Saturday, June 6, 2026

जनविकास केन्द्रको १० औँ साधारण सभा सम्पन्न

0
????????????????????????????????????

हुमाकान्त पोखरेल, गुल्मी
२३ मंसिर । जनविकास केन्द्र गुल्मीको १० औँ साधारण सभा सम्पन्न भएको छ । सभाले देविराम अर्यालको अध्यक्षतामा नौ सदस्यिय कार्य समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा हरी प्रसाद घिमिरे, सचिवमा चन्द्र विक लगायतका सदस्य रहेका छन् । सभाको उद्घाटन गर्दै रेसुगां नगरपालिकाका मेयर डिल्लिराज भुसालले सरकारले गर्न नसकेका कतिपय कामहरु गैर सरकारी सँस्थाले गरेको भन्दै प्रशंसा गरे । २०६५ साल पौषमा स्थापना भएको संस्थाले चालु आर्थिक बर्षमा जलवायु परिवर्तन कृषि प्रविधिहरुको अध्ययन तथा प्रवद्र्धन, गरिवि निवारण तथा बाख्रा उद्यम परियोजना लगायतका क्षेत्रमा काम गरिरहेको जनाएको छ । कृषि सुचना तथा प्रशिक्षण केन्द्र ललितपुरको आर्थिक सहयोगमा धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक, ५ वस्तु र वडा नम्बर ६ रजस्थलमा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम संचालन भइरहेको छ । जसमा जलवायु परिवर्तनले कृषि उत्पादनमा पारेको असरबारे अध्ययन र धानका सुख्खा जातहरुको परिक्षण गरिरहेको जनाएको छ । यस कार्यक्रमबाट कुल ४४६ जना लाभान्वित हुने संस्थाले जनाएको छ । मुसिकोट नगरपालिकाको आर्थिक सहयोगमा मुसिकोटको वडा नम्बर १, २, ३ र ४ मा बाख्रा उद्यम परियोजना संचालन हुँदैछ । यस कार्यक्रमले बाख्रापाल्ने कृषकहरुलाई सक्षम र सबल बनाई मासुको लागि आत्मनिर्भर र निर्यात गर्ने लक्ष्य लिएको संस्थाका लेखा अधिकृत हरी प्रसाद मरासिनीले जानकारी दिए ।
जनविकास केन्द्र गुल्मीले आर्थिक बर्ष २०७५÷७६ मा विभिन्न स्थानीय तहमा सातवटा शिर्षकमा काम गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । जसअन्तरगत ४९ लाख ९९ हजार बजेटमा धुर्कोट गाउँपालिका वडा नम्बर ४, ५ र ६ मा जलवायु परिवर्तन र कृषि प्रवद्र्धनबारे अध्ययन गरिरहेको छ । संस्थाले चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ र इस्मा गाउँपालिकाका वडा नम्बर ३, ५ र ६ मा सिमान्तकृत, लोपोन्मुख तथा पिछडिएका वर्गका लागि सिप तथा क्षमता विकास सम्बन्धि तालिम दिएको छ । ५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको १५ लाख आर्थिक सहयोगमा उक्त कार्यक्रम संचालन गरेको लेखा अधिकृत मरासिनीले जानकारी दिए । संस्थाले गत बर्ष नै ५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको चार लाख आर्थिक सहयोगमा धुर्कोट गाउँपालिका वडा नम्बर ५ वस्तुमा जेष्ठ नागरिक दिवा सेवा केन्द्र संचालन ग¥र्यो । त्यस्तै इस्मा गाउँपालिकाको एक लाख ८५ हजारको आर्थिक सहयोगमा गाउँपालिकामा महिला शसक्तिकरण, समुह गठन तथा परिचालनसम्बन्धी तालिम सम्पन्न गरेको छ । धुर्कोट गाउँपालिकाको दुई लाख ७५ हजारको सहयोगमा गाउँपालिकामा टोल संरक्षण महिला मञ्चको संचालन, मदाने गाउँपालिकाको तीन लाख ५० हजारको सहयोगमा गाउँपालिकामा युवा उद्यमशिलता विकास कार्यक्रम तथा मालिका गाउँपालिकाको एक लाखको सहयोगमा सामुदायिक वनमा आय–आर्जन कार्यक्रम सम्पन्न गरेको संस्थाका साधारण सदस्य बाबुराम पन्थीले बताए । कार्यक्रममा नेकपा गुल्मीका सचिव विर बहादुर कार्की, नेपाली काङ्ग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ, गैर सरकारी संस्थाका अध्यक्ष विष्णु भण्डारी, पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल लगायतको आतिथ्यता रहेको थियो ।

