जिल्ला प्रशासन कार्यलय गुल्मीमा स्तनपान सेवा

0
573

मंसिर २९ , २०७६ गुल्मी ः जिल्ला प्रशासन कार्यालय गुल्मीले स्तन पान कक्ष सुरु गरेको छ । । जिल्ला प्रशासनमा आउने सेवाग्रहीको सहजताको लागि भन्दै कार्यालयमै स्तनपान कक्ष सञ्चालनमा ल्याएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यलयमा बच्चा सहित आउने सेवाग्रहीलाई मध्यनजर राखेर कार्यालय परिसरमै स्तन पान कक्ष राखिएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले बताए । प्रशासन कार्यालयमा सहायता कक्ष र महिलाहरुको लागि बालबच्चा खेल्ने स्थान सहितको स्तनपान कक्ष संचालनमा आएको हो ।
सहायता कक्षबाट कार्यालयको सेवा प्रवाह बारेमा जानकारी दिनुका साथै विभिन्न प्रकारका निवेदनहरु निशुल्क उपलब्ध हुँदै आएको छ । स्तनपान कक्षमा महिलाहरुको लागि बिश्राम स्थल, स्तनपान कक्ष¸बच्चाहरुलाई खेल्ने स्थान समेतको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए ।
सेवाग्राहीहरुको लागि अत्याधुनिक प्रविधि युक्त फिल्टर गरिएको शुद्ध पिउने पानीको (तातो र चिसो) व्यवस्था गरिएको छ । झण्डै एक वर्ष पहिले नागरिकलाई सेवा प्रवाहमा सहजता ल्याउन भन्दै प्रशासन कार्यालयको प्रवेशद्धारमा नै सेवाग्राहीको लागि सहायकता कक्ष र फ्रि वाइफाई सेवा मार्फत सेवा सुरु गरिएको थियो ।
कार्यालयमा मुस्कान ससिहतको सेवा र सेवामैत्री कार्यालय सुरु गरिएको छ । सेवा लिन आउने सेवाग्रहरीसँग मुस्कान सहित नम्र व्यवहारमा सेवा प्रवाह दिन सुरु गरिएको थियो

SHARE