Thursday, June 4, 2026

रामतुलसी नमुना माविमा अनुभव आदानप्रदान तथा सम्मान कार्यक्रम

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), २७ फागुन :रामतुलसी नमुना मावि रामपुर पाल्पामा छलफल तथा अनुभव आदानप्रदान तथा सम्मान कार्यक्रम भएको छ ।

गत फागुन १५ देखि २१ गतेसम्म भारतका शैक्षिक संस्थामा गरिएको शैक्षिक अवलोकन भ्रमणबारे अनुभव आदानप्रदान कार्यक्रम भएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य पाहुना अन्तर्राष्ट्रिय विपि चिन्तन प्रतीष्ठानका अध्यक्ष तथा रामतुलसी नमुना माविका पुर्व विद्यार्थी, युवा समाजसेवी सन्दिप राना रहनुभएको हो । मुख्य पाहुना रानाले शैक्षिक विकासका लागि यश भ्रमणले महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गर्नुभएको छ ।

विभिन्न दार्शनिकको सिद्धान्त प्रस्तुत गर्दै रानाले प्रयोगात्मक शिक्षामा जोड दिन अनुरोध गर्नुभएको छ । भारतको तुलनामा नेपालका विद्यालय कमजोर छैन तर सोच बदलिन नसक्दा शिक्षामा अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको युवा समाजसेवी रानाले बताउनुभएको छ । मुख्य पाहुना रानालाई विद्यालयले ढाकाटोपी, पाल्पाली करुवा र दोसल्ला सहित प्रशंसा पत्रले सम्मान गरिएको छ ।

प्रधानाध्यापक बालकृष्ण लम्सालको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक लेखनाथ शर्मा मरासिनीले गर्नुभएको हो । नगर शिक्षा अधिकृत विकल काफ्लेले केन्द्र, प्रदेश र स्थानीय तहले फरक फरक विद्यालय संचालन गरेको पाइएको र केही विद्यालय रामपुर नगरपालिका भित्रका नमुना विद्यालयसंग मिल्दाजुल्दा प्रविधि रहेको जानकारी गराउनुभएको छ ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, चन्द्रदोय माविका प्रधानाध्यापक टंकनाथ पोखरेल, आधारभुत माविका प्रधानाध्यापक रुपनाथ गौतम, सिताराम माविका प्राधानाध्यापक हरिप्रसाद अधिकारी, कृष्णादेवी माविका प्रअ महेन्द्रराज थापा, दरैठाटि माविका प्रअ सुन्दरप्रसाद देवकोटा, गंगा माविका प्रअ देवराज देवकोटा, नवदुर्गा माविका प्रअ भानुभक्त न्यौपाने, रामतुलसि नमुना मावि विद्यालय व्यवस्थापन समिति सदस्य लक्ष्मण सुनाम, रमादेवी अर्याल भण्डारी, अशोक श्रेष्ठ लगायतले अवलोकन भ्रमण फलदायी रहेको र त्यहाको शैक्षिक प्रविधि नेपालमा अवलम्बन गर्न सकियो भने शिक्षामा फड्को छिट्टै मार्ने बताउनुभएको छ ।

रामतुलसि माविको आयोजनामा रामपुर नगरपालिका र निस्दि गाउपालिका भित्रका मावि तहका प्रधानाध्यापकहरु सहित रामतुलसी माविका विद्यालय व्यवस्थापन समिति, नगर शिक्षा अधिकृत विकल काफ्ले, वडाध्यक्ष सहितको २२ जनाको टोलिले भारतका नमुना विद्यालयको अवलोकन भ्रमण गरेको हो ।

