Saturday, June 6, 2026

नेपालद्वारा भुटानलाई २३७ रनको लक्ष्य, ज्ञानेन्द्र मल्लको शतक

0

मंसिर १९, २०७६ काठमाडौं ः १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष क्रिकेटमा नेपालका कप्तान ज्ञानेन्द्र मल्ले शतक प्रहार गरेका छन्। योसँगै कप्तान ज्ञानेन्द्र टी–ट्वान्टी अन्तराष्ट्रियमा शतक बनाउने दोस्रो खेलाडी बनेका छन् । यस अघि पारस खड्काले मात्र शतक बनाएका थिए। मल्लले ५५ बल खेल्दै १०७ रन बनाएर आउट भए। उनले पाँच चौका र ९ छक्का प्रहार गरे। यस अघि पारस खड्काले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। नेपालले भुटानलाई २३७ रनको विजयी लक्ष्य दिएको दिएको छ। नेपालले पुरै २० औं ओभर खेल्दै ३ विकेटको क्षतिमा २३६ रन बनायो। नेपालका लागि दिपेन्द्रसिंह ऐरीले विष्फोटक पाली खेल्दै २७ बलमा ४५ रन बनाए। भुटानका कर्मा दोर्जेले २ विकेट लिए। थाहाबाट

स्वरसम्राट नारायण गोपालको २९ औं स्मृति दिवस

0

मंसिर १९, २०७६ काठमाडौं ः स्वरसम्राट नारायण गोपालको आज २९ औं स्मृति दिवस, उनको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ। सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघर जमलमा सांगितिक स्मृतिसभा गर्दैछ। स्मिृतिसभामा विभिन्न कलाकारहरुले नारायाणगोलका चर्चित गीतहरु प्रस्तुत गर्नेछन्। महाराजगन्जस्थित नारायणगोपालको शालिकमा माल्यार्पण लगायतको कार्यक्रम पनि हुँदैछ। स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको जन्म विक्रम संवत् १९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा भएको थियो। ‘पर्खि बसेँ आउला भनि’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ म त लालिगुरास भएछु, पोखिएर घामको झुल्का जस्ता थुप्रै कालजयी गीत गाएका नारायण गोपलको २०४७ मंसिर १९ गते अर्थात आजैका दिन निधन भएको थियो। थाहाबाट

बाग्लुङमा भएकाे जिप दुर्घटनाप्रति गुल्मीका विभिन्न संघ-संस्थाद्वारा दु:ख व्यक्त

0
 हुमाकान्त पाेखरेल, गुल्मी १८ मंसिर । मंगलबार बाग्लुङमा भएकाे जिप दुर्घटनाप्रति गुल्मीका विभिन्न संघ संस्था तथा राजनीति दलले दु:ख व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष मधुकृष्ण पन्त र सचिव वीर बहादुर कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै घाइतेहरूकाे शिघ्र स्वास्थ लाभकाे कामना गरिएकाे छ । त्यसका साथै उद्दारका लागि खटिने जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सबैलाई धन्यवाद दिएकाे छ । नेपाली काङ्ग्रेसका पार्टी सभापति भुवन प्रसाद श्रेष्ठद्वरा हस्तक्षरित शाेक विज्ञप्तिमा दिनहुँ जसाे भएका सवारी दुर्घटनाका खबरले अाम जनता त्रसित भएकाेले यस घटनाकाे पनि सत्यतथ्य बाहिर ल्याउन माग गरिएकाे छ ।
समाजवादी पार्टी नेपाल नेपाल गुल्मीका अध्यक्ष वीर बहादुर गुरूङ र सचिव जनक पन्थद्दारा हस्ताक्षरित शाेक वक्तव्यमा घटनाले अाफ्नाे पार्टीलाई दु:खित बनाएकाे भन्दै ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गरिएकाे छ ।
दुर्घटनाकाे समाचारले दुखित तुल्याएकाे भन्दै राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीले शाेक वक्तव्य जारी गरेकाे छ । संस्थाका अध्यक्ष बसन्त खत्रीद्दारा हस्तक्षरित विज्ञप्तिमा घटनाले अाफुहरूलाई मर्माहत तुल्याएकाे भन्दै दुर्घटना न्यूनिकरणमा सबै एकजुट हुनुपर्ने धारणा राखेकाे छ । त्यस्तै घटनाप्रति नेपाली काङ्ग्रेसकाे भातृ संगठन नेपाल विध्यार्थी संघले पनि शाेक वक्तव्य जारी गरेकाे छ । संगठनका कार्यवाहक सभापति राम्जी पन्थीद्दारा हस्ताक्षरित विज्ञप्तिमा घटनाप्रति दु:ख व्यक्त गर्दै घाइतेहरूकाे शिघ्र स्वास्थ्य लाभकाे कामना गरेकाे छ । मंगलबार गुल्मीको इस्मा गाँउपालिकाबाट बाग्लुङकाे निसिखाेलामा जाँदै गरेकाे ग १ ज ५२१९ नम्बरकाे जिप दुर्घटनामा परेकाे थियाे । दुर्घटनामा परि १५ जनाकाे ज्यान गएकाे थियाे । भने तीनजना गम्भीर घाइते भएका छन् । मृतकमध्ये १० जनाकाे मंगलबार राति नै इस्मा गाँउपालिकास्थित हुलाकेमा सामुहिक दाहासंस्कार गरिएकाे छ ।

