Thursday, June 4, 2026

रामपुर खानेपानीको छैठौँ वार्षिक साधारण सभा सम्पन्न

0

चैत २९,२०७९ पाल्पाः रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था रामपुर पाल्पाको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

रामपुर नगरपालिका वडा नं. ४, ५, ६ र ७ मा खानेपानी उपलब्ध गराउँदै आएको संस्थाले बुधबार साधारण सभा गरेको हो । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सञ्चालक समिति अध्यक्ष राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको हो ।

साधारण सभाको उट्घाटन गर्दै प्रमुख अतिथी आचार्यले रामपुर नगरभित्र रामपुर खानेपानी जस्ता समाजिक संस्थाले एकताको मध्यम बाट प्राप्त उपलब्धीले सकारात्मक सन्देश दिएको बताउनुभयो । उहाँले समुदायस्तरबाट भएका प्रयासले सफलता हात पारेको भन्दै गण्डकी बेशी क्षेत्रको ध्यान खिच्ने गरी विकासका योजना अघि बढाउने तर्फ जोड दिनुपर्ने बताउनुभयो ।

समन्वय र सहकार्य बाट मात्र संघियताले सार्थक रुप प्राप्त गर्ने भएकाले अन्तरपालिका संगको समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो । आचार्यले संघिय सरकार मार्फत लिफ्ट सिंचाई, रामपुर फाँट सिचाईको योजना र खानेपानीको योजनालाई बृहत बनाउने प्रक्रिया अघि बढेको बताउनुभयो । लुम्बिनी प्रदेशका पूर्व सांसद युवराज खनालले रामपुरको विकासको लागि खानेपानी योजनाको ठूलो भुमिका रहेको भन्दै अब सरसफाईको लागि टोलविकास संस्थालाई सक्रिय बनाउनु आवश्यक रहेको बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले खानेपानी सहज र सुलभ बनाउन नगरपालिकाले पहल गर्ने बताउनुभयो ।

राजनैतिक दलहरुको तर्फबाट कांग्रेस रामपुरका सभापति नेत्रप्रसाद भट्टराईले धारणा राख्दै खानेपानीको दिर्घकालिन व्यवस्था गर्न नगरका दलको साथ र सहयोग रहने बताउनुभयो । संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अर्घखाँचीका इन्जिनियर योगेन्द्र यादवले शुद्ध खानेपानीका लागि प्रविधिक सहयोगका लागि तप्पर रहेको बताउनुभयो ।

रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले खानेपानीको आपूर्ति बढाउनु, खोलानाला तथा अन्य विकल्प सोच्ने समय आएको बताउनुभयो । उहाँले डिप बोरिङ्गले पार्न सक्ने प्रभावलाई ख्याल गर्नु पर्ने सुझाव दिनुभयो । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका संस्थापक अध्यक्ष कमलराज भट्टराईले कामहरु अझै बाँकी रहेको र अब क्षमता वृद्धिमा ध्यान दिनु पर्ने बताउनुभयो ।

रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका पूर्व उपाध्यक्ष हुमनाथ न्यौपानेले पनि स्रोतको दिगोपनका लागि ध्यान दिनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा उपभोक्ता विष्णु प्रसाद बस्याल र कमला रेग्मीले आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सञ्चालक समिति अध्यक्ष राजु प्रसाद श्रेष्ठले रामपुर खानेपानी नगरकै गौरवको आयोजना भएकोले खानेपानी योजनाको क्षमता वृद्धि गर्न थप योजनाको लागि २५ करोडको डिपिआर तयार गरि प्रक्रिया अघि बढाएको बताउनुभयो । उहाँले खानेपानीको अधिकांश पाईप सडकमा पर्दा चुनौती देखिएको जानकारी दिनुभयो ।

३ हजार २ सय घरधुरीको लागि सञ्चालन भएको संस्थामा अहिले ३ हजार ८ सय ४६ उपभोक्ता सदस्य रहेको छ । अब ७ हजार धारा विस्तार गर्ने लक्ष्य सहित थप योजना माग गरिएको जानकारी दिनुभयो । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कोषाध्यक्ष विष्णुमाया ढकालले आर्थिक वर्ष २०७८÷०७९ को ५ करोड ९७ लाख ४ हजार ८१ रुपैयाँ ३१ पैसा बराबरको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष हजिल दिन मियाँको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई सदस्य कमल सेनले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव शालिकराम सिग्देलले गर्नु भएको हो । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले हाल पाँच स्थानबाट भूमिगत पानी तानेर आपूर्ति गर्दै आएको छ ।