रेसुंगाको नीति : नगरका बिद्यार्थी ,नगरभित्रकै बिद्यालयमा टिकाइ राख्न प्रोत्साहन

0
फागुन २६,२०७९ गुल्मी : रेसुंगा नगरपालिकाले नगरभित्रका बिद्यालयहरुबाट ३ दशमलब २  जिपिए भन्दा माथि ल्याउने ९६ जना बिद्यार्थीहरुलाई सम्मान तथा चेक हस्तान्तरण कार्यक्रम गरेको छ ।
२०७८ सालको एसइईमा  नगरभित्रका बिद्यालयहरुबाट ३ दशमलब २ जिपिए भन्दा माथि ल्याइ कक्षा ११ मा अध्ययन गर्ने  ९६ जना बिद्याथीहरुलाई मासिक चार हजारका दरले सम्मान गर्दै चेक हस्तान्तरण गरिएको  नगरपालिकाले जनाएको छ ।
रेसुंगा नगरपालिकाको नीति तथा कार्यक्रम अन्र्तगत कार्यविधि निर्माण गरी कक्षा ११ मा अध्धयन गर्ने बिद्यार्थीहरुलाई प्रोत्साहन गर्न र नगरभित्र बिद्यार्थी टिकाई राख्नका लागि आफूहरुले यस्तो नीति लिइएको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।
यस कार्यक्रमले पछिल्लो समयमा बसाइँ सराइँको दरलाई पनि कम गर्न सक्ने र बिद्यालयमा बिद्यार्थीहरुको संख्या पनि नघटने बिश्वास नगरले लिएको छ ।
नगरप्रमुख पन्थीले नगरपालिका भित्रका बिद्यार्थीहरुलाई नगरभित्रै टिकाई राख्न र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि नगरले हरदम प्रयास गरिरहेको दाबी गरेका छन् ।

ठूलाखर्क सेवा समाजद्धारा जेष्ठ अभिभावकलाई सम्मान

0

फागुन २४,२०७९ रुपन्देही : ठूलाखर्क सेवा समाज रुपन्देहीले ८० वर्ष नाघेका जेष्ठ अभिभावकलाई बुधबार एक समारोहका बीच सम्मान गरेको छ ।

समाजले आफ्नो वार्षिकोत्सवको अवसर पारेर ११ जना जेष्ठ अभिभावकलाई सम्मान गरेको हो । अघाँखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर १ ठूलाखर्क स्थायी घर भइै विभिन्न पेशा व्यवसायको शिलशिलामा रुपन्देहीसहित आसपासका जिल्लाहरुमा आइ बसोबास गर्नेहरुले समाज स्थापना गरेका हुन् । समाजले बुधबार जेष्ठ नागरिक सम्मानसँगै वार्षिकोत्सव मनाएको हो ।

सम्मानित हुनेहरुमा नारायण ज्ञवाली, जगन्नाथ ज्ञवाली, विष्णुकमारी ज्ञवाली, पुरुषोत्तम ज्ञवाली, नेत्रकुमारी ज्ञवाली, खुमानन्द ज्ञवाली, काशीनाथ ज्ञवाली, तुलसादेवी ज्ञवाली, द्रुपदादेवी ज्ञवाली, खगेन्द्रराज ज्ञवाली, राधिका ज्ञवाली रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी किशोर ज्ञवाली, समाजका अध्यक्ष टामलाल ज्ञवालीलगायतले दोसल्ला ओढाई प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।

त्यस्तै समाजलाई महत्वपूर्ण सहयोग पु¥याउने सञ्जय ज्ञवाली र रामप्रसाद ज्ञवालीलाई विशेष सम्मान प्रदान गरिएको थियो भने शारीरिक रुपले अशक्त सूर्यप्रसाद ज्ञवालीलाई नगद र ह्वील चेअर प्रदान गरी सम्मान गरिएको थियो ।

त्यस अवसरमा बोल्दै समाजका संरक्षक किशोर ज्ञवालीले जेष्ठ नागरिकको सम्मान पहिलो कर्तव्य भएको बताए । जेष्ठ नागरिकको सीप, ज्ञान र अनुभवलाई नयाँ पुस्ताले सिकाइका रुपमा लिनुपर्ने उनले बताए । समाजका संरक्षक मोहन ज्ञवालीले जेष्ठ नागरिक ज्ञानका भण्डार भएकाले उनीहरुमा भएका ज्ञान आदानप्रदान गर्न सके नयाँ पुस्ताले महत्वपूर्ण कुराहरु सिक्ने बताए ।

समाजका अध्यक्ष टामलाल ज्ञवालीले वृद्धवृद्धाको सम्मानले मात्र धर्म परम्परा जीवित रहने भन्दै उनीहरुको मार्गदर्शनबाट समाज अगाडि बढ्ने बताए ।

कार्यक्रममा समाजका सल्लाहकार हेमनाथ ज्ञवाली, सचिव किशोर ज्ञवाली, सहसचिव शोभा ज्ञवालीलगायतले मन्तव्य व्यक्त गरेका थिए । समाजले विभिन्न समयमा सामाजिक र रचनात्मक कार्यहरु गर्दै आएको छ । कार्यक्रमका अवसरमा समाजले प्रकाशित गरेको २०८० सालको भित्तेपात्रो समेत विमोचन गरिएको थियो ।

