Thursday, June 4, 2026

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

0
फाइल फोटो

वैशाख १७ ,२०८०काठमाडौंः हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन्।

काठमाडौँमा भने हिजो बेलुकापछि पानी पर्न रोकिएको भए पनि आज पनि हिजोको जस्तै गरी पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन् । उनका अनुसार आज काठमाडौँ सहित देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ । काठमाडौँ उपत्यकामा दिउँसोपछि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो २० घण्टाको तथ्याङ्कअनुसार सबैभन्दा धेरै वर्षा काठमाडौँ उपत्यकामा भएको छ । काठमाडौँ उपत्यकामा यो अवधिमा ४३ मिलिमिटर पानी परेको तथ्याङ्कले देखाएको छ । पश्चिमीसँगै स्थानीय वायु सक्रिय हुँदा देशभरको मौसम बदली भएको छ । हिजोदेखि धेरै ठाउँमा पानी परिरहेको छ ।

भोलि सोमबार पनि मधेस प्रदेशका एक–दुई ठाउँमा हावाहुरी चल्ने तथा केही ठाउँमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चट्याङ लागेर महिलाको मृत्यु

0

बैशाख १७,२०८०ओखलढुंगा : चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ।

 

घरभित्रै बसिरहेका बेला उनीलाई चट्याङ लागेको थियो। बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

ओखलढुङ्गामा चट्याङ लागेर यही वैशाख महिनामा मात्रै दुई जनाको मृत्यु भइसकेको छ। जिल्लामा बर्सेनि चट्याङका कारण जनधनको क्षति हुने गरेको छ।

रोटरी क्लव रामपुरद्धारा शुभकामना आदानप्रदान

0

सुशीला रेग्मी
वैशाख १७,२०८० पाल्पा :रोटरी क्लव अफ रामपुर पाल्पाले नयाँवर्ष २०८० को सन्दर्भ पारेर शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

 

क्लवका अध्यक्ष रुद्रनारायण श्रेष्ठको अध्यक्षतामा पर्यटकीय क्षेत्र रामपुर नगरपालिका वडा नं ८ को भुजात सिद्धबाबाधाममा कार्यक्रम भएको हो । लुम्बिनी प्रदेश सभा सदस्य तथा क्लवका संस्थापक अध्यक्ष राजुप्रसाद श्रेष्ठले क्लवले निशुल्क स्वास्थ्य शिविर, कोभिड १९ को अवसरमा स्वास्थ्य सुरक्षा सामग्री वितरण, अपाङ्गता भएका नागरिकलाई ह्वील चियर वितरण लगायत क्लव स्थापनादेखि हालसम्म सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गरिरहेको बताउनुभएको छ ।

 

जापानीज नागरिक काजुमासा काकिमी ओकेबाजेले क्लवले समाजमा गरेको कार्यले आफुलाई खुशी लागेको बताउनुभएको छ । कार्यक्रममा पत्रकार सुशीला रेग्मी, भुजात सिद्धबाबा मन्दिरका अध्यक्ष त्रिलोचन अधिकारी, ज्योतिपुन्ज युवाक्लवका अध्यक्ष सुदिप गौतम लगायतले बोल्दै क्लवले रामपुरमा गरेको सामाजिक कार्यको चर्चा गर्दै नयाँवर्ष २०८० को शुभकामना दिनुभएको छ ।

 

कार्यक्रममा सहभागीलाई क्लवका उपाध्यक्ष सागरप्रसाद देवकोटाले स्वागत गर्नुभएको कार्यक्रमको संचालन रोटरियन गोविन्द पाठकले गर्नुभएको हो । कार्यक्रमको अवसरमा क्लवको नयाँ सदस्य बन्नुभएका डोलराज पाठक, सुदिप गौतम, धनराज गौतम, कृष्णप्रसाद भट्टराईलाई स्वागत गरिएको छ ।

 

ओकेबाजेलाई जापानको रोटरी क्लव समक्ष कालीगण्डकी आँखा अस्पतालका स्वास्थ्य सामग्री सहयोगका लागि मागपत्र पेश गरिएको छ ।

गुल्मीको रेसुंगा बिमानस्थलमा ‘परिक्षण उडान’ आगामी हप्ताबाट नियमित

0

टोपलाल अर्याल
गुल्मी, १५ बैशाख:गुल्मीको सिमिचौरमा निर्माण भएको रेसुंगा विमानस्थलमा शुक्रबार सफल ‘परिक्षण उडान’ भएको छ ।

