भ्रष्टाचार गर्न नपाएर भ्रष्टाचारीहरु अतालिए ः मन्त्री बराल

0
398

पुस १६ ,२०७६ गुल्मी ः प्रदेश नं पाँचका सामाजिक बिकास मन्त्री सुर्दशन बरालले देशमा केही समय पहिले अस्थिर सरकारको फाइदा उठाउँदै भ्रष्टाचार गर्नेहरु हाल आएर अतालिएको बताएका छन् ।
कालीगण्डकी गाउँपालिका वडा नं एक हर्मिचौरमा भएको अन्र्तक्रिया तथा भेटघाट कार्यक्रममा मन्त्री बरालले पहिले देशमा अस्थिर राजनीति र अस्थिर सरकारको फाइदा उठाउँदै भ्रष्टाचार गर्नेहरु अहिले स्थायीत्व सरकार भएपश्चात भ्रष्टाचार गर्न नपाएर अतालिएको दाबी गरे । अस्थिर सरकार रहदाँ भ्रष्टाचार गर्नेहरुलाई अहिले देशमा स्थायीत्व सरकार भएपश्चात भ्रष्टाचार गर्न नपाएर पानीबिनाको माछा जस्तै छट्पटाएको बताए ।
अहिले देशमा तीन तहको सरकार रहेकाले र सबैको नजर जताततै पुग्ने र बिकासमा समेत सबैको अनुगमन हुने भएकाले भ्रष्टारको अन्त्य गर्ने गरी बर्तमान सरकार लागेको जिकिर गरे ।
समाजिक बिकास मन्त्रालयले स्वास्थ्य र शिक्षालाई बिशेष प्राथमिकता दिएर गुणस्तरता कायम गर्न लागेको दाबी गर्दै मन्त्री बरालले ग्रामीण स्तरमा रहेको स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरहरुमा आधुनिक उपकरणहरु खरिद गर्नका लागि मन्त्रालयले रु १० करोण विनियोन गरेको बताए ।
यस्तै बिधालय स्तरमा पठनपाठन गर्ने बिधार्थीहरु गणित र बिज्ञानमा कमजोर रहेको पाइएकाले उनीहरुको गुणस्तरमा सुधार ल्याउनका लागि मन्त्रालयले अतिरिक्त कक्षा संचालन गर्ने र शिक्षामा गुणस्तर ल्याउने योजना बनाएको बताए । यस आर्थिक बर्षको लागि गणित र बिज्ञानमा अतिरिक्त कक्षा संचालनका लागि पाँच करोण बजेट बिनियोजन गरेकाले शिक्षामा गुणस्तरता आउने मन्त्री बरालको दाबी छ ।
यस्तै मन्त्री बरालले निर्वाचनमा गरेका प्रतिबद्धताहरु पुरा गरेरै छाडने भन्दै स्थायीत्व सरकारको जनताले अनुभूति पाउने गरी तीनै तहका सरकारले काम गरेको दाबी समेत गरे ।

SHARE