नेकपा गुल्मीले दियो मतदातालाई धन्यबाद र सिंजालीलाई बधाई

0
1182

तिलाचन पाण्डे
मंसिर १६ , २०७६ गुल्मी ः नेपाल कम्युनिष्ट पाटी नेकपा गुल्मीले रुरु गाउँपालिका वडा नं ६ रिमुवाको उपनिर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाहा गर्ने सम्पुर्णलाई धन्यबाद दिएको छ ।
मंसिर १४ गते भएको उपनिर्वाचनमा वडा अध्यक्ष गिरीप्रसाद सिंजालीलाई अमुल्य मत दिई बिजयी गराउने सम्पूर्ण रिमुवावासी मतदाताहरुलाई धन्यबाद दिदै सिंजालीलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्याक्त गरेको छ ।
पाटी अध्यक्ष मधुकृष्ण पन्थ र सचिब बिर बहादुर कार्कीद्धारा हस्ताक्षर गरि जारी गरिएको पे्रश बक्तब्यमा पाटीका सम्पूर्ण नेता , कार्यकर्ता , युवा , बिधार्थी , किसान , भूपु शैनिक ,महिला दलित , जनजाती साथै बिभिन्न स्थानका सम्पर्क मञ्चहरु लगायत देश बिदेशबाट आई मतदान गरि ंिसंजालीलाई बिजयी गराउन सहयोग गर्ने सम्पूर्णलाई आभार तथा धन्यबाद ब्याक्त गरिएको छ ।
रिमुवामा शान्तिपूर्ण रुपमा उपनिर्वाचन सम्पन्न गराउन आ आफनो क्षेत्रबाट भूमिका निर्वाह गर्ने सम्पूर्ण राष्ट्रसेबक कर्मचारीहरु , सुरक्षाकर्मी , पत्रकार , पर्यबेक्षक र आम जनताहरुमा हार्दिक धन्यबाद तथा आभार प्रकट गरेको छ ।

SHARE