 

नेपाल एरलायन्सको नाइन 9N-ABT नम्बरको जहाज क्याप्टेन मनिष बिष्ट नेतृत्वको पाइलटको टोलीले नेपाल एयरलायन्सको जहाज मार्फत बजे रेसुंगा विमानस्थलमा परिक्षण उडान गराएका हुन् । गत पुस अन्तिम हप्ता धुले उडान भएको चारबर्षपछि पक्की धावनमार्गमा ‘प्रुभिङ फ्लाइट’ गरिएको थियो ।

 

यसअघि २५ जेठ ०७५ मा तारा एयरलेनै कच्ची धावनमार्गमा सफलतापूर्वक परीक्षण उडान गरेको हो । नियमित उडानको लागि सवै अवस्थाको जाँच गर्न नेपाल एरलायन्सले बायु सेवा निगमको अनुमति लिएर परिक्षण गरेको हो । रेसुंगा नगरपालिकासंगको समन्वय र सहयोगमा नेपाल एयरलायन्सले नियमित उडानको तयारी गरेको जनाएको छ ।

 

 

करिव ५० मिनेटको उडानपछि रेसुंगा बिमानस्थलमा अवतरण गरिएको क्याप्टेन बिष्टले बताए । नगरले १४ फागुनमा सम्झौता गरेर १७  गतेबाट नियमित गर्ने योजना भएपनी प्राबिधिक समस्याका भएका कारण अहिले परिक्षण गरिएको मेयर खिलध्वज पन्थीले बताए । उनले सम्झौता अनुसार ६ हजार देखि ६५ सयसम्म भाडा कायम हुने बताए ।

 

रेसुंगा बिमानस्थल निर्माणको कल्पना बिस २०३७ सालमा भएको थियो । बिस २०६३ सालमा शिलन्यास, ०७१ सालबाट नियमित काम, ०७५ सालमा धुले परिक्षण उडान र ०७९ सालमा ‘प्रुभिङ’ र परिक्षण उडान गरिएको छ । बिमानस्थल निर्माणको लागि अहिलेसम्म करिव ३३ करोड खर्च भएको छ ।

०६३ सालमा तत्कालिन संस्कृति तथा पर्यटन मन्त्री प्रदिप ज्ञवालीले शिलन्यास गरेको बिमानस्थलले ०७१ सालबाट मात्रै निर्माणमा निरन्तरता पायो । स्थानीय १७ परिवारको बसाई सारिएको छ । ४१ जनाको जग्गा अधिकरण गरेर एक सय १६ रोपनी बिमानस्थल निर्माण गरिएको संस्थापन अध्यक्ष अर्यालले जानकारी दिए । जग्गा अधिकरण, प्राप्ती र मुल्य निर्धारणमा थुपै्र चुनौति समितिले खेपेका छन् ।

 

रेसुंगा बिमान स्थलमा दुई पटक परिक्षण उडान भएपछि नियमित उडानको आशमा गुल्मेली नागरिक रहेका छन् । पहाडमा उड्ने बिमानको संख्या कम, यात्रु नहुने, भौतिक संरचनाको अभाव लगायतका कारणले नियमित उडानमा चुनौति छ ।

गुल्मीमा घाँस काट्ने क्रममा भीरबाट लडेर ३५ वर्षीय महिलाको मृत्यु

0

बैशाख १४ ,२०८०गुल्मी :गुल्मीमा भीरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका(३ ठुलोलुम्पेककी ३५ वर्षीया गीता सुनारको मृत्यु भएको वडा अध्यक्ष जितु तरामु मगरले बताए ।

 

बिहीवार करिब ११ बजे स्थानीय कुण्डारी भीरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएकी सुनारको झण्डै ६ घण्टा पछि शव निकालेर पोस्टमार्टमको लागि अगाडी बढाईएको छ।

 

शव भीरको खोचमा अडकिए पछि ईलाका प्रहरी कार्यालय रिडी ,जोहाङ खैरेनी र स्थानीयको सहयोगमा शव निकालिएको वडा अध्यक्ष तरामुले जानकारी दिए ।

