Friday, June 5, 2026

होटल व्यवसायी महासंघ नेपालको तेस्रो महाधिवेशन पुस ४ गते सुर्खेतमा हुने

0

यमलाल भुसाल, बुटवल कार्तिक २७ ।
होटल व्यवसायी महासंघ नेपाल केन्द्रिय कमिटीकोे बुटवलमा बसेको बैठकले आगामी पुस ४ र ५ गते तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको छ ।

महासंघको तेस्रो महाधिवेशन सम्पन्न गर्न होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालको संयोजकत्वमा गठित उच्च स्थितरीय संमितिले निर्णय गरि पठाएको समय र मितिलाई महासंघको केन्द्रिय बैठकले अनुमोदन गरेको सचिव विरमञ्ंजन वटालाले बताउनु भयोे ।

होटल व्यवसायी महासंघ नेपाल केन्द्रिय अध्यक्ष अमृत भुजेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनलाई व्यवस्थित रुपमा संचालन गर्न विरमञ्ंजन वटालाको संयोजकत्वमा १३ सदस्यीय सचिवालय समिति चयन गरेको छ । महासंघको बुधवार बुटवलमा वसेको बैठकले चयन गरेको सचिवालय समितिको ततकाल बसेको बैठकले तेस्रो महाधिवेशन सुर्खेतमा गर्ने निर्णय गरेको छ ।

बैठकले महाधिवेशनमा सहभागिताका लागि हरेक दर्तावाल संस्थावाट ५ जना प्रतिनिधी र २ जना पर्यवेक्षक सहभागिता गराउन पाउने गरि निर्णय गरेको उच्च स्थितरीय संमितिका सचिव तथा महासंघका सल्लाहकार इमान्दु वरालले बताउनु भयो । त्यसैगरि प्रदेश समितिवाट पनि हरेक प्रदेशवाट ५ जना प्रतिनिधी छनौट गरि पठाउनु पर्ने निर्णय बैठकले गरेको छ । महासंघको ५३ सदस्यीय कार्य समितिको कार्यकाल ३ वर्षे हुने बिधानमा व्यवस्था रहेको छ ।

महाधिवेशनमा संस्थागत सहभागिताका लागि आउदो मंसिर ७ गते भित्र संस्था दर्ता गराई सक्नु पर्ने छ भने प्रतिनिधीहरुकोे मंसिर २० गते भित्र नामावली सचिवालयमा पठाई सक्नु पर्ने समेत बैठकले निर्णय गरेको छ । बैठक पछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भुजेलले महाधिवेशनको मिति र स्थान तय गरिएको जानकारी गराउनु भयो ।

फुल्लेल दम्पतीद्वारा तुलादानको रकम रेसुङा गौशालालाई प्रदान

0

टोपलाल अर्याल, गुल्मी कार्तिक २७।
मान्छे भाग्यले चौरासी बर्ष पुग्छन् । ठुलो खुसी हुन्छ । त्यहि खुसीमा सक्नेले चौरासी पुजा गर्छन । आफन्त र इष्टमित्र बोलाएर दान दिने तथा भोज भतेर गर्ने प्रचलन छ । चौरासी पुजामा तुला चढ्ने अर्को अचम्मको परम्परा हिन्दु संस्कार रहेको छ ।

आफ्नो तौल बराबर सुन वा पैसा दान गर्नको लागि तुला दान गर्ने गरिएको छ । धेरैले त्यो तुलादानको पैसा आफन्त र इष्टमित्रलाई टिका लगाएर दिने गरेका छन् । तर अर्घाखाँची छत्रदेव गाउँपालिका ८ खसकोटका एक दम्पतीले तुलादानको पैसा समाज सेवामा खर्च गर्ने भएका छन् ।

