कात्तिक १, २०७६ काठमाडौंं , नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल मन्त्रिमण्डल फेरबदल नहुने बताएका छन्। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले तत्कालका लागि मिडियामा चर्चा भएअनुसार मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको बताएका हुन्। उनले भने ‘यति जना मन्त्री फेरिने भए रे, यी यी आउन थाले रे भनेर व्यापक हल्ला फैलिएको छ त्यसमा कुनै सत्यता छैन, हामीले त्यस्तो कुनै चर्चा गरेका छैनौँ।’ सरकार फेरबदलको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीमा भर पर्ने भएकोले यो प्रश्न आफूलाई नगर्न पनि पत्रकारलाई आग्रह गरे। ‘सरकार फेरबदलको कुरा के होरु’, प्रचण्डले भने ‘यो प्रश्न मलाई नसोध्दिए हुन्थ्यो भन्ने लाग्छ, यसमा ओलीजीले जे चाहनुहुन्छ त्यही हुन्छ।’ ‘तपाईँ पनि त पार्टीको अध्यक्ष हो नि’ पत्रकारको थप जिज्ञासामा प्रचण्डले भने, ‘हो म पनि अध्यक्ष हुँ, मन्त्री फेर्दा पक्कै मलाई सोधिन्छ होला तर अहिलेसम्म हामीबीच त्यस्तो कुनै छलफल र चर्चा भएको छैन।’ प्रचण्डले मन्त्रीमण्डल पुनर्गठन भए सुदूरपश्चिमलाई प्राथमिकता दिइने प्रतिवद्धता जनाए।
थाहाबाट
तत्काल मन्त्रिमण्डल फेरबदल हुँदैन अध्यक्ष प्रचण्ड
बन्द भएको कालीगण्डकी जलयातायात स्टिमर सुचारु
तिलाचन पाण्डे
कालीगण्डकी , कात्तिक १ गते ।
असारको पहिलो हप्तादेखी बन्द भएको कालिगण्डकी जलयातायात स्टिमर शुक्रबारबाट सुचारु भएको छ । कालीगण्डकी नदीमा पानीको बाहब बड्दै गएपश्चात जलयातायात बन्द भएको थियो ।
तीन जिल्लाको संगम स्थल गुल्मी , स्याङजा र पर्बतको मिर्मी आधिमुहानदेखी सेतीबेनी सम्मको ७ किलोमिटर जलयातायातबाट रमणीय यात्रा गर्न सकिन्छ भने ४५ मिनेटमा मिर्मी देखि सेतिबेणी सम्म पुग्न सकिन्छ ।
शिला शालीग्राम कालीगण्डकी जलयातायात प्राली द्धारा संचालित १२ वटा स्टिमररहरु संचालनमा रहेको स्टेम्बर ब्यबसायी रत्न बहादुर कुँवरले जानकारी दिए ।। कुँवरका अनुसार मिर्मी देखी सेतिबेनी सम्म ७ किलोमिटर जलयात्राको रु १५० रुपैयाँमा प्रतिब्याक्ति टिकट लिएर यात्रा गर्न सकिनेछ । पहिले जलयातायात गर्नेको भिड लाग्दथ्यो अहिले कालीगण्डकी करिडोर संगै बिभिन्न ठाउँहरुबाट मोटरबाटो संचालनमा आएपश्चात आन्तरिक पर्यटकहरुले मात्र स्टेम्बर प्रयोग गर्ने गरेको कुँवरले बताए । पहिले गुल्मी , स्याङजा , पर्बत र बाग्लुङसम्मका ब्याक्तिहरुले यात्रा गर्ने गर्दथ्ये अहिले जताततै मोटरबाटाहरु खुलेका कारण जलयात्रा गर्ने ब्याक्तिहरुमा कमी आएको अर्का ब्यबसायी चित्र थापाले बताए ।
२०५९ सालमा परीक्षण गरिएको स्टेम्बर जलयात्रा २०६१ सालबाट ब्यबसायीक रुपमा संचालनमा रहेका छन् ।
खुकुरी प्रहारबाट एक युवा गम्भिर घाइते
हुमाकान्त पोखरेल
गुल्मी, ३० असोज । गुल्मीमा खुकुरी प्रहारबाट एक युवा गम्भिर घाइते भएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा २ पिपलधाराका २५ बर्षिय निरञ्जन महत गम्भिर घाइते भएका हुन् ।