मौलिक रत्यौली गीत ‘च्याप्प पर्वते माया’ टिकटकमा भाइरल

0

फागुन २४,०७९ कास्कीः टिकटकमा अत्याधिक रुचाइएको मौलिक रत्यौली गीत ‘च्याप्प पर्वते माया’ छोटो समयमा चर्चा कमाएको छ ।

दीपक अधिकारीको शब्दमा तयार भएको गीतलाई प्रवेश पौडेलले भाका संकलन गरेका हुन् । मौलिक गीत मौलिक शैलीमा भिडियो तयार भएको गीतबाट निकै आशा गरिएको गीतका सर्जक दिपक अधिकारी बताउँछन् ।

 

प्रवास रहेर गीत संगीतलाई माया गर्ने गायक प्रवेश पौडेल गीत चर्चासँगै दंग छन् । गीतमा टिका सानु, प्रवेश पौडेल र श्याम क्षेत्रीको आवाज रहेको छ ।

प्रविन थापाले निर्देशन गरेको भिडियोमा दुर्गेश थापा, अर्जुन सापकोटा, स्मारिका ढकाल, रविना भण्डारी, टिका सानु ले कम्मर मर्काएका छन् ।

राम केसीले छायाँकन गरेको भिडियोको सम्पादन प्रविन भट्टले गरेका हुन् । उक्त गीत बाबा इन्टरटेन्मेन्ट युटुबच्यानल मार्फत मंगलबार सार्वजनिक गरिएको छ ।

प्रवास रहेका तिलु शर्माले यस गीतलाई निर्माण गरेका हुन् । उक्त सार्वजानिक गीत २४ घण्टामा एक लाख बढी दर्शकको साथ पाएको छ । गीतले लगानी सुरक्षित गर्ने शर्मा बताउँछन् ।

स्थानीय सरकारको कानुनी समस्या :भरपनि माथि डरपनि माथि

0

दिवाकर पोख्रेल
देउखुरी, फागुन २४ गते । दाङको गढवा गाउँपालिकाले गत भदौ महिनामा नदीजन्य पदार्थको उत्खनन् गर्ने प्रक्रियाको शुरुवात ग¥यो । सबै प्रक्रिया पूरा गरेर ठेक्का लगाउन पुरै छ महिना वित्यो । माघ महिनाबाट नदीजन्य पदार्थको ठेक्का लगाएर काम भइरहेको छ ।

दाङकै राप्ती गाउँपालिका क्षेत्रमा लुम्बिनी प्रदेशको राजधानी स्थापना भएसंगै चहलपहल बढ्ेयो,पालिका र समग्र राजधानी क्षेत्रको फोहारे व्यवस्थापन गर्न बोटाविरुवा नभएको वन क्षेत्र रोज्दा डिभिजन वन कार्यालय,साुमदयिक वनले अवरोध गरे अहिले उत्त क्षेत्रको फोहोर उठ्नै सकेको छैन ।

राप्ती गाउँपालिकाले संविधानकै मर्म अनुसार नागरिकलाई शिक्षा र स्वास्थ्य सेवा पु¥याउने अभियान चलायो । विद्यालयमा रिक्त दवन्दीमा शिक्षक राख्ने, अस्पतालमा डाक्टरको व्यवस्थागरेको छ । महालेखा परिक्षकले स्थानीय सरकारको अधिकार क्षेत्र होइन भन्दै बेरुजु देखाउँदै छ । लमही नगपालिकामा लामो समय सम्म प्रमुख प्रशासकिय अधिकृतको विषयको सरुवा हुनुपर्ने विषय उठ्दै कामकाज ठप्प भयो । उहाँको सरवा हुनै सकेन,विादकै विचमा चल्यो झन्डै एकबर्ष पछि अहिले कामको चाप बढेको समयमा स्थानीय सरकारलाई थाहै नपाइ सरुवा भयो ।

