Saturday, June 13, 2026

सांसद शाहविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी दर्ता

0

पुस १७, २०७६ कपिलवस्तु  :नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा सांसद अभिषेक प्रताप शाहविरुद्ध उजरी परेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बिहीबार ज्यान मार्ने उद्योगअन्तर्गत उजुरी दर्ता गरिएको हो कपिलवस्तु क्षेत्र नम्बर(३ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद शाहले कपिलवस्तुको कृष्णनगर नगरपालिका(३ का श्याम मिश्रालाई करिब दुई हप्ताअघि कुटपिट गरेका थिए। ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको भन्दै सांसद शाहमाथि उजुरी दर्ता भएको हो। मिश्राले इलाका प्रहरी कार्यालय कृष्णनगरमा जाहेरी दिएका हुन्। प्रहरी नायब उपरीक्षक सुनिल मल्लले सांसद शाहले ज्यान मार्ने उद्देश्यले मिश्रालाई कुटपिट गरेको देखिएकाले प्रहरीले ‍उजरी दर्ता गरेको बताए। उनले बिहीबार ढिला गरी उजुरी परेकाले शुक्रबार पक्राउको अनुमति लिएर आवश्यक प्रक्रिया अगाडि बढाइने बताए। कुटपिटबाट मिश्रा घाइते भएका थिए। उनको बुटवलमा उपचार गरिएको थियो। पुस ५ गते घटना घटेको घटनाको १२ दिनपछि उजुरी दर्ता भएको हो। यता, उक्त कुटपिटको घटनामा आफ्नो संलग्नता नरहेको शाहले प्रतिक्रिया दिँदै आएका छन्।

गुल्मीका किसान सुन्तला खेतीतर्फ आकर्षित

0

हुमाकान्त पोखरेल पुस १७ ,२०७६ गुल्मी  : गुल्मीको धुर्कोट गाउँपालिका वडा नं १ नयाँगाउँका टीका बहादुर हमाललाई यतिबेला सुन्तलाको स्याहार सुसार ब्यस्त छन् । यो समय सुन्तला टिप्ने र विक्रि गर्ने भएकोले त झन उनी बगैचामै ब्यस्त हुन्छन् ।
बिहानैदेखि सुन्तलाकै चिन्तन गर्ने हमाल कोहि पाहुना आए समय दिन समेत पाउदैँनन् । आजकल हमाललाई भेट्नपरे सुन्तलाकै वगैचामै पुग्नुपर्छ । ५२ बर्षिया हमालले विगत ३१ बर्षदेखि सुन्तला खेति गर्दै आएको बताएकाछन् । सुन्तला खेतिबाटै उनले बार्षिक पाचँदेखि छ लाखसम्म आम्दानी गर्दै आएको बताएका छन् । गत साल सात लाखको विक्रि गरेको बताउँदै ‘यो बर्ष कम्तिमा पाचँ लाख पर्ने अनुमान उनले गरेका छन् ।

घरमै आम्दामी बिदेश किन जाने
सुन्तला लिन घरमै ब्यापारी आउने गरेपछि बजारको चिन्ता नभएको उनी बताउँछन् । उनको सुन्तला स्थानीय बजारदेखि तम्घास, सन्धिखर्क हुँदै बुटबलसम्म पुग्छ ।
अहिले प्रति किलो ५० देखि ६० रुपँैयामा सुन्तला विक्रि गरिरहेका छन् । पछिल्लो समय वैदेशिक रोजगारिमा जाने युवाहरुको प्रतिस्पर्धा छ । तर हमाल भने घरमै बसेर मनग्य आम्दानी गरिरहेका छन् । ‘यो पुख्र्यौली पेशा हो, मैले ब्यवसायिकरण गरेको मात्र हुँ ।’ उनले भने, ‘घरमै आम्दानी भएपछि विदेश जानुको औचित्य छैन ।’

राज्यले सुन्तला खेतीमा चासो दिएन
कुल १२ रोपनी जग्गामा सुन्तला खेति गर्दै आएका छन् । अहिले २५० बोटमा सुन्तला उत्पादन भईरहेको छ । भने थप ४० हजार विरुवा नर्सरीमा छन् । तिमध्ये अधिकाशं विरुवा विक्रि हुन्छन् । घरमा तीन छोरा, तीन छोरी र आफूहरु श्रीमान–श्रीमती गरी ६ जनाको परिवार छ । सुन्तलाको साथसाथै पशुपालनमा पनि रहेको उनी बताउँछन् । घरखर्चको लागि बाख्रा र मौरिबाट प्रशस्त पुग्छ । सुन्तलाको रकम बचत हुन्छ । ‘घरखर्च अन्य आम्दानीबाट चल्छ, सुन्तलाबाट कमाएको रकम बचत हुन्छ ।’ उनले भने, ‘तराईतिर घडेरी किनेर घर बनाउने हो ।’ सुन्तलाबाट कम मिहिनेतमा बढी आम्दानी हुने भएपछि खाद्यान्न लगाउने ठाउँमा सुन्तला लगाएको उनको भनाई छ । तर राज्यले तरकारी खेतिलगायतका कृषिजन्य सामग्रीमा अनुदान दिदाँ सुन्तलाखेतीमा कुनै अनुदान नदिएको उनको गुनासो छ ।
सोहि गाउँकै चन्द्र विकले पनि गत बर्ष ६० हजारको सुन्तला विक्रि गरे । नौ बर्षदेखि ब्यवसायीक सुन्तला खेतिमा लागेका विकको बगैचामा एक सय बोटले उत्पादन दिइरहेका छन् भने थप पाचँ सय विरुवा नर्सरीमा छन् । ६० वटा विरुवाबाट सुरु गरेका विकले बर्षैपिच्छे आम्दानी बढाइरहेका छन् । सुन्तला एकपटक लगाएपछि धेरै बर्षसम्म फल्ने र अन्य खेतिलाई झै स्याहार गर्न नपर्ने भएकोले सुन्तला खेतितर्फ आकर्षित भएको उनको भनाई छ । पछिल्लो समय गुल्मीमा सुन्तला खेति गर्ने कृषकहरुको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा सुन्तला कृषकहरुको यकिन तथ्याङ्क नभएपनि पछिल्लो समय कृषकहरुको सङ्ख्या बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जसले गर्दा किसानलाई आत्मनिर्भर बन्न सहयोग पुगेको छ ।

