Thursday, June 4, 2026

बिहीवार यी राशिलाई असाध्यै राम्रो यी राशिलाई ठिकै -जान्नुहोस तपाईंको आजको भाग्य

0


मेष :आवश्यकता भन्दा बढी खर्च हुन सक्नेछ आर्थिक रुपमा ख्याल पुर्‍याउनुपर्ला । नयाँ मानिससँग सम्बन्ध बनाउदा ध्यान पुर्‍याउनु होला स्वार्थी मानिस सँग सम्बन्ध जोडीन सक्ने छ । परिक्षा वा प्रतियोगितामा सहभागिहरुले सफलता पाउने सम्भावना रहेको छ । अन्नलाभको योग रहेको छ । रमाइलो यात्रााको पनि योग रहेको छ । समय उत्साह पूर्ण पनि रहेको छ ।

वृष : आजको दिन तपाईंकोलाई खुशी पूर्ण रहेको छ । दाम्पत्य जीवन सुखमय हुनेछ आयआर्जन हुने सम्भावना रहेको छ । अध्ययन क्षत्रमा अली बढी मेहनत गर्नु पर्ने देखिन्छ । जागिरे हरुको लागि आजको दिन खुशी पूर्ण रहेको छ । आजको दिन अली बढी भाग दौड गर्नु पर्ने देखिन्छ । यात्राको संभावना छ, नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ । केही दु:खको खबर पनि सुन्नु पर्न सक्दछ सम्यमता अपनाउनु होला ।

मिथुन : आजको दिन तपाईंको लागि उतार चढाब पूर्ण रहेको छ । कानुनी झन्जटमा पर्न सकिन्छ रिशमा नियन्त्रण गर्नु पर्ला । कुनै पनि अनैतीक सम्बन्ध नराख्नु होला । आजको दिन बिद्यार्थीको लागि निकै राम्रो रहेको छ तपाईंले सोचेको अनुसारको नतिजा प्राप्त हुन सक्दछ । सत्रुहरुले तपाईंको खुट्टा तान्ने प्रयास गर्ने छन तर उनिहरुको प्रयास सफल हुँदैन जित तपाईंकै हुनेछ । तपाईंले आफ्नो मेहनत र प्रतिभाको कारण सबैको मन जित्ने र सफलता हासिल गर्नु हुनेछ । ब्यापार ब्यवसायमा पनि लाभ मिल्नेछ ।

कर्कट: भाग्य तपाईंको पक्षमा रहेको छ । तपाईंका रोकिएका कामहरु बन्न थाल्नेछन । तपाईंको पराकर्म र उत्साहमा वृद्धि हुने देखिन्छ । यो समय तपाईंले आटेका र ताकेका सबै काम बन्ने देखिन्छ । बिद्यार्थीको लागि आज अली बढी मेहनत गर्नुपर्ने दिन रहेको छ । तपाईंलाई बिपरित लिङीको पूर्ण साथ र सहयोग प्राप्त हुने देखिन्छ । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । घरमा पाहुनाहरु आउन सक्ने र रमाइलो जमघटको बातावरण बन्ने छ । परिवारको पूर्ण सहयोग प्राप्त हुने देखिन्छ ।

सिंह : ब्यापारीहरुको लागि आजको दिन निकै धन सम्पत्ती प्राप्त हुने देखिन्छ । आजको दिन तपाईंले गरिआएका काम भन्दा अली फरक किसिमका काम हरु गर्न पर्न सक्दछ । कुनै पनि बिबादमा नपर्नु राम्रो हुन्छ बिबादले ठुलो रुप लिने र खर्च गराउने सम्भावना रहेको छ । तपाईंको सत्रुहरु सकृय छन कामहरु गोप्य रुपमा गर्नुहोला । आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ । स्वास्थ्यमा बिशेष ध्यान पुर्‍याउनु पर्ला ।