जीवनबहादुरहरुसँग सहकार्य गरेर समाजवाद आउँदैन : छक्कबहादुर लामा

0

बैशाख १४,२०८० काठमाडौं : पुराना वामपन्थी नेता छक्कबहादुर लामा हुम्लाबाट दुई पटक संघीय सांसद भइसकेका नेता हुन् । तर, यसपटक भने लामा कर्णाली प्रदेशसभाका लागि निर्वाचन लडे र नेपाली कांग्रेसका जीवनबहादुर शाहीसँग पराजीत बने । माओवादी केन्द्रको प्रभाव रहेको यस क्षेत्रमा गठबन्धनबाट कांग्रेस नेता शाहीले जितेका हुन । लामाको व्यक्तित्व, कर्म, विद्वता हेर्दा शाहीसँग चुनाव हार्नुपर्ने थिएन ।

जनतामाझ लोकप्रिय छक्कबहादुर लामा यसअघि २०७४ सालमा वाम गठबन्धनबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जितेका थिए । ०४८ सालमा संयुक्त जनमोर्चाबाट देशभरिबाट जित्ने नौ सांसदमध्ये लामा पनि एक हुन् । जनमोर्चा नेकपा ९एकता केन्द्र० को रणनीतिक मोर्चा हो । एकता केन्द्र नै पछि माओवादी बन्यो ।

२०७४ सालको आम निर्वाचनमा एमाले–माओवादीको गठबन्धन बन्दा गठबन्धनका आधिकारिक उम्मेद्वार माओवादी केन्द्रका पूर्वसांसद छिमीदोर्जे लामा विरुद्ध वागी उम्मेदवार बनेर निर्वाचन जितेका व्यक्ति छक्क लामा अहिले भने पराजित भएका छन् ।

माओवादी जनयुद्धमा एक छोरी गुमाएका लामालाई वागी उम्मेद्वार बनेपछि नेकपा माओवादी केन्द्रले कारवाही समेत गरेको थियो । उनले निर्वाचन जितिसकेपछि माओवादीले कारवाही फिर्ता गरी पार्टीमा पुनर्बहाली समेत गरेको थियो । नेकपा फुटेपछि लामा अहिले भने नेकपा एमालेको राजनीतिमा सक्रिय छन् ।

राष्ट्रिय स्वाधीनताको पक्षमा सँधै डटिरहने लामा वामपन्थी जनमत भएको हुम्ला जिल्लामा पराजय हुनु र विदेशी शक्तिकेन्द्रसंँग निकट सम्बन्ध रहेका जीवनबहादुर शाही विजय हुनुले हुम्लेली जनताले अनौठो अनुभूत गरिरहेको धेरैको बुझाइ छ ।

शाहीसँग प्राविधिक आधारमा पराजित भए पनि स्वाधीनता पराजीत हुन नदिन लामा अहिले पनि निरन्तर लागिरहेका छन् । उनी आफ्नो अभियानमा सक्रिय रहिरहने बताउँछन् ।

कालापानी लिपुलेक, लिम्पियाधुरामा भारतले सीमा अतिक्रमण गरेको विषयमा राष्ट्रिय सहमति बनिरहेकै बेलामा कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री शाहीले हुँदै नभएको चीनको सीमा विवाद उछालेर राष्ट्रिय स्वाधीनताको मुद्दालाई विषयाान्तर गरेका थिए ।

मित्रराष्ट्र चीनसँग त्यस मुद्दाले यसले चिसोपन बढाइदिएको अनुभूत भएको छ । कोरोनापछि नाकाबन्दी रहेको हुम्ला क्षेत्र अझै सहज बन्न नसक्नुमा जीवनबहादुर शाहीहरु जस्ताको विवादित कदम जिम्मेवार रहेको हुनसक्ने लामाको ठहर छ ।

उत्तरी नाका सहज नहुँदा त्यस क्षेत्रका जनताले असहज जीवन बाँचिरहेका छन् । जसरी दक्षिणतिरका नेपाली सीमामा भारतसँग लडेर त्यहाँका जनतालाई जीवन धान्न कठिन हुन्छ त्यसरी नै उत्तरतिर चीनसँग सिमाना जोडिएका नेपालीहरुलाई चीनसँग सम्बन्ध विगारेर बाँच्न कठिन हुने लामा बताउँछन ।

राष्ट्रिय स्वाधीनताको विपक्षमा रहेका र कूटनीतिक क्षेत्रमा पनि विवादित कार्य गर्दै आएका जीवन वहादुर शाहीलाई आलोपालोको रुपमा अर्को पटक मुख्यमन्त्री बनाउने गरी माओवादीले सहमति गर्नु विडम्बना रहेको लामाको ठहर छ । कर्णाली क्षेत्रमा द्वन्द्व निम्तिनु समग्र देशकै निम्ति खतरा हो भन्दै त्यस्तो खतरा नमोल्न लामाले माओवादीका नेतृत्वलाई सुझाव दिएका छन् ।

