Saturday, June 6, 2026

मुसिकोटमा आइतबार शोक विदा

0

भदौ २,२०८० गुल्मीः मुसिकोट नगरपालिका वडा नम्वर एकका ४५ वर्षीय वडा अध्यक्ष मोहन घिमिरेको निधनमा नगरपालिकाले आइतबार शोक विदा दिने निर्णय गरेको छ ।

मुसिकोट नगरपालिकाको नगरप्रमुख स्तरीय बैठकबाट आइतबार शोक विदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरले जानकारी दिए ।

आइतबार नगरपालिका, वडा कार्यालयहरु बन्द रहने कुँवरले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
घिमिरेले शनिबार बिहान ५ बजे सामाजिक संजाल फेसबुकमा परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ, प्रिय अनिता,साथ निभाउन सकेन , मलाई माफ गरे , घर परिवार ,साथिभाई ,शुभचिन्तक सबै प्रति माफी चाहान्छु । अल बिदा लेखेका थिए ।

सामाजिक संजालमा पोष्ट देखेपछि स्थानीय र प्रहरीको टोलीले खोजतलास गर्दा झाँक्री थानमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिए ।

प्रहरीले स्थलगत मुचुल्का तयार गरी ,शबलाई पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रधानले बताए । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घिमिरे नेपाली काँग्रेस मुसिकोट नगरको नगर सभापति समेत थिए ।

 

माओवादी केन्द्र गुल्मीको संयोजकमा युवराज केसी

0

भदौ २,२०८० गुल्मीः नेकपा माओवादी केन्द्र गुल्मीको जिल्ला समन्वय समितिको संयोजकमा युवराज केसीलाई तोकिएको छ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको बैठकले उनलाई संयोजक तोकेको हो । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका केसी नेकपा माओवादी केन्द्रमा बौद्धिक नेताका रुपमा परिचित छन् ।

 

साउन ३० गते दाङको देउखुरीमा बसेको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको बैठकले उनी सहित ४ जनालाई संयोजक तोकेको हो । यस भन्दा पहिले नेकपा माओवादी केन्द्र गुल्मीको जिल्ला समन्वय समितिको संयोजकमा बुद्धि जिसी थिए । उनी प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाएर जिल्ला बाहिर बस्नु पर्ने भएपछि केसीलाई संयोजक तोकिएको हो ।

 

केशी जिम्मेवारी तोकिएर आए पछि संगठनलाई थप सुदृढीकरण गर्ने बताए ।

सुन प्रकरणको छानबिन सिआइबीबाटै हुनुपर्छ : शर्मा

0

भदौ २,२०८०धनकुटा : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको सुन प्रकरणको छानबिन सिआइबीबाट हुनुपर्ने बताएका छन्।

धनकुटामा नेपाली कांग्रेस जिल्ला नीति अनुसन्धान तथा प्रशिक्षण विभागले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री शर्माले शरणार्थी र ललिता निवास प्रकरणको जस्तै सिआइबीले नै सुन प्रकरणको अनुसन्धान गर्नुपर्ने बताएका हुन्।

उनले सरकारमा रहँदा दायाँबायाँ भयो भने संसद ठीक पार्ने वा भंग गर्ने र सरकारमा नहुँदा सदन चल्न नदिने प्रवृत्ति एमालेको गलत भएको बताए। उनले उच्चस्तरीय छानबिन आयोग गठन दक्ष निकायबाट अनुसन्धान नहुने भएकोले अनुसन्धानमा जानकार सिआइबीले नै अनुसन्धान गर्नुपर्ने बताए।

महामन्त्री शर्माले जनताको आवाज बोल्ने ठाउँ अवरुद्ध गर्नु गलत भएको बताउँदै कांग्रेस वा कम्युनिष्ट जो परे पनि भ्रष्टाचारको फाइल खोल्नुपर्छ भनेर आफूहरू लागि रहेको बताए।

उनले भ्रष्टचारमा मुछिएका मान्छेलाई सजायको व्यवस्था हुनुपर्ने बताउँदै कानुनभन्दा माथि कोही नभएको भन्दै सरकारले निरन्तर सदाचार र सुशासनको काम गर्नुपर्ने बताए।

