Saturday, June 6, 2026

निर्माणधीन कालीगण्डकी करिडोरबाट ढुङ्गा खस्दा घर पुर्ण रुपमा क्षती

0

तिलाचन पाण्डे
पुस ९,२०७६ गुल्मी ः कालीगण्डकी करिडोर अन्र्तगतको सडक खण्डमा माथिबाट ठुलो ढुङ्गा खस्दा घरमा पुर्ण रुपमा क्षती भएको छ ।
जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं २ को बौर भन्ने स्थानमा रहेको हिमलाल पराजुलीको घर माथिबाट ढुङ्गा खसेर घरमा क्षती भएको कालीगण्डकी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष देबिप्रसाद न्यौपानेले जानकारी दिए । नेपाली सेनाले निर्माण गरिरहेको कालीगण्डकी करिडोर अन्र्तगत अर्बेनी पुर्तिघाट सडक खण्डमा माथिबाट ठुलो ढुङ्गा खसेर पराजुलीको घरमा पुर्ण रुपमा क्षती भएको गाउँपालिकाका अध्यक्ष बेद बहादुर थापाले जानकारी दिए । घरमा कोही मानिसहरु नभएकाले मानबीय क्षती भने केही नभएको गाउँपालिकाले जनाएको छ । नेपाली सेनाले निर्माण गरिरहेको कालीगण्डकी करिडोरमा बम बलास्ट गर्दा जमिन थर्किएर यति ठुलो ढुङ्गा खसेको हुन सक्ने स्थानीयहरुले बताउँदै आएका छन् ।
घर बनाइदिने सहमति
पराजुलीको घरमा पुर्ण रुपमा क्षती भएपछि नेपाली सेना , कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेद बहादुर थापा , उपाध्यक्ष तारा थापा र वडा नं २ का वडा अध्यक्ष देबि प्रसाद न्यौपाने लगायत स्थानीयहरुको भेलाले स्थानीय तह र नेपाली सेनाको जनश्रमदानमा घर निर्माण गरिदिने सहमति भएको वडा अध्यक्ष न्यौपानेले जानकारी दिए ।

गुल्मी जिल्लामा दुइहजार २४९ घर पुन निर्माण

0

तिलाचन पाण्डे
पुस ८ , २०७६ गुल्मी ः २०७२ साल बैशाख १२ गते गएको बिनासकारी भुकम्पका कारण गुल्मीमा भत्किएका कुल चारहजार १४४ घरहरु मध्ये दुइजार २४९ घरहरु मात्र निर्माण भएको तथ्यांकले देखाएको छ ।
जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान ब्यबस्थापन तथा स्थानीय पुर्वाधार कार्यलय गुल्मीका अनुसार जिल्लामा दूइहजार २४९ जनाले तेस्रो किस्ता बापतको रकम लिएको जनाएको छ । हालसम्म तीन हजार ११८ जनाले दोस्रो किस्ता बापतको रकम लिएको र तीन हजार नौसय ५५ जनाले हिलो किस्तमा बापतको रकम लिएको कार्यलयका प्रमुख सुर्य नारायण झाले जानकारी दिए । झाका अनुसार १८९ जना लाभग्राहीहरु सुचिमा रहेता पनि उनीहरुले सम्झौता नगरेको बताए ।
कार्यलयले पुन निर्माण प्राधिकरणले तोकेको मापदण्ड अनुसार घर निर्माण गर्न र यदि कसैले घर निर्माण नगरे आफूले लिएको रकम फिर्ता गर्न भन्दै स्थानीय तहहरुमा अभियानको रुपमा नै चलाएको दाबी गरेको छ । यसै बिच राष्ट्रिय पुन निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यन्वयन इकाईले जिल्लाको पुन निर्माणको अबस्थाबारेमा जानकारी लिएको छ ।
केन्द्रका सह सचिब गोपाल अर्यालका अनुसार जिल्लामा पुन निर्माणको अबस्था बारेमा जानकारी लिएको र जति सक्दो छिटो पुन निर्माणको कार्य सम्पन्न गर्नका लागि आग्रह गरेको जानकारी दिए ।

