Saturday, June 6, 2026

फुटबलको एकै खेलमा १८ गोल, सावित्रा एक्लैले गरिन् नौ गोल

0

मंसिर ३०, २०७६ काठमाडौं ः सशस्त्र प्रहरी बल एपिएफकी सावित्रा भण्डारीले भारतको सिक्किमविरुद्धको खेलमा तेहेरो ह्याट्रिक गरेकी छिन्। राजधानीमा जारी प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा सावित्रा एक्लैले नौ गोल गरेकी हुन्। लगनखेलस्थित आर्मीको मैदानमा भएको खेलमा एपिएफले सिक्किमलाई १८(० गोलले हरायो। एपिएफका लागि अनु लामाले चार, अनिता बस्नेतले तीन तथा रेनुका नगरकोटीले दुई गोल गरिन्। पहिलो हाफमा १० गोल गरेको एपिएफले दोस्रो हाफमा थप आठ गोल गरेको थियो। प्रतियोगिताअन्तर्गत आजैको अर्को खेलमा नेपाल पुलिस क्लबले प्रदेश नं। २ लाई ३–० गोलले हरायो। पुलिस क्लबका लागि निशा विक, निरु थापा र दीपा न्यौपानेले एक–एक गोल गरेका थिए। मङ्गलबार प्रदेश नं।५ र भुटानको टोलीबीच खेल हुनेछ। अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०सँगको सहकार्यमा आइतबारदेखि शुरु भएको प्रतियोगिताको सातौँ संस्करणमा तीन विभागीय, दुई विदेशी तथा तीनवटा प्रदेशको फुटबल टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं।५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोली सहभागी रहेको नेपाली सेनाका महासेनानी शशीकिरण रायमाझीले जानकारी दिनुभयो। प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ।

मलेसियामा हराउँछन् सबैभन्दा बढी नेपाली

0

मंसिर ३०, २०७६ काठमाडौं ः वैदेशिक रोजगारीमा गएकामध्ये मलेसिया पुगेका नेपाली परिवारको सम्पर्कबाट टाढा हुने गरेको एक अध्ययनले देखाएको छ। आप्रवासी कामदारको हक, अधिकारको क्षेत्रमा क्रियाशील प्रवासी नेपाली समन्वय समिति ९पिएनसिसी० मा पछिल्लो ६ वर्षको अवधिमा परेको उजुरीअनुसार वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा पुगेकामध्ये २०० नेपाली परिवारको सम्पर्क बाहिर छन्। साउदी अरेबियाबाट ६७, कुबेतबाट ४६, संयुक्त अरब इमिरेट्सबाट ३२, कतारबाट २२ र अन्य मुलुक पुगेका ३० नेपाली परिवारको सम्पर्कमा छैनन्। वैदेशिक रोजगारीको क्रममा विभिन्न मुद्दामा जेल पर्नु, प्रेम सम्बन्ध, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणबाट विदेशिएका नेपाली परिवारको सम्पर्कमा नआएका पिएनसिसीका कार्यक्रम संयोजक शान्ति सिंह बताइन्। पछिल्लो ६ वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएर परिवारको सम्पर्कबाहिर पुगेका ३८८ व्यक्तिका परिवारले खोजी गरिदिन पिएनसिसीलाई आग्रह गरेका थिए। सो अवधिमा २३१ कामदार परिवारको सम्पर्कमा आइसकेका छन्। यस्तै १०४ कामदारको खोजी भइरहेको संयोजक सिंह बताइन्। ५३ कामदारको अवस्था अज्ञात रहेकाले खोजी प्रक्रिया स्थगित गरिएको छ। हराएका ३८८ मध्ये ३१३ पुरुष र ७५ महिला रहेका थिए। सबैभन्दा बढी नवलपरासीबाट वैदेशिक रोजागरीमा गएका ८४ आप्रवासी कामदार परिवारको सम्पर्क बाहिर रहेका छन्। यस्तै कैलाली २२, धनुषा २१, धादिङ र सिन्धुपाल्चोक २०र२०, सर्लाही १९, उदयपुर १५, सुनसरी १४, सप्तरी र नुवाकोट १३र१३ तथा अन्य जिल्लाका १४७ नेपाली परिवारको सम्पर्क बाहिर रहेका छन्। परिवारको सम्पर्क बाहिर रहेका आप्रवासी नेपाली कामदारको अवस्था पत्ता लगाउन सम्बन्धित मुलुकमा रहेको सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरिएको उहाँको भनाइ छ। वैदेशिक रोजागरीमा रहेर परिवारको सम्पर्क बाहिर पुगेको आप्रवासी कामदारलाई गन्तव्य मुलुकमा रहेको नेपाली दूतावास, कन्सुल सेवा विभाग, उनीहरूको वृत्तचित्र, फोटोलगायतको माध्यमबाट खोजी गरिने संयोजक सिंह बताइन्। विदेशी भूमिमा हराइरहेको कामदारका बारेमा पर्याप्त विवरण नहुँदा खोजीकार्यमा चुनौती हुने गरेको छ। यस्तै कतिपय कामदार स्वेच्छाले सम्पर्कमा आउन नचाहँदा पनि खोजीकार्य गर्न अप्ठयारो हुने गरेको छ। कामको सिलसिलामा विभिन्न मुलुक पुगेका आप्रवासी कामदारका विस्तृत जानकारीसहितको तथ्यांक संकलन प्रणाली स्थापना गर्न पिएसिसीले सरकारलाई सुझाव दिएको छ। यस्तै पूर्वप्रस्थान अभिमुखीकरण तालीममा कामदार हराउनु वा सम्पर्कमा नआउनुका कारणका बारेमा जानकारी दिनुपर्नेमा जोड दिइएको छ।
थाहाखबरबाट

