बिहीवार यी राशिलाई असाध्यै राम्रो यी राशिलाई ठिकै -जान्नुहोस तपाईंको आजको भाग्य

0
523


मेष :आवश्यकता भन्दा बढी खर्च हुन सक्नेछ आर्थिक रुपमा ख्याल पुर्‍याउनुपर्ला । नयाँ मानिससँग सम्बन्ध बनाउदा ध्यान पुर्‍याउनु होला स्वार्थी मानिस सँग सम्बन्ध जोडीन सक्ने छ । परिक्षा वा प्रतियोगितामा सहभागिहरुले सफलता पाउने सम्भावना रहेको छ । अन्नलाभको योग रहेको छ । रमाइलो यात्रााको पनि योग रहेको छ । समय उत्साह पूर्ण पनि रहेको छ ।

वृष : आजको दिन तपाईंकोलाई खुशी पूर्ण रहेको छ । दाम्पत्य जीवन सुखमय हुनेछ आयआर्जन हुने सम्भावना रहेको छ । अध्ययन क्षत्रमा अली बढी मेहनत गर्नु पर्ने देखिन्छ । जागिरे हरुको लागि आजको दिन खुशी पूर्ण रहेको छ । आजको दिन अली बढी भाग दौड गर्नु पर्ने देखिन्छ । यात्राको संभावना छ, नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ । केही दु:खको खबर पनि सुन्नु पर्न सक्दछ सम्यमता अपनाउनु होला ।

मिथुन : आजको दिन तपाईंको लागि उतार चढाब पूर्ण रहेको छ । कानुनी झन्जटमा पर्न सकिन्छ रिशमा नियन्त्रण गर्नु पर्ला । कुनै पनि अनैतीक सम्बन्ध नराख्नु होला । आजको दिन बिद्यार्थीको लागि निकै राम्रो रहेको छ तपाईंले सोचेको अनुसारको नतिजा प्राप्त हुन सक्दछ । सत्रुहरुले तपाईंको खुट्टा तान्ने प्रयास गर्ने छन तर उनिहरुको प्रयास सफल हुँदैन जित तपाईंकै हुनेछ । तपाईंले आफ्नो मेहनत र प्रतिभाको कारण सबैको मन जित्ने र सफलता हासिल गर्नु हुनेछ । ब्यापार ब्यवसायमा पनि लाभ मिल्नेछ ।

कर्कट: भाग्य तपाईंको पक्षमा रहेको छ । तपाईंका रोकिएका कामहरु बन्न थाल्नेछन । तपाईंको पराकर्म र उत्साहमा वृद्धि हुने देखिन्छ । यो समय तपाईंले आटेका र ताकेका सबै काम बन्ने देखिन्छ । बिद्यार्थीको लागि आज अली बढी मेहनत गर्नुपर्ने दिन रहेको छ । तपाईंलाई बिपरित लिङीको पूर्ण साथ र सहयोग प्राप्त हुने देखिन्छ । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । घरमा पाहुनाहरु आउन सक्ने र रमाइलो जमघटको बातावरण बन्ने छ । परिवारको पूर्ण सहयोग प्राप्त हुने देखिन्छ ।

सिंह : ब्यापारीहरुको लागि आजको दिन निकै धन सम्पत्ती प्राप्त हुने देखिन्छ । आजको दिन तपाईंले गरिआएका काम भन्दा अली फरक किसिमका काम हरु गर्न पर्न सक्दछ । कुनै पनि बिबादमा नपर्नु राम्रो हुन्छ बिबादले ठुलो रुप लिने र खर्च गराउने सम्भावना रहेको छ । तपाईंको सत्रुहरु सकृय छन कामहरु गोप्य रुपमा गर्नुहोला । आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ । स्वास्थ्यमा बिशेष ध्यान पुर्‍याउनु पर्ला ।

कन्या : आजको दिन तपाईंले आफ्नो ब्याबहारमा बिशेष ध्यान पुर्यानु पर्ने देखिन्छ आफ्नो बानी व्यबहारको कारण बन्नै आँटेको काम पनि बिग्रन सक्दछ । जागिरेहरुको सरुवा पनि हुन सक्दछ । घरमा पूजा वा शुभकार्य गर्ने सोच बन्ने छ । सवारि साधन हांक्दा ख्याल पुर्‍याउनु पर्ला । कुनै काम गर्नु पूर्व आजको दिन माता पिताको आसिर्बाद लिएर सुरु गर्नु राम्रो हुन्छ । जीवन साथीको पूर्ण साथ मिल्ने हुँदा मनमा हर्श छाउने छ । तपाईंलाई आजको दिन अल्छि लाग्ने हुन सक्छ अल्छि पन त्यागेर आफ्नो काममा लाग्नु पर्ला । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ

