लुम्बिनीका केहि मन्त्रालय लमहीमा राख्ने योजना

0
288

दिवाकर पोख्रेल
माघ १०,२०७९ देउखुरी : लुम्बिनी प्रदेश सरकाले प्रदेशका केहि मन्त्रालयलाई लमही सम्म राख्ने योजना ल्याएको छ । राप्ती उपत्यका क्षेत्रमा प्रशस्त भौतिक पूर्वाधार नभएपछि बढीमा दुइवटा मन्त्रालय लमही क्षेत्रमा राख्नेगरी तयारी थालिएको हो । राजधानी कार्यान्वयन गर्न र त्यसको भौतिक पूर्वाधार लगायतको व्यवस्था गर्न राजधानीका लागि आवश्यक प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको संयोजकत्वमा राजधानी व्यवस्थापन समन्वय समिति गठन गरिएको छ ।

लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यको नेतृत्वमा लमही नगरपालिकाका विभिन्न सर्वाजनिक तथा सामुदायिक भवनहरुको निरिक्षण गरिएको छ । लमही नगरपालिका वडा नम्बर ५ को रातोडाँडामा रहेका सामुदायिक भवनहरु देउखुरी उद्योग बाणिज्य संघ, नेत्रज्योती संघको भवन,भूतपूर्व सैनिक संङगठनको भवन, त्यसैगरी लमही नगर विकास समीतिको भवन, लमही नगर विकास समितिकै मातहतमा रहेको ब्यापारिक भवन लगायतका भवनलाई मन्त्रालय राख्नको लागि उपयुक्त हुने बताइएको छ ।

देउखुरी उद्योग बाणिज्य संघ लमहीले प्रदेश सरकारको लागि आवश्यक पर्ने सामुदायिक भवनहरु उपलव्ध गराउने भन्दै यस्मा सक्रियता देखाएको छ । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले लमही क्षेत्रमा प्रदेश सरकारले माग गरेमा आवश्यक भवनहरु आफुहरुले उपलव्ध गराउने अवस्थामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका (देउखुरी) क्षेत्र लमही पनि भएकाले लमही क्षेत्रमा आवश्यक पूर्वाधार हामी प्रदेश सरकारलाई उपलव्ध गराउँछौ ।’ देउखुरीका चारवटै स्थानीय सरकारले पनि आवश्यक भवनहरु उपलव्ध गराउने भएका छन् । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले प्रदेश सरकारलाई मन्त्रालय, मन्त्री आवास, लगायतको लागि पूर्वाधार अभाव हुनै नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश सरकाले राजधानी क्षेत्रको संरचना लमही सम्म ल्याउने योजना वनाउनु सकरात्मक पक्ष हो, हामी सुविधा सम्पन्न भवनहरु उपलव्ध गराउँछौ ।’

राजधानीको लागि आवश्यक सबै भौतिक पूर्वाधारको व्यवस्थापन गर्ने जिम्मेबारी पाएको प्रदेश पूर्वाधार विकास प्राधिकरणले अबको केहि दिन भित्र लमहीमा रहेको भवनहरुको नाम उक्त भवनमा राख्ने मन्त्रालयको नाम प्रदेश सरकारलाई उपलव्ध गराउनेछ ।लुम्बिनी प्रदेृश पूवाृधार विकास प्राधिकरणका कार्यकारी अधिकृत छविराज पोख्रेलले मन्त्रीकै नेत्ृतवमा अहिले लमही क्षेत्रमा आवश्यक भवनहरुको खोजी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी केहिदन भित्रै टुङगाएर सरकारलाई भवन उपलव्ध गराउने र मन्त्रालय राख्ने काम हुन्छ ।

२०७४ साल फागुन ३ गते प्रदेश सरकाको स्थापना भएको थियो । तत्कालिन सरकारले अस्थायी राजधानी बुटवल तोकेता पनि शंंखर पोख्रेलको नेतृत्वमा २०७७ साल असोज २० प्रदेश राजधानी राप्ती उपत्यक(देउखुरी) घोषणा गरेका थिए । कुलप्रसाद केसी मुख्यमन्त्री रहदा राजधानी कार्यान्वयन गर्न मंसिर २८ गते राजधानी क्षेत्रमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्थापना गरिएको छ ।’

लुम्बिनी प्रदेशका मन्त्री चेतनारायण आचार्यले पूर्वाधार विकास प्राधिकरणलाई आवश्यक भवन अविलम्ब उपलव्ध गराउने गरी काम गर्न निर्देशन दिनुभएको छ । उहाँले मन्त्रीमण्डल विस्तार भएपछी मन्त्रालय र मन्त्रीको आवास लगायतको विषयमा पूर्ण व्यवस्था गर्ने गरी काम थाल्न निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, केहि दिन भित्र मन्त्रालय वितर हुँदा आवश्यक भवनहरु उपलव्ध गराउनुपर्ने भएकाले सोही अनुसार काम थाल्न निर्देशन गरेका छौ, बढीमा दुइवटा मन्त्रालय सम्म लमही षेत्रमा ल्याउन सकिने उहाँको भनाई थियो ।

 

 

 

SHARE