मुसिकोट मा बि,बडागॉऊ,गुल्मीमा अक्षयकोष स्थापना,९२ बर्षिय बृद्ध सम्मानित।

0
507

रामकृस्ण कंडेल,वामीटक्सार
मंसिर२४
मुसिकोट नगरपालिका वार्डनं४,गुल्मीमा अबस्थित मुसिकोट मा बि मा बिधालयको सहयोगार्थ भिम बहादुर सिंह ठकुरिले अक्षय कोष स्थापना गरिदिएका छन् ।यस क्षेत्रमा जन्मस्थान भई हाल भरतपुर महानगरपालिका९,चितवनमा बस्दै आएका ९२बर्षिय बयोबृद्ध ठकुरिले बिधालयको लागि पचास हजार पॉच सय पचपन्न आर्थिक सहयोग गरि अक्षय कोष स्थापना गरेका हुन्।बिधालय लाई आर्थिक सहयोग गरि अक्षय कोष स्थापना गर्नु हुने शिक्षा प्रेमि,समाजसेबि बयोबृध्द भिम बहादुर सिंह ठकुरिलाई बिधालयको तर्फ देखि भब्य तरिकाले सम्मान गरिएको छ।
कार्यक्रममा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष चिना बहादुर सिंहको अध्यक्षता,प्रधानाध्यापक श्यामबहादुर थापाको स्वागत मन्तब्य,पृथ्बी मा बि बडागॉऊका पूर्ब शिक्षक गुप्तबहादुर कार्किको मन्तब्य रहेको थियो भनेशिक्षक ज्ञानिस्वर आचार्यको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

SHARE