रामपुरमा स्काउट सम्बन्धी तीन दिने तालिम सकियो

0

सुशीला रेग्मी
चैत२९,२०७९ पाल्पा : पाल्पाको रामपुरमा स्काउट सम्बन्धी संचालन भएको तीनदिने तालिम सकिएको छ ।

नेपाल स्काउट जितापुर कृउको आयोजनामा स्थानीय स्काउट कार्यालय रामपुर र रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालयको सहयोगमा चैत २७ गतेदेखि तालिम आयोजना गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले स्काउट बालबालिकाको मार्ग निर्देशन गर्ने संस्था रहेको हुदा यस्ता खालका कार्यक्रमले विद्यार्थीले राम्रो कुरा सिक्ने अवसर प्राप्त गर्ने बताउनुभएको छ ।

 

विद्यार्थीलाई कितावी ज्ञानले मात्रै नभई यसका अलवा बाहिरी ज्ञान सीप सिक्नु अति आवश्यक रहेको हुदा रामपुर अंग्रेजी आवासिय माविले गरेको यस कार्यक्रम प्रशंसनिय रहेको नगर उपप्रमुख थापाले बताउनुहुदै यस कार्यक्रमलाई आगामी दिनमा रामपुर नगरपालिकाले सहयोग गर्ने बताउनुभएको छ ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले स्काउट समुहले रामपुरमा आएर जोखिम, विपद व्यवस्थापन सम्बन्धी धेरै कुरा सिकाएको बताउनुभएको छ । विद्यालयका व्यवस्थापकीय निर्देशक सुर्यप्रसाद घिमिरेले विद्यार्थीले अति उत्सुकतापुर्वक सहभागी भएको बताउनुहुदै यस्ता तालिम अति आवश्यक रहेको बताउनुभएको छ । नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक सत्यनारायण शाहिले तीन दिनको समयमा विद्यार्थीले धेरै ज्ञान सीप हासिल गरेको बताउनुभएको छ । राष्ट्रिय समाचार समितिका पाल्पा समाचारदाता सुशीला रेग्मीले यस्ता खालका कार्यक्रमले रामपुरको सकारात्मक सन्देश बाहिर जाने र यसले विद्यार्थीले धेरै कुरा सिक्ने अवसर पाएको बताउनुभएको छ ।

 

रामपुर नगरपालिका वडा नं ४ को बोहोरीडाँडामा शारीरिक व्यायाम सहित तालिम सकिएको छ । यस तालिममा काठमाण्डौबाट ३० र रामपुर अंग्रेजी आवासिय विद्यालयबाट ७१ जना विद्यार्थी सहभागी थिए । विद्यालयमा १५० जना स्काउटका विद्यार्थी अध्ययनरत छन् ।

 

स्काउट कक्षामा कक्षा ६ देखि ११ कक्षासम्मका विद्यार्थी सहभागी छन् । तालिमको सहजिकरण नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक सत्यनारायण शाही,सहायक प्रशिक्षक रोजिना शाही, क्याम्प संयोजक साईन थापा मगर, क्रियाकलाप संयोजक रिकेश नगरकोटी, ईन्चार्ज शिशिर तामाङ, आयुषा थापा, शशी खड्का, निहारिका डंगोल, प्रेम शाक्य, सुविना नगरकोटि, आशिफ थापा, राहुल शाहले गर्नुभएको हो । स्काउटिङ विकासको लागि वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न जिल्लामा यस सम्बन्धी कार्यक्रम भईरहेको छ ।

रामपुर अंग्रेजी आवासिय माविमा भएको कार्यक्रममा सहभागीलाई स्थानीय स्काउट कार्यालय रामपुर स्काउटका संयोजक सागर श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रमको संचालन स्काउट सदस्य शिक्षक अनिल सुनारले गर्नुभएको हो ।

 

रामपुर अंग्रेजी आवासिय मावि कक्षा ११ का विद्यार्थी सन्ध्या मल्ल र ललितपुरबाट आउनु भएका विद्यार्थी सालिम महर्जनले तीन दिनको अवधिमा धेरै कुरा सिकेको अनुभव सुनाउनुभएको छ । कार्यक्रममा सहभागी विद्यार्थीलाई प्रमाणपत्र र प्रशिक्षकलाई मायाको चिनो प्रदान गरिएको छ । यस तालिममा ललितपुरको अनलज्योती बोर्डिङ्ग स्कुल, अस्मिता ईङ्गलिस स्कुल, ल्याण्डमार्क एकेडेमीका विद्यार्थीको सहभागीता रहेको थियो ।