कन्या : आजको दिन तपाईंले आफ्नो ब्याबहारमा बिशेष ध्यान पुर्यानु पर्ने देखिन्छ आफ्नो बानी व्यबहारको कारण बन्नै आँटेको काम पनि बिग्रन सक्दछ । जागिरेहरुको सरुवा पनि हुन सक्दछ । घरमा पूजा वा शुभकार्य गर्ने सोच बन्ने छ । सवारि साधन हांक्दा ख्याल पुर्‍याउनु पर्ला । कुनै काम गर्नु पूर्व आजको दिन माता पिताको आसिर्बाद लिएर सुरु गर्नु राम्रो हुन्छ । जीवन साथीको पूर्ण साथ मिल्ने हुँदा मनमा हर्श छाउने छ । तपाईंलाई आजको दिन अल्छि लाग्ने हुन सक्छ अल्छि पन त्यागेर आफ्नो काममा लाग्नु पर्ला । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ

तुला :पारिवारीक जीवन सुख मय रहनेछ । माया प्रेमको लागि उपयुक्त समय देखिन्छ । प्रतियोगितामा सहभागि हुनेहरुको लागि आजको दिन मिश्रित परिणाम प्राप्त हुने छ । तनाबको तपाईंको मन बिचलित पनि हुन सक्दछ कुनै पनि कुरामा धेरै नसोच्नु होला । कुनै नयाँ ब्यापार ब्यब्सायमा लगानी गर्न उपयुक्त समय छैन तर गरिआएका काम नियमित गर्दा पैसो कमाउने योग छ । कुनै पनि निर्णय आवेसमा नगर्नु होला ।

वृश्चिक : आजको दिन तपाईंको लागि राम्रो रहेको छ रमाइलो यात्रा पनि हुन सक्छ । पुराना अनुभब प्रयोग गर्दै नयाँ कामहरु गर्दा कामहरु बन्ने र सफलता मिल्ने देखिन्छ । रोजगारीका नयाँ नयाँ अवशर प्राप्त हुने देखिन्छ । प्रेम सम्बन्धमा गासिने सम्भावना रहेको छ माया प्रेमको बातावरण बन्ने छ । दाजु भाईमा प्रेम बढ्ने र सहयोग मिल्ने छ । सत्रुहरु परास्त हुनेछन । स साना समस्यालाई ख्याल नगर्ने हो भने आजको दिन तपाईंकोलाई निकै सुखद रहेको छ ।

धनु : आजको दिन आफ्नो स्वास्थ्यमा बढी ध्यान दिनु राम्रो हुन्छ । आज तपाईंले गरेको कामको जस प्राप्त नहुँदा मन खिन्न हुन सक्दछ । बादबिबादबाट टाढै रहनु राम्रो हुन्छ । आज अनावश्यक खर्चको पनि योग रहेको छ । नियमित कार्यहरुमै आम्दानी हुने छ । अध्ययन क्षत्र पनि मध्यम खालको रहेको छ । जागिर गर्ने हरुले कामको सिलसिलामा यात्रा गर्नुपर्ने हुनेछ ।

मकर : आज सुरु गरेको कामले भबिश्यमा राम्रो फल दिनेछ तसर्थ कुनै नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आजको दिन सुरु गर्नु राम्रो हुन्छ । ब्यापारिक क्षत्रमा पनि शुभ रहेको छ ब्यापार ब्यवसायबाट राम्रै आम्दानी हुने देखिन्छ । यात्राको क्रममा साबधानी अपनाउनु होला । परिवारका सदस्यको स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ

कुंभ : गतिलो निर्णय गर्न नसक्दा अवशरहरु गुम्न सक्ने खतरा रहेको छ तसर्थ निकै सुज भुजले निर्णय गर्नुहोला । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ प्रियसाथीसंग पनि भेटघाट होला । नयाँ जागिर खोज्दै हुनुहुन्छ भने जागिर प्राप्त हुन सक्छ । दाजुभाइ वा नजिकको आफन्त सँग सामान्य बादबिबाद हुन सक्छ बोलिमा नियन्त्रण गर्नुहोला । विद्यार्थीहरुको लागि राम्रो समय रहेको छ ।