सुन्तलाको बास्तबिक मूल्य कृषकले पाइएन
गुल्मीमा सुन्तला भण्डारण गर्ने चिस्यान केन्द्र छैन् । जसले गर्दा किसान बिचौलियाको मारमा पर्ने गरेका छन् । ‘टिपेर लामो समयसम्म राख्न पनि मिल्दैन, बोटमै राखे झेरेर सकिन्छ ।’ धुर्कोट गाउँपालिका १ नयाँगाउँकी माया जिसीले भनिन्, ‘आफूखुसि मूख्य राखेर ब्यापारिले लैजान्छन् ।’ आफूहरुसँग ५० रुपैँया प्रतिकिलो लगेर बजारमा ८० देखि बढी मूख्यमा बेच्ने गरेको उनले बताइन् । किसानले अझैपनि सुन्तलाको वास्तविक मूख्य नपाएको भन्दै उनले गुनासो समेत गरिन् । त्यस्तै किसानलाई भण्डारणको समस्याले गर्दा पनि सस्तैमा सुन्तला विक्रि गुर्नपरेको गुनासो सुन्तला कृषकले गरेका छन् । भने जिल्लाका अधिकाशं ठाउँमा सिँचाईको अभाव, प्राविधिक ज्ञानको कमी लगायतका समस्याले पनि किसानहरु मर्कामा परेका छन् ।