गुल्मीमा फरक क्षमता भएका विद्यार्थीलाई विद्युतिय चुलो र खेलकुद सामग्री सहयोग

0

चैत २७,२०७९गुल्मी:उपल्लो तम्घास माविमा फरक क्षमता भएका बिद्यार्थीलाई बिद्युतिय चुलो तथा खेलकुद सामग्री वितरण गरिएको छ ।

 

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले १३ औ बार्षीक उत्सवको अवसरमा बिद्युतिय चुलो तथा खेलकुद सामग्री प्रदान गरिएको संस्थाका शाखा प्रबन्धक इश्वरी गौतमले बताए । सस्थाले आर्थिक क्रियाकलापसंगै सामाजिक कल्याणका कामहरु पनि गर्ने भएकाले उपल्लो तम्घास माविमा फरक क्षमता भएको बिद्यार्थीलाई सहयोग गरेको गौतमले बताए ।

 

उनले नेपालकै उत्पादन र नेपाली बिद्युतबाटै संचालन गर्न सकिने इन्डक्सन चुलो, कुकर र खेलकुदका लागि सामग्री प्रदान गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथी रेसुंगा नगरपालिका वडा नं ९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डेयले सामाजमा लघुबित्तको बारेमा थुप्रै भ्रमहरु सृजना भएकाले सवैलाई एउटै डालोमा राखेर व्याख्या र व्याहार गर्न नहुने बताए ।

 

उनले केहि राम्रो गर्ने लघुबित्त पनि भएकाले आफ्नो लगानीमा ख्याल गर्न संस्था र क्रृणीलाई आग्रह गरे । बिद्यालयका निमित्त प्रध्यानाध्यापक मोति प्रसाद गौतमले बिद्यालयलाई सहयोग गर्ने संस्थालाई धन्यबाद दिए ।

 

बिद्यालयमा २४ जना फरक क्षमता भएका विद्यार्थी छन् । कार्यक्रममा वडा सदस्य, बिद्यालय व्यावस्थापन समितिका पदाधिकारी तथा शिक्षक लगायतको उपस्थिती रहेको थियो ।

लोक स्टारमा जम्दै गुल्मेली सन्तोष ,फाइनलमा पुगेसङै जिल्लाबासीमा खुसियाली

0

चैत २७.२०७९ गुल्मी।गुल्मीको छोरा सन्तोष क्षेत्री हिमालय आइएमई लोक स्टारमा जम्दै जान थालेका छन ।

 

ऊनी चर्चित प्रतिस्पर्धा लोक स्टारको फाइनल चरणमा पुगेपछि सम्पुर्ण गुल्मेली खुशी भएका छन । क्षेत्रीको घर गुल्मीको इस्मा गाउँपालिका ४ का दोहलीको ढाडमा पर्छ ।

 

सानैदेखि उत्कृष्ट स्वर भएका क्षेत्री लोक तथा सुगम संगीतमा बिशेष रुची राख्छन् । लोक स्टारको स्टेजमा निर्णायकको खुबै मन जितेका क्षेत्री दर्शकको मन-मनमा बस्न सफल भएका छन ।

 

बाध्यबाधनमा समेत अब्बल क्षेत्रीले जिल्लाबासीको मायासंगै भोटको आशा व्यक्त गरेका छन् । उनको भोटिङ्ग कोड १५ रहेको छ ।

 

भोट गर्नको लागि आइएमइ पे एप डाउनलोड गरेर लोक स्टार क्लिक गरि १५ मा भोट गर्न सकिन्छ ।

वडाको धार्मिक भ्रमणले जेष्ठ नागरिक हर्षित ,वडाअध्यक्ष सहित जनप्रतिनिधिको खुलेरै प्रशंसा

0

रामकृष्ण कंडेल

चैत्र २६,२०७९ गुल्मी: गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नं. ६ ले वडाका जेष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण गराएको छ ।

वडाले चैत्र २४ र २५ गते ६८ वर्ष नाघेका ६० जना ईच्छुक जेष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण गराएको हो ।वडा समितिको पहलमा धार्मिक एवं पर्यटकिय स्थलहरुको भ्रमण गरिएको थियो । उनीहरुलाई अर्घाखाँचीकोसुपादेउराली , भगवान गौतमवुद्वको जन्मस्थल लुम्बिनी , सिद्ववावा मन्दिर , पाल्पाको रानीमहल कालिगण्डकी, भैरवस्थान मन्दिर अवलोकन गराईएको थियो ।