मीन : भाई बहिनी सँग मिलेर गरेको काममा सफलता मिल्नेछ तर साथी भाई सँग दुरी बढ्न सक्छ अनावस्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला आज सबै तपाईंको बिरुद्द लागेको जस्तो अनुभब हुन सक्छ सम्यमता अपनाउनु होला । पिर चिन्ता लिएर बस्नु भन्दा कतै नजिकै घुम फिर गर्नु राम्रो होला । आर्थिक क्षत्र र अध्ययन क्षत्र मध्यम खालको रहेको छ । आजको दिन नयाँ काम हरु सुरु नगरनु र जे गरी आउनुभएको छ त्यसइलाई निरन्तरता दिनु राम्रो हुन्छ

पशुपति शर्माको गीत सुनेपछि प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया

0

प्रधानमन्त्री केपी शर्मा ओलीले गायक पशुपति शर्माको गीत युट्युबबाट हटाइएको बारे पहिलो पटक प्रतिक्रिया दिएका छन्।

बुधबार बिहान सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले नरूचाएपछि गायक शर्माले नै त्यो गीत युट्युबाट हटाएको दाबी गरे।

‘हामी नचाहिने कुरामा उत्ताउलो हुन्छौं। एउटाले भुलचुकमा गीत बनायो रे कता हो कता। लुट, लुट । गरी खाएर केही काम लाग्दैन। लुटेर खा भाइ लुटेर खा भनेर गीत बनाएछन्,’ प्रधानमन्त्रीले भने, ‘ जनताले तिम्रो गीत मन पराएनौं भनेपछि युट्युबबाट हटाएछन्।’

उनले गायकलाई २५ हजार पुरस्कार दिने घोषणा गरेका कांग्रेस सांसद अमरेशकुमार सिंहप्रति पनि कटाक्ष गरे।

‘त्यस्तो राम्रो लुटेर खान सिकाउने गीत नेपालीलाई सुहाउँदो, किन हटाएको भनेर राख्नुपर्छ भनेछन्। हाम्रो त बाटै त्यही २५ हजार पुरस्कार दिन्छु भनछन्। मलाई अचम्म लाग्छ- हामी कता जान खोज्दैछौं,’ प्रधानमन्त्रीले भने।

उनले सरकारले यो गीत युट्युबबाट हटाउनेबारे केही नभनेको बताए।

‘त्यो गीतमा सरकारले केही भनेको छैन। सरकारले भनाइ सुबाटौंमा हिँड्यौं भन्नेमात्र हो,’ उनले भने।

यसअघि सत्तारूढ दलको भातृ संगठन युवा संघका नेताले गायक शर्माको ‘लुट्न सके लुट…’ भन्ने गीत युट्युबबाट हटाउन भनेका थिए।

राजनीतिक सुझाव आएकाले आफूले गीत हटाएको शर्माले बताएका थिए।

विद्यार्थी बोकेको जीप दुर्घटना, ४ को मृत्यु

0

बागलुङको जैमिनी नगरपालिका, ८ छिस्तीमा मंगलबार साँझ जीप दुर्घटना भएको छ । ध १ ज ७९१ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाकाे मृत्यु भएकाे छ भने ८ जना घाइते भएका वडाध्यक्ष विजय शर्माले जानकारी दिए । मृत्यु हुनेका प्रियांका पुन, तुल्सी पुन र एलिना पुन रहेका छन् ।

विद्यार्थी तथा अभिभावक बोकेर जनकल्याण माविको वार्षिकोत्सव मनाएर फर्किने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । जीपमा जीपमा करिब १५ जना यात्रु रहेका थिए ।

घाइतेको उपचारका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ लगिएको छ ।बागलुङका प्रमुख जिल्ला अधिकारी र मेडिकल टीमसहितको टोली उद्धार कार्यका लागि घटनास्थलतर्फ जाँदै छ । दुर्घटनाको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

विदेशमा मृत्यु र अङ्गभङ्ग हुनेलाई स्थानीय तहबाटै आर्थिक सहायता

0

सरकारले विदेशमा मृत्यु भएका परिवारका सदस्य र अङ्गभङ्ग भएर फर्किएका पीडितलाई दिइने आर्थिक सहायता स्थानीय तहबाटै वितरण गर्ने तयारी गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।