सामान्य घरमा एक महिनाको विद्युत महसुल १० लाख

0

मंसिर २३, २०७६ चितवन ः सामान्यतय कुनै एक घरको विद्युत महसुल महिनामा ५ सय, १ हजारदेखि ५ हजारसम्म उठ्ने गर्छ। ठूलो क्षेत्रफलको घर र धेरै नै विद्युतीय सामग्रीहरू प्रयोग भए पनि १० हजार, २० हाजरसम्म मासिक महसुल उठ्न सक्छ। तर कपडामा लगाउने आइरन समेत नचलाउने एक सामान्य घरमा एक महिनाको विद्युत महसुल १० लाख उठ्छ भन्दा जो कोहीलाई पत्याउन त परकै कुरा अचम्मित बनाउछ। चितवनको एक सामान्य घरमा त्यस्तै असामान्य विद्युत महसुल उठेको छ। जसले सवैलाई अचम्मित बनाएको छ। चितवनको भरतपुर महानगरपालिका १३ श्रृजना चोककी मेनुका पौडेलको घरमा एक महिनाको विद्युत महशुल १० लाख रुपैयाँ उठेको छ। यही मंसिर १७ गत्ते विद्युत प्राधिकरण भरतपुर वितरण शाखाका कर्मचारीले मिटर रिड गर्दा महिनाकै १० लाख विल देखिएपछि सवै अचम्मित परेका छन्। घरधनी मेनुकाका अनुसार मिटरमा गएको एक महिनामै ९१ हजार २५१ युनिट विद्युत खपत भएको देखिएको हो। उनको घरमा धेरै विद्युत खपत गर्ने विद्युतीय सामग्रीहरू पनि छैन। ३ वटा पंखा, एउटा फ्रिज, एउटा राइस कुकर, १७ वटा सिएफएल बत्ती र एउटा कुखुरा फर्म छ। मेनुकाका अनुसार यति नै विद्युत सामग्री प्रयोग गर्दा यस अघि ६९ युनिट मात्रै उठेको थियो। मेनुकाले भनिन,‘अहिले जाडो मौसममा पंखा चलाएकै छैन। कपडामा लगाउने आइरन पनि चलाएका छैनौ। कुखुराको फममा बत्ती मात्रै बाल्ने हो। कसरी यस्तो भयो हामी अच्चम्मित भयौँ।’ उनका अनुसार गर्मी मौसममा बढीमा १ हजार र जाडो मौसममा ५ सय रुपैयाँसम्म महसुल उठ्ने गरेको थियो। कुखुरा फाममा चल्ला हालेको समयमा केही महिनाघि अहिलेसम्मकै सवैभन्दा बढी ४ हजार ५ सय रुपैयाँ तिरेको मेनुकाले बताइन्। यति धेरै महसुल उठेको देखेपछि घरधनी मेनुका मात्रै होइनन् विद्युतका कर्मचारी पनि अचम्म परे। ती कर्मचारीले विल नकाटी अफिसमा सम्पर्क गर्नु भनेपछि मेनुका भोलिपल्ट १८ गत्ते विद्युत प्राधिकरण भरतपुर शाखामा पुगिन्। त्यतिवेलासम्म मेनुकालाई अस्वाभाविक विल उठ्नुमा मिटर विग्रिएको होला भन्ने लागेको थियो। तर विद्युत प्राधिकरणकै कर्मचारीले दोस्रोपटक पनि पुन चेकजाँच गर्दा मिटर ठिकै रहेको बताए। भरतपुर वितरण शाखाले पनि कुखुरा पालेको ठाउँमा १० लाख शुल्क उठ्नु अस्वाभाविक नभएको बताएपछि आफू निक्कै तनावमा परेको मेनुका बताउँछिन्। अस्वाभाविक महसुल उठेको मिटर चेकजाँचका लागि डिभिजन कार्यालय हेटौंडा पठाइएको प्राधिकरण भरतपुर शाखाले जनाइएको छ। थप अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने कार्यालय प्रमुख सुरेशकुमार महतोले बताए।
थाहाबाट

