लम्पी स्किन रोगले गुल्मीमा ३५० पशुचौपाय मरे

0
85

साउन २३,२०८० गुल्मीः पछिल्लो समय लम्पी स्किन रोगको संक्रमणका कारण गुल्मीमा ३५० पशुचौपाय मरेका छन् ।

जिल्लाका १२ वटै स्थानीय तहमा फैलिएको उक्त रोगका कारण जिल्लामा ३५० पशुचौपाय मरेको र तीन हजार ४५८ पशुहरु सक्रिय संक्रमित भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफलेले जानकारी दिनुभयो ।

जिल्लाका १२ वटै स्थानीय तहका पशुसेवाकेन्द्रका प्रमुखहरुलाई अभिमुखीकरण तालिम प्रदान गरी हालसम्म नौ हजार ६०७ पशुहरुलाई लम्पी स्किन विरुद्धका लागि भ्याक्सिन लगाइएको काफलेले बताउनुभयो ।

पहिले पशुहरुमा उच्च ज्वरो आउने ,कल्चौडादेखी शरिरका विभिन्न भागहरुमा गिर्खा आउने र पाक्ने जस्ता लक्षणहरु देखा पर्ने गरेको उहाँले बताउनुभयो । पशुहरुमा देखा पर्ने उक्त लक्षणहरुमा बिशेष गरी लामखुट्टे र झिंगाहरुबाट सर्ने गर्दछ ।

यो रोग विशेष गरी गाइगोरुमा देखा परेको र भैसी र राँगाहरुमा देखा पर्न थालेको काफलेको भनाई छ । दुध दिने गाईहरुमा उक्त रोग देखा परेपश्चात आधा जति दुधमा कमी आएको कार्यालयले जनाएको छ । लम्पी स्किप रोगको संक्रमणका कारण १० प्रतिशत पशुहरुको मृत्युदर हुने संभावना रहेको काफलेले बताउनुभयो ।

 

 

SHARE