एक लाख ४० हजार घुससहित रंगेहात पक्राउ डिएसपीलाई सफाइ

0

मंसिर ३०, २०७६ काठमाडौं ः विशेष अदालतले एक लाख रुपैयाँ घुससहित पक्राउ परेका एकजना निलम्बित डिएसपी श्यामकुमार राईलाई सफाइ दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ असोज २० गते महानगरीय प्रहरी वृत्त बौद्धस्थित कार्यकक्षबाटै एक लाख रुपैयाँ घुससहित पक्राउ गरेका राईलाई विशेष अदालतले आइतबार सफाइ दिएको हो। विशेषका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले उनलाई सफाइ दिएको हो। घरमा टिभी चाहिएको भन्दै राईले बालुवा व्यवासयीसँग एक लाख ४० हजार रुपैयाँ घुस लिएका थिए। घुस लिँदालिँदै पक्राउ परेका डीएसपी राईलाई छाड्न अदालतको आदेश राईलाई अख्तियारको टोलीले रंगेहात समातेको थियो। तर उनलाई अदालतले यसअघि २०७५ कात्तिक २९ गते घुस बरारबको रकम धरौटीमा लिएर रिहा गर्न आदेश दिएको थियो। धरौटीमा छाड्न आदेश भएको एक वर्षपछि निलम्बित डिएसपी राईले सफाइ पाएका हुन्। राईले घुस लिएर सेवाग्राहीलाई पटक पटक दुस्ख दिएको उजुरी परेपछि अख्तियारको टोलीले स्टिङ अप्रेशन चलाएर राईलाई रंगेहात पक्राउ गरेको थियो।
थाहाबाट

सिन्धुपाल्चोकमा दुर्घटना , ६ जनाको सामुहिक अन्त्येष्टि, चालक अझै सम्पर्कविहीन

0

मंसिर ३०, २०७६ सिन्धुपाल्चोक ः सुनकोशी दुर्घटनामा मृत्यु भएका १५ जना मध्ये ६ जनाको सोमबार सुनकोशी नदी किनारमा सामुहिक अन्त्येष्टि गरिएको छ। आइतबार सिन्धुपाल्चोकको जुगल गाँउपालिका ७ याङ्लकोटका ५ जना र बलेफी गाउँपालिका ५ चिम्लिङका १ जना गरी कुल ६ जनाको सामुहिक अन्त्येष्टि गरिएको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए। मृतकमध्ये ७ जनाको शव पोष्टमार्टम सकेर आइतबार साँझ नै परिवारले बुझेर लगिसकेको छ भने एक जनाको शव भने परिवारले लाश बुझ्न बाँकी नै रहेको प्रहरी निरीक्षक न्यौपानेले बताए। दुर्घटनाग्रस्त बसका चालक सुमन तामाङ भने अझै पनि सम्पर्कमा आएका छैनन्। चालक तामाङकी श्रीमती सुनिता तामाङको समेत मृत्यु भएको छ। सुनिताको शव भने अझै पनि परिवारले बुझ्न नआएको प्रहरीले जानकारी दिएको छ। सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका १० का तामाङको मोबाइल स्विच अफ रहेको र परिवारमा खोजतलास गर्दा समेत फेला नपरेको प्रहरीको भनाइ छ। आइतबार दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ जाँदै गरेको बा।२ ख। ४४६८ नम्बरको रिजर्भ बस बिहान सुनकोशी गाउँपालिकाको ६ किलोमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो। ६ किलोबाट बस करिव ५ सय मिटर तल खसेर क्षतविक्षत भएको थियो। विभिन्न जिल्लाबाट गई भक्तपुर बस्ने समूह मिलाई बस रिजर्भ गरी दोलखाको कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न गएका र फर्कने क्रममा सो वस दुर्घटना भएको थियो। तिव्र गति र चालकको लापरबाहीकै कारण दुर्घटना भएको हुन सक्ने जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजेश दाहालले बताए।
थाहाखबरबाट

