Saturday, June 6, 2026

शिक्षा ऐन सम्बन्धी विधेयक २०८०को विरोधमा गुल्मीका निजी बिद्यालय

0

सूर्य सुनार

साउन २६,२०८० गुल्मीः सरकारले जारी गर्न लागेको शिक्षा ऐन सम्बन्धी विधेयक २०८० को विरोध जनाउँदै गुल्मीमा निजी विद्यालय प्याबसन र एनले प्याबसन सरकारलाई ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्याबसन र एनले प्याबसनका पदाधिकारीले प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी मार्फत शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयमा ध्यानाकर्षण पत्र पठाएका हुन् ।

प्याबसन र एन प्याबसन गुल्मीले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधिद्वारा हस्ताक्षरित विद्यमान शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्नका लागि तयार गरिएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० सरोकारवालाका सुझावहरूलाई बेवास्ता गरी तयार गरिएको प्रति गम्भिर ध्यानाकर्षण भएको प्याबसन गुल्मीका अध्यक्ष राजु कुँवरले बताए ।

 

विज्ञप्तीमा भनिएको छ “विधेयकमा राखिएका कतिपय प्रावधानहरू निजी लगानीका संस्थागत विद्यालयहरू प्रति पूर्वाग्रही मात्र नभएर संविधान विपरित अव्यवहारिक र अन्यायपूर्ण समेत भएको हामीले महसूस गरेका छौ” हाल निजी तथा सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालयहरू नै समस्याग्रस्त रहेको र शैक्षिक गुठी दर्ता तथा सञ्चालन सम्बन्धमा स्पष्टता नभएको अवस्था उल्लेख गरिएको छ ।

प्याबसन र एन प्याबसन गुल्मीले प्रस्तावित विधेयकले ५ वर्षभित्रमा निजी लगानीका विद्यालयले आफ्ना सम्पूर्ण दायित्व फर फारक गरी शैक्षिक गुठीमा रूपान्तरित हुनु पर्ने लगायतका बाध्यात्मक प्रावधान समावेश गरिनु संविधानको भावना विपरित अव्यवहारिक र दुराशययुक्त रहेको बताएको छ ।

 

उक्त विधेयक संसदमा पेस हुन अगावै हाम्रा सरोकारका प्रावधानहरूको उचित सम्बोधन नभएमा देशैभरी सञ्चालित निजी लगानीका विद्यालयहरू बन्द गरी थप आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने एन प्याबसन र प्याबसन गुल्मीले सरकारलाई चेतावनी दिएका छन् ।

गुल्मीमा साउन ९ गतेदेखी हराएका अर्याल मृत फेला

0

साउन २६,२०८० गुल्मीः गुल्मीमा साउन ९ गते देखी हराएका एक पुरुष मृत फेला परेका छन् ।

जिल्लाको मदाने गाउँपालिका वडा नम्वर ३ सिर्सेनीका ३२ वर्षीय डिल्लीराज अर्याल सिम्लेको खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शवलाई टाढाबाट खोलामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवलाई खोलाबाट निकाली गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

शव पुरै सडेको अवस्थामा भएको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको पाण्डेले बताए । शबलाई पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएकोे पाण्डेले बताए ।

 

गुल्मीमा ३४ करोड विकास बजेट फ्रिज

0

हुमाकान्त पोखरेल
साउन २५,२०८० गुल्मीः गुल्मीमा ३४ वटा कार्यालयको झण्डै ३४ करोड विकास अर्थात पुँजीगत बजेट फ्रिज भएको छ । गत आर्थिक बर्ष २०७९÷८० का लागि बिनियोजित बजेटबाट समयमै काम गर्न नसक्दा ३३ करोड ९९ लाख २६ हजार २२४ रुपैँया बजेट फ्रिज भएको हो । जुन कुल रकमको १७।३१ प्रतिशत हो । जिल्लामा रहेका १२ पालिकाबाहेकका संघ एवम् प्रदेश अन्तरतग रहेका ३४ कार्यालयहरुका लागि गत बर्ष दुई अर्ब आठ करोड ४६ लाख २६ हजार ७४० रुपैँया विकास बजेट बिनियोजन भएको थियो । जसमा एक अर्ब ७४ करोड ४७ लाख ५१६ रुपैँयाको काम भएको छ ।

