डिभी लोटरी पर्‍यो, तर अमेरिका होइन प्रहरी हिरासतमा बास भो !

0
337

काठमाडौँ : डिभी लोटरी परेपछि अमेरिका उड्ने एकजना युवाको सपना नक्कली शैक्षिक प्रमाणपत्रले अलपत्र पारिदिएको छ ।

डिभी लोटरी परेपछि अमेरिका जाने प्रक्रिया अघि बढाउने क्रममा चितवनका एक युवकले महाराजगन्जस्थित अमेरिकी दूतावासमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेपछि प्रहरीको खोरमा पुगेका हुन् ।

अमेरिका जानका लागि चितवनको भरतपुर महानगरपालिका–५ विकास चोकका २६ वर्षीय निखिल पराजुलीले टेन प्लस टु को नक्कली प्रमाणपत्र दूतावासमा पेश गरेका थिए ।

पराजुलीको शैक्षिक प्रमाणपत्रसहितका कागजात नक्कली पुष्टि भएपछि दूतावासले महानगरीय प्रहरी अपराध महाशाखालाई जानकारी गराएको थियो ।

दूतावासको जानकारीका आधारमा पराजुलीलाई महाशाखाको टोलीले मंगलबार महाराजगन्ज क्षेत्रबाटै पक्राउ गरी हिरसातमा लिएको हो । थप कारबाहीका लागि उनलाई महानगरीय प्रहरी परिसरमा बुझाइएको महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । -annapurnapost

SHARE