एकीकृत ग्रामीण विकास समाजद्धारा सामाजिक परिक्षण सम्पन्न

0
कार्यक्रमको सहजीकरण गर्दै पत्रकार हुमाकान्त पोखरेल

मंसिर ३०,२०७६ गुल्मी ः एकीकृत ग्रामीण विकास समाज गुल्मीले सामाजिक परिक्षण सम्पन्न गरेको छ ।
संंस्थाले गत आर्थिक बर्ष अर्थात २०७५÷७६ मा गरेका काम र प्रभावकारीताको सम्बन्धमा सामाजिक परिक्षण सम्पन्न गरेको हो । परिक्षणका क्रममा संस्थाले गरेका कामको प्रभावकारीता तथा सुधार्नुपर्ने पक्षहरुको बारेमा छलफल गरिएको थियो । सामाजिक परिक्षक टोपलाल अर्याल र हुमाकान्त पोखरेलले सामाजिक परक्षणपछि तयार पारेको रिपोर्ट प्रस्तुत गरेका थिए । धुर्कोट गाउँपालिका ३ हाडहाडे, मदाने गाउँपालिका ६ पुर्कोट दह, इस्मा गाउँपालिका ६ अमरपुर, छत्रकोट गाउँपालिकाको दिगाम लगायतका स्थानमा गरिएको समुह छलफलको निष्कर्ष प्रस्तुत गरिएको थियो ।
सामाजिक परिक्षणको क्रममा कार्यालयमा गुनासो पेटिका भएको, सूचना पार्टीको व्यवस्था, संस्थाका नीति–नियम आवश्यक परेको खण्डमा सहजै हेर्न सकिने, आवश्यक फर्निचर, कम्प्युटर, कर्मचारी लगायतको व्यवस्था रहेको सार्वजनिक गरिएको थियो । त्यस्तै संस्थाद्धारा संचालित हेफर, सु–आहारा तथा पारस्पारिक जवाफदेहिता कार्यक्रमको प्रभावकारिता राम्रो रहेको जनाइएको छ । तर संस्थाले गुनासो पेटिका समय–समयमा खोल्नुपर्ने, विद्युतिय सामग्रीको मर्मत गर्नुपर्ने, कार्यालयमा स्टोर व्यवस्थित गर्नुपर्ने, कर्मचारीको कार्यकक्षमा महत्वपूण सामग्री, फाईल आदि यथास्थानमै छोडिएकोले सुरक्षित राख्नुपर्ने सुझावहरु दिइएको छ । महिला स्वास्थ्य् स्वयम् सेविकाहरुलाई अतिरिक्त सुविधाको व्यवस्था हुनुपर्ने तथा कर्मचारीले परियोजनाका सरोकारवालाहरुलाई सहि समयमै सूचना प्रवाह गर्नुपर्नेमा पनि जोड दिइएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ५ नम्बर प्रदेशका सासंद दिनेश पन्थीले पारदर्शिताको सम्बन्धमा संस्थाले गरेको कार्य प्रशसंनिय भएको बताए । त्यसका साथै सरकारको लक्ष्य पुरा गर्नमा विभिन्न गैर सरकारी संस्थाले पनि महत्वपूर्ण भूमिका खेलेको उनको भनाई छ । संस्थाका अध्यक्ष हिरा एसीले कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिएका दिए । कार्यक्रममा आशा अपाङ्ग केन्द्रका व्यवस्थापक गगां रायमाझिलाई पनि सम्मान गरिएको थियो । जिल्लामा रहेर अपाङ्गहरुको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै रायमाझिलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेश सासंद गिता थापा, रेसुङ्गा नगरपालिकाका उप–प्रमुख सिता भण्डारी, विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

