गुल्मी जिल्लामा दुइहजार २४९ घर पुन निर्माण

0
439

तिलाचन पाण्डे
पुस ८ , २०७६ गुल्मी ः २०७२ साल बैशाख १२ गते गएको बिनासकारी भुकम्पका कारण गुल्मीमा भत्किएका कुल चारहजार १४४ घरहरु मध्ये दुइजार २४९ घरहरु मात्र निर्माण भएको तथ्यांकले देखाएको छ ।
जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान ब्यबस्थापन तथा स्थानीय पुर्वाधार कार्यलय गुल्मीका अनुसार जिल्लामा दूइहजार २४९ जनाले तेस्रो किस्ता बापतको रकम लिएको जनाएको छ । हालसम्म तीन हजार ११८ जनाले दोस्रो किस्ता बापतको रकम लिएको र तीन हजार नौसय ५५ जनाले हिलो किस्तमा बापतको रकम लिएको कार्यलयका प्रमुख सुर्य नारायण झाले जानकारी दिए । झाका अनुसार १८९ जना लाभग्राहीहरु सुचिमा रहेता पनि उनीहरुले सम्झौता नगरेको बताए ।
कार्यलयले पुन निर्माण प्राधिकरणले तोकेको मापदण्ड अनुसार घर निर्माण गर्न र यदि कसैले घर निर्माण नगरे आफूले लिएको रकम फिर्ता गर्न भन्दै स्थानीय तहहरुमा अभियानको रुपमा नै चलाएको दाबी गरेको छ । यसै बिच राष्ट्रिय पुन निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यन्वयन इकाईले जिल्लाको पुन निर्माणको अबस्थाबारेमा जानकारी लिएको छ ।
केन्द्रका सह सचिब गोपाल अर्यालका अनुसार जिल्लामा पुन निर्माणको अबस्था बारेमा जानकारी लिएको र जति सक्दो छिटो पुन निर्माणको कार्य सम्पन्न गर्नका लागि आग्रह गरेको जानकारी दिए ।

SHARE