प्रदेश मातहतका कार्यालयको मात्रै ३२ करोड फ्रिज

संघको तुलनामा प्रदेश मातहतका कार्यालयमा विकास बजेट कार्यान्वयनको निकै स्थिति दयनीय छ । जिल्लामा प्रदेश मातहतमा १४ कार्यालय छन् । उक्त कार्यालयहरुको लागि पुँजीगततर्फ एक अर्ब ४६ करोड ४४ लाख ७१ हजार बजेट बिनियोजन भएकोमा एक अर्ब १४ करोड ६४ लाख २७ हजार ५५५ रुपैँयाको मात्रै काम भएको छ । बाँकी ३१ करोड ८० लाख ४३ हजार ४४५ रुपैँया फ्रिज भएको छ । प्रदेश मातहत रहेको गुल्मी अस्पतालको लागि दुई लाख बिनियोजन भएकोमा अस्पतालले एक रुपैँया पनि कार्यान्वयन गर्न नसकी सबै रकम फ्रिज पठाएको छ ।

विकासे अड्डाको रुपमा मानिने कार्यालयहरुको खर्च अवस्था पनि नाजुक रहेको छ । सबैभन्दा धेरै सडक पूर्वाधार विकास कार्यालयको २५ करोड ३८ लाख ७४ हजार ७८५ रुपैँया काम हुन नसकी फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख झविन्द्र बेल्वासेले जानकारी दिए । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको तीन करोड २५ लाख ४३ हजार ६८० रुपँैया नौ पैसा कार्यान्वयन हुन नसकी फ्रिज गएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको ८० लाख २३ हजार ७८३ रुपैँया ९४ पैसा, आयुर्वेद स्वास्थ्य केन्द्रको ८० हजार १४० फ्रिज भएको छ ।

संघतर्फका कार्यालयको दुई करोड फ्रिज

जिल्लामा संघीय सरकार मातहत २३ कार्यालय छन् । जसमध्ये २० कार्यालयको दुई करोड १८ लाख ८२ हजार ७७९ रुपैँया विकास बजेटको काम हुन नसकी फिर्ता गएको छ । गत बर्ष पुँजीगत खर्चतर्फ २३ कार्यालयको लागि ६२ करोड एक लाख ५५ हजार ७४० बिनियोजन भएकोमा ५९ करोड ८२ लाख ७२ हजार ९६१ रुपैँया कार्यान्वयन भएको हो । संघीय सरकार मातहत रहेका मदन भण्डारी राजमार्ग आयोजना, शसस्त्र प्रहरी बल र जिल्ला निर्वाचन कार्यालयले बिनियोजित सबै पुँजीगत बजेट खर्च गर्न सफल भए ।

जिल्ला निर्वाचन कार्यालयको लागि एक लाख १४ हजार, शसस्त्र प्रहरीको लागि नौ लाख ४५ हजार र विकासे अड्डाको रुपममा मानिएको मदन भण्डारी राजमार्ग योजना कार्यालयको लागि ५० करोड ७५ लाख बिनियोजन भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख बेल्वासेले जानकारी दिए । राष्ट्रिय अनुसन्धान कार्यालयको २४ लाख नौ हजार १८७, कोष तथा लेखा नियन्त्रक कार्यालयको चार लाख २७ हजार ७१५, कफी विकास केन्द्रको एक करोड ३० लाख दुई हजार २१८, कारागार कार्यालयको तीन लाख ६६ हजार पाँच सय, एवम् जिल्ला हुलाक कार्यालयको छ लाख २५ हजार रकमको काम हुन नसकी फ्रिज भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

पूर्वाधार विकास कार्यालयको बजेट कार्यान्वयन नहुँदा इस्मा कुखुरेखोलाको पुल, मरेङ खोला पुल लगायतका पुल एवम् विभिन्न सडक सम्पन्न हुन सकेनन् । काम गर्ने क्रममा विभिन्न मुद्धा परेकोले बजेट कार्यान्वयन हुन नसकेको कार्यालयले जनाएको छ । विकासे कार्यालयमध्ये सबै रकम कार्यान्वयन गरेको मदन भण्डारी राजमार्ग आयोजनाका प्रमुख माधव अधिकारीले टुक्रे योजना नभएको, टिम वर्क राम्रो भएको र काम गर्ने कम्पनीलाई काममा दबाव सिर्जना गरेका कारण गत आ।व।को लागि बिनियोजित सबै रकम कार्यान्वयन गर्न सफल भएको बताए ।