 

भ्रमणमा सहभागी जेष्ठ नागरिकले स्थानीय सरकारले घुमाउन लगेकोमा खुशी व्यक्त गरे। वडाले आफुहरुलाई निशुल्क यातायातको ब्यवस्थापन खाने बस्ने सुविधा सहित धार्मिक भ्रमण गराउँदा जेष्ठ नागरिकहरु निकै खुशीभएका छन् ।

 

उनीहरुले जनप्रतिनिधिहरु बाट आफ्ना छोराछोरीहरुले बुवा आमालाई गर्नु पर्ने ब्यवहार पाएकोबताउँदै अन्य वडा वडाले पनि यसलाई अनुसरण गर्नुपर्नेमा जोड दिए । उनीहरुले वडाध्यक्ष लगायत सम्पुर्ण जनप्रतिनिधीहरुको खुलेर प्रशंसा समेत गरे ।

 

यस भ्रमणले जेष्ठ नागरिकहरुलाई स्फूर्ति मिलेको वडाध्यक्ष मुकेश थापाले बताए । अहिलेको व्यस्त समयमा घर परिवारले ज्येष्ठ नागरिकलाई समय दिन नभ्याउने तथा दिनभर घरमा बसिरहेका बुवा आमाहरूलाई नयाँ ठाउँकोअवलोकन गराउने उद्देश्यले वडाको वार्षिक बजेटबाट भ्रमणमा लगिएको वडा अध्यक्ष थापाले बताए ।

 

थापाले नयाँ ठाउँको विकास तथा पछिल्ला दिनमा भएका परिवर्तनबारे प्रायः वृद्ध वृद्धा बेखबर रहने र कतिपय गुल्मी
भन्दा बाहिर ननिस्किएकाहरू पनि भएकाले उहाँहरूको सम्मान स्वरूप गुल्मी मै पहिलो पटक दुइ दिने भ्रमणमा लागिएको जानकारी दिए ।

 

 

वडामा जम्मा ६८ बर्ष माथिका १६६ जना जेष्ठ नागरिकहरु रहेका छन। वडाको बार्षिक बजेट बाट जेष्ठनागरिक भ्रमण शिर्षकमा २ लाख बजेट विनियोजन गरिएको थियो । उक्त बजेट बाट बचत भएको रकम बाट अति असक्त तथा भ्रमण कार्यक्रममा सहभागि नभएका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको थापाले
बताए । जेष्ठ नागरिक इतिहासको ऐना भएकोले उनीहरुको सल्लाह सुझावलाई शिरोधार गर्ने उनको भनाइ छ ।

 

।जेष्ठ नागरिक समाजका गहना हुन् । बृद्ध बृद्धा हुदै गए पछि धार्मिक कुरामा मन रमाउने भएको कारण पनि
जेष्ठ हरुलाइ यसप्रकारको भ्रमणको आयोजना गरिएको वडा सदस्य सुन्दर कुँवरले बताए ।

स्थायी घर गुल्मीदरबार गाउँपालिका वडा नं. ६ भई हाल बुटवल पव्लिक स्कुलका संचालक हेमलाल भुषालले शनिबार विहान आफ्नै विध्यालयमा खाजा नास्ताको निसुल्क ब्यवस्था मिलाएका थिए साथै मिरा ट्रस्टको तर्फबाट प्रत्येकलाई एकएक वटा आधा के.जि.को चेवनपरास समेत प्रदान गरेका थिए ।

विभिन्न कामको शिलसिलामा बुटवलमा बस्दै आएका ६ नं. वडाका रुपन्देहीमा संचालित विभिन्न संघ संस्था र सामाजिक
ब्याक्तित्वहरुले आफ्ना बाबुआमा नाता गोताहरु र छरछिमेकी हरुलाइ वडा कार्यालयले धार्मिक भ्रमण गराएकोमा वडा कार्यालयलाई प्रशंसा गर्दै जेष्ठ नागरिकहरुलाइ फलफुल वितरण गरेका थिए ।