उनलाई धुर्कोट गाउँपालिका नम्बर ३ हाडहाडेका ३२ बर्षिय गोकर्ण खत्री र भाई २४ बर्षिय पदम खत्रीले खुकुरी प्रहार गरेका थिए । बुधबार मदाने गाउँपालिका ६ पुर्कोट दहको जनप्रिय युवा क्लवद्धारा आयोजित कार्यक्रमबाट फर्कने क्रममा विवाद हुँदा खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रहरी निरिक्षक पकंज तिवारीले जानकारी दिए ।
ढाडमा चोट लागेका घाइते महतलाई थप उपचारको लागि पाल्पा रिफर गरिएको छ । खुकुरी प्रहार गर्ने दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
छोरीलाई जबरजस्ति करणी गर्न खोज्ने बाबु पक्राउ
हुमाकान्त पोखरेल
गुल्मी, ३० असोज । आफ्नै १३ बर्षिय छोरीलाई जबरजस्ति करणी गर्न खोजेको आरोपमा बाबु पक्राउ परेका छन् ।
जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ४ दोहोलीका ४१ बर्षिया बाबु पक्राउ परेका हुन् । उनले असोज २९ गते साँझ मालिका गाउँपालिका ६ अर्जैमा छोरीलाई जबरजस्तिकरणी गर्न खोजेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिहं खड्काले जानकारी दिए । पीडितकी आमाले प्रहरीमा जायरी दिएकी छन् ।
पक्राउ परेका बाबुलाई गुल्मी अदालतबाट पाचँ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बाबु वैदेशिक रोजगारीबाट आएको र मदिरा सेवन गरेको झोकमा छोरीलाई जबरजस्तिकरणी गर्न खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको खड्काले जानकारी दिए ।
ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
चितवन। चितवनमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । ना१३प ६७०३ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले भरतपुर महानगरपालिका–१० सिर्जनाचोकमा ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–४ यज्ञपुरीका भविस केसीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकलमा सवार तनहुँ आबुखैरहनीका २२ वर्षीय सुशान्त अधिकारी र १९ वर्षीय प्रशान्त अधिकारी घाइते भएका छन् । उनीहरु दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
घाइते प्रशान्तको अवस्था गम्भीर र सुशान्तको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र ट्रकका चालक फरार रहेकाले खोजी कार्यलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गुल्मी कारागारमा कर्मचारी अभाव
तम्घास, ३० असोज । गुल्मी कारागारमा कर्मचारी अभाव भएको छ । कारागारको दरबन्दी १० जनाको भए पनि अहिले दुई जना मात्रै स्थायी कर्मचारी कार्यरत छन् । कूल सङ्ख्याको २० प्रतिशत मात्र हो ।

कारागारमा बाँकी ८० प्रतिशत कर्मचारी नै छैनन् । कारागारमा एक कार्यालय प्रमुख, एक सुब्बा, एक खरीदार, एक सहलेखापाल, एक अहेव, एक कम्प्युटर अपरेटर तथा चार कार्यालय सहयोगीको दरबन्दी कायम गरिएको छ । तर अहिले कार्यालय प्रमुख र कम्प्युटर अपरेटर मात्र कारागारमा रहेको कम्प्युटर अपरेटर तथा सूचना अधिकारी प्रभात मल्लीकले बताए ।
कारागार उद्यमशिलताका दृष्टीले समेत अब्बल भएकाले उनीहरुलाई आवश्यक सामग्रीहरुको उपलब्धता र बिक्री वितरणमा पनि कर्मचारी नभएका कारण मुस्किल परेको बताइएको छ ।
सीसी क्यामेरा जडान
सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर गुल्मी कारागारमा सीसी टिभी क्यामेरा जडान गरिएको छ । कारागार व्यवस्था विभागको सहयोगमा कारागारमा १० वटा क्यामेरा जडान गरिएको हो ।
कारागारको चौकिल्ला, प्रशासन र कैदीबन्दी बस्ने भवन तथा प्रमुख गेटमा क्यामेरा सेट गरिएको कारागाराका सूचना अधिकारी प्रभात मल्लीकले जानकारी दिए । विभागको साढे दुई लाखको लागतमा क्यामेरा जोडिएको हो । क्यामेरा जडानसँगै सुरक्षा र कारागार सञ्चालनमा सहजता आएको छ ।
अहिले कैदीबन्दीहरुको गतिविधिहरु कार्यालय प्रमुखले आफ्नै कोठाबाट नियाल्ने गरेका छन् । कार्यालयसँगै कैदीबन्दीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई पनि सीसी टिभी क्यामेराले सहजता मिलेको मल्लीकले बताए ।
अर्कोतर्फ क्षमताभन्दा तेब्बर बढि रहेका कैदीबन्दीहरुको व्यवस्थापनको चुनौतीमा समेत क्यामेराले सहयोग पुराएको छ । क्यामेराको कारण कैदीबन्दीहरुलाई पनि अनुशासनमा बस्न बाध्य बनाएको कैदी लेखनाथ गिरीले बताए ।
बिरजङ्गसहित विप्लव समूहका २१ नेता कार्यकर्ता पक्राउ (नाम सहित)
तुलसीपुर, ३० असोज । दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यहाँ विप्लव समूहको बैठक भइरहेको प्राप्त गोप्य सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले गएराति १ः०० बजे उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजङ्ग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुवास बाठा, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको हो । चन्द ‘विप्लव’ का दाजु हुन् । पक्राउ पर्नेमा केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज चन्द्रबहादुर चन्द (वीरजङ्ग) सहित राप्ती ब्युरो ईन्चार्ज केशवबहादुर बाँठा मगर (सुवास), राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक रामबहादुर थापा (सुन्दर), राप्ती ब्युरो कार्यालय सचिव सविन पोख्रेल, जिल्ला ईन्चार्ज यमलाल कटुवाल(विक्रम), जिल्ला सेक्रेटरी प्रदीप वली, युवा संगठन नेपाल केन्दीय अध्यक्ष बविन केसी (पाटन, जंगली), वुद्धिजिवी सुनिल पौडेल, एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य एकराज चौधरी, एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गा पा सेक्रेटरी धनबहादुर बोहोरा (महान), पूर्व जनमुक्ति सेना तिलक पुन, दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष सुरज विक, पार्टी सदस्य हितप्रसाद रोका, रोल्पा जिल्ला सदस्य पोष्टमान घर्ती, दलबहादुर खत्री, अमित घर्ती मगर, बालकृष्ण शर्मा, जीत क्षेत्री, रमेश आचार्य, बिष्णु थापा र कुलबहादुर ओली रहेका छन् ।
कालगण्डकी–तिनाउ डाईभर्सनबाट पछाडी हट्दैनौं : महासचिव पौडेल
बुटवल, ३० असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पौडेलले कालगण्डकी–तिनाउ डाईभर्सनबाट पछाडी नहट्ने बताउनु भएको छ । उहाँले भन्नुभयो–‘कत्रा कत्रा परिवर्तन त हामीले गरेका छौं भने कालिगण्की डाईभर्सन गर्न नसकिने भन्ने होईन ।’