शान्ता चौधरीको घरमा चोरी

0

मंसिर २३, २०७६ दाङ ः नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० की सचेतक शान्ता चौधरीको घरमा चोरी भएको छ। घरमा कोही नभएको समयमा चोरले घरको मुलगेट, ढोकाको ताला फोडेर भित्र पसेको भेटिएको छ। सोमबार नेता चौधरीका आफन्तहरू घरमा गएको समयमा गेटको ताला फोडिएको पाए। चौधरीको घरभित्र रहेका दराजको समेत ताला फोडेर सरसामान छरफस्ट अवस्थामा थिए। घटनालगत्तै नेता चौधरीका आफन्तले प्रहरीलाई खवर गरेका थिए। उप निर्वाचनको मतगणना सकिएलगत्तै एक साता अघि सपरिवार काठमाडौं गएकाले नेता चौधरीको घरमा कोही थिएनन्। नेता चौधरी अहिले घर नभएकाले के चोरी भयो भन्ने बारेमा थाहा हुन नसकेको चौधरीका स्वकीय सचिव सन्तोष दहितले बताए। घरमा कहिले चोर पसेको हो भन्ने बारेमा पनि जानकारी हुनसकेको छैन।
थाहाबाट

१३ औँ साग : नवौँ दिनसम्म नेपालले जित्यो ४९ स्वर्ण पदक

0

मंसिर २३, २०७६ काठमाडौं : आयोजक नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिताका स्वर्ण पदकको रेकर्ड ५० नजिक पुर्‍याएको छ। सोमबार नवौँ दिनसम्म भएका खेलमा नेपालले स्वर्णको संख्या ४९ पुर्‍याएको हो। सोमबार नेपालले जुडो, बक्सिङ र पौडीबाट स्वर्ण पदक थप्यो। आइतवारसम्म ४५ स्वर्ण पक्का गरेको नेपालले सोमबार चारवटा स्वर्ण थपेको छ।  नेपालले अहिलेसम्म ४९ स्वर्ण, ४८ रजत र ७८ कास्य पदक जित्‍न सफल भएको छ। पहिलो स्थानमा रहेको भारतले १३८ स्वर्ण, ८३ रजत र ४३ कास्य पदक जितेको छ। सोमबार नेपालका लागि बक्सिङको ५४ केजी तौल समूहमा मिनु गुरुङले स्वर्ण पदक जितिन्। बक्सिङमा नेपालले २० वर्षपछि स्वर्ण जितेको हो। त्यसैगरी बक्सिङबाटै ६४ केजी तौल समूहमा भुपेन्द्र थापाले स्वर्ण पदक जित्‍न सफल भए।  सन् १९९९ मा घरेलु भूमिमै भएको सागमा नेपालका लागि प्रकाश थापामगर र रामचन्द्र थापामगरले बक्सिङबाट स्वर्ण जिताएका थिए। त्यसयता नेपाल स्वर्णविहीन रहँदै आएको थियो। त्यसैगरी जुडोबाट पनि नेपालले अर्को स्वर्ण पदक जित्यो। नेपालका लागि जुडोको ७८ केजी समूहमा पुनम श्रेष्ठले बंगलादेशकी फरिना खानोमलाई हराउँदै स्वर्ण पक्का गरिन्। यसअघि नेपालका लागि जुडोबाट देविका खड्काले स्वर्ण जितेकी थिइन्।  यो सागमा चम्किएकी गौरिका सिंहले पौडीबाट चौथो स्वर्ण पदक जितिन्। उनले सोमबार एक सय मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण पदक जितिन्। गौरिकाले योसँगै गौरिकाले एउटै सागमा चारवटा स्वर्ण पदक जितेर कीर्तिमान बनाएकी छन्। यसअघि १७ वर्षीया ओलम्पियन गौरिकाले ४ सय मिटर फ्रीस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जितिसकेकी छन्।  चौथो स्वर्णसँगै गौरिका नेपालका लागि सर्वाधिक सफल खेलाडी भएकी छन्। उनी एकै संस्करणमा ४ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी भइन्। उनले चार स्वर्ण, र दुई रजत जित्न सफल भएकी छन्।  