पोखरीमा डुबेर दाजुभाइको मृत्यु

0

साउन २५,२०८० कपिलबस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिका–५ बगहीका एकै घरका दाजुभाइको पोखरीमा डुबेर मृत्यु भएको छ । यादव दाजुभाइको मृत्युपछि बगही गाउँ शोकमा डुबेको छ ।

 

उक्त गाउँका रामअवतार यादवका छोरा सात वर्षीय साजन र पाँच वर्षीय राजनको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए ।

खोजतलास गर्ने क्रममा डुबेको अवस्थामा शव फेला परेको थियो । माटो निकालेर पानी जमेको पोखरीमा दाजुभाइको शव फेला परेको ओलीले जानकारी दिए ।

मङ्गलबार बेलुकादेखि हराएका दाजुभाइको शव घर नजिकैको पोखरीमा फेला परेपछि तौलिहवा जिल्ला अस्पतालमा शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मालिकामा उत्पादित आलुले बजार पाएन

0
फाइल फोटो

साउन २५,२०८०म्याग्दी : आफूले उत्पादन गरेको आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन्।

पश्चिम म्याग्दीका मालिका, मंगला र धौलागिरि गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा आलु थुपारिएको छ। बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी छ। अहिलेसम्म कतैबाट पनि आलुको माग नआएको किसानले बताएका छन्।

जिल्लाका लेकाली क्षेत्रमा फलेका आलु बिक्री नहुँदा किसान मारमा परेका हुन्। यस ठाउँमा मकैपछिको दोस्रो प्रमुख बालीका रूपमा उत्पादन हुने आलुले बजार नपाउँदा आलु कुहिन्छ कि भन्ने पिरले सताएको मालिका–२ रुमकी टेकसरा बूढाले बताइन्।

म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज आलुको उत्पादन यस वर्ष बढेको छ। गत वर्षको तुलनामा ६।३६ प्रतिशतले आलुको उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ। आलुको उत्पादन बढे पनि बिक्री हुन नसक्दा समस्या भएको किसानको गुनासो छ।

विगतका वर्षहरुमा जिल्लामा उत्पादित आलुमध्ये ७० प्रतिशत अथवा एक हजार मेट्रिक टनभन्दा बढी आलु निकासी हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्यांक छ।

प्रतिकिलो ५० देखि १०० रुपैयाँसम्ममा कृषकले आलु बेच्ने गरेका थिए। व्यापारीले अग्रिम पेस्की दिएर बारीमा नखन्दै आलु खरिद गर्ने गर्थे तर यो वर्ष भने प्रतिकिलो ३५ मा दिँदा पनि बिक्री हुन नसकेको मंगला–४ का तीर्थबहादुर पुनले बताए।

जिल्लामा हाल स्थानीय सेतो, रातो जातको आलु, नीलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रघुगंगा–६, ७ र ८ र अन्नपूर्ण–५, ६, ७ र ८ नं वडामा गत आर्थिक वर्षदेखि व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र ९जोन० कार्यक्रम सञ्चालन गरेको छ।

केन्द्रका बाली संरक्षण अधिकृत सञ्जीव बास्तोलाले यो वर्ष जिल्लाभर एक हजार ६५० हेक्टर जमिनमा आलु खेती भएकामा २५ हजार ४१० मेट्रिक टन उत्पादन भएको जानकारी दिए। ‘अघिल्लो वर्ष एक हजार १४५ हेक्टर जमिनमा आलु खेती भएकामा २३ हजार सात सय ९३ मेट्रिक टन उत्पादन भएको थियो’, उनले भने, ‘क्षेत्रफल विस्तारसँगै आलुको उत्पादन पनि बढेको हो।’

यो वर्ष धेरै उत्पादन भए पनि बजारमा पठाउन नसक्दा आफूहरू समस्यामा परेको मालिका–४ देवी स्थानकी कृष बूढाले बताए। अहिले आलु बजारमा बिक्री नहुँदा र घरमा पनि राख्ने ठाउँ नहुँदा बारीमै प्लाष्टिकले छोपेर राख्नुपर्ने बाध्यता रहेको कृषक बूढाको भनाइ छ।