खसकोटका शिवलाल फुल्लेल र कमला फुल्लेलले रेसुङ्गा गौशलाको व्यावस्थापनको निम्ती तुलादानको पैसा खर्च गर्ने निर्णय गरेको नाति सुरज पोख्रेलले जानकारी दिए । फुल्लेल दम्पतीले कार्तिक २६ गते चौरासी पुजा गरेका छन् । सोहि अवसरमा आफ्नो तौल बराबरको २३ हजार सात सय रुपैयाँ रेसुङ्गा गौशाला संरक्षण समितिलाई प्रदान गर्ने निर्णय
गरेको पोख्रेलले बताए ।

त्यो रकम रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाललाई मंगलबार फुल्लेल दम्पतीले घरमै हस्तान्तरण गरेका छन् । अहिले गौशालाको नाममा अक्षयकोष स्थापना गरेर रकम राख्ने र पछि रकम थप गदै लैजाने छोरा दिनेश फुल्लेलले बताए ।

अक्षयकोषको व्याजबाट गाईहरुलाई दाना पानी तथा अन्य व्यावस्थापन गरिने फुल्लेलले बताए । रकम बुझ्दै मेयर भुसालले यो काम सामाजिक हितमा भएकाले फुल्लेल दम्पतीको दिर्घ जीवनको शुभकामना व्यक्त गरे ।

उनले यो परिवारले जस्तै सवैले सामाजिक भावान देखाउनुपर्नेमा जोड दिए । चौरासी पुगेका फुल्लेल दम्पतीका एक छोरा र दुई छोरी रहेका छन् ।

गुल्मीमा उल्लासपुर्ण रुपमा मनोनयन दर्ता मुख्य दुई दलबीच चुनावी प्रतिस्पर्धा

0

टोपलाल अर्याल, गुल्मी कार्तिक २७।
गुल्मीको उपनिर्वाचनमा मुख्य दुई दलबीच प्रतिस्पर्धा देखिएको छ । बुधबार मुख्य निर्वाचनको कार्यालय रुरु क्षेत्र गाउँपालिका वडा न ४ बलेटक्सारमा नेकपा, नेपाली काङ्ग्रेस एक जनाले स्वतन्त्रको तर्फबाट मनोनयन दर्ता गरेका छन ।
रुरु क्षेत्र गाउँपालिका ६ रिमुवामा ०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेवाट निर्वाचित वडा अध्यक्ष पुर्ण बहादुर रेगामीको निधन भएपछि वडा अध्यक्ष पदको लागि उपनिर्वाचन हुदैछ । निर्वाचनका लागि प्रमुख राजनितीक दल नेकपा र नेपाली काग्रेसले उम्मेदवारको छनौट गरिसकेका छन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गिरि प्रसाद सिन्जालीलाई प्रतिस्पर्धामा उतारेको छ ।

भने नेपाली काङ्ग्रेसले बेद प्रसाद दर्लामीलाई उमेदवार बनाएको छ । दुवै जनाले बुधबार उल्लासपुर्ण रुपमा मनोनय दर्ता गरेका छन।भने मन बहादुर दर्लामीले स्वतन्त्र उम्मेद्बारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपाका उमेदवार सिन्जाली २०७४ सालको स्थानीय तहको निर्वाचनमा बिजयी वडा सदस्य हुन । भने नेपाली काङ्ग्रेसका दर्लामी वडा अध्यक्षमा पराजित भएका थिए । सबैभन्दा पहिले पन्चेबाजा सहित नेपाली काङ्ग्रेसले केन्द्रिय नेता चन्द्र भण्डारी र जिल्ला स्तरीय नेता कार्यकर्ताको साथमा ११ :४७ बजे मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।

त्यसपछि नेकपाले प्रदेश सभा सदस्य कमलराज श्रेष्ठ, दिनेश पन्थी र जिल्ला स्तरीय नेता कार्यकर्ताको साथमा १२ : ५० मा मनोनयन दर्ता गरेको पौडेलले बताए । त्यसपछि स्वतन्त्रका उमेदवार मन बहादुर दर्लामीले मनोनयन दर्ता गराएका थिए । रुरु गाउँपालिका ६ रिमुवामा कुल मतदाता सख्या २ हजार ४८ रहेको मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