गत बर्ष गुल्मीमा २५ करोडको सुन्तला, यस बर्षको तथ्याङ्क छैन
गत बर्षभन्दा यस बर्ष सुन्तला उत्पादनमा बृद्धि भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । राम्रो मौसम, अनुदान लगायतका कुराहरुको तालमेलले गर्दा गतबर्ष २५ करोडभन्दा बढीको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ‘उत्पादन भएको पूरै सुन्तला बजारमा आइपुगेको त छैन ।’ केन्द्रका निमित्त कार्यालय प्रमुख सनबहादुर रानाले भने, गत साल २५ करोडको सुन्तला उत्पादन भयो, यस बर्षको तथ्याङ्क छैन ।’ यस बर्ष पौष महिनाको अन्त्यतिर मात्रै तथ्याङ्क आउने उनले बताए । उत्पादन भएको सुन्तलामध्ये ४० प्रतिशत जिल्लामै खपत हुने बाँकि ६० प्रतिशत जिल्लाबाहिर निकासा हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । गुल्मीमा कुल एक हजार २९७ हेक्टर क्षेत्रफल सुन्तला उत्पादनयोग्य छ ।
यी हुन सुन्तला उत्पादन हुने गुल्मीका मुख्य क्षेत्र
जिल्लाको मुसिकोट नगरपालिकाको वडा नम्बर ९ अर्लाङ्ककोटमा ८० हेक्टर जमिन सुन्तला उत्पादन क्षेत्रमा पर्छ । तर त्यहाँ हाल ५० हेक्टरमा मात्र सुन्तला उत्पादन भएको छ । बाँकि ३० हेक्टर जमिनमा ब्यवसायिक सुन्तला खेति गरिएको छैन । मुसिकोट नगरपालिकाको वडा नम्बर ८ वामीमा १५ हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ । जहाँ सम्भावित क्षेत्रफल ३० हेक्टर रहेको छ । रुरु गाउँपालिकाको बलेटक्सारमा ३० हेक्टर क्षेत्रफल जमिन सुन्तला उत्पादनका लागि योग्य छ । तर त्यहाँ जम्मा १० हेक्टरमा मात्र सुन्तला खेति गरिदैँ आएको छ । छत्रकोट गाउँपालिकाको दिगाममा १२० हेक्टरमा सुन्तला उत्पादन गरिदैँ आएको छ । जहाँ २४० हेक्टर सुन्तला खेतिका लागि सम्भावित क्षेत्रफल हो । सोहि गाउँपालिकाकै हर्दिनेटामा २०० हेक्टर सुन्तला खेतियोग्य जमिनमध्ये १६१ हेक्टर र हुँगामा ५० हेक्टर खेतियोग्य जमिनमध्ये १५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ । गुल्मीदरबार गाउँपालिकाको गौडाकोटमा एक सय हेक्टर सम्भावित क्षेत्रफलमध्ये जम्मा ५० हेक्टरमा मात्र सुन्तला खेति गरिदैँ आएको छ । गुल्मीदरवारको वीरबासमा ५० हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ । जहाँ ८५ हेक्टर सम्भावित क्षेत्रफल रहेको छ । त्यस्तै सोहि गाउँपालिकाकै राजामा ६० हेक्टर सुन्तला खेतियोग्य जमिनमध्ये ३० हेक्टरमा सुन्तला उत्पादन भइरहेको छ । धुर्कोट गाउँपालिका ६ धुर्कोट रजस्थलमा १४० हेक्टर जमिनमा सुन्तलाको ब्यवसायिक खेति गरिएको छ । जहाँको सम्भावित सुन्तला खेति क्षेत्र २३० हेक्टर हो । सोही गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँमा २२५ हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ । जहाँ सम्भावित क्षेत्रफल ३०० हेक्टर रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । सोहि गाउँपालिकाकै वडा नम्बर २ पीपलधारामा १ सय ३८ हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ । जहाँ सम्भावित क्षेत्रफल २ सय हेक्टर रहेको छ । त्यस्तै वडा नम्बर ३ हाडहाडेमा १२९ हेक्टरमा सुन्तला उत्पादन गरिएको छ । जहाँको सम्भावित क्षेत्रफल २२० हेक्टर हो । वडा नम्बर ४ जैसिथोकमा सम्भावित क्षेत्रफल २० हेक्टरमध्ये १० हेक्टरमा मात्रै उत्पादन गरिदैँ आएको छ । वडा नम्बर ७ वाग्लामा ३० हेक्टर सुन्तला खेतियोग्य जमिनमध्ये १५ हेक्टरमा उत्पादन गरिदैँ आएको छ ।
मदाने गाउँपालिकाको भनभनेमा कुल ४० हेक्टर जमिन सुन्तला खेतिका लागि योग्य छ । तर त्यहाँ ३० हेक्टरमा मात्रै उत्पादन गरिदैँ आएको छ । सोहि गाउँपालिकाको पुर्काेट दहमा ३० हेक्टर सुन्तला खेतियोग्य जमिनमध्ये जम्मा १० हेक्टरमा मात्र खेति गरिएको छ । कालीगण्डकी गाउँपालिकाको भुर्तङ्गमा कुल ३५ हेक्टर जमिन सुन्तला खेतियोग्य छ । तर त्यसमध्ये जम्मा १० हेक्टरमा मात्र सुन्तला लगाइएको छ । सोहि गाउँपालिकाकै जयखानीमा १०० हेक्टर सुन्तला खेतियोग्य जमिनमध्ये ७० हेक्टरमा मात्र लगाइएको छ । त्यस्तै अर्वेनीमा ६० हेक्टर सम्भावित क्षेत्रफलमध्ये २० हेक्टरमा सुन्तला उत्पादन भइरहेको छ । रेसुङ्गा नगरपालिकाको वडा नम्बर ३ भाडगाउँ, ४ अर्खले, ५ को बालकाटे र ६ को गुरुङ्गगाउँ लगायतका स्थानमा १९० हेक्टरमा सुन्तला उत्पादन हुँदै आएको छ । जबकि त्यहाँको सम्भावित क्षेत्रफल ३०० हेक्टर रहेको छ । चन्द्रकोट गाउँपालिकाको हरेवामा ८५ हेक्टर सुन्तला खेतियोग्य जमिनमध्ये जम्मा ४० हेक्टरमा मात्र लगाइएको छ ।

२०७८ को जनगणनामा युवा जनशक्तिलाई प्राथमिकता दिइने

0

पुस १७ ,२०७६ गुल्मी :  १२ औ राष्ट्रिय जनगणना २०७८ मा युवा जनशक्तिलाई बिशेष प्राथमिकता दिइने भएको छ । तथ्याङक कार्यलय पाल्पाले गुल्मीमा बिहीबार आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को तयारीका लागि जिल्ला स्तरीय छलफल तथा अन्र्तक्रिया कार्यक्रमा तथ्याङक कार्यलय पाल्पाका निमित्त प्रमुख लेखनाथ पाण्डेले जनगणनाको गणक र सुपरीबेक्षणमा युवाहरुलाई प्राथमिकता दिइने बताएका छन् । उनले २०६८ सालको जनगणनामा शिक्षकहरुलाई जिम्मेबारी दिइएको भन्दै २०७८ मा युवाहरुलाई प्रथामिकता दिने र जसका काराण युवाहरुलाई रोजगारको समेत अबसर हुने दाबी गरे । उनले उच्च माध्यमिक शिक्षा पास गरेकालाई गणक र स्नातक गरेकाहरुलाई सुपरीबेक्षकको रुपमा लगाउन सकिने समेत बताए । युवाहरुको जनशक्तिबाट अपुग भएमा शिक्षकहरुलाई पनि प्रयोग गर्न सकिने उनले दाबी गरे ।

