बुधवार यी राशिलाई असाध्यै राम्रो यी राशिलाई ठिकै -जान्नुहोस तपाईंको आजको भाग्य

0
451


मेष राशि: आजको दिन परिवारका सदस्य सँग स सानो कुरामा बिबादको सम्भावना छ ध्यान पुर्‍याउनु पर्ला आफ्नो बोली र व्यबहारमा बिशेष ध्यान पुर्‍याउनु होला आर्थिक पक्ष आज अन्य दिन भन्दा राम्रो रहेको देखिन्छ । नयाँ साथी बनाउन सक्ने र नयाँ कामको अवसर पनि मिल्न सक्छ ।
नयाँ गाडी वा बाहन खरिदको पनि सम्भावना रहेको छ ब्यापार ब्यवसायमा राम्रो रहेको छ ।

वृष : आज तपाईंको ब्यापार ब्यवसायमा राम्रो सम्भावना रहेको छ आम्दानी र खर्च उस्तै उस्तै रहनेछ । काम सोचेको समयमा सम्पन्न नहुन सक्छ रिशलाई नियन्त्रण गर्नु होला । कसै सँग नजिकिने सम्भावना पनि देखिन्छ कसैलाई आफ्नो मनको कुरा ब्यक्त गर्न सक्नुहुन्छ आजको दिनमा ।
कानुन,मुद्दा मामिला र अदालत सम्बन्धी काम गर्नु पर्ने छ भने आजको दिन नगर्नु नै राम्रो होला ।

मिथुन : पहिले गरेको मेहनतले तपाईंलाई आजको दिनमा सफलता दिलाउन सक्दछ । ब्यापार ब्यवसाय राम्रो हुनेछ । तपाईको आम्दानी बढ्ने छ
आज नयाँ कामको थालनी गर्नु पनि शुभ रहन्छ । तपाईंका रोकिएका कामहरु पनि आजको दिनमा बन्ने सम्भावना रहेको छ । तपाईंको कामको प्रसम्सा हुने र तपाईंको हराएको बस्तु फेला पर्नाले मन फुरुङग हुने देखिन्छ ।

कर्कट : घरमा पाहुनाको आगमन हुने वा कुनै मित्र सँग भेट घाट हुने सम्भावना देखिन्छ । जग्गा जमिन खरिदको लागि अनुकुल समय छ
आजको दिन पार्टनर सँग मिलेर गरेका कामहरु सफल हुने देखिन्छ । खर्चको पनि सम्भावना देखिन्छ । यात्राका क्रममा, सवारि हाक्दा, वा हात हतियार चलाऊदा साबधानी अपनाउनु पर्ला सामान्य चोट पटक लाग्न सक्दछ । परिवार र जीवनसाथीको साथ र मायाले मन हर्षित बन्ने देखिन्छ

सिंह : जीवन साथीको स्वास्थ्यमा समस्या देखिन सक्छ । रोजगारिमा गरिएको प्रयास सफल हुने देखिन्छ । उपहार पुरस्कार प्रप्ती हुने पनि योग बनेको छ । आर्थिक पक्ष राम्रो रहेको छ धन सम्पत्ती संचय गरिने सम्भावना रहेको छ । कसै सँग आफ्नो मनको कुरा ब्यक्त गर्ने समय मिल्न सक्दछ । नयाँ सम्बन्ध पनि बन्न सक्छन । तपाईंको ठुलै समस्या समाधान हुने र समस्याबाट छुटकारा पनि मिल्न सक्दछ ।

कन्या : आजको दिन तपाईंले सोचे अनुरुपका कामहरु बन्ने छन यदी आर्थिक रुपमा फाईदा होस भन्ने चाहनुहुन्छ भने तपाईं ब्यर्थको बिबादमा नपर्नु राम्रो हुन्छ । कुनै बहुमुल्य बस्तु हराउन सक्छ ख्याल गर्नु होला । तपाईंलाई साथीहरुको पूर्ण साथ रहने देखिन्छ । सामान्य चिन्ता र तनाबले सताउन सक्छ सम्यमता अपनाउनु होला । सत्रुहरु तपाईंको नराम्रो गर्न सकृय भएका छन कुनै काम गर्दै हुनुन्छ भने गोप्य रुपमा गर्नु राम्रो हुन्छ