जेष्ठ नागरिक भ्रमण कार्यक्रममा जेष्ठनागरिकहरुको यात्रा ब्यवस्थापन गर्न वडा सदस्य रेशम प्रधान , विष्णु सुनार
लगायत वडाका सम्पुर्ण जनप्रतिनिधि, कार्यपालिका सदस्य इश्वरि परियार, सनुदेवी कार्की ,जेष्ठ नागरिकहरुलाई
यात्रामा आउन सक्ने स्वास्थ्य समस्यालाई ब्यवस्थापन गर्नको लागि स्वास्थ्यकर्मी , टोल विकास संस्थाका स्यंसेवकहरु महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र वडा स्थित कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

रामपुर अस्पतालमा युवा समाजसेवी रानालाई स्वागत

0

सुशीला रेग्मी
चैत २२,२०७९ पाल्पाःरामपुर अस्पतालमा स्वागत तथा परिचयात्मक कार्यक्रम भएको छ । अन्तर्राष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष तथा युवा समाजसेवी सन्दिप रानालाई स्वागत गरिएको छ ।

युवा समाजसेवी रानाले रामपुर अस्पतालमा ब्लड बैंक स्थापनाका लागि रेफ्रीजेटेर, अत्याधुनिक प्रविधि सहितको एम्बुलेन्स सेवा लगायतका आवश्यक उपकरणको व्यवस्थापनमा पहल गर्ने बताउनुभएको छ । अस्पतालको नयाँ भवनको अवलोकन गर्दै यस अस्पतालको क्षेत्र फराकिलो रहेको हुदा आफु पनि रामपुरकै स्थानीयवासी रहेकाले थप सेवा विस्तारमा सक्दो सहयोग गर्ने युवा समाजसेवी रानाले बताउनुभयो ।

अस्पतालका निमिक्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विजय परियारले अस्पतालको सेवा प्रवाह सन्बन्धी जानकारी गराउनुभएको छ । नयाँ निर्माण भएको अस्पताल अब छिट्टै नै हस्तान्तरणको चरणमा रहेको हुदा अब अस्पतालको सेवा प्रवाह बिस्तार गर्दै जाने बताउनुभएको छ । महिला रोग, हाडजोर्नी, बालबालिका रोग बिशेषज्ञ डाक्टरको दरबन्दी व्यवस्थापन गरी यसले करिव ८०५ स्वास्थ्योपचार सेवा दिन सकिने, डायलायसिस, आईसियु सेवा संचालन अति आवश्यकता रहेको डा परियारले जानकारी गराउनुभएको छ ।

नेपाली कांग्रेस रामपुर नगर कार्य समिति सभापति नेत्रप्रसाद भट्टराईले यस अस्पतालको सेवा क्षेत्र ठुलो रहेकोले यहाँ दिन सक्ने सम्पूर्ण सेवा संचालन भएमा बाहिर उपचार गर्न जाने झण्झट हट्ने बताउनुभएको छ । कार्यक्रमको संचालन अस्पतालका प्रशासन सहायक हिरा विकले गर्नुभएको हो । कार्यक्रम अस्पताल विकास समिति अध्यक्ष रामप्रसाद ढकाल रमेशको अध्यक्षतामा चलेको हो ।

कार्यक्रममा अस्पताल विकास समिति, कर्मचारी, पत्रकार, सामाजिक व्यक्तित्व लगायतको सहभागीता रहेको थियोे ।

रामपुर नगरपालिकामा स्वागत तथा सम्मान कार्यक्रम

0

सुशीला रेग्मी
चैत २२,२०७९ पाल्पाःरामपुर नगरपालिकामा स्वागत तथा सम्मान कार्यक्रम भएको छ ।

नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा रामपुर आउनुभएका जिल्ला न्यायाधीश कमलराज बिष्ट, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्भ शर्मा, सशस्त्र प्रहरी नायव उपरीक्षक उद्दव वन लगायतलाई स्वागत तथा सम्मान गरिएको छ । नगर प्रमुख रमणबहादुर थापाले ढाकाटोपी, खादा र मालाले स्वागत गर्नुभएको छ ।

नगर प्रमुख थापाले रामपुर नगरपालिका कार्यालयका गतिविधिबारे जानकारी दिनुहुदै रामपुरमा बाहिरबाट नै हेर्ने नजर नकारात्मक रहेको हल्ला फैलाउने गरेको र यहाँ नयाँ आउने कर्मचारीलाई नकारात्मक कुरा अनावश्यक सुनाउने गरेकाले लामो समयसम्म बस्न नचाहेको बताउनुभएको छ ।