कालिगण्डकी–तिनाउ डाईभर्सनको लागि बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम भईरहेको बताउँदै महासचिव पौडेलले डिपिआर निर्माणको काम सकिएपछि स्रोतको प्रवन्ध गरेर मोडालिटि तयार गरि निर्माणको काम अंगाडी बढ्ने आश्वासन दिनुभयो । ‘एक्लो लघुताभास राखेर हिंड्नु हुँदैन, गण्डकी प्रदेशसंगको झगडा व्यबस्थापन हुन्छ ।’ उहाँले भन्नुभयो–‘समय पनि लाग्छ, लगानी पनि लाग्छ, तर यसबाट पछाडी हट्दैनौं ।’
रुपन्देही उद्योग संघको ४१ औं वार्षिक साधारण सभा तथा २१ औं अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री समेत रहनुभएका प्रतिनीधि सभा सदस्य पौडेलले बिकास र समृद्धिको अभिभारा पुरा गर्ने काम नीजि क्षेत्रको साथ बिना सम्भव नभएको र मुलुकको अर्थतन्त्रलाई सवल बनाउनकालागि सरकारले सबै क्षेत्रलाई साथमा लिएर अंगाडी बढेको दावी गर्नुभयो ।
महासचिव पौडेलले सरकार नीजि क्षेत्रसंगै रहेको बताउँदै सरकारले चालेका कदमबाट हतोत्साही नहुन र ढुक्क भएर लगानी गरि रोजगारी अभिबृद्धि गर्न समेत नीजि क्षेत्रलाई आग्रह गर्नुभयो । ‘हामी देशैभरीका उद्योगी व्यबसायीका समस्यालाई सुन्न चाहन्छौं ।’ महासचिव पौडेलले भन्नुभयो–‘उद्योगी व्यबसायीका समस्या समाधान गरेरै अंगाडी बढ्ने हो, तपाईहरु नीजि क्षेत्र यहि बाटोबाट अंगाडी बढ्नुहोस, म आग्रह गर्न चाहन्छु ।’
रुपन्देही जिल्लालाई व्यबस्थित औद्योगिक क्षेत्र भएको जिल्लाको रुपमा अंगाडी बढाउन खोजिएको बताउँदै उहाँले सरकारले घोषणा गरेको मोतिपुर औद्योगिक क्षेत्रलाई आधुनिक र व्यबस्थित औद्योगिक क्षेत्र बनाईने आश्वासन दिनुभयो ।
त्यस्तै प्रदेश पाँचका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बैजनाथ चौधरीले प्रदेशको स्थायी राजधानी नतोकिँदा बजेट कार्यान्वयनमा समस्या भएको बताउनु भयो । उहाँले प्रदेशको स्थायी राजधानी तोक्ने प्रदेश सभाको काम भएपनि प्रदेश सभा मात्रै नभएर प्रतिपक्षि दल, संघीय सरकारको समेत भुमिका हुने भएकाले प्रदेशको स्थायी राजधानी तोक्ने काममा सहजिकरणकालागि पार्टी महासचिव पौडेललाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मौरले नागरिक अधिकार प्राप्त भएपनि अधिकार कार्यान्वयनकालागि आर्थिक समृद्धि आवश्यक रहेको र आर्थिक समृद्धिकालागि औद्योगिक क्रान्ति गर्न तीनै तहका सरकार गम्भिर बन्नुपर्ने बताउनु भयो ।
त्यस अवसरमा संघका अध्यक्ष गणेशप्रसाद अधिकारीले मुलुकको औद्योगिक बिकासकालागि नीजि क्षेत्रबाट प्रयास भएपनि सरकारले त्यस किसिमको बातावरण बनाउन नसकेको बताउँदै औद्योगिक वातावरण निर्माण गर्न आग्रह गर्नुभयो । उहाँले अहिले लोडसेडिङ् समस्या समाधान भएपनि बिद्युतमा थप समस्या आएको भन्दै त्यस्ता औद्योगिक बिकासका अवरोध हटाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । संघका वरिष्ठ उपाध्यक्ष बाबुराम बोहोराले घरेलु, साना, मझौला सबै उद्योग अटाउन सक्नेगरी निर्यात पवद्र्धन गर्नेगरी ऐन कानुन बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव कृष्णप्रसाद पराजुलीले औद्योगिक बिकासका समस्या समाधानकालागि आग्रह सहित करको दायरा बढ्नुपर्नेमा दर बढाएर उद्योग क्षेत्रलाई हतोत्साही पार्ने काम गरेको आरोप लगाउनु भयो । कार्यक्रमको सञ्चालन सचिव जिवकान्त काफ्लेले गर्नुभएको थियो ।

