न्याय सम्पादनमा सहजता ल्याउन भन्दै न्यायिक समितिका पदाधिकारीलाई कानुनी ज्ञान

0
393
गुल्मी जिल्लाका स्थानीयतहका उपप्रमुख सहित न्यायिक समितिका पदाधिकारीहरुलाई कानुनीज्ञान दिदै प्रदेश सरकार तस्बिर ः तिलाचन पाण्डे

तिलाचन पाण्डे
पुस ८ , २०७६ गुल्मी ः प्रदेश नं ५ को अन्तरिक मामिला तथा कानुन मन्त्रालयले गुल्मी जिल्लाका स्थानीय तहका न्यायिक समिातिका पदाधिकारीहरुलाई कानुन सम्बन्धी ज्ञान दिएको छ ।
मन्त्रालयको आयोजनामा सोमबार जिल्ला समन्वय समिति गुल्मीको सभाहलमा जिल्लाका १२ वटै स्थानीय तहका उपप्रमुख लगायत न्यायिक समितिका पदाधिकारीहरुलाई स्थानीय तहमा न्याय सम्पादन गर्दा के कसरी गर्ने र कानुनको बारेमा जानकारी गराइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप सचिब हरि सिंह धामीले जानकारी दिए ।
धामीका अनुसार स्थानीय तहमा न्यास सम्पादन गर्दा आउने समस्या र कानुनी प्रक्रिया संगै उजुरी कसरी लिने , न्यायिक अधिकार , फैसला सम्मका बारेमा जानकारी गराइएको र कार्यक्रमले न्याय सम्पादनमा ठुलो टेवा पुग्ने बिश्वास लिएको जानकारी दिए ।
सोमबारको क्षमता अभिबृद्धि कार्यक्रम पश्चात हालसम्म आफूहरुले ब्यबहारिक रुपमा कार्य गर्दै आएता पनि अब कानुनी प्रक्रिया जानेकाले न्याय सम्पादनमा सहयोग पुग्ने चन्द्रकोट गाउँपालिकाकी उपप्रमुख राधिका अर्यालले जानकारी दिइन् ।
हालसम्म स्थानीय तहमा आएका साना तिना समस्याहरुलाई ब्यबहारिक रुपमा मिलाउदै आएको भए पनि अब उजुरी लिनेदेखि न्यायको फैसला गर्दा सम्मको बारेमा जानकारी भएकाले न्याय सम्पादनमा ठुलो सहयोग पुग्ने स्थानीय तहका उपप्रमुख तथा न्यायिक समितिका पदाधिकारीहरुले दाबी गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले सिकेका बिषयबस्तुहलाई ब्यबहारमा लागु गर्न आग्रह गर्दैै कार्यक्रमलाई फलदायी बनाउन आग्रह समेत गरे ।

SHARE