नागरिकता, जन्मदर्तामा धेरै समस्या देखिएको, कतिपय सन्दर्भमा नियम र कानुन पालना गर्दै व्यावहारिक पक्षलाई पनि मध्यनजर गर्दै काम गर्नु परेको, कम जनशक्तिका बाबजुद पनि ईलाका प्रहरी कार्यालय रामपुरले सेवा दिईरहेको हुदा रामपुर क्षेत्रमा बसोबास गर्नेको जनघनत्व बढ्दै जादा शान्ति सुरक्षालाई थप मजबुत र व्यवस्थित बनाउन प्रहरी उपरीक्षक सहितको जनशक्ति थप गर्नुपर्ने नगर प्रमुख थापाले बताउनुभएको छ ।

कार्यक्रमको संचालन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले गर्नुभएको हो । वंशज, ठेगाना नखुलेको ज्येष्ठ नागरिकको नागरिकता, बालबालिकाको जन्मदर्ता, बालविवाह, अवैध गिट्टी बालुवा उत्खनन्, शान्ति सुरक्षामा चुनौती सम्बन्धी समस्याका बारेमा सहभागीले जानकारी गराएका छन् । जिल्ला न्यायाधीश कमलराज बिष्टले स्थानीय तहमा न्यायिक समितिले हेर्ने मुद्दा जिल्लामा आउने गरेको बताउनुहुदै सकेसम्म स्थानीय तहमा नै टुङ्ग्याउन अनुरोध गर्नुभएको छ । साथै उहाँले न्यायिक समितिमा परेका निवेदन मेलमिलापबाट भएन भने फैसलाबाट जानुपर्ने बताउनुभएको छ ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले आफ्नो कार्यकालको पहिलो करिव एक वर्षको अवधिमा ६४ वटा निवेदन न्यायिक समितिमा दर्ता भएकोमा ३३ वटा मेलमिलापबाट मिलाइएको बताउनुहुदै सबैभन्दा धेरै निवेदन जग्गा विवाद सम्बन्धी आउने गरेको बताउनु भएको छ । उहाँले न्यायिक समितिले गरेका कामका सन्दर्भमा जानकारी गराउनुभएको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जन्मदर्ता तोकिएको निश्चित समयभित्र बाहेक पछि सच्याउन नपाईने, नागरिकता र शैक्षिक प्रमाणपत्रमा नाम गल्ती भएमा शैक्षिक प्रमाणपत्रको आधारमा सच्याउन मिल्ने, नागरिक लिन वंशजको आधारमा खुलेको हुनुपर्ने, अंशवण्डा लगायतका कारणले नागरिक नबनेको अवस्था छ भने प्रहरीको सहयोगमा नागरिकता बनाउन सकिने, नागरिकता विधेयक संशोधन नहुदा समस्या परेको बताउनुभएको छ ।

वडामा विभिन्न प्रकारका विवरण आउने भएकाले वडा सदस्यलाई तालिमको व्यवस्थापन गर्न नगरपालिकालाई अनुरोध गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्भ शर्माले प्रहरीमा आएका गुनासा र समस्याको समाधानमा नेपाल प्रहरी तल्लीन रहेको बताउनुहुदै कुनैपनि घटनाको निश्चित म्याद तोकिएको हुदा समयमा निवेदन दर्ता गर्न अनुरोध गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष तथा युवा समाजसेवि सन्दिप रानाले लागुपदार्थ दुव्र्यसनी नियन्त्रण, १२ देखि १४ वर्षका उमेर समुहका बालबालिका असुरक्षित यौन सम्पर्कले गर्भपतन गराउदा स्वास्थ्य जोखिममा परेको बताउनुहुदै जनचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा रामपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दल, सुरक्षाकर्मी, पत्रकार, सामाजिक व्यक्तित्वको सहभागीता थियो ।

 

सीमा सुरक्षामा सशस्त्र प्रहरी संवेदनशील : खड्का

0

चैत २२,२०७९ बाँके : बाँकेको नरैनापुर गाउँपालिका ६ गंगापुरमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको उद्घाटन गरिएको छ ।

 

बुधबार एक समारोहका बिच नं ५ बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति बिदुर खडका र नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गर्नु भएको हो ।

 

कार्यक्रममा बोल्दै बाहिनीपति खड्काले सीमा सुरक्षाको जिम्मेवारी बाहेक पनि राष्ट्रले सुम्पेको अन्य जिम्मेवारीमा तल्लीन भएर सशस्त्र प्रहरीले काम गरिरहेको बताउनु भयो । उहाँले मुलुकको भूमि एक इन्च पनि तलमाथि नहुने गरी सशस्त्र प्रहरी संवेदनशील भई काम गर्ने जिकिर गर्नु भयो । नागरिकको सुरक्षाका लागि सुरुमा सुरक्षाकर्मीलाई नै बलियो बनाउनुपर्ने भन्दै सो ठाउँमा बोर्डर आउट पोष्टको स्थापना गरिएको बाहिनीपतिको भनाई थियो ।