न्याय सम्पादनमा सहजता ल्याउन भन्दै न्यायिक समितिका पदाधिकारीलाई कानुनी ज्ञान

0
गुल्मी जिल्लाका स्थानीयतहका उपप्रमुख सहित न्यायिक समितिका पदाधिकारीहरुलाई कानुनीज्ञान दिदै प्रदेश सरकार तस्बिर ः तिलाचन पाण्डे

तिलाचन पाण्डे
पुस ८ , २०७६ गुल्मी ः प्रदेश नं ५ को अन्तरिक मामिला तथा कानुन मन्त्रालयले गुल्मी जिल्लाका स्थानीय तहका न्यायिक समिातिका पदाधिकारीहरुलाई कानुन सम्बन्धी ज्ञान दिएको छ ।
मन्त्रालयको आयोजनामा सोमबार जिल्ला समन्वय समिति गुल्मीको सभाहलमा जिल्लाका १२ वटै स्थानीय तहका उपप्रमुख लगायत न्यायिक समितिका पदाधिकारीहरुलाई स्थानीय तहमा न्याय सम्पादन गर्दा के कसरी गर्ने र कानुनको बारेमा जानकारी गराइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप सचिब हरि सिंह धामीले जानकारी दिए ।
धामीका अनुसार स्थानीय तहमा न्यास सम्पादन गर्दा आउने समस्या र कानुनी प्रक्रिया संगै उजुरी कसरी लिने , न्यायिक अधिकार , फैसला सम्मका बारेमा जानकारी गराइएको र कार्यक्रमले न्याय सम्पादनमा ठुलो टेवा पुग्ने बिश्वास लिएको जानकारी दिए ।
सोमबारको क्षमता अभिबृद्धि कार्यक्रम पश्चात हालसम्म आफूहरुले ब्यबहारिक रुपमा कार्य गर्दै आएता पनि अब कानुनी प्रक्रिया जानेकाले न्याय सम्पादनमा सहयोग पुग्ने चन्द्रकोट गाउँपालिकाकी उपप्रमुख राधिका अर्यालले जानकारी दिइन् ।
हालसम्म स्थानीय तहमा आएका साना तिना समस्याहरुलाई ब्यबहारिक रुपमा मिलाउदै आएको भए पनि अब उजुरी लिनेदेखि न्यायको फैसला गर्दा सम्मको बारेमा जानकारी भएकाले न्याय सम्पादनमा ठुलो सहयोग पुग्ने स्थानीय तहका उपप्रमुख तथा न्यायिक समितिका पदाधिकारीहरुले दाबी गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले सिकेका बिषयबस्तुहलाई ब्यबहारमा लागु गर्न आग्रह गर्दैै कार्यक्रमलाई फलदायी बनाउन आग्रह समेत गरे ।

