मुसिकोट नगरपालिका,ददल्कामा नेकपाको अन्तरकृया कार्यक्रम सम्पन्न

0
613

रामकृस्ण कंडेल,वामीटक्सार
पुष१६
नेपाल कम्युनिस्ट पार्टि (नेकपा)मुसिकोट नगर कमिटिको आयोजनामा वार्डनं९,ददल्कामा निर्बाचित जनप्रतिनिधि र अगुवा पार्टि कार्यकर्ता हरू बिच भेटघाट , समिक्षा तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टि का उम्मेदवार हरूले मुसिकोट नगरपालिका भित्र बिजय भए पश्चात मुनपा ९ मा हाल सम्म गरिएका सम्पूर्ण बिकास निर्माण कार्यहरूको समिक्षा गरिएको थियो।सम्पन्न योजना हरू के के हुन,कुन कुन योजना हरू निर्माणको क्रममा छन र अब गर्नु पर्ने काम हरू के के हुन आदि लगायतका महत्वपूर्ण बिषयमा छलफल,समिक्षा र निर्णयहरू समेत गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि नगर कमिटि ईन्चार्ज जिवन खरेल,बिशिस्ट अतिथि हरू नगरप्रमुख शोमनाथ सापकोटा,उपप्रमुख कमला शर्मा,नगर कमिटि अध्यक्ष खुमबहादुर थापा,नगर कमिटि सचिब अग्निधर लोहनि,आर्थिक संयोजक प्रकाश काफ्ले,वार्ड अध्यक्ष नरेशराज खरेल लगायतले कार्यकर्ता हरूले उठाएका जिज्ञॉसा हरूको संबोधन गर्नुका साथै मुनपा९को बिकास निर्माणको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने बिषयमा आफ्ना सुझाब हरू राख्नु भएको थियो।कार्यक्रममा प्रकाश खरेल,यज्ञमूर्ती कंडेल,रिगबहादुर बि क,नन्द बहादुर बि क,डन्डपाणी सापकोटा,रामबहादुर गुरूड०,प्रकाश सापकोटा,लेखनाथ कंडेल,माधब न्यौपाने,यमभक्त खरेल,तुल्सी खरेल लगायतले छलफलमा आफ्ना भनाई हरू ब्यक्त गर्नु भएको थियो।
नेकापाले मुसिकोट नगरपालिका भित्र संगठन बिस्तार तथा बिकास अभियानका लागि नयाँ कार्ययोजना तयार पारेको बुझिएको छ।वैचारिक,राजनीतिक,संगठनात्मक र जनपरिचालन सम्बन्धी प्रस्ताव समेटेर पार्टीको गत सम्पन्न मुसिकोट नगर कमिटि बैठकले कार्ययोजना पारित गरेको छ।पार्टी सदस्यता नवीकरण गरी अभिलेखीकरण गर्ने,विभाग, जनवर्गीय संगठन चयन,सबै कमिटीलाई पूर्णता दिने, वैचारिक राजनीतिक काम टोल टोल सम्म एकैसाथ लैजाने, प्रशिक्षणदेखि संगठनात्मक,बैठक,भेला,जनपरिचालन पनि गर्ने योजना रहेको छ।पार्टी एकताको सन्देश जनतामाझ पुर्‍याउने, पार्टी र सरकारको नीति तथा योजनालाई सार्वजनिक रूपमा स्थापित गर्ने र जनतालाई पार्टीमा गोलबद्ध गर्न विशेष राजनीतिक अभियान सञ्चालन गर्ने छ। वैचारिक र भावनात्मक एकतालाई खदिलो बनाएर जाने गरी प्रशिक्षणका कार्यक्रम समेत गर्ने कार्य योजनामा राखिएको बताईएको छ।
आजको कार्यक्रम वार्ड कमिटि अध्यक्ष खड्ग बहादुर खत्रीको अध्यक्षता,वडा अध्यक्ष नरेशराज खरेलको स्वागत मन्तब्य र नगर कमिटि सदस्य गोपिकृस्ण खरेलको सन्चालनमा सम्पन्न भएको थियो।

SHARE