निर्वाचन कार्यालयले अहिलेसम्म गाउँपालिकामा आफ्नो कार्यलय स्थापना र वडाको वस्तुस्थितीको वारेमा जानकारी लिएको छ । मुख्य निर्वाचन अधिकृत पौडेलका अनुसार १ मसिंरमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ।

लिपुलेकबारे पाल्पाली युवाको प्रधानमन्त्रीसमक्ष ३० हजार हस्ताक्षर

0

कात्तिक २६, २०७६ पाल्पा . भारतले पछिल्लो समयमा सार्वजनिक गरेको राजनीतिक नक्साप्रति असन्तुष्ट जनाउदै पाल्पाली युवाले दवावस्वरुप हस्ताक्षर संकलन गरी प्रधानमन्त्रीसमक्ष पेश गरेका छन्। उनीहरुले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको बताएका छन्। पाल्पाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालमार्फत प्रधानमन्त्री समक्ष संकलित हस्ताक्षर सहितको व्यानर मंगलबार पेश गरेका हुन्। नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल पाल्पा र अनेरास्ववियू पाल्पाले संयुक्त रुपमा पेश गरेका हुन्। यी दुइ संगठनले जिल्लाको सदरमुकाम तानसेनमा तीन दिनसम्म स्वतस्फूर्त रुपमा हस्ताक्षर संकलन गरेका थिए। कात्तिक २४, २५ र २६ गतेसम्म सञ्चालन भएको अभियानमा करिब ३० हजार जनताले हस्ताक्षर गरेको युवा संघका अध्यक्ष धनेन्द्रराज घिमिरेले बताए। यो पहिलो चरणको आन्दोलन हो यदि भारतद्वारा सार्वजनिक भएको राजनीतिक नक्सा तत्काल नसच्याए अझ कडा आन्दोलन गर्ने अनेरास्ववियू पाल्पाका अध्यक्ष प्रेम वगालेले चेतावनी दिए। आन्दोलनको सुरुवाती चरणमा पाल्पाली जनताको समर्थन लिन हस्ताक्षर संकलन गरेको उनले बताए। संकलित हस्ताक्षर बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले आफुले तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाउने बताए। भारतले सार्वजनिक गरेको नक्सामा नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो भू(भागमा परेको उल्लेख छ। यसविरुद्धमा पाल्पामा पनि आन्दोलन थालिएको हो।थाहाबाट

गुल्मीमा भेटीएका तीन वटा शबको अझै पहिचान हुन सकेन

0

कात्तिक २६ , २०७६ गुल्मी ः
कात्तिक १६ गते शनिबार बिहान गुल्मीमा बेवारिसे अबस्थामा फेला परेका तीन वटा शबको अहिलेसम्म पनि पहिचान हुन सकेको छैन । १६ गते शनिवार बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानमा अन्दाजी २७ वर्षिय महिलाको र अन्दाजी ७ र ८ वर्षका २ बालीकाको बेवारिसे अबस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए ।
कच्ची सडकबाट ४ मिटर पर बेवारिसे अबस्थामा महिलाको शब र सोहि स्थानबाट १ मिटर पर २ वटा बालकको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । शबलाई पाल्पाको जिल्ला अस्पतालामा शबलाई सुरक्षित राखिएको घलले बताउनुभयो । अहिलेसम्म शबको पहिचान हुन नसकेकाले लामो समयसम्म शबलाई राख्नुपर्ने भएकाले पाल्पा पठाइएको घलेको दाबी छ । घटनाको अबस्था हेर्दा कसैले हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । पहिले शबलाई पहिचान गर्न नै नसकेका कारण थप अनुसन्धानमा समस्या भएको घलेले बताए । जसका लागि पाल्पा , बाग्लुङ , म्याग्दी लगायतका जिल्ला प्रहरी कार्यलयहरु संग पनि समन्वय भइरहेको घललेले दाबी गरे । हामी जताततै खबर गरेका छौ कसैको आफन्तीको शब भएमा जिल्ला प्रहरी कार्यलय गुल्मीमा सम्पर्क गर्न पनि घलेले आग्रह गरे । घटनाको बारेमा बिस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले आग्रह गरेको छ ।

