बन्द भएको कालीगण्डकी जलयातायात स्टिमर सुचारु

0
638

तिलाचन पाण्डे
कालीगण्डकी , कात्तिक १ गते ।
असारको पहिलो हप्तादेखी बन्द भएको कालिगण्डकी जलयातायात स्टिमर शुक्रबारबाट सुचारु भएको छ । कालीगण्डकी नदीमा पानीको बाहब बड्दै गएपश्चात जलयातायात बन्द भएको थियो ।
तीन जिल्लाको संगम स्थल गुल्मी , स्याङजा र पर्बतको मिर्मी आधिमुहानदेखी सेतीबेनी सम्मको ७ किलोमिटर जलयातायातबाट रमणीय यात्रा गर्न सकिन्छ भने ४५ मिनेटमा मिर्मी देखि सेतिबेणी सम्म पुग्न सकिन्छ ।
शिला शालीग्राम कालीगण्डकी जलयातायात प्राली द्धारा संचालित १२ वटा स्टिमररहरु संचालनमा रहेको स्टेम्बर ब्यबसायी रत्न बहादुर कुँवरले जानकारी दिए ।। कुँवरका अनुसार मिर्मी देखी सेतिबेनी सम्म ७ किलोमिटर जलयात्राको रु १५० रुपैयाँमा प्रतिब्याक्ति टिकट लिएर यात्रा गर्न सकिनेछ । पहिले जलयातायात गर्नेको भिड लाग्दथ्यो अहिले कालीगण्डकी करिडोर संगै बिभिन्न ठाउँहरुबाट मोटरबाटो संचालनमा आएपश्चात आन्तरिक पर्यटकहरुले मात्र स्टेम्बर प्रयोग गर्ने गरेको कुँवरले बताए । पहिले गुल्मी , स्याङजा , पर्बत र बाग्लुङसम्मका ब्याक्तिहरुले यात्रा गर्ने गर्दथ्ये अहिले जताततै मोटरबाटाहरु खुलेका कारण जलयात्रा गर्ने ब्याक्तिहरुमा कमी आएको अर्का ब्यबसायी चित्र थापाले बताए ।
२०५९ सालमा परीक्षण गरिएको स्टेम्बर जलयात्रा २०६१ सालबाट ब्यबसायीक रुपमा संचालनमा रहेका छन् ।

SHARE