चर्चा गरिएका यि समस्याका उदाहरण मात्रै हुन । तीनतहका सरकारको अधिकार क्षेत्रको स्पष्ट व्याख्या नहुँदा दैनिक कामकाजमै समस्या थपिएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलले प्राकृतिक श्रोत साधनको संरक्षण र उपभोग स्थानीय सरकारले गर्ने भनिएपनि त्यसको अनुगमन र नियमन माथिल्ला सरकारबाट हुने हुँदा समयमै काम गर्न नसकिने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘समयमै काम हुन्न,जसबाट विकास निर्माणका योजना प्रभावित हुन्छ,अर्कोतिर राजस्व पनि अपेक्षित हिसावले संकलन हुन सक्दैन ।’

राप्ती गाउँपालिका प्रकाश विष्टले स्थानीय सरकारले जनअपेक्षित कामै गर्न नसक्नुको पछाडी,झन्झटीलो खरिद ऐन,विकास विरोधी वन ऐन र स्थानीय सरकारको समस्या नुवझ्ने लेखापरीक्षणलाई दोष दिनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘ भर र डर नै माथिकै छ,संविधानले शिक्षा,स्वास्थ्य ससफाईको ग्यारेन्टी गर्ने तर काम गर्दा अधिकार होइन भन्ने योत स्थानीय सरकारलाई हात बाँधेर अधिकार दिएको जस्तो भयो ।’

यस्ता समस्या प्रदेश सरकालाई पनि उस्तै छ । प्रदेशमा आन्तरिक, मामिला, कानुन तथा सहकारी मन्त्रालय छ तर यो मन्त्रालय प्रदेशको गृहमन्त्रालय हो । प्रदेशमा आफ्नै प्रहरी छैन । प्रदेश प्रहरी समायोजन ऐन बनेको छैन । यहीशक्ति ‘पावर’ नहुँदा यो मन्त्रालयको जिम्मेवारी सम्हाल्न मन्त्रीहरुले समेत आनाकानी गर्ने गरेका छन् । लुम्बिनी प्रदेशसभाबाट हालसम्म ७२ वटा कानुन तयार भएका छन् ।

कानुन कस्ता बने भनेर स्थानीय तहले खोजी गरेको छैन । लुम्बिनी प्रदेशसभा सभामुख तुलाराम घर्ति मगरले प्रदेशका कुनैपनि स्थानीयसरकारले प्रदेशसभालाई कानुनी अड्चनकै कुरा नगरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘स्थानीयतहबाट हामीहरु यि कानुन बनायौ, प्रदेशका कानुन केकस्ता छन भनेर माग गर्ने खोजी नै हुँदैन,सायद आवश्यक कानुन बन्दै नवन्ने वा अहिले नवनाएपनि हुने कानुन वनाउन समय पो खर्च भइराको पो छकी ।’

दाङमा स्थानीय व्यवस्थापीकाबाट ३६ देखि ४२ वटा कानुन वनाएको दावी गरेपनि कामकाजी कानुन बनेन की भन्ने कोणबाट सोच्न विज्ञहरु आग्रह गर्छन । संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा जनअपेक्षा अनुसार स्थानीय सरकारले काम गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय सरकार विगत पाँचबर्षे पहिलो कालमा कतिपय हकमा मेसो नै नपाएर वितेको पाइयो, अहिले अधिकार बाँडफाँडको समस्या देखिन थालेको छ ।’

साझा अधिकारको विषय स्पष्ट नहुँदा समस्या

0

दिवाकर पोख्रेल
देउखुरी, फागुन २२ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले तीनतहका सरकारको अधिकारको विषयमा स्पष्ट कानुनी अभावमा व्यवहारमा समस्या उत्पन्न हुने गरेको बताउनु भएको छ ।

 

नेपाल कानुन समाजले आयोजना गरेको कार्यक्रम मुख्यमन्त्री गिरीले तीनतहका सरकारको एकल, साझा अधिकारको विषयमा छलफल नै नभको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामी लुम्बिनी प्रदेशका ७२ वटा कानुन वनाइसकेका छौ,तर अन्य आवशयक कानुन वनाउन संङघीय सरकारलाई कुर्नुपर्ने अवस्था छ,यस्ले तल्ला तहका सरकारलाई अधिकार सम्पन्न बनाउनेगरी छलफल नै भएन ।’

 

बजेट,योजना समेत संघीय सरकारबाट एकात्मकता देखाएको उहाँको भनाइ छ । सानो बजेटलाई समेत सङ्घीय सरकारले विभीन्न योजनाको नाममा पठाउने तर प्रदेशलाई अधिकार सम्पन्न नगराउँदा प्रदेश सरकारलाई विश्वास नगरेको उहाँको तर्क थियो ।