 

सीमा सुरक्षाका लागि सबैको भूमिका महत्त्वपूर्ण रहने बताउदै बाहिनीपति खड्काले ‘सीमा सुरक्षा गर्ने जिम्मेवारी सुरक्षाकर्मीको मात्र हो भनेर भन्नू हुन्न तपाई हामी नागरिकको पनि उत्तिकै भूमिका रहन्छ ।’

कार्यक्रममा बोल्दै नरैनापुर गाँउापालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले सशस्त्र द्वन्द्वको विषम परिस्थितिमा स्थापना भई मुलुकमा शान्ति सुरक्षामा सशस्त्र प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नु भयो । उहाँले विपद्का वेला उद्धार संक्रामक रोग नियन्त्रणमा पनि सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको थियो । अध्यक्ष शाहले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको निरन्तर डिउटीले गर्दा चोरी तस्करी कम भएको बताउदै भन्नुभयो ‘पहिले गाउँमै आएर चोरी, डकैती हुने गरेको भन्ने सुन्ने गरिन थियो,’ ‘अहिले त्यस्तो भएको छैन, सीमा क्षेत्रमा हुने अबैध ओसारपसार पनि रोकिएको छ ।’

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक सन्तोष सिंह राठोर,राष्ट्रिय अनुसन्धानका उप निर्देशक मोहन कुवर, नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, सशस्त्रका डिएसपी दिपक चन्द, वडा नं। ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्य, वडा नं। ६ का अध्यक्ष प्रेम मौर्य, नरैनापुरका लेखा अधिकृत भरत बस्नेत लगायतको सहभागिता रहेको थियो ।

वीउविजन सम्बन्धी तालिम रामपुरमा सुरु

0

सुशीला रेग्मी
चैत २२,२०७९ पाल्पाः पाल्पाको रामपुर नगरपालिकाका वीउविजन सम्बन्धी तालिम सुरु भएको छ ।

वीउविजन क्षेत्रका बहुसरोकारवालाहरु संगको समन्वय सहकार्य र साझेदारीमा आधारित व्यवसाय उन्मुलन वीउवीजन सम्बन्धी चारदिने तालिम रामपुर नगरपालिका वडा नं ६ को आयोजनामा तालिम सुरु भएको हो ।

दरैठाँटी मावि विजयपुरको सभाहलमा वडाध्यक्ष दिवाकर देवकोटाको अध्यक्षतामा उद्घाटन कार्यक्रम गरिएको छ । कार्यक्रमको उद्देश्यमाथि जानकारी दिदै रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सामुदायिक रेडियो रामपुरका प्रतिनिधि दिपेन्द्र भट्टराईले गर्नुभएको हो ।

अन्तर्राष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष तथा युवा समाजसेवी सन्दिप रानाले हाम्रो जीवनसंग जोडिएको कृषिको महत्वलाई उजागर गरी यसबाट सबै नागरिक आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले कृषिप्रधान देश नेपालमा आफ्नै देशको उत्पादनले नेपाली बाँच्ने अवस्था नरहेको हुदा समयानुकूल कृषिजन्य प्रविधिको प्रयोग गरेर बाँझिएका जमिन हराभरा बनाएर आफ्नै देशमा उत्पादन भएको वस्तु उपभोग गरी जीवनयापन गर्नुपर्ने बताउनुभएको छ ।

नेपालमा निर्यातभन्दा तीन गुणा बढी आयात गर्नु परिरहेको अवस्था रहेको बताउनुहुदै अब आयातलाई घटाउने गरी उत्पादन बढाउनुपर्ने बताउनुहुदै गाउघरमा रैथाने बालि लोप हुदै गएको अवस्थामा अब यसलाई पुनःनिरन्तरता दिनुपर्ने युवा समाजसेवी रानाले बताउनुभएको छ । कार्यक्रममा वीउविजन प्रयोगशाला भैरहवाका प्रमुख शालिकराम गौतमले तालिममा सिकेका सिपलाई व्यावहारमा प्रयोग गर्न सकियो भने कृषकले आर्थिक लाभ लिन सक्ने बताउनुभएको छ ।

