गुल्मीमा भेटीएका तीन वटा शबको अझै पहिचान हुन सकेन

0
344

कात्तिक २६ , २०७६ गुल्मी ः
कात्तिक १६ गते शनिबार बिहान गुल्मीमा बेवारिसे अबस्थामा फेला परेका तीन वटा शबको अहिलेसम्म पनि पहिचान हुन सकेको छैन । १६ गते शनिवार बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानमा अन्दाजी २७ वर्षिय महिलाको र अन्दाजी ७ र ८ वर्षका २ बालीकाको बेवारिसे अबस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए ।
कच्ची सडकबाट ४ मिटर पर बेवारिसे अबस्थामा महिलाको शब र सोहि स्थानबाट १ मिटर पर २ वटा बालकको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । शबलाई पाल्पाको जिल्ला अस्पतालामा शबलाई सुरक्षित राखिएको घलले बताउनुभयो । अहिलेसम्म शबको पहिचान हुन नसकेकाले लामो समयसम्म शबलाई राख्नुपर्ने भएकाले पाल्पा पठाइएको घलेको दाबी छ । घटनाको अबस्था हेर्दा कसैले हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । पहिले शबलाई पहिचान गर्न नै नसकेका कारण थप अनुसन्धानमा समस्या भएको घलेले बताए । जसका लागि पाल्पा , बाग्लुङ , म्याग्दी लगायतका जिल्ला प्रहरी कार्यलयहरु संग पनि समन्वय भइरहेको घललेले दाबी गरे । हामी जताततै खबर गरेका छौ कसैको आफन्तीको शब भएमा जिल्ला प्रहरी कार्यलय गुल्मीमा सम्पर्क गर्न पनि घलेले आग्रह गरे । घटनाको बारेमा बिस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले आग्रह गरेको छ ।

SHARE