बालबच्चाद्धारा भैलोको रकम सामाजिक क्षेत्रमा

0

 

रिया बस्नेत , कात्तिक २६ , २०७६  ःतिहारको अवसरमा खेलिने देउसी–भैलीबाट संकलित रकम बनभोज जाने तथा अन्य मनोरञ्जनात्मक कार्यमा खर्च गर्ने गरिएको पाईन्छ । तर पछिल्लो समय देउसी भैलाे बाट सङ्कलित रकम विभिन्न सामाजिक कार्यमा खर्च गर्ने प्रचलन पनि बढ्दै गएको छ। बुटवल काे तल्लाे फुलबारी ४ मा अबस्थित श्री सिद्धबाबा दुर्गा भवानि शिवकुमारी सैंजु बृद्धअाश्रममा बुटवल ११ मा रहेकाे ट्रिलियम मन्टेश्वरि स्कुलका स-साना बालाबालिका हरुले खाध्ययान सामाग्री बितरण गरेका छन । देउसी भैली खेलेर संकलन गरेको रकमले बृद्धअाश्रममा अाश्रीत ९ जना जनालाई चमल ,दाल, नुन, तेल, अाटा, फलफुल, हर्लिक्स, बिस्कुट र जाेडाे मा लगाउने जुत्ता गरि करिब १० हजार बराबरकाे सामाग्री हरु उपलब्ध गराएकोे साेहि स्कुलकाे प्रधानाध्यापक तारा अर्याल ले जानकारी दिनुभयाे । परम्परागत देउसीभैलो खेलेर जम्मा भएको रकमलाई वनभोज वा विभिन्न मनाेरन्जनात्मक कार्यहरु गरि फजुल खर्च गर्नुभन्दा सामाजिक सेवामा खर्च गर्नु उत्तम भएको भन्दै बृद्ध बृद्धा बुबा अामालाई खाध्ययान बितरण गर्दा उहाँहरु रमाउँदा आफूहरूलाई झनै आनन्द र मनमा सुख शान्ति मिलेको अर्याल बताउनु हुन्छ ।