कार्यक्रममा नागरिक समाज गुल्मीका अध्यक्ष पदम प्रसाद पाण्डेले सत्य तथ्यका आधारमा जनगणना गर्न र अधिक्तम प्रचार प्रसार गर्न आग्रह गरे । स्थानीय स्तरमा जनगणनाको महत्वको बारेमा जानकारी गराउनु पर्ने भन्दै धर्म , जातजातीको तथ्याङकमा दुरुपयोग नगर्न समेत उनले सुझाब दिए । धर्म र जातजातीको आधारमा यर्थाथता तथ्याङक नभई कतिपय सन्र्दभमा बढाई चढाई गर्ने गरेकाले त्यस्तो नगर्न समेत उनले आग्रह गरे ।
यस्तै कालीगण्डकी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष थम्मन सिंह आलेले एउटै परिवार धेरै ठाउँमा बसोबास गर्ने भएकाले यर्थाथ तथ्याङक नआउने हो की भन्दै त्यसमा ख्याल गर्न सुझाब दिए । उधोग बाणिज्यसंघ गुल्मीका माहासचिब तारा प्रसाद भुसालले अधिक्तम मात्रामा प्रबिधिहरुको प्रयोग गरेमा यर्थाथता आउन सक्ने भन्दै प्रबिधिहरुको प्रयोग गर्न सुझाब समेत दिए । यस्तै कार्यक्रमका प्रमुख अतिथि रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले युवा जनशक्तिलाई जनगणना कार्यमा लगाउनुपर्ने भन्दै यथार्थ बिबरण आउनुपर्नेमा जोड दिए ।
यस्तै गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जनगणनाको बिशेष महत्व हुने भएकाले सबैले आ आफनो ठाउँबाट सहयोग गरि यर्थाथ तथ्याङ्क ल्याउनमा सहयोग गर्न आग्रह गरे ।
यस्तै २०७८ को जनगणनामा प्रबिधिको उच्चतम प्रयोग गरिने भन्दै जनगणनालाई सफल बनाउन सबैले आ आफनो ठाउँबाट सहयोग गर्न समेत आग्रह गरे । कार्यक्रममा १२ वटै स्थानीय तहका प्रमुख ,उपप्रमुख , प्रमुख प्रशासकीय अधिकृत , कार्यलय ,संघ संस्थाका प्रमुख प्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

गुल्मीमा भ्रमण बर्षको सुरुवात तीन जिल्लाको संगम स्थल रिडीबाट

0

पुस १७, २०७६ गुल्मी : ‘नेपाल भ्रमण बर्ष २०२०’ को सुरुवात तीन जिल्लाको संगम स्थल रिडीबाट गरिएको छ । गुल्मी , पाल्पा र स्याङजाको संगम स्थलमा जिल्ला समन्वय समिति गुल्मीको आयोजना तथा रुरुक्षेत्र गाउँपालिकाको सह–आयोजनामा जिल्लाको प्रवेशद्धार रुरुक्षेत्र गाउँपालिकाको रिडीबाट गरिएको होे ।
५ नम्बर प्रदेशका विशेषाधिकार समिति सदस्य कमलराज श्रेष्ठले जिल्लामा भ्रमण बर्षको ए कार्यक्रमका बिच उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले रिडीमा ५५ करोडको लागतमा पर्खाल बनाउने योजना रहेको बताए । त्यसका लागि यो बर्ष नै १६ करोडको कामको टेन्डर हुने उनले दाबी गरे । त्यसका साथै उनले रुरुक्षेत्रमा विभिन्न भौतिक संरचना निर्माण गर्ने, जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकिय क्षेत्रहरुको विकास र प्रचार गर्ने पनि सरकारको योजना रहेको सुनाए । ‘जिल्लामा प्रशस्त सम्भावना बोकेका पर्यटकिय स्थल धेरै छन्, तिनलाई पर्यटकको खाँचो छ ।’ उनले भने, ‘यसका लागि सबैको सहकार्य आवश्यक छ ।’
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव विर बहादुर कार्कीले पर्यटन बर्षलाई सफल बनाउनका लागि विभिन्न क्षेत्रमा भौतिक संरचना निर्माण गर्नुपर्ने धारणा राखे । नेपाल काङ्ग्रेसका उपसभापति विष्णु बलालले भ्रमण बर्षलाई उत्पादन र जिविकोपार्जनसँग जोड्नुपर्ने बताए । रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले पर्यटक पर्वद्धनका लागि विशेष गुरुयोजना बनाउनुपर्ने बताए ।
जिल्लाको रुरु, रेसुगां, विचित्र गुफा, मदाने लेक लगायतका जिल्लाका धार्मिक एवम् पर्यटकिय क्षेत्रहरुको गुरुयोजना बनाउनुपर्नेमा जोड दिए । जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले जिल्लामा सूचना केन्द्रको स्थापना, पर्यटकिय स्थलहरुको ब्रोसर र डकुमेन्ट्री निर्माण लगायतका कामहरु जिल्ला समन्वय समितिले अगाडी बढाएको जानकारी दिए । कार्यक्रममा जिल्लास्थित विभिन्न स्थानीय तहका प्रमुख एवम् उपप्रमुखहरु, जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।