 

चिकित्सा शिक्षाका विद्यार्थीद्वारा बोर्ड परीक्षा बहिस्कार, जलाए प्रवेशपत्र

0

मंसिर १८, २०७६ चितवन ः चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीले बुधबारबाट सुरु भएको बोर्ड परीक्षा बहिस्कार गरेका छन्। एमबिबिएस, बिडिएस, बिएसी नर्सिङ, बिएनएस, बि फार्मेसी, बिपिएच, बिएफएलटी र बिएमआइटीका देशैभरका विद्यार्थीले बोर्ड परीक्षा बहिस्कार गरेका हुन्। बुधबारबाट हुने भनिएको एमबिबिएसबाहेक अन्य सातवटा संकायको पहिलो वर्षको परिक्षामा विद्यार्थी सहभागि भएनन्। विद्यार्थीले प्रवेश कार्ड जलाएर बहिस्कार गरेको चितवन मेडिकल कलेजमा नर्सिङ दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी कला अधिकारीले बताइन्। एमबिबिएस पहिलो वर्षको परीक्षा भोलिबाट हुने भए पनि बुधबार उनीहरूले प्रवेश पत्र जलाएर बहिस्कार गरेका छन्। चितवन मेडिकल कलेजसहित युनिभर्सल मेडिकल कलेज, नेशनल मेडिकल र जानकी मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिस्कार गरेको चिकित्सा शिक्षा संघर्ष समितिले जनाएको छ। चितवन मेडिकल कलेजका विद्यार्थीले प्रवेश पत्र जलाउनुका साथै पेन डाउन गरेर परीक्षा बहिस्कार गरेका हुन्। उता, युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले पनि पेन डाउन र मानव सांलो बनाएका थिए। मेडिकल कलेजले विद्यार्थीबाट गैरकानुनी रूपमा लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै देशैभरका मेडिकल शिक्षा अध्ययनरत विद्यार्थी विगत तीन महिनाभन्दा लामो समयदेखि आन्दोलनमा रहेका छन्। पछिल्लो समय सरकार र मेडिकल कलेजबीच भएको सहमतिप्रति पनि असहमति जनाउँदै विद्यार्थीले आन्दोलनलाई जारी राखेका छन्। थाहाबाट

कात्तिक २१ गतेदेखी हराएका पराजुलीको शब जंगलमा फेला

0

तिलाचन पाण्डे

मंसिर १८ , २०७६ गुल्मी ः कार्तिक २१ गते देखी हराइरहेका  मालिका गाउँपालिका वडा नं ६ अर्जेका ४२ बर्षिय नारायण पराजुलीको शब जंगलमा फेला परेको छ ।

पराजुलीको शब मालिका गाउँपालिका वडा नं ६ आरुपाटा जंगलको भिरमा फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए । घलेका अनुसार शबलाई स्थानीयले बुधबार  साँझ करिब ७ बजेको समयमा देखेर प्रहरीलाई खबर गरेको र अहिले रातको समय भएकाले जंगलको भिरमा जान नसक्ने भएकाले बिहीबार बिहान मात्र शब निकाल्ने तयारी भएको जानकारी दिए । घटनाको बारेमा बिस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

 

जीप दुर्घटनाका बेपत्ता फेला परे , मृतकको संख्या १५ पुग्यो

0

तिलाचन पाण्डे
मंसिर १८ , २०७६ गुल्मी ः मंगलबार बिहान गुल्मीको इश्मा देखि देवाली पुजामा बाग्लुङ जाँदै गरेको जीप दुर्घटनामा १४ जनाको घटनास्थलमै मृत्यु भएका र एक जना बेपत्ता भएकाको शब भेला परेको छ जीपमा सवार इश्मा गाउँपालिका वडा नं ४का ६५ बर्षिय धन बहादुर कार्की बाटामुनिकाको शब बाग्लुङको भिमगिरे नजिकै खोला किनारमा बुधबार भेला परेको बुर्तिबाङ इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक सुरज खडकाले जानकारी दिए । यो संगै मृतकको संख्या १५ पुगेको छ ।

