निर्माणधीन कालीगण्डकी करिडोरबाट ढुङ्गा खस्दा घर पुर्ण रुपमा क्षती

0
837

तिलाचन पाण्डे
पुस ९,२०७६ गुल्मी ः कालीगण्डकी करिडोर अन्र्तगतको सडक खण्डमा माथिबाट ठुलो ढुङ्गा खस्दा घरमा पुर्ण रुपमा क्षती भएको छ ।
जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं २ को बौर भन्ने स्थानमा रहेको हिमलाल पराजुलीको घर माथिबाट ढुङ्गा खसेर घरमा क्षती भएको कालीगण्डकी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष देबिप्रसाद न्यौपानेले जानकारी दिए । नेपाली सेनाले निर्माण गरिरहेको कालीगण्डकी करिडोर अन्र्तगत अर्बेनी पुर्तिघाट सडक खण्डमा माथिबाट ठुलो ढुङ्गा खसेर पराजुलीको घरमा पुर्ण रुपमा क्षती भएको गाउँपालिकाका अध्यक्ष बेद बहादुर थापाले जानकारी दिए । घरमा कोही मानिसहरु नभएकाले मानबीय क्षती भने केही नभएको गाउँपालिकाले जनाएको छ । नेपाली सेनाले निर्माण गरिरहेको कालीगण्डकी करिडोरमा बम बलास्ट गर्दा जमिन थर्किएर यति ठुलो ढुङ्गा खसेको हुन सक्ने स्थानीयहरुले बताउँदै आएका छन् ।
घर बनाइदिने सहमति
पराजुलीको घरमा पुर्ण रुपमा क्षती भएपछि नेपाली सेना , कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेद बहादुर थापा , उपाध्यक्ष तारा थापा र वडा नं २ का वडा अध्यक्ष देबि प्रसाद न्यौपाने लगायत स्थानीयहरुको भेलाले स्थानीय तह र नेपाली सेनाको जनश्रमदानमा घर निर्माण गरिदिने सहमति भएको वडा अध्यक्ष न्यौपानेले जानकारी दिए ।

SHARE