गुल्मीमा जेसिबी दुर्घटना ३ जना घाइते

0
382

तिलाचन पाण्डे
मंसिर १७ , २०७६ गुल्मी ः गुल्मीमा जेसिबी दुर्घटना हुँदा तीन जना घाईते भएको छन् ।
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं ४ इन्द्रगौडामा लु १ क २०८२ नं को जेसिबी दुर्घटना हँुदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए । घाइतेहरुमा चालक पाणीनी गाउँपालिका अर्घाखाँची ३ का ३२ बर्षिय लक्ष्मण कुमाल, सह चालका प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नं ५ का २२ कुमार घर्ती र गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नं ४ का २९ बर्षिय पदम राना रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए । घाइतेहरुलाई तम्घास अस्पतालमा सामान्य उपचार गरि थप उपचारका लागि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

SHARE