२५ किलो चरेशसहित दुई भारतीय पक्राउ

0
301

मंसिर १६, २०७६ हेटौंडाः मकवानपुर प्रहरीले सुन चोरेको र चरेश बोकेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। प्रहरीले चरेश बोकेर मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको मोतिहारीका २५ वर्षीय राजेश यादव र १८ वर्षीय ऋषिकुमार यादव रहेका छन्। पालुङबाट हेटौँडातर्फ आउँदै गरेको बा २५ प ८७८३ नम्बरको मोटरसाइकल भैंसेमा जाँच गर्ने क्रममा मोटरसाइकलको सिट र ट्यांकी मुनी फल्स बटम बनाएर लुकाई ल्याएको २५ किलो चरेश बरामद गरेको छ।

४ तोला सुन चोर्ने पक्राउ

यस्तै मकवानपुर प्रहरीले हेटौँडाको बासुदेव मार्गस्थित केदारनाथ सुनचाँदी पसलबाट सुनको सिक्री र ब्रासलेट गरी ४ तोला सुनको गहना लुटी भागेको आरोमा भीमफेदी गाउँपालिका ८ का १८ वर्षीय सुरज ओलीलाई पक्राउ गरेको हो। गहना लुटी ना ४३ प ८२६४ नम्बरको मोटरसाइकल चढी भाग्न खोज्दा सुनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

SHARE