गर्भबती महिलालाई निशुल्क क्याल्सियम बितरण

0
537

तिलाचन पाण्डे
मंसिर २९ , २०७६ गुल्मी ः रेसुंगा नगरपालिका गुल्मीले गर्भवती महिलाहरुका लागि निशुल्क रुपमा क्याल्सियम बितरण कार्य सुरु गरेको छ ।
गर्भमा रहेका बच्चा र गर्भबती महिलाहरुका लागि क्याल्सियमको मात्रा कमी नहोस भनेर यस्तो अभियान संचालन गरिएको नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले जानकारी दिए । भुसालका अन्ुसार गर्भबती महिलाहरु तथा बालबालिकाको स्वास्थ्य र जीबन रक्षा गर्नु नगरपालिकाको कर्तब्य रहेको भन्दै गर्भवती महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा , उच्च रक्तचाप तथा मधुमेहका बिरामीहरुलाई निशुल्क रुपमा औषधी बितरणको कार्यक्रमलाई निरन्तरता दिदै जाने दबी गरे । आइतबार एक कार्यक्रमका बिच रेसुंगा नगरपालिकाका ११ जना गर्भबती महिलाहरुलाई निशुल्क रुपमा क्याल्सियम बितरण गरि सुरुवात गरिएको यसलाई निरन्तरता दिँदै जाने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए ।
आर्थिक बर्ष २०७६ । ०७७ को बार्षिक कार्यक्रम अनुसार अहिले एक लाख ५० हजार रुपैयाँको क्याल्सियम खरिद गरी निशुल्क रुपमा बितरण गरिएको जनस्वास्थ्य निरीक्षक बोम अर्यालले जानकारी दिए ।

SHARE