हाडहाडेमा आयुर्वेद सेवा संचालन

0
290

हुमाकान्त पोखरेल
माघ १०,०७९ गुल्मीः गुल्मीको धुर्कोट गाउँपालिका –३ हाडहाडेमा आयुर्वेद सेवा संचालन गरिएको छ ।

पिपलधारा आयुर्वेद गाउँ–घर क्लिनिकले नयाँगाउँसँगै हाडहाडेमा पनि सेवा विस्तार गरेको हो । वडाध्यक्ष पदम विष्टका अनुसार प्रत्येक महिनाको ९ गते शिविर संचालन हुनेछ । यदि उक्त दिन सार्वजनिक बिदा परेमा अर्को दिन सेवा प्रदान गरिनेछ ।

साविकको वडा नम्बर ५,६ र ७ को लागि सोमर–भोमर र १,२,३,४,८ र ९ को लागि निन्नुखर्कबाट सेवा दिइने विष्टले बताए । हालसम्म दुई पटकसम्म संचालन गरिएको शिविरबाट १०६ जनाले सेवा लिएका छन् । अहिले आयुर्वेद औषधीको अभाव हुन थालेकोले केन्द्रीय सरकारको विशेष ध्यानाकर्षण हुनुपर्ने विष्टको भनाई छ ।

नागरिकको स्वास्थ्यलाई विशेष ध्यानमा राख्दै हाडहाडेमा माघ २८ गते निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शिविरमा मुटु, क्यान्सर, भिडियो एक्सरे लगायतका रोगको निःशुल्क सेवा दिनेगरी तयारी गरिएको वडाध्यक्ष विष्टले बताए ।

SHARE