समाजवादको मीठो सपना बोकेर वलिदानी पूर्ण संघर्ष गरेको माओवादी केन्द्रले गलत शक्ति र व्यक्तिसँग सहकार्य गरेर निर्दिष्ट लक्ष्यमा नपुगिने लामाको निश्कर्ष छ ।

७९ वन डढेलोको जोखिममा

0
फाइल तस्विर

बैशाख १४,२०८०बैतडी : गर्मीयाम सुरू भएसँगै बैतडीमा पनि वन डढेलोको सम्भावना बढ्दै गएको छ। यहाँ रहेका ७९ वन डढेलोको जोखिममा समेत रहेका छन्। डिभिजन वन कार्यालयकाअनुसार सबैभन्दा बढी ३० वटा पाटन सब डिभिजन वन कार्यालय अन्र्तगत वनहरू रहेका छन्।

यस्तै मालिका पाटन सब डिभिजन वन कार्यालय र हाट पाटन सब डिभिजन वन कार्यालय अन्र्तगतका १३÷१३ वटा वनहरू डढेलोको जोखिममा रहेका डिभिजन वन कार्यालय प्रमुख भिमप्रसाद कंडेलले जानकारी दिए। यसका साथै मेलौली–कुलाउ सब डिभिजन वन कार्यालय अन्र्तगतका ११,सिगास सब डिभिजन वन कार्यालय अन्र्तगतका ८,रुद्रेश्वर–देउलेक सब डिभिजन वन कार्यालय अन्र्तगतका ४ वनहरू जोखिममा रहेका हुन्।

यसअघि डढेलो लागेका र बस्तीनजिक रहेका वनहरू जोखिममा राखिएका हुन्।

जिल्लामा हालसम्म डढेलो लागेको घटनाहरू नरहेका प्रमुख कंडेलले बताए। उनले भने, ुडढेलोको जोखिममा वनहरू रहेका भए पनि यो वर्ष भने फाट्टफुट्टबाहेक डढेलो लागेको खबर खासै आएको छैन।

गर्मीयाम सुरू भएसँगै मानवीय लापरबाहीका कारण डढेलोको जोखिम बढी हुने गरेको छ। प्राकृतिक र मानविय दुवै कारणले वन डढेलो हुने गरेकोमा प्राकृतिक ५ प्रतिशत र मानविय ९५ प्रतिशतले डढेलो हुने गरेको छ।

बैतडीमा सबै प्रकारका वन डढेलो लाग्ने गरेका छन। घर्षने , भुईं, सतही र छत्र डढेलो मध्य खतरनाक चाहि छत्र डढेलो र यहाँ बढी मात्रामा सतही डढेलो लाग्ने गर्दछ। डढेलोबारे वन कार्यालयले सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ।

डढेलोले जनस्वास्थ्य क्षेत्रमा सँकट ल्याउनुका साथै मानवीय र धनजनको क्षति पनि गर्ने भएकोले सबैले सचेत रहन आग्रह गरिएको छ। बैतडीमा विशेषगरी फाल्गुन देखि जेठसम्म डढेलो लाग्ने गरेको जनाएको छ।

यहाँ ३६४ सामुदायिक वन,१७४ कबुलियती,प्रस्तावित सँरक्षित क्षेत्र २,निजी वन ३,वैज्ञानिक वन व्यवस्थापन ३ क्षेत्र रहेका छन्। कुल क्षेत्रफल १ लाख ४८ हजार ६७८ हेक्टर क्षेत्रफल रहेको बैतडीमा ८५हजार ७६८ हेक्टर वन क्षेत्र रहेको छ।

चट्याङ लागेर छोराको मृत्यु, बुबाआमा गम्भीर घाइते

0

बैशाख १४,२०८०ताप्लेजुङ : ताप्लेजुङमा चट्याङ लागेर छोराको मृत्यु भएको छ भने बुबा र आमा गम्भीर घाइते भएका छन्।

 

गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो।

 

गम्भीर घाइते भएका दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमुको जिल्ला अस्पतालको उपचार भइरहेको मैवाखोला गाउँपालिकाकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए।

