एक लाख ४० हजार घुससहित रंगेहात पक्राउ डिएसपीलाई सफाइ

0
286

मंसिर ३०, २०७६ काठमाडौं ः विशेष अदालतले एक लाख रुपैयाँ घुससहित पक्राउ परेका एकजना निलम्बित डिएसपी श्यामकुमार राईलाई सफाइ दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ असोज २० गते महानगरीय प्रहरी वृत्त बौद्धस्थित कार्यकक्षबाटै एक लाख रुपैयाँ घुससहित पक्राउ गरेका राईलाई विशेष अदालतले आइतबार सफाइ दिएको हो। विशेषका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले उनलाई सफाइ दिएको हो। घरमा टिभी चाहिएको भन्दै राईले बालुवा व्यवासयीसँग एक लाख ४० हजार रुपैयाँ घुस लिएका थिए। घुस लिँदालिँदै पक्राउ परेका डीएसपी राईलाई छाड्न अदालतको आदेश राईलाई अख्तियारको टोलीले रंगेहात समातेको थियो। तर उनलाई अदालतले यसअघि २०७५ कात्तिक २९ गते घुस बरारबको रकम धरौटीमा लिएर रिहा गर्न आदेश दिएको थियो। धरौटीमा छाड्न आदेश भएको एक वर्षपछि निलम्बित डिएसपी राईले सफाइ पाएका हुन्। राईले घुस लिएर सेवाग्राहीलाई पटक पटक दुस्ख दिएको उजुरी परेपछि अख्तियारको टोलीले स्टिङ अप्रेशन चलाएर राईलाई रंगेहात पक्राउ गरेको थियो।
थाहाबाट

SHARE