उनले देशमा सुशासन युक्त बनाउन कांग्रेस बलियो हुन आवश्यक रहेको बताउँदै कुनै बेला हत्या हिंसाबाट सत्ता कब्जा गर्न हिँडेका दल कांग्रेसकै बाटोमा आएकाले कांग्रेस थप जिम्मेवार रहेको बताए।

महामन्त्री शर्माले कांग्रेस देशको जेठो पार्टी भएकाले देश बनाउन अन्य दलभन्दा जिम्मेवार रहेको दावी गरे।

धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, तीनको अवस्था गम्भीर

0

भदौ २,२०८० : पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् ।

तुलसीपुर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३(००१ ख २६७५ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो । बिहान करिब ५ बजे भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रहरी नायब उपरीक्षक जैसवारका अनुसार घाइते सल्यान सबेश्वरी ३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ । दुर्घटना भएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

गुल्मीमा कार्यालय प्रमुख फेरिए , फेरिएन वेभ साइडमा प्रमुखको नाम

0

तिलाचन पाण्डे
साउन २७,२०८० गुल्मीः गुल्मीको सडक पूर्वाधार बिकास कार्यालयमा दुई वटा कार्यालय प्रमुख फेरिदा पनि वेभ साइडमा भने कार्यालय प्रमुखको नाम अझै फेरिन सकेको छैन ।

२०७८ असोजमा सरुवा भएर रुपन्देही जानुभएका तत्कालिन कार्यालय प्रमुख इन्जिनियर गोपीराज पुन मगर सरुवा भएर गएको दुई वर्षसम्म पनि कार्यालयको वेभ साइडमा प्रमुख गोपीराज पुन मगर नै रहेको पाइएको छ ।

पुन मगर सरुवा भएर गएपश्चात तत्कालिन इन्जिनियर सागर मरासिनीले निमित्तको रुपमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हाले । त्यस पश्चात २०७९ असोजमा उनको पनि रुपन्देहीमा सरुवा भयो ।

 

मरासिनीको सरुवा पश्चात तत्कालै कार्यालय प्रमुखको रुपमा सचितानन्द चौधरी आए । चौधरी आएको करिव एक वर्ष हुनै लाग्दा समेत कार्यालयको वेभ साइडमा कार्यालय प्रमुखको नाम गोपीराज पुन नै रहेको पाइएको छ ।


कार्यालय प्रमुखको नाम नै वेभ साइडमा परिवर्तन नभए पश्चात अन्य कर्मचारीको नाम परिवर्तन होला भन्नेमा त कल्पना पनि गर्न सकिदैन ।

२०७९ असोजमै रुपन्देही सरुवा भएर जानुभएका इन्जिनियर सूर्य भण्डारी ,२०७८ फागुनमा सरुवा भई जानु भएका र हाल कोष तथा लेखा नियन्त्रकको कार्यालय गुल्मीमा रहनुभएका आर्थिक प्रशासन शाखाका प्रमुख यमप्रसाद श्रेष्ठ लगायतको नाम कार्यालयको वेभ साइडमा उल्लेख छ ।

कार्यालयका सूचना अधिकारी भक्तराज गिरीले कार्यालयको वेभ साइड अपडेट नभएको स्विकार गरे । कार्यालयको ध्यान त्यसतर्फ नगएको भन्दै केही दिन भित्रैमा अपडेट गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

यता नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले कार्यालयका कर्मचारीको विवरण समेत अपडेट नगर्ने कार्यालयले गरेको सेवा प्रवाहको बारेमा पनि सोच्नुपर्ने र तत्काल अपडेट गर्न आग्रह गर्नुपर्नेमा जोड दिए ।

 

 

वास्तविक छानविन भए औँलामा गन्नेबाहेक सबै नेता जेल जान्छन् : रवि लामिछाने

0

साउन २७,२०८०नवलपरासी : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले नक्कली भुटानी शरणार्थी, ललितानिवास र सुन काण्डलाई सूक्ष्म रूपमा अनुसन्धान अघि बढाए औँलामा गन्न सकिने नेता मात्र बाँकी रहने बताएका छन्।

पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित क्षेत्रीय भेलालाई सम्बोधन गर्दै लामिछानेले सरकारले आँट गरेर निडर भएर छानविन अगाडि बढाए औँलामा गन्ने बाहेकका सबै नेता जेलमा पुग्ने दाबी गरे।

 

