Saturday, June 6, 2026

धनुषामा १४ महिने बच्चा चोरी

0

मंसिर १६, २०७६ जनकपुरधाम , धनुषाको सबैला नगरपालिका १० बाट १४ महिने बच्चा चोरी भएको छ। आइतवार साँझ घरमै सुतिको अवस्थामा स्थानीय दीपनारायण साहका १४ महिने छोरा गोलु साह चोरिएका हुन्। बच्चा कसले चोरी गरेको विषयमा केहि खुल्न सकेका छैन्। दीपनारायण र उनका आफ्न्तले बच्चा खोज्दै हिडेका छन्। धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले बच्चा हराएको जानकारी प्राप्त भएको बताए। उनका अनुसार बच्चाको खोजी भइरहेको छ। एसपी खनालले भने, ‘दीपनारयाणकी श्रीमती अर्को केटासँग भागेकी छन्। त्यसैले उनले नै बच्चा लगेको हुनसक्छ।’ स्रोत अनुसार दीपनारायणले स्थानीय एक महिलासँग राखेको अनैतिक सम्बन्धबाट बच्चा जन्मेपछि गाउँलेले पालनपोषणका लागि उनको जिम्मा लगाएको थियो।थाहाबाट

२५ किलो चरेशसहित दुई भारतीय पक्राउ

0

मंसिर १६, २०७६ हेटौंडाः मकवानपुर प्रहरीले सुन चोरेको र चरेश बोकेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। प्रहरीले चरेश बोकेर मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको मोतिहारीका २५ वर्षीय राजेश यादव र १८ वर्षीय ऋषिकुमार यादव रहेका छन्। पालुङबाट हेटौँडातर्फ आउँदै गरेको बा २५ प ८७८३ नम्बरको मोटरसाइकल भैंसेमा जाँच गर्ने क्रममा मोटरसाइकलको सिट र ट्यांकी मुनी फल्स बटम बनाएर लुकाई ल्याएको २५ किलो चरेश बरामद गरेको छ।

४ तोला सुन चोर्ने पक्राउ

यस्तै मकवानपुर प्रहरीले हेटौँडाको बासुदेव मार्गस्थित केदारनाथ सुनचाँदी पसलबाट सुनको सिक्री र ब्रासलेट गरी ४ तोला सुनको गहना लुटी भागेको आरोमा भीमफेदी गाउँपालिका ८ का १८ वर्षीय सुरज ओलीलाई पक्राउ गरेको हो। गहना लुटी ना ४३ प ८२६४ नम्बरको मोटरसाइकल चढी भाग्न खोज्दा सुनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

नेकपा गुल्मीले दियो मतदातालाई धन्यबाद र सिंजालीलाई बधाई

0

तिलाचन पाण्डे
मंसिर १६ , २०७६ गुल्मी ः नेपाल कम्युनिष्ट पाटी नेकपा गुल्मीले रुरु गाउँपालिका वडा नं ६ रिमुवाको उपनिर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाहा गर्ने सम्पुर्णलाई धन्यबाद दिएको छ ।
मंसिर १४ गते भएको उपनिर्वाचनमा वडा अध्यक्ष गिरीप्रसाद सिंजालीलाई अमुल्य मत दिई बिजयी गराउने सम्पूर्ण रिमुवावासी मतदाताहरुलाई धन्यबाद दिदै सिंजालीलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्याक्त गरेको छ ।
पाटी अध्यक्ष मधुकृष्ण पन्थ र सचिब बिर बहादुर कार्कीद्धारा हस्ताक्षर गरि जारी गरिएको पे्रश बक्तब्यमा पाटीका सम्पूर्ण नेता , कार्यकर्ता , युवा , बिधार्थी , किसान , भूपु शैनिक ,महिला दलित , जनजाती साथै बिभिन्न स्थानका सम्पर्क मञ्चहरु लगायत देश बिदेशबाट आई मतदान गरि ंिसंजालीलाई बिजयी गराउन सहयोग गर्ने सम्पूर्णलाई आभार तथा धन्यबाद ब्याक्त गरिएको छ ।
रिमुवामा शान्तिपूर्ण रुपमा उपनिर्वाचन सम्पन्न गराउन आ आफनो क्षेत्रबाट भूमिका निर्वाह गर्ने सम्पूर्ण राष्ट्रसेबक कर्मचारीहरु , सुरक्षाकर्मी , पत्रकार , पर्यबेक्षक र आम जनताहरुमा हार्दिक धन्यबाद तथा आभार प्रकट गरेको छ ।