गुल्मीमा २ हजार ७१ जनाले मात्रै पुननिर्माणको घर निर्माण गरे

0

गुल्मीमा २ हजार ७१ जनाले मात्रै पुननिर्माणको घर निर्माण गरे ,

सबै भन्दा बढी प्रगति कालीगण्डकी गाउँपालिकामा कम धुर्कोटमा

तिलाचन पाण्डे
कात्तिक २६ , २०७६ गुल्मी ः २०७२ साल बैशाख १२ मा गएको बिनासकारी भुकम्पका कारण गुल्मीमा कुल ४ हजार १४४ घरहरुमा पूणै रुपमा क्षती पुग्यो तर पुननिर्माणको अबस्था हेर्दा हालसम्म्म २ हजार ७१ लाभग्राहीहरुले मात्र घर निर्माण सम्पन्न गरेको पाइएको छ ।
जिल्ला आयोजना कार्यन्वय इकाई अनुदान ब्यबस्थापन तथा स्थानीय पुर्वाधार कार्यलय गुल्मीका अनुसार जिल्लाको रेसुंगा नगरपालिका गुल्मीमा १७८ लाभग्राही मध्ये ८५ जनाले घरनिर्माण गरेका छन् । यस्तै मुसिकोट नगरपालिकामा ७५४ लाभग्राहीमध्ये ३११ जनाले घर निर्माण सम्पन्न् गरेका छन् । गुल्मी दरवार गाउँपालिकामा १६६ लाभग्राहीहरु मध्ये ६७ जनाले घर निर्माण संपन्न गरे । छत्रकोट गाउँपालिकामा २३१ लाभग्राहीमध्ये १०५ जनाले घर निर्माण सम्पन्न गरेको अनुदान ब्यबस्थापन तथा स्थानीय पुर्वाधार कार्यलय गुल्मीका प्रमुख पारस पन्थीले जानकारी दिए । रुरु गाउँपालिकामा २८९ लाभग्राही मध्ये १७३ जनाले घर निर्माण गरी अन्तिम किस्ता लिइसकेको कार्यलयले जनाएको छ । मदाने गाउँपालिकामा १२३ लाभग्राही मध्ये ७६ जनाले घर निर्माण सम्पन्न गरेको मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिएका छन् । मालिका गाउँपालिकामा ७७ जना लाभग्राही मध्ये ३१ जनाले घर निर्माण सम्पन्न गरी अन्तिम किस्ता लिइसेका छन् । यस्तै इश्मा गाउँपालिकामा १११ लाभग्राही मध्ये ४२ जनाले घर निर्माण सम्पन्न गरे । धुर्कोट गाउँपालिकामा ४७५ लाभग्राही मध्ये १४९ जनाले घर निर्माण सम्पन्न गरेको कार्यलयले जनाएको छ । सत्यवती गाउँपालिकामा ४५० लाभग्राही मध्ये २६२ जनाले घर निर्माण सम्पन्न गरेका छन् । चन्द्रकोट गाउँपालिकामा २३८ लाभग्राहीहरु मध्ये १०३ जनाले घर निर्माण सकेको र सबै भन्दा प्रभाबित कालीगण्डकी गाउँपालिकामा १ हजार ७० मध्ये ६६७ जनाले घर निर्माण सम्पन्न गरेको अनुदान ब्यबस्थापन तथा स्थानीय पुर्वाधार कार्यलय गुल्मीकी कम्प्युटर अपरेटर पार्बती खत्रीले जानकारी दिइन् । यसरी हेर्दा रेसुंगा नगरपालिकाको ४९ प्रतिशत प्रगति भएको पाइएको छ भने माथि उल्लेखित स्थानीय तहहरु अन्यको क्रमश ४५, ४३, ५० , ६२ , ६२ , ४२ , ३८ , ३३ , ६० , ४६ , ६४ प्रतिशत प्रगति भएको कार्यलयले जनाएको छ । यसरी हेर्दा सबैभन्दा बढी कालीगण्डकी गाउँपालिका र धुर्कोट गाउँपालिकाको सबै भन्दा कम प्रगति भएको तथ्यांकले देखाएको छ ।
भुकम्प गएको यतकिा समय बितीसक्दा पनि किन प्रगति कम भन्ने प्रश्नमा कार्यलयका प्रमुख पारस पन्थीले मापदण्ड अनुसार घर निर्माण नगरेका कारण प्रगति कम भउको भन्दै सुधारका लागि आग्रह गरिएको दाबी गरे । यदि मापदण्ड अनुसार घर निर्माण नगर्ने र रकम लिई घर निर्माण सुरु नगर्ने लाभग्राहीहरुले लिएको रकम फिर्ता गर्न अभियान नै चलाइएको दाबी गर्दै अन्यथा सरकारी सरह असुल उपर गरेरै छाडने दाबी गरे ।

गुल्मीमा एक जना मृत फेला

0

कात्तिक २६ , २०७६ गुल्मी ः गुल्मीमा एक जना मृत फेला परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ५ फोक्सीनी सामुदायिक जंगलमा ४५ वर्षिय काशीराम पाण्डे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले जानकारी दिए ।
२५ दिन पहिलेबाट हराएका पाण्डे मंगलवार बिहान जंगलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । शबलाई पोष्टमार्टको लागि गुल्मी अस्पतालमा ल्याइएको र घटनाको बारेमा थप अनुसधान भइरहेको  जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

