लिपुलेकबारे पाल्पाली युवाको प्रधानमन्त्रीसमक्ष ३० हजार हस्ताक्षर

0
369

कात्तिक २६, २०७६ पाल्पा . भारतले पछिल्लो समयमा सार्वजनिक गरेको राजनीतिक नक्साप्रति असन्तुष्ट जनाउदै पाल्पाली युवाले दवावस्वरुप हस्ताक्षर संकलन गरी प्रधानमन्त्रीसमक्ष पेश गरेका छन्। उनीहरुले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको बताएका छन्। पाल्पाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालमार्फत प्रधानमन्त्री समक्ष संकलित हस्ताक्षर सहितको व्यानर मंगलबार पेश गरेका हुन्। नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल पाल्पा र अनेरास्ववियू पाल्पाले संयुक्त रुपमा पेश गरेका हुन्। यी दुइ संगठनले जिल्लाको सदरमुकाम तानसेनमा तीन दिनसम्म स्वतस्फूर्त रुपमा हस्ताक्षर संकलन गरेका थिए। कात्तिक २४, २५ र २६ गतेसम्म सञ्चालन भएको अभियानमा करिब ३० हजार जनताले हस्ताक्षर गरेको युवा संघका अध्यक्ष धनेन्द्रराज घिमिरेले बताए। यो पहिलो चरणको आन्दोलन हो यदि भारतद्वारा सार्वजनिक भएको राजनीतिक नक्सा तत्काल नसच्याए अझ कडा आन्दोलन गर्ने अनेरास्ववियू पाल्पाका अध्यक्ष प्रेम वगालेले चेतावनी दिए। आन्दोलनको सुरुवाती चरणमा पाल्पाली जनताको समर्थन लिन हस्ताक्षर संकलन गरेको उनले बताए। संकलित हस्ताक्षर बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले आफुले तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाउने बताए। भारतले सार्वजनिक गरेको नक्सामा नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो भू(भागमा परेको उल्लेख छ। यसविरुद्धमा पाल्पामा पनि आन्दोलन थालिएको हो।थाहाबाट

SHARE