
चैत २७.२०७९ गुल्मी।गुल्मीको छोरा सन्तोष क्षेत्री हिमालय आइएमई लोक स्टारमा जम्दै जान थालेका छन ।
ऊनी चर्चित प्रतिस्पर्धा लोक स्टारको फाइनल चरणमा पुगेपछि सम्पुर्ण गुल्मेली खुशी भएका छन । क्षेत्रीको घर गुल्मीको इस्मा गाउँपालिका ४ का दोहलीको ढाडमा पर्छ ।

सानैदेखि उत्कृष्ट स्वर भएका क्षेत्री लोक तथा सुगम संगीतमा बिशेष रुची राख्छन् । लोक स्टारको स्टेजमा निर्णायकको खुबै मन जितेका क्षेत्री दर्शकको मन-मनमा बस्न सफल भएका छन ।
बाध्यबाधनमा समेत अब्बल क्षेत्रीले जिल्लाबासीको मायासंगै भोटको आशा व्यक्त गरेका छन् । उनको भोटिङ्ग कोड १५ रहेको छ ।
भोट गर्नको लागि आइएमइ पे एप डाउनलोड गरेर लोक स्टार क्लिक गरि १५ मा भोट गर्न सकिन्छ ।