तुला: धन प्राप्तीको सम्भावना रहेको छ तर पारिवारिक खर्च बढ्ने सन्केत देखिन्छ यदी तपाईं जागिर खोज्दै हुनुहुन्छ भने आज तपाईंकोलाई जागिर प्राप्तीको पनि योग रहेको छ । आजको दिन कसैलाई रुपया पैसा सापटी नदिनु राम्रो हुन्छ । सामान्य शरीर दु:खाइ सम्बन्धी समस्या देखिन सक्छ
कतै रमाइलो यात्रा पनि हुन सक्छ ।

वृश्चिक: आजको दिन घरमा वा कतै पूजा वा शुभ कार्यमा सहभागि बन्नु पर्ला । तपाईंको उन्नती र प्रगतीको समय बनेको छ । जागिरका नयाँ नयाँ सम्भावनाहरु रहेका छन । शिक्षा ग्रहण गर्नको लागि कतै बाहिर जानु पर्ने पनि हुन सक्छ आजको दिन मान सम्मान प्राप्तीको पनि समय छ
परिवारमा आफु भन्दा साना सँग सामान्य ठाक ठुक पनि हुन सक्दछ ।

धनु : सरकारी काम हरु बन्ने र सरकारी काम हरु बाट लाभ मिल्ने देखिन्छ । देखावटी पन नगर्नु तपाईंको लागि उत्तम हुनेछ अन्यथा ब्यर्थको झमेलामा पारीनेछ । आम्दानीका नयाँ नयाँ मार्ग फेला पर्ने छन जागिरमा प्रगतीको समय छ । पारिवारिक जीवन सुखद छ । आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ला आजको दिनमा । कतै मुद्दा मामिला वा झै झगडा भए तपाईंको जित हुनेछ ।

मकर : आजको दिन तपाईंका कामहरु सफल हुने देखिन्छ । नयाँ घर खरिदको पनि सम्भावना रहेको छ । तपाईंले खोजे अनुसारको जागिर प्राप्तीको पनि सम्भावना रहेको छ । पुरानो रोग बल्झिन सक्छ स्वास्थ्यको ख्याल गर्नु पर्ला आफ्नो रिशमा नियन्त्रण गर्नु पर्ने देखिन्छ । आजको दिन जीवनसाथीको साथ मिल्नाले मनमा शान्ती छाउने छ ।

कुम्भ : आजको दिन आफ्नो खर्चमा नियन्त्रण गर्नु राम्रो हुन्छ भाग्यले साथ दिएको कारण तपाईंका काम हरु बन्ने छन मान सम्मन र प्रतिष्ठा मिल्ने छ दाम्पत्य जीवन सुखमय रहेको छ सत्रु परास्त हुनेछन । आजको दिन चोट पटकको भय रहेको छ यात्रा गर्दा सवेरी चलाऊदा हात हतियारको प्रयोग गर्दा साबधानी अपनाउनु राम्रो हुन्छ । कारोबारमा राम्रो हुने सम्भावना रहेको छ ।

मिन : आजको दिन तपाईंले परिश्रम गरे अनुरुप काम नबन्दा मन खिन्न हुन सक्छ समस्या हरु देखिएपनी हिम्मतका साथ काम गर्नुहोला निर्णय गर्दा असाध्यै सोचेर मात्र कुनै पनि कुराको निर्णय गर्नुहोला । जग्गा जमिन वा कुनै माल बस्तु बिक्री गरेर राम्रै नाफा हुने पनि सम्भावना देखिन्छ ।
रोजगारिको क्षत्र राम्रो रहेको छ सजिलै अरुको कुरामा विश्वाश गर्दा समस्या आउन सक्छ बिचार पुर्‍याउनु राम्रो हुन्छ

SHARE