गुल्मीमा घाँस काट्ने क्रममा भीरबाट लडेर ३५ वर्षीय महिलाको मृत्यु

0
112

बैशाख १४ ,२०८०गुल्मी :गुल्मीमा भीरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका(३ ठुलोलुम्पेककी ३५ वर्षीया गीता सुनारको मृत्यु भएको वडा अध्यक्ष जितु तरामु मगरले बताए ।

 

बिहीवार करिब ११ बजे स्थानीय कुण्डारी भीरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएकी सुनारको झण्डै ६ घण्टा पछि शव निकालेर पोस्टमार्टमको लागि अगाडी बढाईएको छ।

 

शव भीरको खोचमा अडकिए पछि ईलाका प्रहरी कार्यालय रिडी ,जोहाङ खैरेनी र स्थानीयको सहयोगमा शव निकालिएको वडा अध्यक्ष तरामुले जानकारी दिए ।

SHARE