हत्याको आशंकामा सन्तोष घर्ती पक्राऊ

0

रामकृस्ण कंडेल,पुस ८, २०७६ गुल्मी ः
गुल्मीको रूपाकोटका देबिराम भन्डारीको हत्याको आशंकामा सन्तोष घर्ती पक्राऊ परेका छन।गुल्मीको चन्द्रकोट गॉऊपालिका वार्डनं८,तुराड०घर भएका २०बर्षिय घर्ती लाई प्रहरीले घटनाको आशंकामा उनकै घर बाट पक्राऊ गरी जिल्ला प्रहरी कार्यलय तम्घासमा अनुसन्धानको लागि लगेको बताईएको छ।
घटनाको बारेमा अनुसन्धान भई रहेको र समय अभाबको कारण म्याद थप गरिएको जिल्ला प्रहरि कार्यलय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्र सिंह खड्काले जानकारी दिए ।
हत्या पश्चात के भन्छन मृतकका आफन्त
आफ्नो मावली हजुरबाको हत्यानै गरिएको र हत्यारा लाई कडा भन्दा कडा कार्बाहि गर्नु पर्ने नाती प्रकाश भन्डारीको माग छ।दोषि लाई कुनै बहानामा जोगाऊने प्रयाश कहि कतै बाट भएमा आफु हरू चुप लागेर नबस्ने मृतकका नाती प्रकाशको भनाई रहेको छ।ुहामी ऐले निकै शोकको घडिमा छौ।प्रशासन,प्रहरी निकायले हत्यारा पत्ता लगाई कडाभन्दा कडा कार्बाही गरेको हामी देख्न चाहान्छौुघटना पश्चात युरोप बाट नेपाल आएका मृतकका नाती प्रकाशलेबताए ।
 घटना कहॉ घटेको थियो
गुल्मीको चन्द्रकोट गॉऊपालिका वार्डनं७,रूपाकोटको खोलाखेतमा पौष ५गते मृत अबस्थामा देबिराम मृत भेटिएका हुन।रूपाकोटको देऊराली भन्ने ठॉऊमा स्थायी ठेगाना भई रूपाकोटका शंकर गैरेको खेत ठेक्का गर्दै आएका बर्ष७१का भन्डारीको हत्या भएको थियो।मृतक देबिरामको टाऊको ढुंगाले हानेर फुटालिएको,नाक बाट निकै धेरै रगत बगेको र आफुले खेती गर्दै आएको रूपाकोटका शंकर भन्डारीको खेतको गोठमा रक्ताम्य अबस्थामा भन्डारी लाई भेट्टाईएको थियो।
यस घटना पश्चात स्थानिय हरूले आफु हरू अशुरक्षित भएको बताएका छन।सबैको एऊटै माग छ दोषि पत्ता लगाई कडा भन्दा कडा कार्बाहि होस।

पुष्पा बस्नेत बनिन् दशककै प्रेरणादायी व्यक्तित्व

0

पुस ८, २०७६ काठमाडौं ः समाजसेवी पुष्पा बस्नेत दशकको प्रेरणादायी व्यक्तित्व घोषित भएकी छन्। गोलकास्ट डटकमले सार्वजनिक गरेको सन् २०१० देखि २०१९ सम्मको प्रेरणादायी व्यक्तित्वमा नेपालकी समाजसेवी पुष्पा बस्नेत पहिलो नम्बरमा परेकी हुन्।

पुष्पाले यही दशकमा सीएनन हिरो र सीएनएन सुपर हिरोको अवार्ड पनि जितेकी थिइन्। गोलकास्टले पुष्पालाई आश्चर्यजनक मानवको संज्ञा दिएको छ । २०१० को दशकमा उनले बालबालिकाको शिक्षा र पालनपोषणको व्यवस्था गरिन्। गोलकास्टले दशकको प्रेरणादायी व्यक्तिको सूचीको १७ औं नम्बरमा सुर्खेतमा बालगृह सञ्चालन गर्ने म्यागी डोयन पनि परेकी छन्। उनले पनि सीएनन हिरोको अवार्ड जितेकी थिइन्। यो सूचीको दोस्रो नम्बरमा ग्रेटा थनवर्ग, दशौं नम्बरमा तरना बर्के र मिटू अभियान, ११ औं नम्बरमा स्टिभ जब्स र बीसौं नम्बरमा मलाला युसुफजाइ छन्।
थाहाबाट

समाज चिसोले रौतहटमा चारजनाको मृत्यु

0

पुस ८, २०७६ रौतहट ः चिसोका कारण रौतहटमा चारजनाले ज्यान गुमाएका छन्। पुस १ देखि सुरु भएको शीतलहरको कारण अत्याधिक चिसोबाट कठ्याँग्रिएर मृत्यु भएको हो। दुर्गा भगवती गाउँपालिका–५ बडहर्वाका ६७ वर्षीय विलास सहनी र ६९ वर्षीय जनकदास तत्माको गत आइतबार मृत्यु भएको हो।