आर्थिक सहायताका लागि राजधानीस्थित वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयमा आउनुपर्ने अहिलेको अवस्थालाई सहज बनाउन सरकारले स्थानीय तहबाटै वितरण गर्ने तयारी गरेको हो ।

बोर्डले स्थानीय तहको समन्वयमा आर्थिक सहायता निर्दे्शिका –२०७५ मस्यौदा तयार गरेर अन्तिम रूप दिएर स्वीकृति गर्न मन्त्रालयलमा पठाएको छ । उक्त निर्दे्शिका स्वीकृत भएर आएपछि स्थानीय तहबाट सहायताबापतको रकम दिन शुरु गरिने बोर्डले जनाएको छ ।

वैदेशिक रोजगार नियमावलीअनुसार रोजगारको करार अवधिभित्रमा ज्यान गुमाएका परिवारका सदस्यले बोर्डबाट सात लाख रूपियाँ आर्थिक सहायता पाउँछन् । त्यसको लागि मृत्यु भएको एक वर्ष्भित्र निवेदन दिएमा ज्यान गएका व्यक्तिका परिवारलाई बोर्डले एकै दिनमा चेक दिने व्यवस्था गरेको छ । अङ्गभङ्ग भएका व्यक्तिको हकमा पनि करार अवधिभित्रै अङ्गभङ्ग भएर फर्किएका व्यक्तिले अपाङ्गताको अवस्थाका आधारमा आर्थिक सहायता रकम प्राप्त गर्न सक्छन् । त्यसका लागि पीडित व्यक्ति वा परिवारले चिकित्सकले अङ्गभङ्ग भएको अवस्थाबारेमा प्रमाणित गरेको कागजका आधारमा बढीमा सात लाख रूपियाँ सहायता रकम प्राप्त गर्नसक्ने व्यवस्था छ ।

बुधवार यी राशिलाई असाध्यै राम्रो यी राशिलाई ठिकै -जान्नुहोस तपाईंको आजको भाग्य

0


मेष राशि: आजको दिन परिवारका सदस्य सँग स सानो कुरामा बिबादको सम्भावना छ ध्यान पुर्‍याउनु पर्ला आफ्नो बोली र व्यबहारमा बिशेष ध्यान पुर्‍याउनु होला आर्थिक पक्ष आज अन्य दिन भन्दा राम्रो रहेको देखिन्छ । नयाँ साथी बनाउन सक्ने र नयाँ कामको अवसर पनि मिल्न सक्छ ।
नयाँ गाडी वा बाहन खरिदको पनि सम्भावना रहेको छ ब्यापार ब्यवसायमा राम्रो रहेको छ ।

वृष : आज तपाईंको ब्यापार ब्यवसायमा राम्रो सम्भावना रहेको छ आम्दानी र खर्च उस्तै उस्तै रहनेछ । काम सोचेको समयमा सम्पन्न नहुन सक्छ रिशलाई नियन्त्रण गर्नु होला । कसै सँग नजिकिने सम्भावना पनि देखिन्छ कसैलाई आफ्नो मनको कुरा ब्यक्त गर्न सक्नुहुन्छ आजको दिनमा ।
कानुन,मुद्दा मामिला र अदालत सम्बन्धी काम गर्नु पर्ने छ भने आजको दिन नगर्नु नै राम्रो होला ।

मिथुन : पहिले गरेको मेहनतले तपाईंलाई आजको दिनमा सफलता दिलाउन सक्दछ । ब्यापार ब्यवसाय राम्रो हुनेछ । तपाईको आम्दानी बढ्ने छ
आज नयाँ कामको थालनी गर्नु पनि शुभ रहन्छ । तपाईंका रोकिएका कामहरु पनि आजको दिनमा बन्ने सम्भावना रहेको छ । तपाईंको कामको प्रसम्सा हुने र तपाईंको हराएको बस्तु फेला पर्नाले मन फुरुङग हुने देखिन्छ ।