नेपालले मंगलबार अपरान्ह फुटबलतर्फको स्वर्णका लागि भुटानसँग प्रतिस्पर्धा गर्दैछ। समूह चरणमा ४-० ले हराएकाले डिफेन्डिङ च्याम्पियन नेपाल भुटानलाई हराएर स्वर्ण घरैमा राख्ने दाऊमा छ। १३ औं सागमा नेपालका स्वर्ण १. कराँते (एकल काता)-मण्डेकाजी श्रेष्ठ २. कराँते (टिम काता, पुरुष)-मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर ३. कराँते (टिम काता, महिला)-निर्मला तामाङ, संगिता मगर, सरु कार्की ४. कराँते (५५ केजी)-लक्ष्मण तामाङ ५. कराँते(८४ केजीमाथि)-विप्लवलाल श्रेष्ठ ६. कराँते (४५ केजीमुनि)-कुसुम खड्का ७. कराँते (५० केजीमुनि)-अनु अधिकारी ८. कराँते (६७ केजी)-नवीन रसाइली ९. कराँते (६८ केजी)-सुनिता महर्जन १०.  कराँते (६८ केजी)-अनुपमा मगर ११. तेक्‍वान्दो पुम्से (२३-२९ वर्ष )-कमल श्रेष्ठ १२. तेक्‍वान्दो पुम्से ( १७-२३ वर्ष )-सिना मादेन लिम्बु १३. तेक्‍वान्दो पुम्से (२३ -२९ वर्ष )-पार्वती गुरुङ १४. तेक्‍वान्दो पुम्से (२९ वर्षमाथि )-आयशा शाक्य १५. तेक्‍वान्दो पुम्से (२९ वर्षमाथि )-आयशा शाक्य र सञ्जिकुमार पाण्डे १६. पुम्से महिला टिम (१७-२३ वर्ष)-निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना १७. पुम्से महिला टिम (२३-२९ वर्ष)-निता गुरुङ, प्रसंशा क्षेत्री र शुसिला राई १८.  तेक्‍वान्दो (४६ केजीमुनि)-काजल श्रेष्ठ १९.  तेक्‍वान्दो (६८ केजीमुनि)-वीरबहादुर महरा २०. ट्रायथलन-सोनी गुरुङ २१. डुवाथोलन-हिमाल टमाटा २२.  उसु (थाउलो)-विजय सिन्जाली २३.  उसु (थाउलो)-सुस्मिता तामाङ २४.  उसु (थाउलो)-दीपक हमाल २५. एथलेटिक्स (१० हजार मिटर)-सन्तोषी श्रेष्ठ २६.  साइक्लिङ (डाउनहिल)-राजेश मगर २७.  साइक्लिङ (डाउनहिल)-निश्मा श्रेष्ठ २८.  तेक्‍वान्दो (६२ केजीमुनि)-संगीता बस्याल २९.  तेक्‍वान्दो (८७ केजी )-सक्षम कार्की ३०.  उसु (थाउलो(नान्दौ)-निमा घर्तीमगर ३१.  साइक्लिङ (क्रस कन्ट्री)-लक्ष्मी श्रेष्ठ ३२.  साइक्लिङ (क्रस कन्ट्री)-बुद्धिबहादुर तामाङ ३३.  पौडी (२०० मिटर फ्रीस्टाइल)-गौरिका सिंह ३४.  तेक्‍वान्दो (८७ केजी)-भूपेन श्रेष्ठ ३५.  भारोत्तोलन (५९ केजी)-सन्जु चौधरी ३६. उसु (५६ केजी)-जुनी राई ३७.  एथलेटिक्स (५ हजार मिटर दौड)-गोपीचन्द्र पार्की ३८.  गल्फ-सुवास तामाङ ३९.  गल्फ ( टिम इभेन्ट)-सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ ४०.  भारोत्तलन-विकास थापा ४१.  पौडी (२ सय मिटर ब्याकस्ट्रोक)-गौरिका सिंह ४२.  म्याराथन-किरणसिंह बोगटी ४३.  कुस्ती (५५ केजी)-संगीता धामी ४४.  पौडी (४ सय मिटर फ्रीस्टाइल)-गौरिका सिंह ४५.  जुडो (५२ केजीमुनि)-देविका खड्का ४६.  बक्सिङ (५४ केजी)-मिनु गुरुङ ४७.  बक्सिङ (६४ केजी)-भूपेन्द्र थापा ४८.  जुडो (७८ केजी)-पुनम श्रेष्ठ ४९.  पौडी १०० मिटर फ्रीस्टाइल-गौरिका सिंह
थाहाबाट