काण्डका फाइल खुल्नासाथ नेताहरु विदेश पलायन हुनेक्रम सुरु भएको बताए। प्रदेश संरचना नेताहरुलाई भाग पुर्‍याउने र रिझाउने ठाउँ रहेकोले प्रदेशको बारेमा गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

गुल्मीमा घाँस झार्ने क्रममा रुखबाट लडेर कुमाल गम्भीर घाइते

0

साउन २७,२०८० गुल्मीः गुल्मीमा शनिबार रुखबाट लडेर एक जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको इश्मा गाउँपालिका वडा नम्वर ६ बुल्मका ३० वर्षीय गोरे कुमालले आफनै बारीमा रहेको टुनीको रुखबाट घाँस झार्ने क्रममा लडेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

घाइते कुमालको गुल्मी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि पाल्पा पठाइएको पाण्डेले बताए ।
कुमालको चिउँडो र शरिरको भित्री भागमा चोट लागेको छ भने कुमाल बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

पहिरोमा परी प्रहरी जवान नेपालीको मृत्यु

0
फाइल फोटो

साउन २६,२०८० मकवानपुर :मकवानपुरको भैँसेस्थित प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानको पहिरोमा परी मृत्यु भएको छ । जाजरकोट जिल्लाको शिवालय गाउँपालिका ८ घरभएका कृतिबहादुर नेपालीको पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

भैँसे बजारबाट हेटौँडा बजारतर्फ मोटरसाइकलमा प्रहरी जवान नेपाली र सुनिल मेचे आउँदै गर्दा बिहीबार राति त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका १ स्थित हेटौँडा–भैँसे सडक खण्डको बुलबुलेमा माथिबाट पहिरो खस्दा उनीहरु घाइते भएका थिए ।

 

घाइते प्रहरी जवान नेपालीको हेटौँडा उपचारको क्रममा मृत्यु भएको हो छ भने अर्का घाइते प्रहरी जवानको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विषालु च्याउ खाँदा कपिलबस्तुमा एकै परिवारका ७ जना बिरामी

0

साउन २६,२०८० : कपिलबस्तुमा विषालु च्याउ खाँदा एकै घरका सात जना बिरामी भएका छन् । मायादेवी गाउँपालिका ७ लालपुरका बिरामी भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

 

४५ वर्षीय विन्दु ठाकुर, २९ वर्षीय धर्मेन्द्र ठाकुर, २६ वर्षीय कुसुम ठाकुर, २६ वर्षीय करण ठाकुर बिरामी भएको प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले  जानकारी दिए। यसैगरी, ६ वर्षीय ज्योति ठाकुर, ४ वर्षीय अन्सिका ठाकुर र ३ वर्षीय सुशान्त ठाकुर समेत बिरामी परेका प्रहरीले जनाएको छ ।

 

सातै जनाको कपिलवस्तु अस्पताल तौलिहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

१०० किलो सुन प्रकरणमा व्यापारी राकेश अडुकियाका छोरा पक्राउ

0

साउन २६,२०८०काठमाडौँ : सुन प्रकरणमा मुछिएका व्‍यापारी राकेश अडुकियाका छोरा रोहनलाई आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ।

नयाँ दिल्लीबाट इन्डियो विमानमार्फत काठमाडौँ अवतरण भएलगत्तै अध्यागमन विभागले नियन्त्रणमा लिएको विमानस्थल सुरक्षा कार्यालका प्रहरी वरिष्ठ उपरीक्षक दीपशमशेर जबराले  जानकारी दिए।

उनलाई राजस्व अनुसन्धान विभागमा पठाउन लागिए पनि विभाग बन्द भइसकेकाले अहिले अध्यागमन विभागकै नियन्त्रणमा रहेको बताइएको छ। उनलाई पनि सुन प्रकरणमै अनुसन्धानका लागि पक्राउ गरिएको हो। त्यहीकारण यसअघि उनी अध्यागमनको कालो सूचीमा रहेका थिए।

यही साउन ३ गते बरामद भएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा राजश्व अनुसन्धान विभागले व्यापारी राकेश अडुकियाको घरमा छापा मारेको थियो। उनी भने सम्पर्कविहीन रहेका बताइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उक्त सुन प्रकरणको सम्पूर्ण अनुसन्धानको काम अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गरिरहेको छ।