कर्कट : घरमा पाहुनाको आगमन हुने वा कुनै मित्र सँग भेट घाट हुने सम्भावना देखिन्छ । जग्गा जमिन खरिदको लागि अनुकुल समय छ
आजको दिन पार्टनर सँग मिलेर गरेका कामहरु सफल हुने देखिन्छ । खर्चको पनि सम्भावना देखिन्छ । यात्राका क्रममा, सवारि हाक्दा, वा हात हतियार चलाऊदा साबधानी अपनाउनु पर्ला सामान्य चोट पटक लाग्न सक्दछ । परिवार र जीवनसाथीको साथ र मायाले मन हर्षित बन्ने देखिन्छ

सिंह : जीवन साथीको स्वास्थ्यमा समस्या देखिन सक्छ । रोजगारिमा गरिएको प्रयास सफल हुने देखिन्छ । उपहार पुरस्कार प्रप्ती हुने पनि योग बनेको छ । आर्थिक पक्ष राम्रो रहेको छ धन सम्पत्ती संचय गरिने सम्भावना रहेको छ । कसै सँग आफ्नो मनको कुरा ब्यक्त गर्ने समय मिल्न सक्दछ । नयाँ सम्बन्ध पनि बन्न सक्छन । तपाईंको ठुलै समस्या समाधान हुने र समस्याबाट छुटकारा पनि मिल्न सक्दछ ।

कन्या : आजको दिन तपाईंले सोचे अनुरुपका कामहरु बन्ने छन यदी आर्थिक रुपमा फाईदा होस भन्ने चाहनुहुन्छ भने तपाईं ब्यर्थको बिबादमा नपर्नु राम्रो हुन्छ । कुनै बहुमुल्य बस्तु हराउन सक्छ ख्याल गर्नु होला । तपाईंलाई साथीहरुको पूर्ण साथ रहने देखिन्छ । सामान्य चिन्ता र तनाबले सताउन सक्छ सम्यमता अपनाउनु होला । सत्रुहरु तपाईंको नराम्रो गर्न सकृय भएका छन कुनै काम गर्दै हुनुन्छ भने गोप्य रुपमा गर्नु राम्रो हुन्छ

तुला: धन प्राप्तीको सम्भावना रहेको छ तर पारिवारिक खर्च बढ्ने सन्केत देखिन्छ यदी तपाईं जागिर खोज्दै हुनुहुन्छ भने आज तपाईंकोलाई जागिर प्राप्तीको पनि योग रहेको छ । आजको दिन कसैलाई रुपया पैसा सापटी नदिनु राम्रो हुन्छ । सामान्य शरीर दु:खाइ सम्बन्धी समस्या देखिन सक्छ
कतै रमाइलो यात्रा पनि हुन सक्छ ।

वृश्चिक: आजको दिन घरमा वा कतै पूजा वा शुभ कार्यमा सहभागि बन्नु पर्ला । तपाईंको उन्नती र प्रगतीको समय बनेको छ । जागिरका नयाँ नयाँ सम्भावनाहरु रहेका छन । शिक्षा ग्रहण गर्नको लागि कतै बाहिर जानु पर्ने पनि हुन सक्छ आजको दिन मान सम्मान प्राप्तीको पनि समय छ
परिवारमा आफु भन्दा साना सँग सामान्य ठाक ठुक पनि हुन सक्दछ ।

धनु : सरकारी काम हरु बन्ने र सरकारी काम हरु बाट लाभ मिल्ने देखिन्छ । देखावटी पन नगर्नु तपाईंको लागि उत्तम हुनेछ अन्यथा ब्यर्थको झमेलामा पारीनेछ । आम्दानीका नयाँ नयाँ मार्ग फेला पर्ने छन जागिरमा प्रगतीको समय छ । पारिवारिक जीवन सुखद छ । आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ला आजको दिनमा । कतै मुद्दा मामिला वा झै झगडा भए तपाईंको जित हुनेछ ।

मकर : आजको दिन तपाईंका कामहरु सफल हुने देखिन्छ । नयाँ घर खरिदको पनि सम्भावना रहेको छ । तपाईंले खोजे अनुसारको जागिर प्राप्तीको पनि सम्भावना रहेको छ । पुरानो रोग बल्झिन सक्छ स्वास्थ्यको ख्याल गर्नु पर्ला आफ्नो रिशमा नियन्त्रण गर्नु पर्ने देखिन्छ । आजको दिन जीवनसाथीको साथ मिल्नाले मनमा शान्ती छाउने छ ।