बागलुङमा खिमविक्रम शाही विजयी

0

मंसिर १६, २०७६ बागलुङ : बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वाचित भएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थमा शाहीले नेपाली कांग्रेसका जीत शेरचनलाई २०९७ मतान्तरले पराजित गरे।  शाहीले ११, २३५ मत ल्याउँदा शेरचनले ९, १३८ मत मात्रै ल्याए। बागलुङ क्षेत्र नं २ (ख) बाट २ जना स्वतन्त्र सहित १० जना उम्मेदवार चुनावी मैदानमा थिए।  तेस्रो भएका समाजवादी पार्टीका अशोककुमार बिकले ३१६ मत प्राप्त गरे।  त्यस्तै स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले ९५, मंगोल नेशनल अर्गनाईजेशनका मित्र बहादुर मगरले ४५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ३७, संघीय राष्ट्रिय लोकतान्त्रीक मञ्चका अनिल कुमार राईले ८, राष्ट्रिय जनमुक्ति पार्टीका याम बहादुर आलेले ३३ र राप्रपाका गणेश बहादुर कुँवरले ३६ मत प्राप्त गरे।  २०७४ सालमा भएको आम निर्वाचनमा तत्कालिन एमाले र माओवादी केन्द्रको समर्थनमा राष्ट्रिय जनमोर्चाबाट प्रदेशसभा सदस्य हुनुभएका टेकबहादुर घर्तीको उपचारका क्रममा निधन भएपछि खालि भएको बागलुङ क्षेत्र नं. २ (ख) ले सोही पार्टीबाट प्रदेशसभा सदस्य पाएको छ।  ३५ हजार १ सय ८४ मतदाता रहेको यो क्षेत्रमा २१ हजार ४०० मत खसेको थियो। जस मध्ये २०९७१ सदर र ४२५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बागलुङकै बडिगाड गाउँपालिका–२ मा वडाअध्यक्षका लागि भएको उप–निर्वाचनमा नेकपाका ढालेन्द्र शेरचन विजयी भएका थिए।
थाहाबाट

दाङमा विमला वली विजयी

0

मंसिर १६, २०७६ दाङ :  दाङ, निर्वाचन क्षेत्र नं। ३ (ख) मा प्रदेशसभा सदस्यका भएको उपनिर्वाचनमा (नेकपा) की उम्मेदवार विमला वली विजयी भएकी छन्।   विमलाले ५ हजार १०४ मतान्तरले काग्रेसका उम्मेदवारलाई पछि पार्दै विजयी भएकी हुन्। उनले  २४ हजार २८६ मत ल्याएर नेपाली काग्रेसका उम्मेदवार केशवराज आचार्यलाई पछि पार्दै विजयी भएकी हुन्। नेपाली काग्रेसका उम्मेदवार आचार्यले १९ हजार १८२ मत ल्याए।  जिल्ला समन्वय समितीको हलमा आइतवार विहान साढे ८ बजेदेखी शुरु मतगणना करिब राती १२ बजे तिर सकिएको थियो।    यस क्षेत्रमा कुल मतदाता ६८ हजार ७१९ मतदाता थिए, भने  ४५ हजार ७१८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। त्यसैगरी यस निर्वाचन क्षेत्रमा तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १,२,१० र ११ शान्तिनगर गाउँपालिका, दंगिशरण गाउँपालिका र बबई गाउँपालिकाका मतदाताहरुले मतदान गरेका  थिए।  प्रदेश सभा सदस्यको लागी १२ दल र २ जना स्वतन्त्र गरी १४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए।   त्यसैगरी २०७४ सालमा भएको निर्वाचनमा स्वर्गीय उत्तरकुमार वलीले  बाम गठबन्धनको तर्फबाट विजयी भएका थिए।
थाहाबाट

बलात्कार आरोपमा सिद्धबाबा पक्राउ

0

मंसिर १६, २०७६ सुनसरी ः बलाल्कार आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई प्रहरीले पक्राउको गरेको छ। विराटनगरस्थित विराट नर्सिङ होमको आइसीयूमा भर्ना भएका गिरीलाई सोमबार विहान त्यहीबाट पक्राउ गरिएको सुनसरीका डीएसपी विनोद शर्माको जानकारी दिए। एक महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको शर्माले बताए। गिरीले महिलासँग कुराकानी गरेको टेलिफोनको अडियो सार्वजनिक भएको थियो। गिरीले आफू निर्दोश रहेको दाबी गर्दै आएका छन्। बिरामी परेर अस्पतालमा उपचाररत गिरीलाई अस्पतालबाटै पक्राउ गरेर अनुसन्धान अघि बढाइएको डीएसपी शर्माले बताए।