घर नबनाउने लाभग्राहीको रकम फिर्ता गराउन भन्दै प्राधिकरण गाउँगाउँमा
तिलाचन पाण्डे
असोज २९, २०७६ गुल्मी ः राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई गुल्मीले पुननिर्माण अन्र्तगतको निजि आवास निर्माण लाभग्राही सूचिमा रहेका तर घर निर्माण नगरेका लाभग्राहीहरुलाई रकम फिर्ता गर्न भन्दै पुन निर्माण प्राधिकरण गुल्मी स्थानीय तहका गाउँगाउँमा पुगेको छ ।
२०७२ साल बैशाख १२ मा गएको भूकम्पका कारण पुर्ण रुपमा घरमा क्षती भएका लाभग्राहीहरुले पहिलो किस्ता बापतको रकम ५० हजार रुपैयाँ लिएका तर घर निर्माणको कार्यपनि सुचारु नगरेका लाभग्राहीहरुलाई घर निर्माण गर्न आग्रह गर्दै र यदि घर निर्माण नगरे अबिलम्ब पहिलो किस्ता बापत लिएको ५० हजार रुपैयाँ फिर्ता गर्न गाउँगाउँमा पुगेर आग्रह गरेको छ ।
जिल्ला आयोजना कार्यन्वयन इकाई गुल्मीका प्रमुख पारस पन्थीका अनुसार लाभग्राहीहरुले सम्झौता गरेका तर घर निर्माण नगरेका लाभग्राहीहरुले अबिलम्ब गर्ने र यदि निर्माण नगरेमा रकम फिर्ता गर्न यसरी स्थानीय तहका वडा वडामा अभियानकै रुपमा गएको दाबी गरे ।
गुल्मी जिल्लाका कूल लाभग्राहीको सूचिमा रहेका चार हजार १४४ लाभ्रग्राहीहरु मध्ये तीन हजार ९६१ लाभग्राहीहरुले सम्झौता गरेको , पहिलो किस्ता लिनेको संख्या तीन हजार ८४३ रहेको पन्थीले बताए । यस्तै दोस्रो किस्ता लिनेको संख्या दूई हजार ७८३ जना रहेको र अन्तिम किस्ता लिने वा घर निर्माण सम्पन्न गरेकाको संख्या भने एक हजार ९०८ जना रहेको कार्यलयले जनाएको छ ।
२०७६ असार मसान्त सम्ममा पहिलो किस्ता बापतको रकम लिएका लाभग्राहीहरुले यहि कार्तिक मसान्त सम्ममा दोस्रो किस्ता रकम लिइसक्नु पर्ने भएकाले घर निर्माण गर्न आग्रह गरेको र यदि घर निर्माण नगरेमा पहिलो किस्ता बापतको रकम लिएका लाभग्राहीहरुले अबिलम्ब रकम फिर्ता गर्नुपर्ने भन्दै यदि नगरे सरकारी नियम अनुसार असुल उपर गरिने पन्थीले दाबी गरे । यसै गरि असार मसान्त सम्ममा दोस्रो किस्ता रकम लिएका लाभग्राहीहरुले माघ मसान्तसम्ममा मापदण्ड अनुसार घर निर्माण कार्य सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ ।
भ्ूाकम्प गएको यति लामो समय सम्म पनि तेस्रो किस्ता अर्थात अन्तिम किस्ता लिनेको संख्या किन कम भन्ने प्रश्नमा मापदण्ड अनुसार घर निर्माण नगरेका र सुधार गर्नु पर्ने भएकाले समस्या देखिएको पन्थीले दाबी गरे । यदि ती लाभग्राहीहरुले मापदण्ड अनुसार घर निर्माण नगरे हालसम्म लिएको सम्पूर्ण रकम फिर्ता गराएरै छाड्ने पन्थीको दाबी छ ।
अब पुन निर्माण प्राधिकरणले घर निर्माण नगर्ने लाभग्राहीहरुले घर निर्माण नगरे लाभ ग्राहीको सूचिबाट हटाउने र लाभग्राहीहरुले लिएको रकम फिर्ता गराउने गरि गुल्मी जिल्लामा अभियानकै रुपमा रहेको कार्यलयले दाबी गरेको छ । स्थानीय तहका जनप्रतिनिधिहरुलाई हालसम्म वडा स्तरको प्रगती र अब के गर्न सकिन्छ भन्दै अन्र्तक्रिया गरिएको कार्यलयले जनाएको छ । जतिसक्दो छिटो घर निर्माण गर्न र यदि नगरे लाभग्राहीहरुले लिएको रकम फिर्ता गराउने गरि स्थानीय तहमा कार्य भइरहेको कार्यलयले जनाएको छ ।