यसअघि पुस ३ मा गुजरा नगरपालिका–२ का ५४ वर्षीया गिरीजाकुमारी बैठा र ७० वर्षीय बनहु माझीको मृत्यु भएको हो। बैठा र माझीको चन्द्रनिगाहपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लामा चिसोका कारण चारजनाको मृत्यु भएको जानकारी आएको बताएका छन्। तर, यसबारे मेडिकल रिपोर्ट भने नआएको उनको भनाइ छ। जिल्ला अस्पताल रौतहटका डा। कृष्ण साह भने पोष्टमार्टमबाट चिसोको कारण मृत्यु भएको रिर्पोट जिल्ला अस्पतालले दिन बताउँछन्। यसका लागि काठमाडौंस्थित त्रिवि टिचिङ अस्पतालमा मात्र पोष्टमार्टम हुने डा। साहको भनाइ छ। अत्यधिक चिसोको कारण विभिन्न रोगहरुले च्याप्ने गर्दा पनि मृत्यु हुने उनले बताए। विगतका वर्षहरुमा चिसोका कारण ज्यान गुमानेलाई सरकारले राहत दिँदै आएको थियो।

प्रमुख जिल्ला अधिकारी थापाले चिसो मौसममा बाहिर ननिस्कन तथा आगोको सहारा एवं न्यानो लुगा लगाएर बस्न आग्रह गरेका छन्। विपत व्यवस्थापन समितिको पहलमा सोमबार बडहर्वामा अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए। नेपाली सेना, नेपाल प्रहरी तथा आरडिसी नेपालको पहलमा ६० विपन्न परिवारलाई कम्बल वितरण, स्वास्थ्य परीक्षणलगायतको सेवा दिएको उनले बताए। जिल्लाका विभिन्न स्थानीय तहमा समितिले अति विपन्न परिवारलाई न्यानो कपडा तथा कम्बल वितरण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए। जिल्ला प्रहरी कार्यालय रौतहटले ५० भन्दा बढी स्थानमा वन कार्यालयको समन्वयमा दाउरा वितरण गरेको प्रहरी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवालले जानकारी छन्।

तीन नगरपालिकाका शैक्षिक संस्था बन्द

अत्यधिक चिसो बढेपछि तीनवटा नगरपालिकाले नगर क्षेत्रमा रहेका विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। गरुडा, राजदेवी र वृन्दावन नगरपालिकाले सूचना प्रकाशन गरी आगामी शुक्रबारसम्म विद्यालय बन्द गरेको हो।
थाहाखबरबाट

कृष्णप्रसाद भट्टराईको ९६औं जन्मजयन्ती आज

0

पुस ८, २०७६ काठमाडौं ः पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आज ९६ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाईंदैछ।

भट्टराईको जन्म विक्रम सम्बत् १९८१ पुस आठ गते भारतको बनारसमा भएको थियो। उनका पिता राणा शासनमा निर्वासित भएपछि परिवारले नै भारतको बनारसमा निर्वासित जीवन बिताएको थियो। नेता भट्टराईले नेपालको १०४ वर्ष लामो निरङ्कुश राणा शासन समाप्त पार्न महत्वपूर्ण भूमिका खेलेका थिए। २००३ मा भारतको बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस नामक संस्था गठन हुँदा उनी संस्थाका महामन्त्री रहेका थिए। प्रजातन्त्र स्थापनापछि २००८ मा प्रथम पटक गठित सल्लाहकार सभाका अध्यक्ष भएका भट्टराई २०१६ सालमा प्रतिनिधिसभाका सभामुख बनेका थिए।