 

अधिकारका विषयमा पनि स्पष्ट व्याख्या नुहँदा समस्या उत्पन्न हुने गरेको गिरीको भनाइ छ । उहाँले भन्नुभयो, ‘वनको क्षेत्र प्रदेशसरकारको विषय हो भनिएको छ,त्यही वनमा हुने अपराधिक गतिविधीमा कारवाही प्रक्रिया संङघीय सरकार मार्फत गर्नुपर्ने देखिएको छ ।’

 

यस्ता समस्इा हल गर्नको लागि संबैधानिक व्यख्या गर्न सकिने भएपनि इमान्दारितााके अभाव खटकिरहेको उहाँको भनाइ थियो ।

 

६ वर्षपूरा हुँदा पनि बिद्यालयको भवन निर्माणले पूर्णता पाउन सकेन्

0

फागुन २१,२०७९ गुल्मीः गुल्मीमा निर्माण कार्य सुरु गरेको छ वर्षपूरा हुँदा पनि बिद्यालयको भवन निर्माणले पूर्णता पाउन सकेको छैन ।

जिल्लाको मदाने गाउँपालिका वडा नं ६ स्थित धाराचौर आधारभुत बिद्यालयको १६ कोठे भवनले अझै पनि पूर्णता पाउन नसकेको हो ।

भारतीय राजदुतावासबाट प्राप्त १६ कोठे भवन तत्कालिन जिल्ला बिकास समिति गुल्मीबाट ठेक्का लगाई २०७३ सालमा निर्माणको जिम्मा प्रवेश शुभनारायण जेभीले भ्याट सहित ९९ लाखमा जिम्मा पाएको थियो ।

सम्झौतामा १५ महिनामा भवनको निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएपनि हालसम्म निर्माणको कार्यले पूर्णता पाउन सकेको छैन । पटक पटक गरी तीन पटक म्याद थप हुँदा समेत भवन निर्माण कार्य सम्पन्न हुन नसकेको जिल्ला समन्वय समिति गुल्मीका निमित्त समन्वय अधिकारी सृजना मिश्रले जानकारी दिइन् ।


बिद्यालय भवनको करिब ९० प्रतिशत भन्दा बढी काम सम्पन्न भएपनि पुरै फिनिसिङ लगायतका केही स साना कामहरु बाँकी रहेकाले निर्माण ब्यवसायीलाई कार्य सम्पन्न गरी हस्तान्तरण गर्नका लागि ताकेता गरिएको मिश्रले बताइन् ।
निर्माण ब्यवसायी दिनेश लामाले भने करिब कार्य सम्पन्न भइसकेको र शौचालयमा टायल लगाउने कार्य बाँकी रहेकाले चैतको पहिलो हप्ता कार्य सम्पन्न गरी हस्तान्तरण गर्ने गरी आफू लागेको बताएका छन् ।

भौगोलिक विकटता र केही बीचमा परेका प्राविधिक समस्याका कारण आफूले समयमै काम सम्पन्न गर्न नसकेको लामाको भनाई छ ।
यस बीचमा लुम्बिनी प्रदेश सरकारबाट प्राप्त १० लाख रुपैयाँ बजेटबाट भवन निर्माणको लागतमा संलग्न नभएका रङरोगन र अन्य केही निर्माणका कार्यहरु गरेको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बताएका छन् ।

 

यता जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्ण खत्रीले निर्माण ब्यवसायीलाई कार्य सम्पन्न गर्नका लागि ताकेता गरिएको बताएका छन् ।

शनिबार मात्रै आफू सहितको टोलीले बिद्यालयको अनुगमन गरेको भन्दै निर्माण ब्यवसायीले अबिलम्व कार्य सम्पन्न नगरेमा कानूनी प्रक्रिया अगाडि बढाउन कार्यालय बाध्य हुने खत्रीको चेतावनी छ ।

काभ्रे केन्द्रबिन्दू भएर भूकम्प

0

फागुन २१,२०७९काठमाडौं : आइतबार काभ्रेपलान्चोक केन्द्र बनाएर भुकम्प गएको छ।

बिहान ८ बजेर ३ मिनेट जाँदा काभ्रेको काँशीखण्ड नजिक केन्द्रविन्दु भएर ४ दशमलब ३ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भुकम्पको धक्का काभ्रेसहित आसपासका जिल्लामा पनि महसुुस गरिएको थियो। यसअघि चार दिन अघि फागुन १७ गते ताप्लेजुङलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भुकम्प गएको थियो।