नेकपाले अघि बढायो वामदेवलाई उपाध्यक्ष बनाउने प्रस्ताव

0

मंसिर २३, २०७६ काठमाडौं , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा ले संगठन विभाग प्रमुख वामदेव गौतमलाई उपाध्यक्ष बनाउने गरी विधान संशोधन प्रस्तावलाई स्थायी समिति बैठकमा पठाउने निर्णय गरेको छ। पार्टी मुख्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्ष पदका लागि विधान संशोधन अघि बढाउनेसहितका पाँचवटा निर्णय गरेको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए। उनका अनुसार पार्टी सचिवालयले अघि बढाएको विधान संशोधन प्रस्तावलाई आगामी मंसिर २९ र ३० गते बस्ने स्थायी समिति बैठकमा पेश गरिने भएको छ। नेकपाको एकीकरणपछि स्थायी समिति बस्न सकेको छैन। नेताहरुले लामो समयदेखि पार्टीको सांगठानिक र वैचारिक रणनीतिबारे छलफलका लागि स्थायी समिति बस्नुपर्ने माग गर्दै आएका थिए। त्यसैगरि बैठकले मंसिर १४ मा भएको उपनिर्वाचनपछिको परिणामबारेको प्रतिवेदन बुझाउने म्याद ५ दिन थप्ने अर्को निर्णय गरेको छ। नेकपा सचिवालयले यसअघि सम्बन्धित भूगोलका कमिटीलाई तीन दिनभित्र उपनिर्वाचनको प्रतिवेदन पेश गर्न भनेको थियो। अब उपनिर्वाचन भएका जिल्ला तथा प्रदेश कमिटीहरुले मंसिर २२ सम्ममा प्रतिवेदन बुझाइसक्नुपर्नेछ। बैठकले विभिन्‍न जिल्ला समितिहरुमा देखिएको समस्या समाधान गर्न केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिने निर्णय गरेको छ। नेकपाले करिब एक वर्षपछि स्थायी कमिटी बैठक बोलाएको छ। स्थायी समिति बस्‍नुअघि मंसिर २७ मा नेकपा सचिवालय फेरि बस्ने भएको छ। सचिवालय बैठकले नेकपा कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले दिएको राजीनामा अस्वीकृत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्। बैठकले सात दिनभित्र केन्द्रीय विभागलाई पूर्णता दिने निर्णय पनि लिएको छ। नेकपा प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि अतिक्रमणपछि उत्पन्‍न समस्याबारे छलफलका लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई पठाउन गरेको निर्णयबारे कुनै कुरा भएन। थाहाबाट

भ्रष्ट्राचार न्यूनिकरणको लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

0

हुमाकान्त पोखरेल, गुल्मी
२३ मंसिर । गुल्मीमा भ्रष्ट्राचार न्यूनिकरणको लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको छ । सुशासन प्रवद्र्धनका लागि नागरिक सञ्जाल गुल्मीले सोमबार प्रजिअ कोषहरी निरौलालाई जिल्लाका विभिन्न सरकारी कार्यालयहरुमा हुने भ्रष्ट्राचार, ढिलासुस्ति र अनियमितता रोक्नको लागि आग्रह गर्दै ज्ञापन पत्र बुझाएको हो ।

संस्थाले जिल्ला प्रशासन कार्यालय गुल्मीले सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहका लागि नागरिक सहायता कक्षको सञ्चालन, पासपोर्टको फाराम र फोटोको लागि निश्चित शुल्क तोकी अनिवार्य रुपमा रसिद पेश गर्नुपर्ने व्यवस्था, डिजिटल नागरिक वडापत्र, सिसिटिभि लगाएतको व्यवस्था गर्नुलाई सराहनीय काम भनेको छ । तर स्थानीय तहमा आएको बेरुजु रकम घटाउन आवश्यक पहल गर्न, विकास निर्माणका कामहरु गुणस्तरहीन भएकोले अनुगमन गरी पारदर्शी बनाउन, सरकारी कार्यालयहरुको सेवाप्रवाहबारे नियमित सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण गरी सुशासन र पारदर्शितालाई सुनिश्चित गर्न माग गरेको छ । त्यस्तै सरकारी तवरबाटै भ्रष्टाचारविरुद्धका संयन्त्रहरुलाई बलियो बनाउन, सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने वा सम्बन्धित निकायमा बुझाउनुपर्ने व्यवस्थालाई कार्यान्वयनका गर्न तथा सार्वजनिक निकायहरुले स्वतस्फूर्त रुपमा प्रकाशन गर्नुपर्ने सुचनाहरु नियमित रुपमा प्रकाशन गर्न पनि ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराइएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४÷७५ मा धुर्कोट गाउँपालिकामा एक करोड १६ लाख, मदाने गाउँपालिकामा ४८ लाख २६ हजार, मालिका गाउँपालिकामा तीन करोड ९९ लाख बेरुजु आएको छ । रुरु गाउँपालिकाको ७९ लाख १८ हजार, सत्यवती गाउँपालिकाको दुई करोड ८२ लाख, इस्मा गाउँपालिकाको ७८ लाख ५५ हजार, कालीगण्डकी गाउँपालिकाको १५ लाख ६७ हजार, चन्द्रकोट गाउँपालिकाको ३५ लाख ९२ हजार, गुल्मीदरबार गाउँपालिकाको तीन लाख ३९ हजार, मुसिकोट नगरपालिकाको चार करोड ३४ लाख र रेसुंगा नगरपालिकाको १ करोड ७२ लाख बेरुजु आएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी निरौलाले जिल्लामा हुने विकास निर्माणका काम र पारदर्शीताको सम्बन्धमा सबै एकजुट हुनुपर्ने बताए । त्यसका साथै उनले भ्रष्टाचार न्यूनिकरणमा आफु सधै प्रतिवद्ध रहेको भन्दै ध्यानाकर्षण गराएकोमा संस्थालाई धन्यवाद दिए । ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा संस्थाका संयोजक श्याम कुमार पाण्डे, दलित महिला संघकी कमला बराल, महिला विकास मञ्चकी हिरा कुँवर, एकीकृत ग्रामिण विकास समाजकी उपाध्यक्ष भगवती श्रीस, पत्रकार हुमाकान्त पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