कुम्भ : आजको दिन आफ्नो खर्चमा नियन्त्रण गर्नु राम्रो हुन्छ भाग्यले साथ दिएको कारण तपाईंका काम हरु बन्ने छन मान सम्मन र प्रतिष्ठा मिल्ने छ दाम्पत्य जीवन सुखमय रहेको छ सत्रु परास्त हुनेछन । आजको दिन चोट पटकको भय रहेको छ यात्रा गर्दा सवेरी चलाऊदा हात हतियारको प्रयोग गर्दा साबधानी अपनाउनु राम्रो हुन्छ । कारोबारमा राम्रो हुने सम्भावना रहेको छ ।

मिन : आजको दिन तपाईंले परिश्रम गरे अनुरुप काम नबन्दा मन खिन्न हुन सक्छ समस्या हरु देखिएपनी हिम्मतका साथ काम गर्नुहोला निर्णय गर्दा असाध्यै सोचेर मात्र कुनै पनि कुराको निर्णय गर्नुहोला । जग्गा जमिन वा कुनै माल बस्तु बिक्री गरेर राम्रै नाफा हुने पनि सम्भावना देखिन्छ ।
रोजगारिको क्षत्र राम्रो रहेको छ सजिलै अरुको कुरामा विश्वाश गर्दा समस्या आउन सक्छ बिचार पुर्‍याउनु राम्रो हुन्छ

डिभी लोटरी पर्‍यो, तर अमेरिका होइन प्रहरी हिरासतमा बास भो !

0

काठमाडौँ : डिभी लोटरी परेपछि अमेरिका उड्ने एकजना युवाको सपना नक्कली शैक्षिक प्रमाणपत्रले अलपत्र पारिदिएको छ ।

डिभी लोटरी परेपछि अमेरिका जाने प्रक्रिया अघि बढाउने क्रममा चितवनका एक युवकले महाराजगन्जस्थित अमेरिकी दूतावासमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेपछि प्रहरीको खोरमा पुगेका हुन् ।

अमेरिका जानका लागि चितवनको भरतपुर महानगरपालिका–५ विकास चोकका २६ वर्षीय निखिल पराजुलीले टेन प्लस टु को नक्कली प्रमाणपत्र दूतावासमा पेश गरेका थिए ।

पराजुलीको शैक्षिक प्रमाणपत्रसहितका कागजात नक्कली पुष्टि भएपछि दूतावासले महानगरीय प्रहरी अपराध महाशाखालाई जानकारी गराएको थियो ।

दूतावासको जानकारीका आधारमा पराजुलीलाई महाशाखाको टोलीले मंगलबार महाराजगन्ज क्षेत्रबाटै पक्राउ गरी हिरसातमा लिएको हो । थप कारबाहीका लागि उनलाई महानगरीय प्रहरी परिसरमा बुझाइएको महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । -annapurnapost

भारतले आक्रमण गरे कडा प्रतिकार गर्ने पाकिस्तानको चेतावनी

0

काश्मिर घटनालाई लिएर आफ्नो मुलुकविरुद्ध कुनै आक्रमण गरे भारतले कडा प्रतिकारको सामना गर्नुपर्ने पाकिस्तानले चेतावनी दिएको छ । भारत प्रशासित काश्मिरमा भारतीय सैनिक अधिकारीमाथि भएको आक्रमणपछि दिल्ली रुष्ट रहेका बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो मुलुकमाथि कुनै आक्रमण भए दिल्लीले कडा प्रतिकारको सामना गर्नुपर्ने चेतावनी दिनुभएको हो । एक टेलिभिजनमार्फत प्रधानमन्त्री खानले आरोप प्रमाणित गर्न भारतलाई चुनौती समेत दिनुभएको छ ।