गुल्मीमा जीप दुर्घटना हुँदा सहचालकको मृत्यु ,चालक घाइते

0

बैशाख १४,२०८० गुल्मीः गुल्मीमा गएराती जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मालिका गाउँपालिका दर्लिङ देखी बाग्लुङको भिमगिठे तर्फ जाँदै गरेको लु १ च ९९११ नम्वरको जीप वडा नं २ खल्टिखोलामा दुर्घटना हुँदा सोही स्थानका सहचालक १८ वर्षीय किशोर केशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

सोही जीपका चालक २१ वर्षीय प्रेमबहादुर केशीको ढाडमा चोट लागेकाले लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका लागि पठाइएको पाण्डेले बताए ।

जीप सडक देखी करिब १५० मिटर तल खसेको र घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

नेकपा एमाले रेसुङ्गा नगरकमिटीद्धारा रेसुङ्गा नगरपालिकालाई ज्ञापन पत्र

0

सूर्य सुनार

बैशाख १३, २०८० गुल्मी :नेपाल कम्युनिष्ट पार्टी एमाले रेसुङ्गा नगर कमिटीले रेसुङ्गा नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । बुधबार एक कार्यक्रमका बिच नेकपा एमाले रेसुङ्गा नगर कमिटी अध्यक्ष हरिप्रसाद पोखरेलले उपप्रमुख अमृतादेवी कुँवरलाई ज्ञापन पत्र बुझाएका हुन् ।

 

रेसुङ्गा नगरपालिकाबाट सम्पादन हुने काम कार्वाहीले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएकोले पेश गरेका विषयलाई अविलम्ब सच्चाउनका लागि जोडदार माग गर्दै ज्ञापन पत्र बुझाएको हो । रेसुङ्गा नगरपालिकामा स्थानीय निर्वाचन भएको एक वर्ष पुग्न लागेको यो एकवर्षमा एकपछि अर्को गर्दै लगातार विधि प्रकृया मिचेर एकपक्षीय स्वेच्छाचारी ढंगल कार्यसम्पादन हुँदै आएको, योजनाको छनौट, बजेट वितरण र योजनाको कार्यान्वयन, सरकारी अनुदान तथा सहयोगको वितरणमा भएको स्वेच्छाचारी र विभेदकारी कार्य अविलम्ब सच्चाउन माग गरेको छ ।

 

त्यस्तै स्वेच्छाचारी कार्यशैलीकै सिलसिलामा तम्घास बजारको बाटो स्तरोन्नतीमा भएको सम्झौता विपरित, सरोकारवालसँग छलफलबिना मनपरी ढंगले हठात वैज्ञानिक मापदण्ड बिना बाटो विस्तार गर्ने काम भएको, मदन भण्डारी राजमार्गको रुट तथा मापदण्ड यकिन नभई मनपरी ढंगले गरिएको तोडफोडले सरोकारवालामा सास्ती पैदा भएको उल्लेख गर्दै सार्वजनिक सम्पतिमा बनेका घर तथा अतिक्रमित जग्गामा केही नगर्ने तर हचुवाका भरमा भएका यी कार्यहरु आफैमा जनविरोधी भएको ज्ञापन पत्रमा भनिएको छ ।

रेसुङ्गा नगरपालिकामा जनप्रतिनिधिका आफन्त तथा कर्मचारीलाई कोटेशन दिई गुणस्तरहीन काम गराउने, सामान खरिद गर्ने कार्य भएको भन्दै यस्तो कार्य नगराउन ज्ञापन पत्रमा उल्लेख गरिएको छ । जस्तापाता लगायतका सामग्री तथा आर्थिक सहयोग वितरणमा चरम पक्षपात गर्दै मनपरी वितरण भएको पाइएको छ। गाडी इन्धन र कार्यक्षेत्र बाहिरको भ्रमण लगायतमा मापदण्डविपरीत खर्च गर्ने राज्यको सम्पति दुरुपयोग गर्न अविलम्ब बन्द गर्न माग गरेको छ ।

 

कर्मचारी भर्ना विधि प्रक्रिया विपरित अपारदर्शी ढंगले भएको हुँदा विधि प्रकृया र पारदर्शी ढंगले कर्मचारी नियुक्त गर्न माग आग्रह गरिएको छ । रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले नगरपालिकाबाट कुनै पनि काम नियम विपरित नभएको बताउँदै यदी त्यस्तो भए सच्चाएर काम कार्वाही अगाडी बढाउने उल्लेख गरिएको छ ।