छोरीलाई जबरजस्ति करणी गर्न खोज्ने बाबु पक्राउ

0
391

हुमाकान्त पोखरेल
गुल्मी, ३० असोज । आफ्नै १३ बर्षिय छोरीलाई जबरजस्ति करणी गर्न खोजेको आरोपमा बाबु पक्राउ परेका छन् ।

 

जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ४ दोहोलीका ४१ बर्षिया बाबु पक्राउ परेका हुन् । उनले असोज २९ गते साँझ मालिका गाउँपालिका ६ अर्जैमा छोरीलाई जबरजस्तिकरणी गर्न खोजेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिहं खड्काले जानकारी दिए । पीडितकी आमाले प्रहरीमा जायरी दिएकी छन् ।

पक्राउ परेका बाबुलाई गुल्मी अदालतबाट पाचँ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बाबु वैदेशिक रोजगारीबाट आएको र मदिरा सेवन गरेको झोकमा छोरीलाई जबरजस्तिकरणी गर्न खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको खड्काले जानकारी दिए ।

SHARE