हालसम्म मुसिकोट नगरपालिका , चन्द्रकोट , सत्यवती , कालिगण्डकी जनप्रतिनिधिहरुसंग निजि आवास पुन निर्माण सम्बन्धी हालसम्मको प्रगती र तोकीएको समयसिमा भित्र पुन निर्माण कार्य सम्पन्न गर्नुपर्ने गरी प्रतिबद्धता संगै कार्ययोजना बनाई जनप्रतिनिधहरु , कर्मचारीहरु घरघरमा अभियानकै रुपमा गई लाभग्राही संग छलफल गर्ने र घर निर्माण नगरे लिएको रकम फिर्ता गर्ने अभियान संपन्न गरेको कार्यलयले जनाएको छ । अन्य स्थानीय तहमा पनि अभियानकै रुपमा अन्र्तक्रिया गरिने पन्थीले दाबी गर्नुभयो ।
दशैं मान्न आएकाहरु पुनः गन्तव्यमा फर्कदै, तम्घासमा भिडभाड
अनिल खत्री, गुल्मी असोज २९।
दशैं मनाउन आफनो घर तथा आफन्तकहाँ आएकाहरु फर्किन थालेका छन् । गुल्मी जिल्लाबाट बिभिन्न स्थानका आफनो पेसा व्यवसाय एवं रोजगारि गर्नका लागि गएकाहरु दशैं मनाउन आफनो घर तथा आफन्त कहाँ आएका थिए ।
दशैं सकिए लगत्तै बिभिन्न स्थानका लागि फर्किनेहरुले जिल्ला सदरमुकाम तम्घासबाट सवारी साधन छुट्को स्थानहरुमा भिडभाड बढेको हो । दशैंमा मनाउन शहरबाट धेरै जसो आफ्नो घर तथा गाउँमा जानाले सुनसान बनेको जिल्लाको सदरमुकाम तम्घास बजारमा चहल पहल शुरु भएको छ। दशैं मनाएर आफनो गनतव्य स्थल तर्फ फर्किर्ने र बिभिन्न व्यवसाय गर्नेहरु बजार क्षेत्रमा फर्किने गर्नाले चहल पहल शुरु भएको हो । गाँउबाट फर्किने मानिसहरुले गर्दा ग्रामिण क्षेत्रबाट बजार क्षेत्रमा आउने सवारीका साधनहरुमा पनि मानिसहरुमा सवारीको चाप बढेको छ ।
काम बिशेषले शहर र रोजगारिको लागि बिदेसीएकाहरु दशैंका लागि गाउँ फर्किएकाले सुनसान बनेका ग्रामीण बस्तीमाहरुमा चहलपहल थियो । लामो समयसम्म देश तथा प्रदेशमा रहेकाहरु सकेसम्म दशैं मनाउन आउने गर्नाले अरु पर्वमा भन्दा चहलपहल हुने गर्दछ। वडादशैंमा सकेसम्म परिवारका सबै सदस्यहरु एकैठाउँमा जम्मा भएर मनाउनु पर्छ भन्ने मान्यताले पनि परिवारका सबै सदस्यहरु एकै ठाउँमा जम्मा भएर मनाउने गर्दछन् ।दशैं मनाएर फर्किनेहरुले गर्दा बसपार्क तथा सवारी साधनहरुमा छुटने स्थानहरुमा भिड देख्न सकिन्छ ।कतिपय बिद्यालयहरु तिहारपछि खुल्ने भएकाले पनि बिद्यार्थीहरु भने तत्कालै फर्किएका छैनन् । तर अन्य रोजगारि र व्यवसाय गर्नेहरुलाई दशैं सकिएपछि फर्किन हत्तार हत्तारमा छन् । दशैं मान्न आफनो घरमा जनतन आएकाहरुलाई सवारी साधनमा सिट नपाउँदा समस्या हुने गरेको कतिपयको गुनासो रहेको छ ।
जिल्लाबाट सिमित सवारी साधनहरु छुट्ने गरेकाले पनि अगिपछिको तुलनामा यात्रु बढि भएकाले फर्किनेहरुलाई समस्या पर्ने गर्दछ । जसरी हुन्छ छिटो पुग्ने बाहनामा क्षमताभन्दा वढि यात्रु राख्ने र जवरजस्ती सिट नहुदा पनि सवारी साधानमा यात्रा गर्दा चाडपर्वमा वढि दुर्घटना हुने गरेका छन् । त्यसैले यात्रा गर्दा सबैपक्ष जिम्मेवार बनेर यात्रा गर्न र दुर्घटना न्यूनिकरण गर्न तर्फ सबैको ध्यान जानुपर्ने देखिन्छ ।


