छत्रकोटमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता

0

मंसिर २९ गुल्मी ःस्वास्थयका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ छत्रकोट गाउँपालिकाको अन्तर बिद्यालय स्थानीय तह स्तरिय दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आइतबार देखि सुरु भएको छ । छत्रकोट गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा तथा खेलकुद प्रवर्धन समिति छत्रकोट गाउँपालिकाको आयोजनामा खज्र्याङखेल मैदानमा उक्त प्रतियोगिता संचालन गरिएको हो ।
छत्रकोट गाउँपालिका माबि र निमाबि गरी १४ बिद्यालयका छात्रछात्राहरुले बिभिन्न २६ वटा खेलकुदका बिधामा प्रतिस्पर्धा गदैछन । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता ३ दिन सम्म संचालन हुने बताएको छ । कार्यक्रमको पहिलो दिन भलिबल र कर्पर्डी प्रतियोगीता संचालन गरिएको थियो । छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले उद्घाटन गरेको पहिलो दिनको शत्रमा खेलकुद प्रर्वधन समिति छत्रकोट गाउँपालिका अध्यक्ष भक्त बहादुर मिदुनको अध्यक्षता रहेको थियो ।
छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तको प्रखुख आतिथ्यता र उपाध्यक्ष नर्मदा भण्डारीको बिशिष्ट आतिथ्यता रहेको थियो । छत्रकोट ५ का वडाध्यक्ष कृष्ण प्रसाद पन्तको स्वागत मन्त्ब्य रहेको कार्यक्रमा श्रृङ्गा जनता माबिका प्रअ बिकास चन्द्र, नेकपा छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डे, नेपाली कांग्रेसका प्रतिनिधी नारायाण प्रसाद अर्याल लगायतले शुभकामना मन्त्ब्य राखेको थिए । कार्यक्रमको संचालन शिक्षा युवा तथा खेलकुद शाखा छत्रकोट शाखा प्रमुख बिष्णु प्रसाद ज्ञवालीले गरेका थिए ।

