शान्ता चौधरीको घरमा चोरी

0
687

मंसिर २३, २०७६ दाङ ः नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० की सचेतक शान्ता चौधरीको घरमा चोरी भएको छ। घरमा कोही नभएको समयमा चोरले घरको मुलगेट, ढोकाको ताला फोडेर भित्र पसेको भेटिएको छ। सोमबार नेता चौधरीका आफन्तहरू घरमा गएको समयमा गेटको ताला फोडिएको पाए। चौधरीको घरभित्र रहेका दराजको समेत ताला फोडेर सरसामान छरफस्ट अवस्थामा थिए। घटनालगत्तै नेता चौधरीका आफन्तले प्रहरीलाई खवर गरेका थिए। उप निर्वाचनको मतगणना सकिएलगत्तै एक साता अघि सपरिवार काठमाडौं गएकाले नेता चौधरीको घरमा कोही थिएनन्। नेता चौधरी अहिले घर नभएकाले के चोरी भयो भन्ने बारेमा थाहा हुन नसकेको चौधरीका स्वकीय सचिव सन्तोष दहितले बताए। घरमा कहिले चोर पसेको हो भन्ने बारेमा पनि जानकारी हुनसकेको छैन।
थाहाबाट

SHARE