चट्याङ लागेर छोराको मृत्यु, बुबाआमा गम्भीर घाइते

0
197

बैशाख १४,२०८०ताप्लेजुङ : ताप्लेजुङमा चट्याङ लागेर छोराको मृत्यु भएको छ भने बुबा र आमा गम्भीर घाइते भएका छन्।

 

गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो।

 

गम्भीर घाइते भएका दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमुको जिल्ला अस्पतालको उपचार भइरहेको मैवाखोला गाउँपालिकाकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए।

SHARE