महिला हिसां विरुद्धको कानुनी सचेतना कार्यक्रम सम्पन्न

0
????????????????????????????????????

हुमाकान्त पोखरेल, गुल्मी
२३ मंसिर । गुल्मीमा महिला हिसां विरुद्धको कानुनी सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एकिकृत ग्रामिण विकास समाज केन्द्र, गुल्मी, सु–आहारा तथा महिला मानव अधिकार रक्षक सञ्जालको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । सदरमुकाम तम्घासमा भएको कार्यक्रममा नागरिक समाज, विभिन्न महिला समुहका प्रमुख तथा प्रतिनिधि, जिल्ला न्यायधिवक्ता, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै रेसुगां नगरपालिकाका उपप्रमुख सिता भण्डारीले गत बर्षको भदौमा आएको नयाँ मुलुकी ऐनबारे नगरका सबै वडाका महिलाहरुलाई जानकारी गराएको बताइन् । त्यसका साथै उनले नगरपालिकाले महिलाहरुका पक्षमा विभिन्न सिपमुलक तालिम लगायतका आय आर्जनका क्षेत्रमा बजेट विनियोजन गरेको जानकारी दिइन् । कार्यक्रममा महिला नेतृ ललिता गौतम, विष्ण सापकोटा लगायतले मन्तव्य राखेका थिए । महिला हिसां न्यूनिकरणमा जिल्लास्थित सबै राजनीतिक दल, विभिन्न संघ सँस्था लगायतका पक्षले साथ दिनुपर्नेमा सहभागिहरुले जोड दिएका थिए । कार्यक्रममा जिल्ला न्यायधिवक्ता शान्तिप्रसाद शर्माले महिला हिसांका घटनाका सम्बन्धमा कानुनले गरेका व्यवस्थाबारे जानकारी गराएका थिए । कार्यक्रममा ‘म हिसां गर्दिन’ भन्ने सम्बन्धमा ६३ जनाले प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए । कार्यक्रम महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष हिरा कुँवरको अध्यक्षता, एकिकृत ग्रामिण विकास समाजकी उपाध्यक्ष भगवती श्रीसको स्वागत मन्तव्य तथा सञ्जालकी सचिव सञ्जिवनी अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

मुसिकोट मा बि,बडागॉऊ,गुल्मीमा अक्षयकोष स्थापना,९२ बर्षिय बृद्ध सम्मानित।

0

रामकृस्ण कंडेल,वामीटक्सार
मंसिर२४
मुसिकोट नगरपालिका वार्डनं४,गुल्मीमा अबस्थित मुसिकोट मा बि मा बिधालयको सहयोगार्थ भिम बहादुर सिंह ठकुरिले अक्षय कोष स्थापना गरिदिएका छन् ।यस क्षेत्रमा जन्मस्थान भई हाल भरतपुर महानगरपालिका९,चितवनमा बस्दै आएका ९२बर्षिय बयोबृद्ध ठकुरिले बिधालयको लागि पचास हजार पॉच सय पचपन्न आर्थिक सहयोग गरि अक्षय कोष स्थापना गरेका हुन्।बिधालय लाई आर्थिक सहयोग गरि अक्षय कोष स्थापना गर्नु हुने शिक्षा प्रेमि,समाजसेबि बयोबृध्द भिम बहादुर सिंह ठकुरिलाई बिधालयको तर्फ देखि भब्य तरिकाले सम्मान गरिएको छ।
कार्यक्रममा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष चिना बहादुर सिंहको अध्यक्षता,प्रधानाध्यापक श्यामबहादुर थापाको स्वागत मन्तब्य,पृथ्बी मा बि बडागॉऊका पूर्ब शिक्षक गुप्तबहादुर कार्किको मन्तब्य रहेको थियो भनेशिक्षक ज्ञानिस्वर आचार्यको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

