
टोपलाल अर्याल
गुल्मी, १५ बैशाख:गुल्मीको सिमिचौरमा निर्माण भएको रेसुंगा विमानस्थलमा शुक्रबार सफल ‘परिक्षण उडान’ भएको छ ।
नेपाल एरलायन्सको नाइन 9N-ABT नम्बरको जहाज क्याप्टेन मनिष बिष्ट नेतृत्वको पाइलटको टोलीले नेपाल एयरलायन्सको जहाज मार्फत बजे रेसुंगा विमानस्थलमा परिक्षण उडान गराएका हुन् । गत पुस अन्तिम हप्ता धुले उडान भएको चारबर्षपछि पक्की धावनमार्गमा ‘प्रुभिङ फ्लाइट’ गरिएको थियो ।

यसअघि २५ जेठ ०७५ मा तारा एयरलेनै कच्ची धावनमार्गमा सफलतापूर्वक परीक्षण उडान गरेको हो । नियमित उडानको लागि सवै अवस्थाको जाँच गर्न नेपाल एरलायन्सले बायु सेवा निगमको अनुमति लिएर परिक्षण गरेको हो । रेसुंगा नगरपालिकासंगको समन्वय र सहयोगमा नेपाल एयरलायन्सले नियमित उडानको तयारी गरेको जनाएको छ ।
करिव ५० मिनेटको उडानपछि रेसुंगा बिमानस्थलमा अवतरण गरिएको क्याप्टेन बिष्टले बताए । नगरले १४ फागुनमा सम्झौता गरेर १७ गतेबाट नियमित गर्ने योजना भएपनी प्राबिधिक समस्याका भएका कारण अहिले परिक्षण गरिएको मेयर खिलध्वज पन्थीले बताए । उनले सम्झौता अनुसार ६ हजार देखि ६५ सयसम्म भाडा कायम हुने बताए ।
रेसुंगा बिमानस्थल निर्माणको कल्पना बिस २०३७ सालमा भएको थियो । बिस २०६३ सालमा शिलन्यास, ०७१ सालबाट नियमित काम, ०७५ सालमा धुले परिक्षण उडान र ०७९ सालमा ‘प्रुभिङ’ र परिक्षण उडान गरिएको छ । बिमानस्थल निर्माणको लागि अहिलेसम्म करिव ३३ करोड खर्च भएको छ ।
०६३ सालमा तत्कालिन संस्कृति तथा पर्यटन मन्त्री प्रदिप ज्ञवालीले शिलन्यास गरेको बिमानस्थलले ०७१ सालबाट मात्रै निर्माणमा निरन्तरता पायो । स्थानीय १७ परिवारको बसाई सारिएको छ । ४१ जनाको जग्गा अधिकरण गरेर एक सय १६ रोपनी बिमानस्थल निर्माण गरिएको संस्थापन अध्यक्ष अर्यालले जानकारी दिए । जग्गा अधिकरण, प्राप्ती र मुल्य निर्धारणमा थुपै्र चुनौति समितिले खेपेका छन् ।
रेसुंगा बिमान स्थलमा दुई पटक परिक्षण उडान भएपछि नियमित उडानको आशमा गुल्मेली नागरिक रहेका छन् । पहाडमा उड्ने बिमानको संख्या कम, यात्रु नहुने, भौतिक संरचनाको अभाव लगायतका कारणले नियमित उडानमा चुनौति छ ।







