हत्याको आशंकामा सन्तोष घर्ती पक्राऊ

0
452

रामकृस्ण कंडेल,पुस ८, २०७६ गुल्मी ः
गुल्मीको रूपाकोटका देबिराम भन्डारीको हत्याको आशंकामा सन्तोष घर्ती पक्राऊ परेका छन।गुल्मीको चन्द्रकोट गॉऊपालिका वार्डनं८,तुराड०घर भएका २०बर्षिय घर्ती लाई प्रहरीले घटनाको आशंकामा उनकै घर बाट पक्राऊ गरी जिल्ला प्रहरी कार्यलय तम्घासमा अनुसन्धानको लागि लगेको बताईएको छ।
घटनाको बारेमा अनुसन्धान भई रहेको र समय अभाबको कारण म्याद थप गरिएको जिल्ला प्रहरि कार्यलय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्र सिंह खड्काले जानकारी दिए ।
हत्या पश्चात के भन्छन मृतकका आफन्त
आफ्नो मावली हजुरबाको हत्यानै गरिएको र हत्यारा लाई कडा भन्दा कडा कार्बाहि गर्नु पर्ने नाती प्रकाश भन्डारीको माग छ।दोषि लाई कुनै बहानामा जोगाऊने प्रयाश कहि कतै बाट भएमा आफु हरू चुप लागेर नबस्ने मृतकका नाती प्रकाशको भनाई रहेको छ।ुहामी ऐले निकै शोकको घडिमा छौ।प्रशासन,प्रहरी निकायले हत्यारा पत्ता लगाई कडाभन्दा कडा कार्बाही गरेको हामी देख्न चाहान्छौुघटना पश्चात युरोप बाट नेपाल आएका मृतकका नाती प्रकाशलेबताए ।
 घटना कहॉ घटेको थियो
गुल्मीको चन्द्रकोट गॉऊपालिका वार्डनं७,रूपाकोटको खोलाखेतमा पौष ५गते मृत अबस्थामा देबिराम मृत भेटिएका हुन।रूपाकोटको देऊराली भन्ने ठॉऊमा स्थायी ठेगाना भई रूपाकोटका शंकर गैरेको खेत ठेक्का गर्दै आएका बर्ष७१का भन्डारीको हत्या भएको थियो।मृतक देबिरामको टाऊको ढुंगाले हानेर फुटालिएको,नाक बाट निकै धेरै रगत बगेको र आफुले खेती गर्दै आएको रूपाकोटका शंकर भन्डारीको खेतको गोठमा रक्ताम्य अबस्थामा भन्डारी लाई भेट्टाईएको थियो।
यस घटना पश्चात स्थानिय हरूले आफु हरू अशुरक्षित भएको बताएका छन।सबैको एऊटै माग छ दोषि पत्ता लगाई कडा भन्दा कडा कार्बाहि होस।

SHARE