बलात्कार आरोपमा सिद्धबाबा पक्राउ

0
355

मंसिर १६, २०७६ सुनसरी ः बलाल्कार आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई प्रहरीले पक्राउको गरेको छ। विराटनगरस्थित विराट नर्सिङ होमको आइसीयूमा भर्ना भएका गिरीलाई सोमबार विहान त्यहीबाट पक्राउ गरिएको सुनसरीका डीएसपी विनोद शर्माको जानकारी दिए। एक महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको शर्माले बताए। गिरीले महिलासँग कुराकानी गरेको टेलिफोनको अडियो सार्वजनिक भएको थियो। गिरीले आफू निर्दोश रहेको दाबी गर्दै आएका छन्। बिरामी परेर अस्पतालमा उपचाररत गिरीलाई अस्पतालबाटै पक्राउ गरेर अनुसन्धान अघि बढाइएको डीएसपी शर्माले बताए।

SHARE