ब्रह्मकुमारी ईश्वरीय विद्यालय रामपुरका सरस्वतीले प्रवचनमार्फत स्वस्थ भोजनले मानिस स्वस्थ र फुर्तिलो हुने बताउनुभएको छ । वीउविजन सम्बन्धी तालिम दरैठाँटी मावि हल र मौरीपालन सम्बन्धी तालिम विजयपुर कृषि सहकारीको हलमा हुनेछन् ।
कृषि ज्ञानकेन्द्र पाल्पाको आयोजनामा मौरीपालन सम्बन्धी तालिम दुईदिन चल्नेछ । मौरीपालन सम्बन्धी तालिमको सहजिकरण कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारी, बालीसंरक्षण अधिकृत मिलन गैरे, रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेय, रामपुर मौरीस्रोत केन्द्रका हुमनाथ न्यौपानेले गरिरहनुभएको छ ।

वीउविजनसम्बन्धी राष्ट्रिय गहुँबाली विकास कार्यक्रमका बरिष्ठ वैज्ञानिक दिपक पाण्डेय, वीउविजन प्रयोगशाला भैरहवाका प्रमुख शालिग्राम गौतम, कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारी, बालीसंरक्षण अधिकृत मिलन गैरे, रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले गरिरहनुभएको छ ।

लुम्बिनीमा सरकार बनाउने होडबाजी

0

दिवाकर पोख्रेल
देउखुरी, चैत २१ गते । लुम्बिनी प्रदेशमा सरकारमा बस्ने अनी नयाँ सरकार बनाउने विषयमा विवाद छ ।

 

संघमा राजनीतिक समिकरण परिवर्तन भएपछि नेकपा एमालेको नेतृत्वमा रहेको लुम्बिनी प्रदेशमा समर्थन गरेका सरकारमा रहेकोे माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमत पार्टी बाहिरिए पछी सरकार अल्पमतमा छ । केन्द्रमा फेरिएको राजनीतिक समीकरणको आधारमा आठ राजनीतिक दलका ५४ जना सांसदको हस्ताक्षर सहित मुख्य मन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई नियुक्तीको माग गर्दै प्रदेश प्रमुख समक्ष दावी पेश गरिएको छ ।

 

यो दाबी नै काुन सम्बत नभएको सत्तापक्ष एमालेको बुझाइ छ । नेकपा एमालेका साँसदहरुले प्रतिपक्षी दलहरुले विधि मिचेर फरक ढङगले प्रस्तुत भइरहेको बताउँदै आएका छन । आज लुम्बिनी प्रदेशसभाको पहिलो अधिबसेनको नवौँ बैठकमा बोल्ने प्रतिपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले मुख्यमन्त्रीको राजनीमा माग गर्दा एमालेका साँसदले बैधानिकतामा जोड दिएको हो ।

 

नेपाली काँग्रेसका प्रदेशसभा सदस्यले अल्पमतमा परेका मुख्यमन्त्रीले संविधानका धारा उपधारा हेरेर बस्नी मात्र नभइ संविधानले भने बमोजिम सदनमा प्रक्रिया अघि बढाउन आग्रह गर्नुभयो । नेपाली काँग्रेसकै धनलक्ष्मी श्रेष्डले सरकार अल्पमतमा हुँदा पनि छाड्न नसक्नु राजनीतिक इमान्दारिताको संकट भएको बताउनुभयो ।

 

यता नेकपा एमालेका प्रदेशसभा सदस्यले तुलसी प्रसाद चौधरीले राजनीतिक इमान्दारिता नेकपा एमालले मात्रै लिनुपर्ने हो ? भन्दै संसदमा प्रश्न गर्नुभयो ।

 

उहाँले भन्नुभयो, ‘अस्ती मात्रै सरकारमा रहेर अहिले राजीनामा गरेका मन्त्रीले सवारीसाधन लगायतको सुविधा लिइरहने यहाँ इमान्दारिता देखाउनु पर्दैन,मुख्यमन्त्रीलाई एक महिनाको सुविधा छ, सो अवधमिा कानुन अनुसार उहाँले विश्वासको मत ल्याउनुहुन्छ ।’बैशाख १० गतेको निर्वाचन पछि पुन राजनीतिक समिकरण परिवर्तन हुने भन्दै उहाँले प्रतिपक्षी दलहरुलाई सरकार बनाउनज र मन्त्री हुन हतारो नगर्न समेत आग्रह गर्नुभयो ।