्पतालले सुधारका संकेत बढाएको गुल्मी अस्पतालका अध्यक्ष भरत पाण्डेले बताए।

भौतिक संरचना अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन बन्न थालको छ। २०७१ सालमा ५० शय्यामा स्तरवृद्धि भए पनि संरचना अभावमा पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन। आईसीयु, सर्जिकल, मेडिकल, बाल उपचार कक्ष छुट्टाछुट्टै व्यवस्था हुने गरी ५ तले नयाँ भवन बन्दै छ।

रामपुरमा स्थानीय तह र प्रदेश सरकार बिचको अन्तरसम्बन्ध विषयक अन्र्तक्रिया

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), ९ माघ : स्थानीय तह र प्रदेश सरकार बिचको अन्तर सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रम रामपुर नगरपालिकामा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

 

प्रदेश सरकारले विनियोजन गरेका बजेट मार्फत संचालन भएका योजनाको अवस्था , संचालनको क्रममा भएका जटिलटा , समन्वय लगाएत प्रदेश सरकार र स्थानिय तह विचको सम्बन्धलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश मुख्य मन्त्रि कार्यालयका प्रमुख सचिव डाक्टर दिपक काफ्लेले तिनै तहको सरकारले काम गर्ने भुगोल एउटै भएकोले तिनै तहविच समन्वय , सहअस्तित्व र सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।

 

विकास र समृद्धिका लागि सवै तह मिलेर अगाडी बढ्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो । संघ र प्रदेशबाट योजना संचालन गर्दा स्थानिय तह संग समन्वय नगर्दा योजना दोहोरिने समस्या रहेको भन्दै त्यसलाई न्यूनिकरणका लागि समन्वय आवश्यक रहेको बताउनुभयो । साथै उहाँले आगामी दिनमा प्रदेशले योजना छनौट गर्दा हरेक स्थानिय तह संग समन्वय गरेर मात्रै गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

प्रदेश सरकारले जनशक्ति व्यवस्थापनको ऐन बनाईसकेको र जारी गर्न मात्रै बाँकी रहेको बताउँदै प्रमुख सचिव काफ्लेले रामपुर अस्पतालमा डाक्टर र कर्मचारीको व्यवस्थापनका लागि तत्काल पहल थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले नगरभित्र प्रदेश सरकार मार्फत संचालनमा रहेका योजनाको बारेमा जानकारी गराँउदै टुक्रे योजना पनि प्रदेश सरकारबाट आँउदा समस्या भएको बताउनुभयो । स्थानिय तह संग समन्वय नगरी बजेट विनियोजन गर्दा अति आवश्यक रहेको ठाँउमा पनि बजेट विनियोजन नहुने भएकोले स्थानिय तहको सिफरिसका आधारमा बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । नगर प्रमुख थापाले प्रदेश सरकार मातहतमा सञ्चालनमा रहेको रामपुर अस्पतालको सेवालाई प्रभावकारी बनाउन ध्यान दिन समेत आग्रह गर्नुभयो । अस्पतालमा प्रयोग हुने आवश्यक सामग्रीको व्यवस्थापन र डाक्टरको व्यवस्था तत्काल गर्न अनुरोध समेत गर्नुभयो ।

 

प्रदेश सरकारको वजेट मार्फत सञ्चालन हुने गरी डिपिआर तयार पारिएको खालिवन रामपुर सडक निर्माण कार्य तत्काल गर्नुपर्ने बताउनु भएको छ । नगर प्रमुख थापाले लुम्बिनी प्रदेश राजधानीको पहुँच र दुरीका हिसाबले यो क्षेत्र दुर्गममा रहेको भन्दै यसको विकासका लागि योजना छनौटमा प्राथमिकता दिन आग्रह गर्नुभयो ।

 

प्रदेश सरकार र स्थानिय सरकार विचको आपसी सहकार्य र समन्वयले नगरको विकासमा बढावा मिल्ने बताउनुभयो । मुख्यमन्त्रि तथा मन्त्रि परिषद्को कार्यालयका सचिव रामप्रसाद पाण्डेले स्थानिय तह संगको समन्वयमा आगामी दिनमा प्रदेश सरकारले योजना छनौट र संचालन गरिने बताउनुभयो ।

 

रामपुर नगरपालिकाको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका वडा अध्यक्षहरु , कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुखहरुले प्रदेश सरकार मार्फत आउने विभिन्न शिर्षकका बजेटका योजना संचालनका क्रममा भएका समस्याबारे जिज्ञासा राखेका थिए । लुम्बिनी प्रदेश मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद पाण्डेको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको संचालन सचिव यमकान्त पाण्डेले गर्नुभएको हो ।