तुला :पारिवारीक जीवन सुख मय रहनेछ । माया प्रेमको लागि उपयुक्त समय देखिन्छ । प्रतियोगितामा सहभागि हुनेहरुको लागि आजको दिन मिश्रित परिणाम प्राप्त हुने छ । तनाबको तपाईंको मन बिचलित पनि हुन सक्दछ कुनै पनि कुरामा धेरै नसोच्नु होला । कुनै नयाँ ब्यापार ब्यब्सायमा लगानी गर्न उपयुक्त समय छैन तर गरिआएका काम नियमित गर्दा पैसो कमाउने योग छ । कुनै पनि निर्णय आवेसमा नगर्नु होला ।

वृश्चिक : आजको दिन तपाईंको लागि राम्रो रहेको छ रमाइलो यात्रा पनि हुन सक्छ । पुराना अनुभब प्रयोग गर्दै नयाँ कामहरु गर्दा कामहरु बन्ने र सफलता मिल्ने देखिन्छ । रोजगारीका नयाँ नयाँ अवशर प्राप्त हुने देखिन्छ । प्रेम सम्बन्धमा गासिने सम्भावना रहेको छ माया प्रेमको बातावरण बन्ने छ । दाजु भाईमा प्रेम बढ्ने र सहयोग मिल्ने छ । सत्रुहरु परास्त हुनेछन । स साना समस्यालाई ख्याल नगर्ने हो भने आजको दिन तपाईंकोलाई निकै सुखद रहेको छ ।

धनु : आजको दिन आफ्नो स्वास्थ्यमा बढी ध्यान दिनु राम्रो हुन्छ । आज तपाईंले गरेको कामको जस प्राप्त नहुँदा मन खिन्न हुन सक्दछ । बादबिबादबाट टाढै रहनु राम्रो हुन्छ । आज अनावश्यक खर्चको पनि योग रहेको छ । नियमित कार्यहरुमै आम्दानी हुने छ । अध्ययन क्षत्र पनि मध्यम खालको रहेको छ । जागिर गर्ने हरुले कामको सिलसिलामा यात्रा गर्नुपर्ने हुनेछ ।

मकर : आज सुरु गरेको कामले भबिश्यमा राम्रो फल दिनेछ तसर्थ कुनै नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आजको दिन सुरु गर्नु राम्रो हुन्छ । ब्यापारिक क्षत्रमा पनि शुभ रहेको छ ब्यापार ब्यवसायबाट राम्रै आम्दानी हुने देखिन्छ । यात्राको क्रममा साबधानी अपनाउनु होला । परिवारका सदस्यको स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ

कुंभ : गतिलो निर्णय गर्न नसक्दा अवशरहरु गुम्न सक्ने खतरा रहेको छ तसर्थ निकै सुज भुजले निर्णय गर्नुहोला । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ प्रियसाथीसंग पनि भेटघाट होला । नयाँ जागिर खोज्दै हुनुहुन्छ भने जागिर प्राप्त हुन सक्छ । दाजुभाइ वा नजिकको आफन्त सँग सामान्य बादबिबाद हुन सक्छ बोलिमा नियन्त्रण गर्नुहोला । विद्यार्थीहरुको लागि राम्रो समय रहेको छ ।

मीन : भाई बहिनी सँग मिलेर गरेको काममा सफलता मिल्नेछ तर साथी भाई सँग दुरी बढ्न सक्छ अनावस्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला आज सबै तपाईंको बिरुद्द लागेको जस्तो अनुभब हुन सक्छ सम्यमता अपनाउनु होला । पिर चिन्ता लिएर बस्नु भन्दा कतै नजिकै घुम फिर गर्नु राम्रो होला । आर्थिक क्षत्र र अध्ययन क्षत्र मध्यम खालको रहेको छ । आजको दिन नयाँ काम हरु सुरु नगरनु र जे गरी आउनुभएको छ त्यसइलाई निरन्तरता दिनु राम्रो हुन्छ

SHARE