कास्की २ मा विद्या भट्टराईको अग्रता

0

मंसिर १५, २०७६ काठमाडौं ः कास्की निर्वाचन क्षेत्र नम्बर २ को मतगणनाअनुसार नेपाल कम्युनिष्ट पार्टीकी उमेदवार विद्या भट्टराईले अग्रता लिएकी छन्। पछिल्लो मतपरिणामअनुसार भट्टराईले ३२७६ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसका खेमराज पौडेलले २११५ मत प्राप्त गरेका छन्। समाजवादी पार्टीका धर्मराज गुरुङले ९५ मत प्राप्त गरेका छन् भने राप्रपाका रोम बहादुर भण्डारीले ४७ र साझा पार्टीकी रजनी केसीले ३२ मत प्राप्त गरेका छन्।

सुनसरी दुर्घटना अपडेट , एकै परिवारका पाँचसहित छको मृत्यु

0

मंसिर १५, २०७६ सुनसरी ः शनिबारराति १ः०० बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरमा एम्बुलेन्स र ट्रक एकापसमा ठोक्किँदा उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेका एकै परिवारका पाँचसहित छको मृत्यु भएको छ। विराटनगर मोडल अस्पतालमा उपचारत ७५ वर्षीया शिवमाया राईको मृत्यु भएपछि को १ त ९३६४ नंको एम्बुुलेन्सबाट मृतक लिएर आउने क्रममा पश्चिमबाट आउँदै गरेको ना२ख ९०८२ नंको ट्रकले एम्बुलेन्समा ठक्कर दिएपछि एम्बुलेन्समा सवार सबैको मृत्यु भएको एम्बुलेन्स चालक सङ्घ उदयपुरका अध्यक्ष मेहबुब आलमले बताए। मृत्यु हुनेमा बोक्सेका ३४ वर्षीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलाबहादुर राई, ३५ वर्षीय उद्धव राई र ३२ वर्षीय दिनेश राई रहेका छन् भने एम्बुलेन्स चालक त्रियुगा–७ राजाबासका राजेश दनुवारको पनि मृत्यु भएको एम्बुलेन्स चालक सङ्घ उदयपुरका अध्यक्ष आलमले जाकारी दिए। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरका अनुसार अहिले मृतक सबैको शव सुनसरीको इनारुवा अस्पतालमा राखिएको र फरार ट्रक चालकको खोजी भइरहेको छ।

विवाह पञ्चमी आज, सीता र रामको पूजा गरी मनाइँदै

0
wg'iff, !# dªl;/M /fi6«klt e08f/Laf6 /fd / ;LtfnfO{ dfnf, 6Lsf/fi6«klt ljBfb]jL e08f/L /fdhfgsL ljjfx dxf]T;jsf] rf}yf] lbg ltnsf]T;j ;df/f]xdf ;xefuL eO{ /fd / ;Ltfsf] k|ltsfTds:j?k wf/0f u/]sf afnaflnsfnfO{ dfnf / 6Lsf nufO{ lbg'x'Fb} . t:jL/ M chos'df/ ;fx÷/f;;

मंसिर १५, २०७६ काठमाडौँ ः प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ। त्रेतायुगमा मार्ग शीर्ष शुक्लपञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ। गोश्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्। त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंबरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्लपञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो। रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरीबहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन्। महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राममन्दिरबाट बाजागाजा, झाँक्रीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ। रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन्। रङ्गभूमि मैदानमा बर र बधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ। पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ । श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ । देवताको मानवीयकरणको भावनासँग समृद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ। उक्त महोत्सव पहिले एक महिनासम्म भव्यरूपमा मनाउने गरिएकामा हाल चार दिनमात्र मनाइन्छ। यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी विवाह पञ्चमी पर्व मनाइँदैछ। आज विवाह गर्न साइत नचाहिने मान्यता समेत छ।थाहाखबरबाट

गुल्मीमा नेकपाका गिरी प्रसाद सिंजाली बिजयी

0

तिलाचन पाण्डे
मंसिर १४ , २०७६ गुल्मी ः गुल्मीको रुरुक्षेत्र वडा नं ६ रिमुवामा वडा अध्यक्षमा नेकपाका गिरी प्रसाद सिंजाली बिजयी भएका छन् । ंिसंजालीले ८०२ मत ल्याई बिजयी भएको मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
सिंजालीका प्रतिस्पर्धी नेपाली काग्रेसका उम्मेदवार बेद बहादुर दर्लामीले ७२७ मत प्राप्त गरेका छन् । स्वतन्त्रका मन बहादुर पचभैयाले १ मत ल्याएका छन् भने १४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
कुल दूई हजार ४८ मतदाता रहेको रिमुवामा एक हजार ५४४ मत खसेको थियो ।