२०४६ को जनआन्दोलनले ३० वर्षे पञ्चायती शासन अन्त्य गरेपछि भट्टराई अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। नेपाल अधिराज्यको संविधान, २०४७ निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्त्वपूर्ण दायित्त्व भट्टराईले सफलतापूर्वक बहन गरेका थिए। तर आफू प्रधानमन्त्री भएकै बेला गराएको २०४८ को आम निर्वाचनमा भट्टराई स्वयं काठमाडौंबाट पराजित भएका थिए। पछि २०५६ को आम निर्वाचनमा विजयी भएपछि उनी पुनः एकपटक प्रधानमन्त्री बनेका थिए। स्वर्गीय भट्टराईलाई सादगी जीवन शैली अपनाउने निःस्वार्थी राजनीतिज्ञको रुपमा स्मरण गर्ने गरिन्छ। सरल जीवन व्यथित गर्ने भट्टराई आफ्नो आध्यत्मिक चिन्तनका कारण सबैमाझ लोकप्रिय थिए।
थाहाखबरबाट

सीमा विवाद हल गर्न भारत तयार,

0

पुस ८, २०७६ काठमाडौं ः भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्विकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको छ। भारतले आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले कुटनीतिक नोट पठाउनुका साथै वार्ताको प्रस्ताव समेत गरेको थियो। नेपालको पत्रलाई एक महिनापछि भारतले ‘रेस्पोन्स’ गरेको हो। पत्रको पहिलो बुँदामा कालापानी क्षेत्रको भूमि आफ्नै रहेको दाबी भारतले गरेको हो भन्ने खबर कान्तिपुर दैनिकमा छ। ‘सीमाको ९८ प्रतिशत समस्या समाधान भएको छ, कालापानी र सुस्ता क्षेत्रको समस्या सल्टाउन तयार छौँ,’ पत्रमा भनिएको छ। सीमा समस्या समाधानको लागि भारतले वार्ता गर्न सचिव स्तरीय सयन्त्र रोजेको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतबाट पत्र आएको पुष्टि गरे पनि पत्रको विवरणबारे उल्लेख गरेनन्।
यो समाचार हामीले थाहाखबरबाट लिएका हौँ ।

रुपन्देहीको तिलोत्तमामा थारू होमस्टे सञ्चालनमा

0

पुस ६, २०७६ बुटवल ः रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रुपन्देहीकै पहिलो थारू होमस्टे सञ्चालनमा आएको छ। वडा नं १३ स्थित सेमरीमा तिलोत्तमा नगरपालिकाको प्रवद्र्धनमा होमस्टे सञ्चालनमा आएको हो। तिनाउ नदीको किनारमा रहेको उक्त गाउँमा सञ्चालन गर्न लागिएको उक्त होमस्टेको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे। उद्घाटन गर्दै नगरप्रमुख घिमिरेले थारू समुदायको कला र संस्कृति संरक्षणसँगै स्थानीय बासिन्दाको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले होमस्टे सञ्चालन गरिएको बताए। उनले होमस्टेको संवद्र्धन र प्रवद्र्धन नगरपालिकाले गरेको पनि जानकारी दिए। तत्काल सात घरमा आवासको व्यवस्थासहित होमस्टे सञ्चालन गरिएको होमस्टे सञ्चालक समितिका अध्यक्ष हरिनारायण चौधरीले जानकारी दिए। आगामी दिनमा अन्य सात घरमा पनि होमस्टेको पूर्वाधार तयार गरिने उनले बताए।