शैक्षिक उपलब्धी हॉसिल गर्नु बिधालयको महत्वपूर्ण कार्य ःनगरप्रमुख सापकोटा

0

रामकृस्ण कंडेल
मंसिर२९,वामीटक्सार
मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले शैक्षिक उपलब्धी हॉसिल गर्नु बिधालयको महत्वपूर्ण कार्य भएकोले यो उपलब्धी हॉसिल गर्न सबै मिलेर अगाडी बढ्न आग्रह गरेका छन् मुसिकोट नगरपालिका वार्डनं ९,ददल्कामा अवस्थित ददल्का मा वि ले आयोजना गरेको ५८औं बार्षिकोत्सब तथा अभिभाबक दिवशमा प्रमुख अतिथीको रूपमा मनतब्य राख्दै नगर प्रमुख सापकोटाले अरू जती सुकै कार्य गरेतापनि शैक्षिक उपलब्धीमा जोड दिन सकिएन भने बिधालय सहि ढंगबाट अगाडी बढेको मान्न नसकिने बताए ।संबोधनको क्रममा प्रमुख अतिथी सापकोटाले बिधालयको लागि नगरपालिका बाट आगामी बर्ष हरूमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । नगर पिताकै रूपमा परिचित नगरप्रमुख सापकोटाले यस बिधालयको सफलताको लागी आर्थिक,भौतिक,नैतिक सबै सहयोग उपलब्ध गराऊने बिश्वास समेत सबैमा दिलाउने भएकोले कार्यक्रमा उपस्थित अभिभाबक,बिधार्थी,शिक्षक हरूमा निकै उत्साह थपिएको थियो।
कार्यक्रमका बिशेष अतिथी मुसिकोट नगरपालिका बिधान निर्माण समिति संयोजक तथा वार्डनं९का वार्ड अध्यक्ष नरेशराज खरेलले बार्षिकोत्सब कार्यक्रमको सफलताको कामना गर्दै बिधालय लाई हामी सबैको हो भन्ने भावना जगॉऊदै अगाडी बड्नु पर्ने बताए । संबोधनको क्रममा बिशेष अतिथी वडा अध्यक्ष खरेलले बिधालयको आर्थिक पक्ष लाई मजबुत गरॉऊदै शैक्षिक गुणस्तर कायम गर्नु पर्ने कुरामा सुझाब ब्यक्त दिए । कार्यक्रममा शुभकामना मन्तब्य राख्दै शिक्षाप्रेमि ब्यक्तित्व गोपिकृस्ण खरेलले बिधालय लाई थिती,निती,बिधी सबै तरिकाले सन्चालन गर्न जरूरी रहेको आशय ब्यक्त गर्दै आफुले यस बिधालयको सफलताको लागि सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा बिधालयका चन्दादाता तथा शिक्षा प्रेमी डिल्लिराज खरेलले बिधालयको सफलताको कामना गर्दै आफुले सक्दो सहयोग गर्दै आएको र भबिस्यमा पनि आबस्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा जनजागृति मा बि कॉडेबासका प्रधानाध्यापक तेजिन्द्र बुढाथोकिको बिशेष ऊपस्थिति रहेको थियो।
बिधालयका प्रधानाध्यापक बुध्दिमणी खरेलले हाल सम्मको बिधालयको समग्र आर्थिक प्रतिबेदन पेश गरे ।प्रतिबेदनमा बिधालयको शैक्षिक अवस्थामा पनि आधुनिक कला कौशलताहरू प्रयोग गरिएको बताईएको छ।किताबी ज्ञानले मात्र बिधार्थी हरूको सबै पक्षको बिकास नहुने भएकोले क्याम्पसमा अतिरिक्त कृयाकलाप अन्तर्गत ,हाजिरीजबाफ लगायतका कार्यक्रम हरू लाई जोड दिएको बताइएको छ।आर्थीक पक्ष लाई महत्व दिदै क्याम्पसले मितब्यीताको नीति लिएको देखिन्छ।यो बिधालय मा बिशेष गरेर मा बि तह सन्चालनार्थ देखिएको अभिभाबकको उत्साह र सहयोग अतुलनिय छ।स्थापना कालमा जनताहरू बाट भएका आर्थिक,भौतिक,जग्गा सहयोग लगायतका कुराहरूले यस क्षेत्रमा निकै चर्चा कमाएको थियो।गत बर्ष बिधालयको ४कोठे आकर्षक भवन निर्माण भई सकेको छ। हाम्रो बिधालय सुन्दर र राम्रो बिधालयको अबधारणा लाई पक्षाऊदै अगाडि बढ्न लागेको बि ब्य स अध्यक्ष खड्ग बहादुर खत्रिको ले बताए बिधालयका भुतपुर्ब शिक्षक कृस्णप्रसाद खरेल लाई बिधालयको तर्फ देखि बिशेष सम्मान गरिएको थियो।
५८औं बार्षिकोत्सब समारोहको अवसरमा बधालयले अन्तरसदनात्मक बिबिध कार्यक्रम हरू आयोजना गरी बिधार्थी हरूको क्षमता प्रस्फुटन गराउने प्रयास गरिएको,कार्यक्रमको बिशेष आकर्षणको रूपमा रहेको रेकर्ड डान्स प्रतियोगिता लाई दर्शक हरूले निकै मन पराएको र ६समुहले आफ्नो प्रस्तुति राखेको सॉस्कृतिक संयोजक शिक्षक गोबिन्द बि सि ले बताए ।
शिक्षक सरस्वती चालिसे,बिधार्थी हरू क्रमश माधब खरेल र पृयंका परियारले स्वागत मन्तब्य, शिक्षक कालिदाश खरेल र शिक्षक गोबिन्द बि सि को संयुक्त सन्चालन,बिधालय ब्यबस्थापन समितिका अध्यक्ष खड्ग बहादुर खत्रिको अध्यक्षता रहेको थियो।