मुसिकोट नगरपालिका,ददल्कामा नेकपाको अन्तरकृया कार्यक्रम सम्पन्न

0

रामकृस्ण कंडेल,वामीटक्सार
पुष१६
नेपाल कम्युनिस्ट पार्टि (नेकपा)मुसिकोट नगर कमिटिको आयोजनामा वार्डनं९,ददल्कामा निर्बाचित जनप्रतिनिधि र अगुवा पार्टि कार्यकर्ता हरू बिच भेटघाट , समिक्षा तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टि का उम्मेदवार हरूले मुसिकोट नगरपालिका भित्र बिजय भए पश्चात मुनपा ९ मा हाल सम्म गरिएका सम्पूर्ण बिकास निर्माण कार्यहरूको समिक्षा गरिएको थियो।सम्पन्न योजना हरू के के हुन,कुन कुन योजना हरू निर्माणको क्रममा छन र अब गर्नु पर्ने काम हरू के के हुन आदि लगायतका महत्वपूर्ण बिषयमा छलफल,समिक्षा र निर्णयहरू समेत गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि नगर कमिटि ईन्चार्ज जिवन खरेल,बिशिस्ट अतिथि हरू नगरप्रमुख शोमनाथ सापकोटा,उपप्रमुख कमला शर्मा,नगर कमिटि अध्यक्ष खुमबहादुर थापा,नगर कमिटि सचिब अग्निधर लोहनि,आर्थिक संयोजक प्रकाश काफ्ले,वार्ड अध्यक्ष नरेशराज खरेल लगायतले कार्यकर्ता हरूले उठाएका जिज्ञॉसा हरूको संबोधन गर्नुका साथै मुनपा९को बिकास निर्माणको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने बिषयमा आफ्ना सुझाब हरू राख्नु भएको थियो।कार्यक्रममा प्रकाश खरेल,यज्ञमूर्ती कंडेल,रिगबहादुर बि क,नन्द बहादुर बि क,डन्डपाणी सापकोटा,रामबहादुर गुरूड०,प्रकाश सापकोटा,लेखनाथ कंडेल,माधब न्यौपाने,यमभक्त खरेल,तुल्सी खरेल लगायतले छलफलमा आफ्ना भनाई हरू ब्यक्त गर्नु भएको थियो।
नेकापाले मुसिकोट नगरपालिका भित्र संगठन बिस्तार तथा बिकास अभियानका लागि नयाँ कार्ययोजना तयार पारेको बुझिएको छ।वैचारिक,राजनीतिक,संगठनात्मक र जनपरिचालन सम्बन्धी प्रस्ताव समेटेर पार्टीको गत सम्पन्न मुसिकोट नगर कमिटि बैठकले कार्ययोजना पारित गरेको छ।पार्टी सदस्यता नवीकरण गरी अभिलेखीकरण गर्ने,विभाग, जनवर्गीय संगठन चयन,सबै कमिटीलाई पूर्णता दिने, वैचारिक राजनीतिक काम टोल टोल सम्म एकैसाथ लैजाने, प्रशिक्षणदेखि संगठनात्मक,बैठक,भेला,जनपरिचालन पनि गर्ने योजना रहेको छ।पार्टी एकताको सन्देश जनतामाझ पुर्‍याउने, पार्टी र सरकारको नीति तथा योजनालाई सार्वजनिक रूपमा स्थापित गर्ने र जनतालाई पार्टीमा गोलबद्ध गर्न विशेष राजनीतिक अभियान सञ्चालन गर्ने छ। वैचारिक र भावनात्मक एकतालाई खदिलो बनाएर जाने गरी प्रशिक्षणका कार्यक्रम समेत गर्ने कार्य योजनामा राखिएको बताईएको छ।
आजको कार्यक्रम वार्ड कमिटि अध्यक्ष खड्ग बहादुर खत्रीको अध्यक्षता,वडा अध्यक्ष नरेशराज खरेलको स्वागत मन्तब्य र नगर कमिटि सदस्य गोपिकृस्ण खरेलको सन्चालनमा सम्पन्न भएको थियो।

स्वास्थ्य र पोषणमा सत्यवतीको प्रतिवद्धता

0

हुमाकान्त पोखरेल
पुस १६,२०७६ गुल्मी ः जिल्लाको सत्यवती गाउँपालिकाका सरोकारवालाहरुले स्वास्थ्य र पोषणको क्षेत्रमा सुधार गर्न प्रतिवद्धता जनाएका छन् । एकीकृत ग्रामीण विकास समाजद्धारा संचालित सुआहारा कार्यक्रमले आयोजना गरेको दुई दिने गोष्ठिमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्षहरु, स्वास्थ्यकर्मीहरु लगायतले गाउँपालिकामा स्वास्थ्य र पोषणको क्षेत्रमा सुधार गर्न प्रतिवद्धता पत्रमा मंगलबार हस्ताक्षर गरेका छन् ।