होमस्टेमा हाल सात घरका १४ कोठामा २८ बेडको व्यवस्थापन गरिएको छ। नगरपालिकाले उपलब्ध गराएको बजेटबाट सांस्कृतिक कार्यक्रम प्रदर्शनका लागि सामुदायिक भवन निर्माण अन्तिम चरणमा पुगेको वडाध्यक्ष गणेश न्यौपानेले जानकारी दिए। थारू समुदायको बाहुल्यता रहेको सेमरी तिलोत्तमाकै पुरानोमध्येको बस्ती हो। पञ्चायतकालमा अहिलेका कतिपय शीर्ष नेताहरूले समेत यहाँ सेल्टर लिएको यहाँका पुराना पाकापुस्ता बताउँछन्। तिलोत्तमा नगर उपप्रमुख जागेश्वरी चौधरीले थारू समुदायको कला र संस्कृति संरक्षणमा होमस्टे फलदायी हुने विश्वास व्यक्त गरिन्। उनले होमस्टेको पूर्वाधार विकासमा नगरपालिकाले थप सहयोग गर्ने प्रतिबद्धता जनाइन्। तिलोत्तमा नगरपालिकाले थारू समुदायको कला–संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालनका लागि राखेको प्रस्तावअनुसार स्थानीयले होमस्टे सञ्चालनको काम अघि बढाएका थिए। नवलपरासीको डण्डामा रहेको अमलटारी होमस्टेको शैलीमा यहाँका बासिन्दाले होमस्टे सञ्चालन गरेका हुन्। सेमरीका बासिन्दाहरु अमलटारी होमस्टे सञ्चालनको तौरतरिका सिक्न त्यहाँ पुगेका थिए भने उनीहरूलाई आवश्यक सीपका लागि तालिम समेत प्रदान गरिएको थियो। सेमरी होमस्टे नजिकै पाँच तारे रिसोर्ट, बाउन्नकोटी पार्क, गाई फर्मलगायत छन्।
थाहाबाटरुपन्देहीको तिलोत्तमामा थारू होमस्टे सञ्चालनमा पुस ६, २०७६ बुटवल ः रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रुपन्देहीकै पहिलो थारू होमस्टे सञ्चालनमा आएको छ। वडा नं १३ स्थित सेमरीमा तिलोत्तमा नगरपालिकाको प्रवद्र्धनमा होमस्टे सञ्चालनमा आएको हो। तिनाउ नदीको किनारमा रहेको उक्त गाउँमा सञ्चालन गर्न लागिएको उक्त होमस्टेको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे। उद्घाटन गर्दै नगरप्रमुख घिमिरेले थारू समुदायको कला र संस्कृति संरक्षणसँगै स्थानीय बासिन्दाको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले होमस्टे सञ्चालन गरिएको बताए। उनले होमस्टेको संवद्र्धन र प्रवद्र्धन नगरपालिकाले गरेको पनि जानकारी दिए। तत्काल सात घरमा आवासको व्यवस्थासहित होमस्टे सञ्चालन गरिएको होमस्टे सञ्चालक समितिका अध्यक्ष हरिनारायण चौधरीले जानकारी दिए। आगामी दिनमा अन्य सात घरमा पनि होमस्टेको पूर्वाधार तयार गरिने उनले बताए। होमस्टेमा हाल सात घरका १४ कोठामा २८ बेडको व्यवस्थापन गरिएको छ। नगरपालिकाले उपलब्ध गराएको बजेटबाट सांस्कृतिक कार्यक्रम प्रदर्शनका लागि सामुदायिक भवन निर्माण अन्तिम चरणमा पुगेको वडाध्यक्ष गणेश न्यौपानेले जानकारी दिए। थारू समुदायको बाहुल्यता रहेको सेमरी तिलोत्तमाकै पुरानोमध्येको बस्ती हो। पञ्चायतकालमा अहिलेका कतिपय शीर्ष नेताहरूले समेत यहाँ सेल्टर लिएको यहाँका पुराना पाकापुस्ता बताउँछन्। तिलोत्तमा नगर उपप्रमुख जागेश्वरी चौधरीले थारू समुदायको कला र संस्कृति संरक्षणमा होमस्टे फलदायी हुने विश्वास व्यक्त गरिन्। उनले होमस्टेको पूर्वाधार विकासमा नगरपालिकाले थप सहयोग गर्ने प्रतिबद्धता जनाइन्। तिलोत्तमा नगरपालिकाले थारू समुदायको कला–संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालनका लागि राखेको प्रस्तावअनुसार स्थानीयले होमस्टे सञ्चालनको काम अघि बढाएका थिए। नवलपरासीको डण्डामा रहेको अमलटारी होमस्टेको शैलीमा यहाँका बासिन्दाले होमस्टे सञ्चालन गरेका हुन्। सेमरीका बासिन्दाहरु अमलटारी होमस्टे सञ्चालनको तौरतरिका सिक्न त्यहाँ पुगेका थिए भने उनीहरूलाई आवश्यक सीपका लागि तालिम समेत प्रदान गरिएको थियो। सेमरी होमस्टे नजिकै पाँच तारे रिसोर्ट, बाउन्नकोटी पार्क, गाई फर्मलगायत छन्।
थाहाबाट