जिल्ला प्रशासन कार्यलय गुल्मीमा स्तनपान सेवा

0

मंसिर २९ , २०७६ गुल्मी ः जिल्ला प्रशासन कार्यालय गुल्मीले स्तन पान कक्ष सुरु गरेको छ । । जिल्ला प्रशासनमा आउने सेवाग्रहीको सहजताको लागि भन्दै कार्यालयमै स्तनपान कक्ष सञ्चालनमा ल्याएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यलयमा बच्चा सहित आउने सेवाग्रहीलाई मध्यनजर राखेर कार्यालय परिसरमै स्तन पान कक्ष राखिएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले बताए । प्रशासन कार्यालयमा सहायता कक्ष र महिलाहरुको लागि बालबच्चा खेल्ने स्थान सहितको स्तनपान कक्ष संचालनमा आएको हो ।
सहायता कक्षबाट कार्यालयको सेवा प्रवाह बारेमा जानकारी दिनुका साथै विभिन्न प्रकारका निवेदनहरु निशुल्क उपलब्ध हुँदै आएको छ । स्तनपान कक्षमा महिलाहरुको लागि बिश्राम स्थल, स्तनपान कक्ष¸बच्चाहरुलाई खेल्ने स्थान समेतको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए ।
सेवाग्राहीहरुको लागि अत्याधुनिक प्रविधि युक्त फिल्टर गरिएको शुद्ध पिउने पानीको (तातो र चिसो) व्यवस्था गरिएको छ । झण्डै एक वर्ष पहिले नागरिकलाई सेवा प्रवाहमा सहजता ल्याउन भन्दै प्रशासन कार्यालयको प्रवेशद्धारमा नै सेवाग्राहीको लागि सहायकता कक्ष र फ्रि वाइफाई सेवा मार्फत सेवा सुरु गरिएको थियो ।
कार्यालयमा मुस्कान ससिहतको सेवा र सेवामैत्री कार्यालय सुरु गरिएको छ । सेवा लिन आउने सेवाग्रहरीसँग मुस्कान सहित नम्र व्यवहारमा सेवा प्रवाह दिन सुरु गरिएको थियो

गर्भबती महिलालाई निशुल्क क्याल्सियम बितरण

0

तिलाचन पाण्डे
मंसिर २९ , २०७६ गुल्मी ः रेसुंगा नगरपालिका गुल्मीले गर्भवती महिलाहरुका लागि निशुल्क रुपमा क्याल्सियम बितरण कार्य सुरु गरेको छ ।
गर्भमा रहेका बच्चा र गर्भबती महिलाहरुका लागि क्याल्सियमको मात्रा कमी नहोस भनेर यस्तो अभियान संचालन गरिएको नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले जानकारी दिए । भुसालका अन्ुसार गर्भबती महिलाहरु तथा बालबालिकाको स्वास्थ्य र जीबन रक्षा गर्नु नगरपालिकाको कर्तब्य रहेको भन्दै गर्भवती महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा , उच्च रक्तचाप तथा मधुमेहका बिरामीहरुलाई निशुल्क रुपमा औषधी बितरणको कार्यक्रमलाई निरन्तरता दिदै जाने दबी गरे । आइतबार एक कार्यक्रमका बिच रेसुंगा नगरपालिकाका ११ जना गर्भबती महिलाहरुलाई निशुल्क रुपमा क्याल्सियम बितरण गरि सुरुवात गरिएको यसलाई निरन्तरता दिँदै जाने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए ।
आर्थिक बर्ष २०७६ । ०७७ को बार्षिक कार्यक्रम अनुसार अहिले एक लाख ५० हजार रुपैयाँको क्याल्सियम खरिद गरी निशुल्क रुपमा बितरण गरिएको जनस्वास्थ्य निरीक्षक बोम अर्यालले जानकारी दिए ।

सिन्धुपाल्चोक दुर्घटना अपडेट ः १४ जनाको मृत्यु, २० घाइते

0

मंसिर २९, २०७६ काठमाडौं ः भक्तपुरबाट कालिन्चोक रिजर्भ गएर फर्किँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ। बा ४ ख ४४६८ नम्बरको बस कालिन्चोक दर्शन गरेर फर्किने क्रममा पाँच किलो भन्ने स्थानमा दुर्घटनामा परेको हो। दुर्घटनामा १४जनाको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख माधव काफ्लेले जानकारी दिए। उनका अनुसार घाइतेको संख्या एकिन नभए पनि २० जना घाइते भएको हुनसक्ने अनुमान गरिएको छ। उद्दार कार्य जारी रहेकोले अहिले यसै भन्न नसकिने उनको भनाइ छ। बस आज बिहान सवा ८ बजेतिर दुर्घटनामा परेको थियो।