मंगलबार राती इश्मा गाउँपालिका वडा नं ४ की ३० बर्षिय सुचना कार्की , ४० की सिता कार्की , ६५ की झबी कार्की , ४० का महेन्द्र कार्की , ४५ की भूमि कार्की , २५ की मिना बस्नेत ६५ का धन बहादुर कार्की बाटामाथी , बर्ष २ की बालिका अनुष्का कार्की वडा नं ५ की बसुन्धरा कार्की , ३ की २३ की माया थापाको सामुहिक रुमिा दाहासंसकार गरिएको छ । उनीहरुलाई इश्मा गाउँपालिकाको हुलाके छल्दीमा सामुहिक रुपमा दाहासंस्कार गरिएको हो ।
मृतक मध्ये जाीप चालक इश्मा गाउँपालिका वडा नं ४ का बर्ष २५ का रेशम थापाको आफनै संस्कारमा दाहासंस्कार गरिएको पारीबारीक स्रोतले जनाएको छ । यस्तै बागलुङको बडिगाड गाउँपालिका ५ की ५५ बर्षकी लक्ष्मी केशीको बडिगाडमै , नवलपरासी बर्दघाट नगरपालिका २ की ६० बर्षकी मुना कार्की र कन्चनपुरका ५५ बर्षिय धन बहादुर कार्कीको शब आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
घाइते तीन जनाको काठमाण्डौको टिचिङ हस्पिटलमा उपचार भइरहेको छ । घाइतेहरुमा नवलपरासी बर्दघाटका बर्ष २२ का जीबन कार्की , इश्मा गाउँपालिका ४ का ४ बर्षका हिमाल कार्की र बर्ष २४ की निमा केशीलाई सेनाको हेलिकोप्टर मार्फत पुर्वमन्त्री तथा सांसद गोकर्ण बिष्टको पहलमा उपचार भइरहेको छ । गुल्मीको इश्मा देखि बुर्तिबाङ जाँदै गरेको ग १ ज ५२१९ नं को जिप दुर्घटनामा परेको हो ।
यस्तै जीप दुर्घटना इश्माका ११ जनाको मृत्यु भएको र सिंगो गाउँनै शोकमा परेकाले गाउँपासिलकाले बुधबार शोक बिदा दिएको छ । गाउँपालिका अन्र्तगत सम्पुर्ण कार्यलयहरु , शिक्षण संस्थाहरु बन्द गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए । साथै मृत आत्मको चिरशान्तीको कमना गर्दै शोकाकुल परिवारमा हार्दिक समबेदना प्रकट गर्दै घाइतेहरुको सिघ्रस्वास्थ्य लाभको कामना समेत गरेको छ ।

गुल्मीमा जेसिबी दुर्घटना ३ जना घाइते

0

तिलाचन पाण्डे
मंसिर १७ , २०७६ गुल्मी ः गुल्मीमा जेसिबी दुर्घटना हुँदा तीन जना घाईते भएको छन् ।
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं ४ इन्द्रगौडामा लु १ क २०८२ नं को जेसिबी दुर्घटना हँुदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए । घाइतेहरुमा चालक पाणीनी गाउँपालिका अर्घाखाँची ३ का ३२ बर्षिय लक्ष्मण कुमाल, सह चालका प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नं ५ का २२ कुमार घर्ती र गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नं ४ का २९ बर्षिय पदम राना रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए । घाइतेहरुलाई तम्घास अस्पतालमा सामान्य उपचार गरि थप उपचारका लागि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

बागलुङमा जीप दुर्घटना, १४ जनाको मृत्यु

0

मंसिर १७, २०७६ बागलुङ :   जिल्लाको बडिगाड गाउँपालिका–७ मा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३ जना घाइते भएको र एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। गुल्मीको ईस्माबबाट बुर्तिबाङ आउँदै गरेको जीप दुर्घटनामा परेको जनाइएको छ। बडिगाड गाउँपालिका-७ भिङगिठे घोपर्नामा जीप दुर्घटना भएको हो। गुल्मी ईस्माबबाट बुर्तिवाङ तर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्वरको जीप बडीगाड खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक झविन्द भट्टराईले बताए। दुर्घटनामा ९ जना महिला ४ पुरुष एक बालक गरी १४ जनाको मृत्यू भएको छ। तीनजनाको उद्धार गरी उपचारर्थ बुर्तिवाङ पठाइएको प्रनाउ भट्टराईले बताए। मृत्यु हुनेहरुमा निसीखोला गाउँपालिका २ देवीस्थान बायाँखोला देवाली पूजाका लागि आउँदै गरेका यात्रुहरु परेका प्रहरीले जनाएको छ।थाहाबाट