कुनै आधार विनै पाकिस्तानमाथि आरोप लगाउन बन्द हुनुपर्ने उहाँको भनाई थियो । काश्मिरमा गत विहीबार भएको आत्मघाती बम आक्रमणमा भारतीय सुरक्षा फौजका ४० जनाको मृत्यु भएको थियो । आक्रमणको जिम्मा पाकिस्तानलाई आधार क्षेत्र बनाउँदै आएको जैश–ए–मोहम्मदले लिएको थियो । सो आक्रमणपछि भारत पाकिस्तानबीच तनाव बढेको छ ।

भारतीय वायु सेनाका दुई जहाज आकाशमा ठोक्किए

0

कर्नाटकको बेंग्लोरमा चलिरहेको भारतीय वायु सेनाको एयर शोकै क्रममा दुर्घटना भएको छ ।

यलहांका विमानस्थलमा एयर शोका क्रममा सूर्यकिरण एयरक्राफ्टका दुई विमान एक आपसमा ठोक्किएका छन् । एयरक्राप्टका दुवै पाइलट भने सकुशल भएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । उनीहरुको अवस्था कस्तो छ भन्नेबारेमा भने केही बताइएको छैन । दुर्घटनाग्रस्त जहाजले लागेर एक जना नागरिक पनि घाइते भएकाे बताइएकाे छ ।

दुर्घटनापछि दुवै विमान येलहांकाकाे न्यू टाउन एरियामा खसेकाे बेंग्लाेर प्रहरीले जनाएकाे छ ।

रिहर्सलका क्रममा दुवै एयरक्राफ्ट उडान भर्ने क्रममै आकाशमा ठोक्किन पुगेका हुन् । औपचारिक रुपमा भारतीय वायु सेनाले भोलिदेखि ५दिवसीय एयर शो गर्दैछ । त्यसैको पूर्व सन्ध्यामा रिहर्सलका क्रममा विमान दुर्घटनामा परेको हो । उज्यालो अनलाइनबाट

कुन बार के सम्बन्धी काम गर्नु शुभ हुन्छ हेर्नुहोस

0

आइतबार

औषधी सम्बन्धी, सवारी, वाहन, नोकरी जागिर, स्वास्थ्य सम्बन्धी, पशु खरिद, यज्ञ-मंत्रोपदेश, दीक्षा, अस्त्र-शस्त्र, वस्त्र सम्बन्धी , धातुका सामान खरीदी,वाद-विवाद,न्यायिक सल्लाह को लागि शुभ छ।

सोमवार-
कृषि सम्बन्धी सामाग्री खरीदी, बिउ रोप्न , फल फुलका रुख लगाना, वस्त्र तथा रत्न धारण गर्नको लागि, सधै जसो हुने क्रय बिक्रयको लागि , भ्रमण-यात्रा, कला कार्य, माया प्रेम रती रागको लागि, नयाँ काम सुरु गर्न कार्य, पशुपालन, वस्त्र आभूषण को किन बेचको लागि शुभ छ ।
मंगलवार
जासुसी कामहरु गर्न,रिण दिन,सेना सम्बन्धी काम, युद्द सम्बन्धी काम,साहासी काम, बाद बिबादका सक्नु पर्ने काम यो दिन गर्दा तपाईंको पक्षमा राम्रो हुन्छ ।

बुधवार

अध्ययन सुरु ,बिचार सम्बन्धी काम,ग्रिह प्रबेश,राजनिती,निर्माणका कार्य,रिण दिनु, बही खाताका काम यो दिन गर्दा तपाईंलाई राम्रो हुन्छ ।

बिहीवार

ज्ञान बिज्ञान सम्बन्धी काम ,नया जागिर सुरु,माङलिक काम,गाडी चलाऊन सुरु,निर्माण सम्बन्धी काम,कानुनी सिक्षा आरम्भ, गर्गहना धारण गर्नु राम्रो हुन्छ

शुक्रबार
गोप्य रुपमा गर्नुपर्ने कामहरु,संगित र चलचित्र सम्बन्धी काम ,माया प्रेमको सुरुवात, बाली रोप्न , खेतका काम सुरु गर्न, यो बार राम्रो हुन्छ