 

जुम्लामा विमानबाटै भित्रियो लागुऔषध ब्राउन सुगर

0

पुस ६, २०७६ जुम्ला ः हिमाली जिल्ला जुम्लामा लागुऔषध विमानबाटै भित्रिने गरेको जुम्लाका प्रमुख डिएसपी लालबहादुर धामीले बताएका छन्। उनले आइतबार पत्रकार सम्मेलनमार्फत लागुऔषध ओसारपोसर तथा चोरीका घटना सार्वजानिक गर्ने क्रममा यस्तो बताएका हुन्। ुजुम्लाजस्तो ठाउँमा लागुऔषध विमानबाट भित्रिन्छ भन्ने कुरा पत्यारो लागेको थिएन। तर, पनि जनगुनासोलाई मध्यनजर गर्दै हामीले निगरानी गरी रहेका थियौँु डिएसपी धामीले भने, ुअन्तत ब्राउन सुगर नागरिक उड्डयन कार्यालय जुम्लाको टर्मिनल भवनभित्रबाट बरामत गर्न सफल भयौँ।ु

सुन्तलाको काटुनमा भित्रियो लागुऔषध

जुम्लामा लागुऔषध भित्र्याउन तरिका पनि फरक हुने गरेको भेटिएको छ। जुम्लामा लागुऔषध फलफूलको काटुनमा लुकाएर ल्याउन गरेको डिएसपी धामीले बताए। ुलागुऔषध सुन्तलाको काटुनमा नेपालगंज हुँर्दै जुम्ला विमानस्थलमा आइपुग्दो रहेछु डिएसपी धामीले भने। आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बुधबार अपरान्ह ४,३० बजे सीता एयरलाइन्सको जहाजमार्फत शिलबन्दी गरी जुम्ला ल्याइएको काटुनमा लागुऔषध भेटिएको जानकारी दिएको हो। शिलबन्द १२ दाना सुन्तला, साबुन र स्याम्पुका डिब्बा राखिएको र डिब्बाभित्र कण्डमको टुक्राभित्र ८ वटा कालो प्लाष्टिकको पुरिया बनाइ लुकाईछिपाइ राखिएको ६ ग्राम लागुऔषद ब्राउन सुगर प्रहरीले विषेश सूचनाको आधारमा फेला पारेको सम्मलेनमा जानकारी दिइएको हो। विमानमार्फत लागुऔषध ओसारपसार गर्ने दुईलाई पक्राउ गरेको छ। शिलबन्दी सामान पठाउने, जुम्लामा उक्त सामान संकलन गर्नेलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। उनीहरूको नाम भने गोप्य राखिएको छ। त्यसअघि प्रहरीले मंसिर १७ गते तीला गाउँपालिका(३ कुडारीस्थित रोडमाको सडकखण्डमा एक ग्राम लागुऔषध ब्राउन सुगरसहित एकजना नबालकलाई प्रहरीले पक्राउ गरेको गरेको थियो। ती बालकको बयानका आधारमा थप तीनजनालाई पक्राउ गरेको डिएसपी धामीले बताए। ुचारजना व्यक्ति पक्राउ गरिएको छ। तर, यो विषयलाई अनुसन्धान गरी थप १० जनाजति प्रकाउ पर्ने सम्भावना रहेकाले अभियुक्तहरूको नाम सार्वजानिक नगरिएको हो। प्रहरीले लागुऔषधसहित उनीहरूले बिक्री गरेर साथमा राखेको ५० हजार नगद पनि बरामत गरेको छु उनले भने।
थाहाबाट