बर्खाको समय भएका कारण पानी पर्ने भएकाले बारीमै प्लाष्टिकले छोपेर आलु राख्दा पानी परेर कुहिन सक्ने र बारीमै खुलारूपमा राखेको आलुको स्वाद पनि बिग्रने उनले बताए। ‘अहिले मालिका गाउँपालिकाको सबै ठाउँमा आलु खन्ने काम धमाधम चलिरहेको छ’, उनले भने, ‘आलु खनेर बारीमा थुपारेका छौँ, वर्षाका कारण सडक अवरुद्ध हुँदा उत्पादन भएको आलु जिल्ला सदरमुकाम बेनी बजारसम्म पुर्‍याउन सकेका छैनौँ।’

स्थानीय तहले आलु खेतीको पकेट क्षेत्र, कृषि ज्ञान केन्द्रले बल्क र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलु जोन कार्यक्रममार्फत आलु खेती विस्तार गरेका छन्। कृषि ज्ञान केन्द्रमार्फत ५०० रोपनी जमिनमा आलु खेतीको कार्यक्रम सञ्चालन गरिएको थियो। अन्नपूर्ण गाउँपालिको शिख, घार, राम्चे र हिस्तान, रघुगङ्गाको पाखापानी, ठाडाखानी, चिमखोला र कुइनेमंगले, कुइने मङ्गलाको हिँदी, झाँक्रीपानी, किमचौर र टोड्के, मालिकाको बिम र दिच्याम, धौलागिरिको गुर्जा र मरेनी तथा बेनीको भकिम्ली र डडुवा आलुका पकेट क्षेत्र हुन्।

नागी राम्चेबाट वार्षिक दुई करोड मूल्य बराबरको आलु निकासी हुने गरेको छ। उच्च पहाडी क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु पोखरा, काठमाडौँलगायत बजार क्षेत्रमा निकासी हुँदै आएको छ। जिल्लाबाट वार्षिक रु छ करोडभन्दा बढी मूल्यको आलु निकासी हुने केन्द्रको तथ्यांक छ।

कृषि ज्ञान केन्द्रमार्फत यसअघि रघुगङ्गा–८ कुइनेमङ्गले र मङ्गला–३, ४ र ५ मा आलुको व्यावसायिक उत्पादन केन्द्र सञ्चालन भएको थियो। मालिका–६ दिच्याम र ७ बिमलाई ‘आलु बल्क कार्यक्रममा समावेश गरिएको छ।

आज सामुदायिक वन दिवस

0

साउन २५,२०८०काठमाडौं : सामुदायिक वन दिवस बिहीबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ। ‘उत्पादन, रोजगार र समृद्धिका लागि सामुदायिक वन व्यवस्थापन’ भन्ने नाराका साथ देशैभर वृक्षरोपणसहितका विभिन्न कार्यक्रम गरी मनाउन दिवस लागिएको हो।

सामुदायिक वन उपभोक्ता महासंघले विहान काभ्रेको धुलिखेलमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको महासंघका अध्यक्ष ठाकुर भण्डारीले जानकारी दिए। उनका अनुसार बिहान १० बजे राष्ट्रिय प्रकृति संरक्षण कोषमा वन तथा वातावरण मन्त्री डा। वीरेन्द्रप्रसाद महतोको उपस्थितिमा मूल समारोह आयोजना हुँदैछ ।

कार्यक्रममा विभिन्न सामुदायिक वनलाई गणेशमान सिंह राष्ट्रिय पुरस्कार प्रदान गरिने छ। महासंघका अनुसार देशभर २२ हजार ४४५ वटा सामुदायिक वन छन्। २९ लाख घरधुरीका एक करोड ४० लाख उपभोक्ताले देशभर २२ लाख हेक्टर वन व्यवस्थापन गरिरहेको अध्यक्ष भण्डारीले बताए।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामुदायिक वनको व्यवस्थापन र सदुपयोगबाट प्राकृतिक स्रोतमा आधारित गरिब, दलित, जनजाति र अन्य सीमान्तकृत जनताको आयआर्जन र रोजगारी वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्।

बस दुर्घटनामा ४ जनाको मृत्यु

0

साउन २३,२०८०तुलसीपुर : रोल्पाबाट दाङतर्फ आउँदै गरेको बस दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ३ पुरुष र १ जना महिला गरी ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

दुर्घटनामा परी मृत्यु हुनेको माडी गाउँपालिका(२ का २२ वर्षीय प्रकाश बाठा, माडी गाउँपालिका(४ का ५१ वर्षीय गोरख डाँगी, उनकी श्रीमती ५० वर्षीया हस्ता डाँगी र परिवर्तन गाउँपालिका(३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन्।

