गुल्मीमा एक जना मृत फेला

0
323

कात्तिक २६ , २०७६ गुल्मी ः गुल्मीमा एक जना मृत फेला परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ५ फोक्सीनी सामुदायिक जंगलमा ४५ वर्षिय काशीराम पाण्डे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले जानकारी दिए ।
२५ दिन पहिलेबाट हराएका पाण्डे मंगलवार बिहान जंगलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । शबलाई पोष्टमार्टको लागि गुल्मी अस्पतालमा ल्याइएको र घटनाको बारेमा थप अनुसधान भइरहेको  जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

SHARE