लुम्बिनी मेडिकल कलेजको लापरवाहीले पेटको उपचार गर्न आएकी गुल्मीकी युवतीको मृत्यू

0

पाल्पा । अस्पतालको लापरवाहीको कारण पेटको उपचार गर्न आएकी गुल्मीको एक युवतीको अकालमै ज्यान गएको छ । गुल्मीको रेसुंगा नगरपालिका ८ खानीगाउँकी १७ वर्षीया लक्ष्मी रसाइलीलाई कात्तिक २३ गते पेट दुखेर उपचार गर्न पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचारको लागि ल्याएको थियो । छोरीको शनिवार बिहानपख अलि अलि पेट दुख्यो भनेर अस्पताल ल्याएका थियौै आमा रेश्मा रसाइलीले भन्नुभयो स्थानीय स्वास्थ्य संस्थाले स्वास्थ्यकर्मीले उनलाई एपेन्डिक्स भएको हुन सक्ने भन्दै थप उपचारका लागि पाल्पा लैजान दिएको सुझाव अनुसार लुमेकमा ल्याएको तर अस्पतालले लापरवाहीको कारण छोरीको उपचार हुन नसकेको बताउनुभयो ।

आइतवार बिहानै डाक्टरको सल्लाह बमोजिम उनको उनको रगत, दिसा, पिसाव सबै जाच भयो । यी सबै जाचका लागि लक्ष्मी स्वयम् आफै सम्वन्धित वार्डमा पुगेकी थिइन् ।
मध्यान्ह १२।३० मा रिपोर्ट आयो उनको एपेन्डिक्सको अपरेशन गर्नुपर्ने भन्दै परिवारसित सल्लाह भयो । डाक्टरले सुरुमा कम्प्युटर प्रविधिबाट एपेन्डिक्सको अपरेशन गर्ने भन्दै परिवारसित लिखित मञ्जुरी लिए । त्यतिञ्जेल लक्ष्मीमा बिरामीको कुनै पनि थिएन । उनकी आमा रेश्माले भक्कानिदै भन्नुभयो, छोरी आफै ठाउँ ठाउँमा पुगेर रगत दिसा पिसाव दिएकी हुन्, अपरेशन गर्ने ठाउँमा जाने बेला पनि उनी राम्रै गरि बोलेर गएकी हुन् तर फर्कदा न उनको बोली सुन्न पाए, न त छोरी नै ।”

पुनः २।३० मा डाक्टरले समस्या केही जटिल भएको भन्दै अपरेशन गर्नुपर्ने भन्दै पुनः परिवारबाट लिखित अनुमति लिए । रगत चाहिने भन्दै डाक्टरले बताएपछि परिवार स्रोत रगतको खोजीमा लागे । त्यतिञ्जेल साँझको लगभग ४ बजिसकेको थियो । पछि उनका आफन्तीहरु पनि थपिएपछि बिरामीको स्वास्थ्य अवस्थाबारे चासो भयो ।
बिरामीको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको, एपेडिक्सको अपरेशन गर्ने क्रममा उनको पाठेघर लगायतमा रगत जमेको पाइएको र नशासम्वन्धी बिशेषज्ञ मेडिकलमा नभएकोले थप उपचार सम्भव नभएको भन्दै मेडिकलका डाक्टरले भने । त्यसपछि मात्रै उनलाई थप उपचारका लागि आइतबार साँझ ८।३० मा भैरहवा लगिएको थियो । एम्बुलेन्समा डाक्टर र नर्सहरु मात्रै थिए त्यसैले लक्ष्मीको स्वास्थ्य अवस्थाबारे परिवारले थाहा समेत पाउन सकेनन् । परिवार स्रोत अर्कै गाडीमा भैरहवा पुगे ।

भैरहवा पु¥याउने बित्तिकै पनि उनको उपचार सुरु हुन सकेन । झण्डै आधा घण्टा उनले उपचारको प्रतिक्षा एम्बुलेन्सबाटै गर्नुप¥यो । अन्ततः उनको उपचार सम्भव नभएको भन्दै अस्पतालले बिहान ५ बजेपख मृत घोषणा ग¥यो ।