गुल्मी कुर्घा रूपन्देही सम्पर्क समाज,बुटवलको आयोजनामा ७१युनिट ब्लड संकलन,प्रदेश सभासद खड्क के सी द्वारा उच्च प्रशंसा

0

रामकृस्ण कंडेल,मंसिर२२ , रक्तदान जिवनदान भएको भन्दै प्रदेश सभासद खड्क के सी ले गुल्मी कुर्घा रूपन्देही सम्पर्क समाज,बुटवलको उच्च प्रशंसा गर्नु भएको छ।ठुलो संख्यामा बुटवलमा यस संस्थाको आयोजनामा संस्था संग सम्बन्धित ब्यक्तित्व हरू उपस्थित गराई ७१युनिट बलड संकलन गरेको प्रसंगमा प्रशंसा गर्दै सभासद के सी ले यस संस्थाले समय समयमा यस प्रकारका महत्वपूर्ण कार्यहरू गर्दै आएको र बलडको अभाबमा मृत्युको मुखमा पुगेका घाईते,सुत्केरी,बिरामी हरूको ज्यान बचाऊन सकिएको बताऊनु भएको छ।संस्था हरू धेरै खुलेका छन तर गुल्मी कुर्घा रूपन्देही सम्पर्क समाज,बुटवल उत्कृस्ट संस्थाको रूपमा अगाडि बढिरहेको भन्दै प्रमुख अतिथिको रूपमा मन्तब्य राख्दै सभासद के सी ले यसको सफलताको कामना समेत गर्नु भएको छ।कार्यक्रममा समाजसेबि तथा कुर्घा मालिका मन्दिरका अध्यक्ष झबिराम शर्मा,मानब कल्याण मित्र मन्च,नेपालका अध्यक्ष दुर्गा प्रसाद अर्याल,गुल्मी रूपन्देहि सम्पर्क समाजका कार्यबाहक अध्यक्ष डाक्टर नारायण प्रसाद पन्थ,त्रिभुवन मा बि,भुवाचिदी,गुल्मीका शिक्षक गोपाल रायमाझी,पौदि अमराई सम्पर्क समाजका अध्यक्ष लिलाधर गौतम बिशिस्ट अतिथिको रूपमा रहनु भएको थियो। गुल्मीको कुर्घा बाट रूपन्देहिमा बसाईसरी बसोबास गर्दै आऊनु भएका कुर्घेली हरूले बुटवलमा यहि मंसिर २१गते शनिबार परिचयात्मक डाईरेकटरि०७६बिमोचन तथा रक्तदान कार्यक्रम समेत गरिएको छ। यस कार्यक्रमको सम्पूर्ण आर्थिक खर्च न्यूजिल्यान्डमा कार्यरत हरि भन्डारी र हिमा अर्यालले गर्नु भएको संस्थाका अध्यक्ष तेजनारायण अर्यालले बताऊनु भयो।अध्यक्ष अर्यालका अनुसार बिदेशमा रहेर पनि आफ्नो जन्मभूमीको हितका निम्ती कुर्घेली हरूका ज्वाई हरि भन्डारी र कुर्घेली हरूकी छोरी हिमा अर्यालले रक्त दान र पुस्तक प्रकाशन जस्ता महत्वपूर्ण कार्यमा निकै ठुलो आर्थिक सहयोग गरी गुन लगाएको बताऊनु भएको छ।अध्यक्ष अर्यालका अनुसार संस्थाले समय समयमा रक्तदान कार्यक्रम हरू आयोजना गर्दै आएको र यस कार्यले धेरै जनाको जिवन बचाऊन सकेकोले आफु हरू लाई गौरब लागेको बताऊनु भएको छ।यसपटक रक्तदानको साथै कुर्घा, गुल्मी बाट रूपन्देही आई बसोबास गरीरहनु भएका सम्पूर्ण कुर्घेली हरूको बर्तमान अबस्था सहित सम्पर्क नम्बर संलग्न गरी निकै मिहिनेतका साथ तयार गरिएको पुस्तक समेत बिमोचन हुनु लाई महत्वपूर्ण रूपमा हेरिएको छ। रूपन्देहीमा बसोबास गरीरहनु भएका सम्पूर्ण कुर्घेली आमा बुवा,दाजु भाई,दिदि बहिनि हरू,बिज्ञापन दाता हरू,सहयोग दाता हरूको रक्त सन्चार केन्द्र,बुटवल अमरपथमा २१गते बिहान ७बजे देखिनै ठुलो संख्यामा उपस्थित रहेको थियो।यो संस्था ०७५मा बिधिवत रूपमा स्थापित भएता पनि छोटै समयमा मानबिय सेवामा समरपित हुदै आएको छ। कार्यक्रममा डाईरेकटरी सौजन्यकर्ता गोबिन्द बहादुर पंगेनी को परिवार र रक्तदान र डाईरेकटरी बिमेचन कार्यक्रमको प्रायोजक हरि भन्डारी र हिमा अर्यालको परिवार लाई बिशेष सम्मान गरिएको थियो। कार्यक्रममा भेषराज शर्माको स्वागत मन्तब्य,प्रकाश थापाको सन्चालन,अपार शर्माको संयोजन र अध्यक्ष तेजनारायण अर्यालको अध्यक्षता रहेको थियो।