२८ औं अन्तर्राष्ट्रिय अपा‌ंगता दिवस आज

0

मंसिर १७, २०७६ काठमाडौं ः अपांगता भएका ब्यक्तिहरुको २८ औं अन्तर्राष्ट्रिय दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँछ। अपांगता भएकाहरुको मानव अधिकारका विषयमा वकालत गर्दै यो दिवस मनाउने गरिन्छ। ुदिगो विकासको लक्ष्य अपाङगमैत्री भविष्यु भन्ने नाराका साथ दिवस मनाईदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन १९९२ देखि यो दिवस मनाउन सुरू गरिएको हो। नेपालमा सन् १९९३ देखि दिवस मनाउन थालिएको हो। २०६८ सालको जनगणना अनुसार नेपालमा अपाङगता भएका ब्यक्तिहरुको संख्या सांढे पाँच लाख छ। दिवसका अवशरमा राष्ट्रपति विद्यादेवी भण्डारीले फरक क्षमता भएका व्यक्तिलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनु राज्यको गहन दायित्व भएको बताएकी छन्। त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिलाई राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गरिएको उल्लेख गरेका छन्। थाहाबाट

चार हजार पुनःनिर्माण लाभग्राही थप

0

मंसिर १७, २०७६ काठमाडौं ः राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ४२ हजार ७४२ गुनासो सम्बोधन सम्पन्न गरी चार हजार ६४४ पुनःनिर्माण लाभग्राही थप गरेको छ। प्राधिकरण कार्यकारी समितिको सोमबारको बैठकले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त गुनासो विश्लेषणपछि ती भूकम्प प्रभावितलाई लाभग्राही कायम गरेको हो। कार्यकारी समितिले ४१० जनालाई सम्भावित लाभग्राही र दुई हजार ६०९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको छ। त्यसैगरी ३५ हजार ७९ गुनासोकर्तालाई गैरलाभग्राही कायम गरेको छ। बाँकी गुनासोको शीघ्र विश्लेषण गरी नजिता निकालिने प्राधिकरणले जनाएको छ। छुट तथा पुनःजाँच सर्वेक्षणअन्तर्गत दर्ता भएका बाँकी गुनासोको प्राधिकरण केन्द्रीय कार्यालयमा खटिएका करीब ५० इञ्जिनीयरले विश्लेषण गरिरहेका छन्। लाभग्राही कायम भएका भूकम्प प्रभावित घरधुरीले सम्बन्धित वडामार्फत अनुदान सम्झौता गरी पहिलो किस्तावापत ५० हजार प्राप्त गर्नेछन्। त्यस्तै समितिले रसुवाको एउटा र मकवानपुरका दुई एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ। रसुवाको आमाछोदिङमो–२, सानो हाकुटोलका ४६ विस्थापित घरधुरीले सोही गाउँपालिकाको पाङ्लिङमा प्राधिकरणको अनुदान रकमबाट जग्गा खरीद गरी थप पाँच जग्गाधनी मिलेर ५१ घरधुरी एकीकृत बस्ती विकास गर्न लागेका हुन्। प्राधिकरणले एकीकृत बस्तीमा भौतिक पूर्वाधारका लागि अलग्गै प्रतिघरधुरीका दरले रकम उपलब्ध गराउँछ। प्राधिकरणले हिमाली जिल्लामा बन्ने एकीकृत बस्तीका लागि प्रतिघर पाँच लाख, पहाडी जिल्लामा बन्ने बस्तीका लागि प्रतिघर चार लाख र तराईका जिल्लामा बन्ने बस्तीका लागि प्रतिघर तीन लाखका दरले एकमुष्ट रकम उपलब्ध गराउँछ। त्यसैगरी मकवानपुर जिल्लाका राक्सिराङ र कैशाल गाउँपालिकामा बन्ने एकीकृत बस्तीका प्रारम्भिक योजना स्वीकृत भएका छन् । राक्सिराङ–५, चुरिडाँडाटोलका १० भूकम्पपीडित घरधुरीले मनहरि गाउँपालिका–६, जोगीतालमा एकीकृत बस्ती विकास गर्दैछन् । कैशाल–१० को न्याम्सेढुङ्गाटोलका १० भूकम्पपीडित घरधुरीले पनि सोही वडाको बमलटारमा एकीकृत बस्ती विकास गर्ने जनाइएको छ । थाहाबाट