पिडित परिवारले अस्पतालको लापरबाहीले आफ्नी छोरी गुमाउनु परेको बताएका छन् । मृतक लक्ष्मीका दाजु बिकास रसाइलीले अस्पतालले लापरबाही गर्दा बहिनी गुमाउनुपरेको बताए । “ढिलो गरि हामीलाई अन्यत्र लैजानुस् भनियो, त्यसमाथि लक्ष्मीलाई लगिएको एम्बुलेन्समा हामी कसैलाई पनि बस्न दिइएको थिएन । उनलाई लैजाने बेला आखामा पट्टि समेत बाधिएको थियो, उनको अवस्था के छ भन्नेबारे हामीले यहीबाट हिड्ने बेला नै मेसो पाएका थिएनौं ।” उनले भने ।

अस्पतालका डाक्टर राजकुमार क्षेत्रीले उनको नसा फुटेकोले रगत बगिरहेको र यहाँ त्यसप्रकारको प्रविधि र जनशक्ति नभएकोले तत्काल भैरहवा पठाएपनि उनको उपचार सम्भब नभएको बताए । उनको शव अहिले भैरहवा अस्पतालमा रहेको छ । पिडित पक्षका गाउँलेहरु अस्पतालमा आइपुगेका छन् । उनीहरुले अस्पतालको लापरबाही भएको भन्दै न्यायको माग गरेका छन् । दुबै पक्षबीच सहमतिका लागि प्रयास भएको छ । इरानीमहलबाट साभार

अश्लील भिडियो बनाएर पैसा माग्‍ने पक्राउ

0

कात्तिक २५, २०७६ दाङ .  इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले अपहरण गरी युवा र युवतीलाई बन्धक बनाएर अश्लील भिडियो बनाएर पैसा माग्ने तीनजना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहागरपालिका(३ खमारी निवासी १९ वर्षीय विमल वली, सोही ठाउँ निवासी १९ वर्षीय नविन नेपाली र २६ वर्षीय दुजबहादुर खत्री छन्। उनीहरूलाई नियन्त्रणमा लिन सोमबार बिहान दुई राउन्ड फायरिङ गर्नुपरेको इप्रका तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले बताए। युवा युवतीलाई बन्धक बनाउने र अश्लील भिडियो बनाउने मध्यका तुलसीपुर(३ कै २३ वर्षीय ईश्वर पुन र २० वर्षीय अर्जुन पुन फरार रहेको प्रहरीले जनाएको उनीहरुको खोजी तीव्र पारिएको प्रहरीले बताएको छ। गत शनिबार दिउँसो साढे ३ बजेतिर रा४प ६०८३ नम्बरको मोटरसाइकलमा तुलसीपुर उपमहानगरपालिका(३ खमारीस्थित चमेरे गुफाबाट फर्किंदै गर्दा तुलसीपुरका एक महिला र पुरुषलाई स्थानीय युवाहरुले बन्धक बनाएका थिए। बन्धक बनाएर त्यो समूहले उनीहरूको अश्लील भिडियो बनाएको र सार्वजनिक गरिदिने भन्दै ५ लाख रुपैयाँ माग्दै आएका थिए। ५ जना युवाहरुले मिलेर सडक खण्डदेखि ५० मिटर माथि टाकुरामा अपहरणपछि कुटपिट गर्नुका साथै डर त्रास देखाएर अश्लीलता प्रकट हुने भिडियो बनाएको र त्यसैका आधारमा बार्गेनिङ गर्ने गरेको प्रहरीले जनाएको छ। उक्त दिन ती युवाहरुले सवारी चालक अनुमति पत्र, युवा युवतीका २ थान मोवाइलसमेत खोसेर लगेका थिए। सोही जाहेरीका आधारमा उनीहरू पक्राउ परेको डिएसपी योगीले बताए।