बस दुर्घटनामा ४ जनाको मृत्यु

0
142

साउन २३,२०८०तुलसीपुर : रोल्पाबाट दाङतर्फ आउँदै गरेको बस दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ३ पुरुष र १ जना महिला गरी ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

दुर्घटनामा परी मृत्यु हुनेको माडी गाउँपालिका(२ का २२ वर्षीय प्रकाश बाठा, माडी गाउँपालिका(४ का ५१ वर्षीय गोरख डाँगी, उनकी श्रीमती ५० वर्षीया हस्ता डाँगी र परिवर्तन गाउँपालिका(३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन्।

यसैगरी दुर्घटनामा १९ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनालाई उपचारका लागि दाङतर्फ ल्याइएको छ।

रोल्पाको परिवर्तन गाउँपालिकाको बाघमाराबाट दाङको घोराही आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस मंगलबार दिउँसो १ बजेतिर त्रिवेणी गाउँपालिकाको(७ ऋचि मोडमा दुर्घटनामा परेको हो। बस सडकबाट करिब १०० मिटर तल खसेको थियो।

SHARE