आध्यामिक शिक्षाले असल चरित्र निर्माण गर्छ ः मुख्यमन्त्री पोख्रेल

0

मंसिर २१, २०७६ दाङ ः प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले समाज विकासका लागि असल चरित्र निर्माणको विकास हुन आवश्यक रहेको बताए। शनिबार दाङको घोराहीमा ब्रह्माकुमारी मधुवन आध्यामिक पुनर्जागरण केन्द्रको शिलान्यास गर्दै मुख्यमन्त्री पोख्रेलले आध्यामिक शिक्षाले असल चरिण निर्माण गर्न सहयोग पुर्‍याउने बताए। मन्त्री पोख्रेलले समाजको सकारात्मक विकासका लागि नैतिक चरित्र निर्माणमा आध्यामिक शिक्षाले सहयोग पुर्‍याउने बताए। उनले भने, ुआध्यामिक शिक्षा नैतिक चरित्र निर्माणको आधार हो। त्यसका लागि बन्न थालेको पुनर्जागरण केन्द्रले महत्वपूर्ण भूमिका खेल्नेछ।’ त्यसैगरी मुख्यमन्त्री पोख्रेलले समाज विकास क्रममा रहेको र पुराना मान्यताहरू बद्लिएको र नयाँ मान्यता स्थापित हुन नसक्दा समाज खलबलिएका भन्दै खलबलिएको समाजलाई सही मार्गमा ल्याउनका लागि आध्यामिक शिक्षा उपयोगी हुने समेत बताए। उनले राजनीतिक, आर्थिक र सामाजिक रुपमा देशले धेरै परिवर्तन र उपलव्धी हासिल गरे पनि सकारात्मक सोचको विकास नहुँदा मानिसले टिकाटिप्पणी गर्ने गरेको बताए। राजनीतिक परिवर्तनसँगै देशमा सकारात्मक परिवर्तनका कार्यहरू भइरहेको भन्दै उनले कतिपय मानिस सकारात्मक कार्यबाट सन्तुष्ट हुन नसकेकाले धेरै टिकाटिप्पणी गरिरहेका छन्। ब्रह्मकुमारी इश्वरीय बिश्वविद्यालय राप्तीका प्रमुख गीता न्यौपानेले दाङको घोराहीमा करिब साढे १५ करोडको लागतमा आध्यात्मिक पुनर्जागरण केन्द्र बन्न लागेको बताइन्। स्थानीय देवराज पाण्डेको परिवारले दान दिएको साढे ७ कठ्ठा क्षेत्रफलमा रहेको जग्गामा ५ सय बढी अट्ने सभाहल, २ सय जना बास बस्ने मिल्ने आवासीय भवन, कुलत र तनावलाई व्यवस्थापन गर्न परामर्श केन्द्र, शैक्षिक कक्षा सञ्चालनका लागि भवन बन्ने प्रमुख न्यौपानेले बताए। उक्त भवन निर्माणका लागि संघीय सरकारले चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ बिनियोजन गरेको छ। साथै भवन निर्माणका लागि विभिन्न व्यक्ति र संस्थाहरूले दान रकम समेत उपलब्ध गराइरहेका छन्। थाहाबाट