कात्तिक २१ गतेदेखी हराएका पराजुलीको शब जंगलमा फेला

0
306

तिलाचन पाण्डे

मंसिर १८ , २०७६ गुल्मी ः कार्तिक २१ गते देखी हराइरहेका  मालिका गाउँपालिका वडा नं ६ अर्जेका ४२ बर्षिय नारायण पराजुलीको शब जंगलमा फेला परेको छ ।

पराजुलीको शब मालिका गाउँपालिका वडा नं ६ आरुपाटा जंगलको भिरमा फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकारी दिए । घलेका अनुसार शबलाई स्थानीयले बुधबार  साँझ करिब ७ बजेको समयमा देखेर प्रहरीलाई खबर गरेको र अहिले रातको समय भएकाले जंगलको भिरमा जान नसक्ने भएकाले बिहीबार बिहान मात्र शब निकाल्ने तयारी भएको जानकारी दिए । घटनाको बारेमा बिस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

 

SHARE