शनिबार

गृह प्रबेश व निर्माण सम्बन्धी ,कसैलाई जागिरमा राख्न,धातु फलाम मेसिनरी चिजका काम वा खरिद,बाद बिबाद ,सेबाका कामहरु शुभ हुनछन तर खेती सुरु गर्नु वा कृषिका नयाँ काम यो बार सुरु गर्नु शुभ हुँदैन ।

महाशिवरात्रिमा यी राशिलाई मिल्नेछ भगवान शिवको कृपा

0

महाशिवरात्रिको बिशेष महत्व रहेको पाउछौ यस दिन भगवान शिवलाई प्रशन्न गर्नको लागि बिधी पूर्वक पूजा पाठ गर्ने गरिन्छ । यो बर्ष फाल्गुण २० गते महाशिवरात्रि परेको छ यो दिन पशुपतिनाथ, हलेसी महादेवस्थानलगायत शिवालयहरूमा धार्मिक मेला लाग्ने र भगवान शिवको बिधी पूर्वक पूजा
गर्ने गरिन्छ । भगवान सिब सङै माता पार्वतीको पनि पूजा गर्ने गरिन्छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको पि्रय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी ” ऊँ नमः शिवाय” मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । यो दिन सबै राशीको शिव भक्तको लागि शुभ रहेको हुन्छ तर पनि ग्रह हरुको यस्तो संयोग बनेको छ जसले गर्दा केही राशीहुने हरुलाई भगवान शिवको बिशेष कृपाहुने देखिन्छ

वृष राशि :वृष राशिहुनेहारुलाई महाशिवरात्रिमा निकै शुभ हुने संकेत देखिन्छ । भगवान शिवको बिशेष कृपा दृष्‍टिको कारण तपाईंलाई सफलता मिल्ने देखिन्छ आय आर्जनका नयाँ नयाँ मार्ग फेला पर्ने छन । तपाईंका रोकिएका काम हरु बन्ने संकेत छ । तपाईंको मनको इक्षा पुरा हुने देखिन्छ अत : महा शिवरात्रीको दिन तपाईंको लागि निकै शुभ हुने देखिन्छ ।

मिथुन राशी : यी राशिका मानिसहरुलाई बिशेष गरी आर्थिक रुपमा राम्रो हुने देखिन्छ । यो शुभ अवशरमा तपाईंलाई धनलाभ हुने र ब्यापार ब्यवसायमा फाईदा हुने सम्भावना छ नोकरी पेसा गरेकाहरुलाई पनि निकै सम्भावना लिएर आएको छ तिनको लाभ उठाउनु होला ।

तुला राशी : तुला राशी हुने हरुको लागि पनि महाशिवरात्रिमा सकारात्मक परिणाम देखिने छ तपाईंलाई नयाँ नयाँ अवशर प्राप्त हुनेछन र धन आगमनको संकेत देखिन्छ
पेसा ब्यापारमा उन्नतीको योग रहेको छ भने नयाँ रोजगारिको पनि सम्बावना रहेको छ ।

धनु : धनु राशी हुनेहरुलाई पनि यो महाशिवरात्रिमा निकै राम्रो हुने देखिन्छ यदी तपाईं कुनै नयाँ ब्यवसाय सुरु गर्न खोज्नु भएको छ भने यो दिन सुरु गर्नु निकै शुभ हुनेछ
आर्थिक रुपमा पनि लाभ मिल्ने सम्भावना रहेको छ ।

अन्य राशिका मानिसले पनि भगवान शिवको पूजा आराधना गर्दा शुभ फल प्राप्त हुन्छ मैले माथि बताएका राशिलाई महाशिवरात्रिको दिन ग्रहहरुको अवस्थीती हेर्दा बन्ने शुभ संयोगको मात्र चर्चा गरिएको हो भगवान शिवको कृपा त सम्पूर्णमा समान रहेको हुन्छ । तसर्थ महाशिवरात्रिमा भगवानको पूजा आराधना गरेर इक्षित फल प्राप्त गर्नुहोला तपाईं सबैलाई महाशिवरात्रिको धेरै धेरै शुभकामना ।