नेपाल दरै उत्थान समाजको अध्यक्षमा नेत्रबहादुर चयन

0

सुशीला रेग्मी
फागुन २०,२०७९ पाल्पा: नेपाल दरै उत्थान समाज रामपुर पाल्पाको चौथो अधिवेशन सकिएको छ ।

समाजका अध्यक्ष छमबहादुर दरैको अध्यक्षतामा अधिवेशन चलेको हो । अधिवेशनको नेपाल दरै उत्थान समाजका केन्द्रिय सदस्य वसन्त दरैले उद्घाटन गर्नुभएको छ ।

उहाँले कार्यक्रमको उद्घाटन गर्नुहुदै सर्वसम्मत रुपमा समितिमा निर्वाचित हुने नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिदै कार्यक्रम सफलताको कामना गर्नुभएको छ ।

चौथो अधिवेशनबाट नयाँ कार्यसमितिको अध्यक्षमा नेत्रबहादुर दरै चयन हुनुभएको छ भने उपाध्यक्षमा मनबहादुर दरै, कोषाध्यक्षमा लोजिना दरै, सचिवमा विष्णुबहादुर दरै सर्वसम्मत चुनिनु भएको छ ।

सदस्यहरुमा बुद्धिसरा दरै, मनकुमारी दरै, श्रीबहादुर दरै, ज्ञानबहादुर दरै र सरिता दरै रहनुभएको छ ।

 

गुल्मी अस्पतालमा खानेपानीको चरम अभाव

0

फागुन १९,२०७९गुल्मी : गुल्मी अस्पतालमा खानेपानीको चरम अभाव देखा परेको छ।

रेसुंगा नपा–८ स्थित दोबिन्दाखोलाको मूलबाट ल्याउने गरेको मुहानमा पानी सुक्दै गएपछि अस्पतालमा खानेपानीको अभाव भएको अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेले जानकारी दिए।

आफू अस्पताल विकास समितिको अध्यक्ष भएर आएपछि दीर्घकालीन रूपमा खानेपानीको समस्या हल गर्न पहल गर्दै आए पनि समस्या समाधान नभएको पाण्डेको भनाइ छ।

अस्पताल नजिक रहको उपभोक्ता समितिको स्थायी लेखा नम्बर नहुँदा भुक्तानी गर्न समस्या हुने तत्कालीन लेखापालले भनेपछि पानीको मिटर जडानमा समेत समस्या भएको पाण्डेले बताए।

अस्पतालमा पानी अभाव हुँदा ल्याबमा चल्ने उपकरणमा पनि समस्या आउने गरेको पाण्डेले गुनासो गरेका छन्।

जिल्लाका चारवटा खानेपानीका उपभोक्ता समितिहरूसँग आफूले समस्याको समाधान गरौं भन्दा बृहत् खानेपानी उपभोक्ता समितिले सहज रूपमा स्वीकार गरेको र अन्यले आनाकानी गर्ने गरेको पाण्डेले बताए।

बृहत् खानेपानीको मिटर जडान गर्दा विद्युतीय मोटर लगाएर पानी तान्नुपर्ने र अन्य प्राविधिक समस्या पनि आउने भएकाले पनि जडान गर्न समस्या भएको पाण्डेले बताए।

प्रक्रिया पूरा गरेर आए पानीको मिटर जडान हुने

यता खानीगाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्षका बालसिंह काउछाले प्रक्रिया पूरा गरेर आए जोसुकैको पनि पानीको मिटर जडान हुने बताएका छन्।

उनले अस्पताल जस्तो संवेदनशील स्थलका लागि पानी दिन आनाकानी नगरेको दाबी गर्दै समितिले निर्धारण गरेको शुल्क बुझाएको रसिद सहित आए उही दिनै मिटर जडान गर्ने बताए।

यता रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले अस्पतालमा खानेपानीको समस्या आउन नदिन आफूले आजै समस्याको समाधान गर्ने बताएका छन्।

अस्पतालजस्तो संवेदनशील संस्थामा खानेपानीको अभाव हुन नदिन र अस्पतालको समस्या समाधान गर्न आफू सदैव तयार रहेको पन्थीको दाबी छ।