यसैगरी दुर्घटनामा १९ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनालाई उपचारका लागि दाङतर्फ ल्याइएको छ।

रोल्पाको परिवर्तन गाउँपालिकाको बाघमाराबाट दाङको घोराही आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस मंगलबार दिउँसो १ बजेतिर त्रिवेणी गाउँपालिकाको(७ ऋचि मोडमा दुर्घटनामा परेको हो। बस सडकबाट करिब १०० मिटर तल खसेको थियो।

लम्पी स्किन रोगले गुल्मीमा ३५० पशुचौपाय मरे

0

साउन २३,२०८० गुल्मीः पछिल्लो समय लम्पी स्किन रोगको संक्रमणका कारण गुल्मीमा ३५० पशुचौपाय मरेका छन् ।

जिल्लाका १२ वटै स्थानीय तहमा फैलिएको उक्त रोगका कारण जिल्लामा ३५० पशुचौपाय मरेको र तीन हजार ४५८ पशुहरु सक्रिय संक्रमित भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफलेले जानकारी दिनुभयो ।

जिल्लाका १२ वटै स्थानीय तहका पशुसेवाकेन्द्रका प्रमुखहरुलाई अभिमुखीकरण तालिम प्रदान गरी हालसम्म नौ हजार ६०७ पशुहरुलाई लम्पी स्किन विरुद्धका लागि भ्याक्सिन लगाइएको काफलेले बताउनुभयो ।

पहिले पशुहरुमा उच्च ज्वरो आउने ,कल्चौडादेखी शरिरका विभिन्न भागहरुमा गिर्खा आउने र पाक्ने जस्ता लक्षणहरु देखा पर्ने गरेको उहाँले बताउनुभयो । पशुहरुमा देखा पर्ने उक्त लक्षणहरुमा बिशेष गरी लामखुट्टे र झिंगाहरुबाट सर्ने गर्दछ ।

यो रोग विशेष गरी गाइगोरुमा देखा परेको र भैसी र राँगाहरुमा देखा पर्न थालेको काफलेको भनाई छ । दुध दिने गाईहरुमा उक्त रोग देखा परेपश्चात आधा जति दुधमा कमी आएको कार्यालयले जनाएको छ । लम्पी स्किप रोगको संक्रमणका कारण १० प्रतिशत पशुहरुको मृत्युदर हुने संभावना रहेको काफलेले बताउनुभयो ।

 

 

एकसाताका लागि बिद्यालय बन्द

0

साउन २१,२०८०लमही :दाङको गढवा गाउँपालिकाले एक सातासम्म विद्यालय बन्द गरेको छ।

केही दिनदेखि विद्यालय तथा समुदाय स्तरमा बालबालिकाहरूमा आँखा चिलाउने, पाक्ने, रातो हुने जस्ता समस्या देखिएका कारण साउन २८ गतेसम्मका लागि विद्यालय बन्द गरेको गाउँपालिकाले जनाएको छ।

आइतबार गाउँपालिकाले एक सूचना जारी आँखा पाक्ने समस्या दिनप्रति दिन बढिरहेको हुँदा यस समस्याबाट बालबालिकामा हुनसक्ने जोखिम न्यूनीकरण गर्न गाउँपालिकामा सञ्चालित संस्थागत विद्यालयहरू बन्द गराउन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले जानकारी दिए।

गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा २८ गतेसम्म वर्षेबिदा दिइएकाले संस्थागत विद्यालय मात्र बिदा गर्न आग्रह गरिएको छ।

पहिरोमा पुरिँदा बाबुछोरीको मृत्यु

0
फाइल फोटो

साउन २१,२०८०काठमाडौं : काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।

शनिबार राति तारकेश्वर नगरपालिका–५ चो गाउँस्थित चन्द्र तामाङको घर पुरिँदा भाडामा बस्ने दुई जनाको मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।

मृत्यु हुनेमा नुवाकोटको सामरी घर भई भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीय आश्मा तामाङ छन्। उनीहरु बाबुछोरी हुन्।

गणेशकी श्रीमती सञ्जु तामाङ भने घरबाहिर रहेका कारण जोगिएकी हुन्। उनी सामान्य घाइते भएको एसपी ढुंगेलले जानकारी दिए।