महिला हिसां विरुद्धको कानुनी सचेतना कार्यक्रम सम्पन्न

0
555
????????????????????????????????????

हुमाकान्त पोखरेल, गुल्मी
२३ मंसिर । गुल्मीमा महिला हिसां विरुद्धको कानुनी सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एकिकृत ग्रामिण विकास समाज केन्द्र, गुल्मी, सु–आहारा तथा महिला मानव अधिकार रक्षक सञ्जालको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । सदरमुकाम तम्घासमा भएको कार्यक्रममा नागरिक समाज, विभिन्न महिला समुहका प्रमुख तथा प्रतिनिधि, जिल्ला न्यायधिवक्ता, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै रेसुगां नगरपालिकाका उपप्रमुख सिता भण्डारीले गत बर्षको भदौमा आएको नयाँ मुलुकी ऐनबारे नगरका सबै वडाका महिलाहरुलाई जानकारी गराएको बताइन् । त्यसका साथै उनले नगरपालिकाले महिलाहरुका पक्षमा विभिन्न सिपमुलक तालिम लगायतका आय आर्जनका क्षेत्रमा बजेट विनियोजन गरेको जानकारी दिइन् । कार्यक्रममा महिला नेतृ ललिता गौतम, विष्ण सापकोटा लगायतले मन्तव्य राखेका थिए । महिला हिसां न्यूनिकरणमा जिल्लास्थित सबै राजनीतिक दल, विभिन्न संघ सँस्था लगायतका पक्षले साथ दिनुपर्नेमा सहभागिहरुले जोड दिएका थिए । कार्यक्रममा जिल्ला न्यायधिवक्ता शान्तिप्रसाद शर्माले महिला हिसांका घटनाका सम्बन्धमा कानुनले गरेका व्यवस्थाबारे जानकारी गराएका थिए । कार्यक्रममा ‘म हिसां गर्दिन’ भन्ने सम्बन्धमा ६३ जनाले प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए । कार्यक्रम महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष हिरा कुँवरको अध्यक्षता, एकिकृत ग्रामिण विकास समाजकी उपाध्यक्ष भगवती श्रीसको स्वागत मन्तव्य तथा सञ्जालकी सचिव सञ्जिवनी अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

SHARE