एकीकृत पोषणसँग सम्बन्धित नीतिगत ब्यवस्थालाई कार्यान्वयन गर्न स्थानीय पोषणयुक्त खानालाई प्रोत्साहन गर्ने तथा व्यवहार परिवर्तनमा दिगोपना ल्याउनका लागि प्रचारप्रसार गर्ने निर्णय गरिएको छ । गुणस्तरीय सेवा सबै शाखाहरुमा सुनिश्चित गर्ने, आारभूत स्वास्थ्य र पोषण सेवा प्रत्येक घरसम्म पु¥र्याउने प्रतिवद्धता गरेको छ । त्यस्तै गाउँपालिकाका सबै घरमा पिउने पानीको पहुँच, पूर्ण सरसफाईयुक्त गाउँपालिका, एक घर एक करेसावारी, विद्यालयभित्र जङ्क फुड निरुत्साहित गर्ने तथा एकीकृत पोषणका कार्यक्रम संचालन गर्न आवश्यक पर्ने सहजकर्ता गाउँपालिकाले नियुक्ति गरी परिचालन गर्ने गर्ने निर्णय गरिएको छ ।

स्वास्थ्य संस्था, गाँउघर क्लिनिक र खोप क्लिनिकहरुले निरन्तर रुपमा बच्चाको बृद्धि र वाल स्वास्थ कार्ड निरन्तर रुपमा अद्यावधिक गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । त्यस्तै जन्मेको दुई बर्षभित्र २४ पटक बृद्धि अनुगमन पुरा गर्ने बच्चाका आमालार्ई पुरस्कृत गर्ने, स्वास्थकर्मीले उचित तथ्याङ्क समावेश गर्ने, स्वास्थ्य तथा पोषण सम्बन्धि नियमित अभिलेख एवं मासिक तथ्याङ्कको नियमित रुजु गर्ने लगायतका नीतिहरु अबलम्बन गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत यादव भण्डारीले जानकारी दिए । घरमा हुने सुत्केरी तथा शिशु मृत्युलाई शुन्यमा झारी गाउँपालिकालाई पुर्ण संस्थागत सुत्केरी घोषणा गर्ने, गाउँपालिकालाई पुर्ण पोषण युक्त गाउँपालिका घोषणा गर्ने र गाउँपालिका तथा प्राथमिक स्वास्थ्य केन्द्रमा स्तनपान कक्ष स्थापना गर्ने निर्णय गरिएको छ ।

कृषि तथा पशुसेवातर्फ पोषणयुक्त खानाको प्रदर्शनी गर्ने, थोपा सिंचाई प्रविधि प्रबद्र्धन गर्ने, हाटबजार तथा कृषि उपज संङ्कलन केन्द्र स्थापना एवं ब्यवस्थापन गर्ने नीति लिने, प्रत्येक वडामा स्वयंसेवी कृषि÷पशु प्राविधिकहरु व्यवस्था गर्ने, तथा प्रत्येक वडामा तीनदेखि पाचँजनामसम्म नमुना कृषक छनौट गर्ने सुआहाराका नविन अर्यालले बताए ।

प्रत्येक घरमा फिल्टर

गाउँपालिकाले खानेपानीको मुहान संरक्षण गर्दै ‘एक घर–एक धारा–एक फिल्टर’ अभियान सञ्चालन गर्ने भएको छ । जसको लागि घरमा धारा गाउँपालिकाले पु¥र्याउने र फिल्टर नागरिकले ल्याउनुपर्ने छ । त्यसका साथै सबै वडाहरुमा पूर्ण सरसफाई अभियान संचालन गर्ने, लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा जोड दिने, बाल विवाह गर्दा देखिने असर सम्बन्धी जनचेतनामूलक अभियान चलाउने पनि निर्णय गरिएको छ । लागु पदार्थ नियन्त्रण, आयमुलक कार्यक्रम संचालन, जनचेतनात्मक कार्यक्रममा महिला तथा पुरुषको समान सहभागिता लगायतका पक्षमा विशेष जोड दिने उल्लेख गरिएको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।

कार्यक्रममा पोषण तथा खाद्य सुरक्षा समितिहरुको नियमित वैठक राख्ने, स्वास्थ्य र पोषण सम्वन्धी सामग्रीको उत्पादन, प्रयोग र व्यवस्थापनका लागि रकम छुट्याउने, महिला स्वास्थ्य स्वयम् सेविकाहरुको क्षमता अभिवृद्धि गर्ने लगायतका प्रतिवद्धता गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा बोल्दै एकीकृत ग्रामीण विकास समाज गुल्मीका अध्यक्ष हिरा एसीले प्रतिवद्धता कार्यान्वयनको लागि जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरदैलोमै पुगेर जनचेतना जगाउनुपर्ने बताए । त्यसका साथै उनले सबै जनप्रतिनिधिहरुले आफ्नो कार्यकालभर गाउँपालिकामा गर्ने विकासको नमुना बनाउनुपर्नेमा जोड दिए ।
सुआहाराले विगत चार बर्षदेखि जिल्लाका सबै स्थानीयमा स्वास्थ्य र पोषणको क्षेत्रमा काम गर्दै आएको छ । यसले सुनौला हजार दिनका आमा, खानेपानी तथा सरसफाई, किशोर–किशोरीहरुको लागि विशेष तालिम, कृषि तथा पशुपालन, शिक्षा लगायतका विभिन्न क्षेत्रमा एकीकृत ढङ्गले काम गर्दै आएको छ । सत्यवतीमा दुई दिनसम्म संचालित गोष्टिमा सुआहाराले हालसम्म गरेका काम, पोषण र स्वास्थ्यको क्षेत्रमा गाउँपाकिलाले गरेका काम तथा गाउँपालिकाका आगामि योजनाहरुको बारेमा छलफल गरिएको सुआहाराका फिल्ड संयोजक राजेन्द्र विकले जानकारी दिए ।

