एकीकृत ग्रामीण विकास समाजद्धारा सामाजिक परिक्षण सम्पन्न

0
694
कार्यक्रमको सहजीकरण गर्दै पत्रकार हुमाकान्त पोखरेल

मंसिर ३०,२०७६ गुल्मी ः एकीकृत ग्रामीण विकास समाज गुल्मीले सामाजिक परिक्षण सम्पन्न गरेको छ ।
संंस्थाले गत आर्थिक बर्ष अर्थात २०७५÷७६ मा गरेका काम र प्रभावकारीताको सम्बन्धमा सामाजिक परिक्षण सम्पन्न गरेको हो । परिक्षणका क्रममा संस्थाले गरेका कामको प्रभावकारीता तथा सुधार्नुपर्ने पक्षहरुको बारेमा छलफल गरिएको थियो । सामाजिक परिक्षक टोपलाल अर्याल र हुमाकान्त पोखरेलले सामाजिक परक्षणपछि तयार पारेको रिपोर्ट प्रस्तुत गरेका थिए । धुर्कोट गाउँपालिका ३ हाडहाडे, मदाने गाउँपालिका ६ पुर्कोट दह, इस्मा गाउँपालिका ६ अमरपुर, छत्रकोट गाउँपालिकाको दिगाम लगायतका स्थानमा गरिएको समुह छलफलको निष्कर्ष प्रस्तुत गरिएको थियो ।
सामाजिक परिक्षणको क्रममा कार्यालयमा गुनासो पेटिका भएको, सूचना पार्टीको व्यवस्था, संस्थाका नीति–नियम आवश्यक परेको खण्डमा सहजै हेर्न सकिने, आवश्यक फर्निचर, कम्प्युटर, कर्मचारी लगायतको व्यवस्था रहेको सार्वजनिक गरिएको थियो । त्यस्तै संस्थाद्धारा संचालित हेफर, सु–आहारा तथा पारस्पारिक जवाफदेहिता कार्यक्रमको प्रभावकारिता राम्रो रहेको जनाइएको छ । तर संस्थाले गुनासो पेटिका समय–समयमा खोल्नुपर्ने, विद्युतिय सामग्रीको मर्मत गर्नुपर्ने, कार्यालयमा स्टोर व्यवस्थित गर्नुपर्ने, कर्मचारीको कार्यकक्षमा महत्वपूण सामग्री, फाईल आदि यथास्थानमै छोडिएकोले सुरक्षित राख्नुपर्ने सुझावहरु दिइएको छ । महिला स्वास्थ्य् स्वयम् सेविकाहरुलाई अतिरिक्त सुविधाको व्यवस्था हुनुपर्ने तथा कर्मचारीले परियोजनाका सरोकारवालाहरुलाई सहि समयमै सूचना प्रवाह गर्नुपर्नेमा पनि जोड दिइएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ५ नम्बर प्रदेशका सासंद दिनेश पन्थीले पारदर्शिताको सम्बन्धमा संस्थाले गरेको कार्य प्रशसंनिय भएको बताए । त्यसका साथै सरकारको लक्ष्य पुरा गर्नमा विभिन्न गैर सरकारी संस्थाले पनि महत्वपूर्ण भूमिका खेलेको उनको भनाई छ । संस्थाका अध्यक्ष हिरा एसीले कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिएका दिए । कार्यक्रममा आशा अपाङ्ग केन्द्रका व्यवस्थापक गगां रायमाझिलाई पनि सम्मान गरिएको थियो । जिल्लामा रहेर अपाङ्गहरुको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै रायमाझिलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेश सासंद गिता थापा, रेसुङ्गा नगरपालिकाका उप–प्रमुख सिता भण्डारी, विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

SHARE