आजदेखि भ्रमण वर्ष शुरू, प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

0

पुस १६, २०७६ काठमाडौं  : सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को आज । अर्थात सन् २०२० जनवरी १ तारिखदेखि शुरु हुँदैछ। काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछिन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधनगर्ने कार्यक्रम छ। भ्रमण वर्षको भव्य उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको भ्रमण वर्ष सचिवालयले जनाएको छ। भ्रमण वर्षको उद्घाटनस्थल रङ्गशालामा पूर्वाभ्याससमेत गरिएको थियो।

उद्घाटन समारोहलाई विशेष बनाउन सबैखालको तयारी गरिएको सचिवालयले जनाएको छ। अपराह्न ४ बजेदेखि शुरु हुने औपचारिक कार्यक्रम पाँच घण्टासम्म चल्नेछ। सहभागी पाहुनाको स्वागत सेलिब्रेटीबाट गरिनेछ। नेपालको संस्कृति झल्कने नाचगानबाट शुरू हुने कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ। राष्ट्रगान सकिएलगत्तै बाजासहित रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ। कुटुम्ब ब्याण्डको साङ्गीतिक प्रस्तुतिमा विभिन्न सङ्घसंस्थाले परेड गर्नेछन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्ने छन्। भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गरिनेछ। भ्रमण वर्षको ‘यति मस्कट’को सार्वजनिकसँगै विभिन्न सांस्कृतिक कार्यक्रम गरिने भ्रमण वर्षको कार्यक्रम तालिका बनाइएको छ। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। उक्त लक्ष्यलाई सार्थक तुल्याउन सरकारी निजी क्षेत्र एवं आम सर्वसाधारण स्वःस्फूर्त रुपमा लागिपरेका छन्। सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन विभिन्न मुलुकका विदेशी पाहुना काठमाडौँ आइपुगेका छन्। काठमाडौँको दशरथ रङ्गशालामा आज अपराह्न ४ बजे आयोजना हुने भ्रमण वर्षको औपचारिक शुभारम्भ समारोहमा सहभागी हुन छिमेकी मुलुक भारत, चीनसहित विभिन्न देशका पर्यटनमन्त्री तथा विशिष्ट पाहुना काठमाडौँ आइपुगेका छन्।  थाहाखबरबाट

बर्दियामा ट्रक दुर्घटना, तीन जनाको मृत्यु

0

पुस १६, २०७६ बर्दिया  :बर्दियामा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। पूर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने बर्दिया निकुञ्ज भित्र ट्रक दुर्घटना हुँदा ३ जनाको ज्यान गएको हो। ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि झण्डै ६ किलोमिटर पश्चिम तर्फ निकुञ्ज भित्र पर्ने राजमार्गमा भएको दुर्घटनामा दुई महिला र एक पुरुषको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ। भैरहवाबाट फलामे छड लोड गरि धनगढी तर्फ गईरहेको लु २ ख १०६८ नम्बरको ट्रक बुधवार विहान ४ बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा ज्यान गुमाएका ट्रकका सहचालक र दुई महिलाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ। फलामे छड बोकेको ट्रकमा च्यापिएकाको शव जेसिवीको सहायताबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ। ट्रक चालक घोराही उपमहानगरपालिका ११ कपासेका कर्ण बहादुर चौधरी घाइते भएका छन्। घाइतेको कोहोलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। चालक चौधरीकाअनुसार बाँकेको कुसुमबाट आफन्तको मृत्यु भएकाले कर्णाली चिसापानीसम्म लगिदिन आग्रह गरेपछी दुई महिला ट्रकमा सवार भएको बताएको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाएकाको परिचय खुलाउन प्रहरीले सोधपुछ गरिरहेको ईलाका प्रहरी कार्यालय भुरीगाउँको प्रहरी निरीक्षक बसन्त पाण्डेले जानकारी दिए।

बिधार्थीलाई न्यानो कपडा स्विटर र टोपी बितरण

0

तिलाचन पाण्डे
पुस १६ , २०७६ गुल्मी : देशभर चिसो बढीरहेको सन्र्दभमा गुल्मीमा एक संस्थाले बिधालयमा न्यानो कपडा बितरण गरेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं एकको देउराली माध्यमिक बिधालयका एक सय ५० जना बिधार्थीहरुलाई न्यानो कपडा स्विटर र टोपी बितरण गरेको बिधालयले जनाएको छ ।
रुपन्देहीको संस्था नमस्ते किड्स नेपालले चिसोको समयमा स सना बिधार्थीहरुलाई समस्या हुने र केही उपलब्धी मुलक कार्य गरौ भन्ने उधेश्यका साथ यसरी न्यानो कपडा स्विटर र टोपी बितरण गरेको संस्थाकी अध्यक्ष सरु थापाले जानकारी दिइन् ।
यसरी चिसोको समयमा बिधार्थीहरुलाई स्विटर र टोपी बितरण गर्नाले स सना बालबच्चाहरु चिसोबाट बच्न सक्ने र स्वास्थ्यमा पनि चिसोका कारण समस्या नहोस भनेर यसरी पहिले आफूले अध्ययन गरेको बिधालयमा केही न केही गरौ भनेर देउराली माध्यमिक बिधालयमा न्यानो कपडा बितरण गरेको संस्थाकी सदस्य कल्पना पाण्डे मगरले बताइन् ।
उक्त संस्थाले सोही बिधालयमा बिगतमा पनि पानीका ड्रम , जार लगायत बिधार्थीहरुलाई बिभिन्न सामग्रीहरु बितरण गरेको बिधालयका पुर्व शिक्षक नारायणहरी पाण्डेले जानकारी दिए ।
यस्तै जिल्ला अस्पताल तम्घास गुल्मीले चिसोको समयमा बिशेष ख्याल गर्न र तातो खानेकुराहरु खान आग्रह गरेको छ । चिसोको समयमा बिशेष गरी बालबच्चा र बृद्ध बृद्धाहरुलाई समस्या देखा पर्ने भएकाले न्यानो र बाक्लो कपडाहरु प्रयोग गर्नका साथै स्वास्थ्यको ख्याल गर्न डा ः उत्तम पच्याले आग्रह गरेका छन् । उनले चिसोका कारण बालबच्चामा निमोनिया र बृद्ध बृद्धाहरुमा दम लगायतका रोगहरु लाग्न सक्ने भएकाले बिशेष ख्याल गर्न र केही समस्या देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत आग्रह गरे ।

भ्रष्टाचार गर्न नपाएर भ्रष्टाचारीहरु अतालिए ः मन्त्री बराल

0

पुस १६ ,२०७६ गुल्मी ः प्रदेश नं पाँचका सामाजिक बिकास मन्त्री सुर्दशन बरालले देशमा केही समय पहिले अस्थिर सरकारको फाइदा उठाउँदै भ्रष्टाचार गर्नेहरु हाल आएर अतालिएको बताएका छन् ।
कालीगण्डकी गाउँपालिका वडा नं एक हर्मिचौरमा भएको अन्र्तक्रिया तथा भेटघाट कार्यक्रममा मन्त्री बरालले पहिले देशमा अस्थिर राजनीति र अस्थिर सरकारको फाइदा उठाउँदै भ्रष्टाचार गर्नेहरु अहिले स्थायीत्व सरकार भएपश्चात भ्रष्टाचार गर्न नपाएर अतालिएको दाबी गरे । अस्थिर सरकार रहदाँ भ्रष्टाचार गर्नेहरुलाई अहिले देशमा स्थायीत्व सरकार भएपश्चात भ्रष्टाचार गर्न नपाएर पानीबिनाको माछा जस्तै छट्पटाएको बताए ।
अहिले देशमा तीन तहको सरकार रहेकाले र सबैको नजर जताततै पुग्ने र बिकासमा समेत सबैको अनुगमन हुने भएकाले भ्रष्टारको अन्त्य गर्ने गरी बर्तमान सरकार लागेको जिकिर गरे ।
समाजिक बिकास मन्त्रालयले स्वास्थ्य र शिक्षालाई बिशेष प्राथमिकता दिएर गुणस्तरता कायम गर्न लागेको दाबी गर्दै मन्त्री बरालले ग्रामीण स्तरमा रहेको स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरहरुमा आधुनिक उपकरणहरु खरिद गर्नका लागि मन्त्रालयले रु १० करोण विनियोन गरेको बताए ।
यस्तै बिधालय स्तरमा पठनपाठन गर्ने बिधार्थीहरु गणित र बिज्ञानमा कमजोर रहेको पाइएकाले उनीहरुको गुणस्तरमा सुधार ल्याउनका लागि मन्त्रालयले अतिरिक्त कक्षा संचालन गर्ने र शिक्षामा गुणस्तर ल्याउने योजना बनाएको बताए । यस आर्थिक बर्षको लागि गणित र बिज्ञानमा अतिरिक्त कक्षा संचालनका लागि पाँच करोण बजेट बिनियोजन गरेकाले शिक्षामा गुणस्तरता आउने मन्त्री बरालको दाबी छ ।
यस्तै मन्त्री बरालले निर्वाचनमा गरेका प्रतिबद्धताहरु पुरा गरेरै छाडने भन्दै स्थायीत्व सरकारको जनताले अनुभूति पाउने गरी तीनै तहका सरकारले काम गरेको दाबी समेत गरे ।